निलगिरी बोर्डिङको छतबाट हाम फालेकी चाहातको मृत्यु
पाेखरा | जेठ २९, २०८०
पोखरा: पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट हाम फालेर गम्भीर घाइते भएकी चाहात शाहको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सिनाका अनुसार मणिपाल अस्पतालमा उपचारको क्रममा हिजो (आइतबार) नै मृत्यु भएको हो ।
अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शाहको पोष्टमार्टम भइरहेको प्रहरी निरिक्षक तिमिल्सिनाले बताए ।
‘मृत्यु हिजो नै भएको हो, तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टन भइरहेको छ ।’
निलगिरी बोर्डिङमा अध्ययरत भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय चाहात शाह ट्युसन पढ्न गएको बेला स्कुलको छतबाट हाम फालेकी थिइन् ।
शाहको मृत्युपश्चात स्कुलले आज (सोमबार) विदा दिएको छ ।
स्थायी घर भारतको बिहार मोतिहारी भएकी शाह पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्दै आएकी थिइन् ।
उनी के कारणले हाम फालिन भन्ने विषयबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
यद्यपी विद्यालयले भने हाम फालेको नभई अचानक खसेको दाबी गरेको छ ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

