पोखरा महोत्सवमा महिलाहरुलाई  स्वरोजगार तालिम

पाेखरा | माघ १, २०७९

पोखरा महोत्सवमा महिलाहरुलाई  स्वरोजगार तालिम

पोखराः   एघारौं पोखरा महोत्सव स्थलमा महिला दिदीबहिनीहरुलाई लक्षित गरी स्वरोजगार तालिम शुरु भएको छ । सीप सिकि उद्यमशील बनौ, आय आर्जनका क्रियाकलापमा संलग्न भई आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ महोत्सव स्थलमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा स्वरोजगार तालिमको आयोजना गरिएको हो ।


विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको स्वरोजगार तालिमको पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले उद्घाटन गरे ।


तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष राजेश गुरुङले तालिममा सहभागी महिला दिदीबहिनीहरुले तालिममा सहभागी भएका दिदी बहिनीहरुले तालिममा सिकेका कुरालाई आफ्नो टोल छिमेक, समाजमा गई त्यहां आवद्ध दिदीबहिनीहरुलाई समेत सिकाएर स्वरोजगार बनाउनतर्फ लाग्नुुपर्नेमा जोड दिए ।


त्यसैगरी युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन संगै सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य निर्माण तर्फ लागि रहदा सेती नदीको खोंचमा निर्माण हुने साहसिक पर्यटकीय गन्तब्य निर्माण गर्ने काममा वडाको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।


त्यस्तै प्राविधीक शिक्षा तथा ब्यवशायीक तालिम परिषद गण्डकी प्रदेशका निमित्त निर्देशक तिल बहादुर रानाभाटले आफुहरुले विभिन्न संघ संस्था तथा वडाहरु संग सहकार्य गरी महिला दिदीबहिनीहरुलाई स्वरोजगार तालिमहरु प्रदान गर्दै आइरहेको र पोखरा महोत्सवमा जारी स्वरोजगार तालिममा पर्याप्त समय नभएपनि स्वरोजगार बन्न चाहनेहरुलाई लक्षित गरी तालिमलाई निरन्तरता दिने बताए ।


युनाईटेड क्लबका अध्यक्ष तथा एघारौं पोखरा महोत्सव मुलआयोजक समारोहका संयोजक राजु श्रेष्ठले महोत्सवको माध्यमबाट महिला दिदीबहिनीहरुलाई हस्तकला तालिम प्रदान गरी स्वरोजगार बनाउन तर्फ आफुहरु लागिपरेको बताए ।

महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रन्जितले स्वागत मन्तब्य राखेकी थिइन । आजबाट शुरु भएको तालिममा २० जना दिदीबहिनीहरु सहभागी रहेका छन । तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका हस्तकलाका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिनेछ ।

 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

थप पढ्नुहोस्