जनप्रियलाई जग्गा प्रबन्ध गर्न प्रतिवद्ध छु: प्रमुख आचार्य

पाेखरा | पुस ७, २०७९

जनप्रियलाई जग्गा प्रबन्ध गर्न प्रतिवद्ध छु: प्रमुख आचार्य

पोखराः    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको जनाएका छन् । 


क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना मन्तव्य राख्दै आचार्यले भने हामी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै छौं, पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रियले स्वायत्त कार्यक्रम विएमटिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयनसँगै विशिष्टता हाँसिल गर्न आग्रह गरे । 


पदस्थापनापछि नवनिर्वाचित वीरेन्द्रनारायण अध्यक्ष बिजुक्छेले ‘जनप्रिय क्याम्पस समुदायबाट सञ्चालित शैक्षिक संस्था भएकाले संरक्षक र सिनेटरलाई विशेष सम्मान गर्ने, कर्मचारी र प्राध्यापकको मनोवल बढाउने, आर्थिक मितव्ययिता पालना गर्ने,  जवाफदेहिता र पारदर्शिता कायम गर्दै संस्थाको विधि र मर्यादाभित्र रहेर काम गर्ने प्रतिवद्धता गरे । बिजुक्छेले थपे आफू राजनीतिक व्यक्ति भए पनि तीन वर्षे कार्यकालमा जनप्रियभित्र राजनीतिक रङ दिने छैन् । पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा कुनै ‘कम्प्रोमाइज’ गर्दिन भने । 


अध्यक्षका प्रत्यासी सोमनाथ बरालले राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा काम गरेर अनुभव हाँसिल गरेको अध्यक्ष क्याम्पसले पाएको हुँदा गुणस्तरको शाख कायम राख्दै, स्वायत्त कार्यक्रमलाई प्रभावकारी बनाउन, शिक्षक कर्मचारीको स्थायी र बढुवा गर्ने कार्यमा कार्यविधि बनाएर काम गर्न सुझाए ।   


पदस्थापना कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना र बधाईसँगै सुझाव पनि दिइएको थियो । संस्थापक पूर्व उपाध्यक्ष हरि बराल, संस्थापक प्राध्यापक प्राडा देवेन्द्रबहादुर लामिछाने, निवर्तमान अध्यक्ष तारा गिरी, पूर्व अध्यक्ष दामोदर चालिसे, इन्द्रबहादुर कुँबर, सल्लाहकार परशुराम बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, क्याम्पस प्रमुख लोकराज भण्डारी लगायतका वक्ताले चुनाव जितेको दम्भ नलिई अहङ्कार बिर्सेर क्याम्पसको हितमा क्रियाशील रहन आह्वान गरे । 


क्याम्पस सञ्चालक समितिका ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेशबहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभामोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्णप्रसाद पराजुली निर्वाचित भएका छन् । सदस्यहरू एकल सङ्क्रमणीय निर्वाचन पद्धतिबाट चयन भएका हुन् । 


निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमले अध्यक्ष बिजुक्छेसहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोप्यनीयताको सपथ ग्रहण गराए । निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमको सभापतित्वमा सम्पन्न पदस्थापना कार्यक्रममा सदस्य एकनारायण अर्यालले शुभकामना मन्तव्य राखेका थिए भने डा.श्रीकान्त शर्मा खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए । 

 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्