निलगिरी बोर्डिङको छतबाट हाम फालेकी चाहातको मृत्यु
पाेखरा | जेठ २९, २०८०
पोखरा: पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट हाम फालेर गम्भीर घाइते भएकी चाहात शाहको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सिनाका अनुसार मणिपाल अस्पतालमा उपचारको क्रममा हिजो (आइतबार) नै मृत्यु भएको हो ।
अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शाहको पोष्टमार्टम भइरहेको प्रहरी निरिक्षक तिमिल्सिनाले बताए ।
‘मृत्यु हिजो नै भएको हो, तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टन भइरहेको छ ।’
निलगिरी बोर्डिङमा अध्ययरत भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय चाहात शाह ट्युसन पढ्न गएको बेला स्कुलको छतबाट हाम फालेकी थिइन् ।
शाहको मृत्युपश्चात स्कुलले आज (सोमबार) विदा दिएको छ ।
स्थायी घर भारतको बिहार मोतिहारी भएकी शाह पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्दै आएकी थिइन् ।
उनी के कारणले हाम फालिन भन्ने विषयबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
यद्यपी विद्यालयले भने हाम फालेको नभई अचानक खसेको दाबी गरेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

