ट्रेकिङ गाइडको ५ वर्षमा बढ्यो १ हजार पारिश्रमिक

पाेखरा | असार ५, २०८०

ट्रेकिङ गाइडको ५ वर्षमा बढ्यो १ हजार पारिश्रमिक

पोखरा:  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको पाँच वर्षपछि पारिश्रमिक वृद्धि गरेको छ ।

 

यसअघि टानले २०७५ सालको मंसिरमा पछिल्लो पटक बढाएको थियो ।

 

त्यसपछि अहिले आगामी साउन १ गतेदेखि लागू हुनेगरी पथ प्रदर्शकका रुपमा खटिने ट्रेकिङ गाइड, सहायक गाइड, सहयोगी मजदुरको दैनिक पारिश्रमिकमा वृद्धि गरेको हो ।
 

टानका महासचिव विनोद सापकोटाका अनुसार यसअघि पथ प्रदर्शकको  दैनिक पारिश्रमिक २ हजार १ सय  थियो भने अब ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । 

 

यसअघि अन्नपूर्णमा जाने गाइडको ज्याला प्रतिदिन २ हजार १०० रुपैयाँ थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।

 

अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो ।

 

सहयोगी श्रमिक/मजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९ सय ३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।

 

यो निर्णय टानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमासमेत जानकारी गराइसकेको छ । 

 

उक्त निर्णयलाई कार्यान्वयनमा लैजानका लागि प्रदेशको बैठक बसेर पारित गर्ने तयारी रहेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘हामीलाई हिजोमात्रै पत्र आको छ । अब बैठक बसेर कार्यान्वयनको पाटोमा लैजानै तयारीमा छौ,’ उनले भने ।
 

टानको तथ्याङ्क अनुसार अहिले देशभर ३ हजार ८ सय हाराहारी ट्राभल एजेन्सी दर्ता छन् । ट्रेकिङ एजेन्सीको संख्या करिब २ हजार ८ सय छ ।

 

देशभर २० हजार हाराहारी ट्रेकिङ गाइडले लाइसेन्स लिएका छन् भने टुर गाइडको संख्या भने करिब ५ हजार छ ।

पोखरा:   जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...

थप पढ्नुहोस्

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्