पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

पूर्व- पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो।   विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ । 

दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।   हिजो शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए । उनले छातीमा कपडाभित्र लुकाएर सुन बोकेका थिए । शेर्पासँग सोधपुछका क्रममा टिमुरेकै फुर्साङ्बु शेर्पाले सुन दिएको पाइएपछि फुर्साङ्बुलाई पनि पक्राउ गरिएको रसुवाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।   सुन चीनबाट तस्करी भएर आएको हो वा नेपालभित्रैबाट कारोबार भइरहेको हो भन्नेबारेमा नखुलेको पनि उहाँले बताउनुभयो ।   सुन र पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।   आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश(०२(०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको हो।   मृत्यु हुनेमा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापा छन्।   मृतक पुरूषको ठेगाना खुलिसकेको छैन। उनीहरू दुबैलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको केहीबेरमा मृत्यु भएको हो।   मोटरसाइकलमा सवार १० वर्षीया बालिका गम्भीर घाइते छिन्। उनको परिचय खुलिसकेको छैन। उनको कलंकीस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।   मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका- ७ घर भई बस्ने बर्षीय ४१ बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

सर्लाहीको पर्सा नगरपालिकाबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।   भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल  र १५ राउन्ड  गोली तथा  २० वर्षीय  प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच  राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    सशस्त्र प्रहरी बल संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षक  कृष्णबहादुर गुरुङका अनुसार उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा गएराति पक्राउ गरेको  हो ।  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।  

देबिका तामाङ /पोखरा:   २९ औं तामाङ प्रसारण दिवसको अवसरमा नवगठित तामाङ पत्रकार संघ कास्कीले एक दिने तालिम सम्पन्न गरेको छ ।   आज (शनिबार) संगमटोलमा सञ्चार माध्यममा तामाङको सवाल एवं एक दिने पत्रकारिता तालिम सम्पन्न गरेको हो ।   कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेकी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफ्नो पहिचान र अस्तित्व संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताइन् ।    उनले पत्रकारितामार्फत समुदायलाई माथि उठाउन सकिने बताउदै स्वच्छ र निष्पक्ष पत्रकारितामा सक्रिय हुनुपर्ने धारणा राखिन् ।   उपप्रमुख गुरुङले पत्रकारसँग न्यायिक समिति कार्यक्रम रहेको जानकारी दिदै आगामी दिनमा महानगर सहकार्य र सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएकी थिइन् ।     सो कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दिपक तामाङ, संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङ कास्की समन्वय समितिका सचिव मिनमाया तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङ लगायतले बोलेका थिए ।    रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्लले नवगठित तामाङ पत्रकार संघ कास्कीका पदाधिकारी एवं सदस्यहरुलाई लक्षित गरी पत्रकारिताबारे प्रशिक्षण दिएका थिए ।   सो तालिममा तामाङ सम्बद्ध विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहित करिब ७० जनाको उपस्थिती रहेको थियो ।   तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सदस्य सुजन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संघका उपाध्यक्ष सन्तोष तामाङले गरेका थिए ।    

पोखरा:   एउटा उखान छ, ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’, यही उखान अहिले पोखरा १८ अँधेरीकुनामा बस्ने बिजुली दमाईको जीवनसँग ठ्याक्कै ठोक्किएको छ ।    २ छोरा र पतिसहित ४ जनाको परिवार लिएर म्याग्दीको राखुबाट पोखरा १२ वर्ष अगाडि आइन् । ज्याला मजदुरी गरिन् । कमाएको पैसाले अँधेरीकुनामा प्लटिङ व्यवसायी राजु खत्रीसँग २ आना जग्गा किनिन् र फिर्के नजिक ओत लाग्ने टहरो बनाइन् ।    अहिले फिर्के संरक्षणको अभियान अन्तरगत फिर्केको खोलाघर छुट्याउने टोली बिजुलीको दैलोमा पुगेको छ । त्यसपछि आफ्नो टहरो फिर्के खोलाको घर हो भन्ने थाहापाएपछि उनको आँशु फिर्केमा चुहिएको छ ।    ‘ज्यामी काम गरेर साढे २ आना भनेको जग्गा पास गर्दा २ आना मात्र रहेछ, त्यही जग्गा पनि बैंङ्कमा राखेर लोन निकाले’, बिजुलीले आँशु चुहाउदै भनिन्, ‘बैंकको लोन तिर्न ३ वर्ष लाग्यो, लोन तिरेपछि त्यही जग्गामा टिनको टहरो निर्माण गरियो अहिले खोलामा पर्छ भन्दा रातभर निद्रा लाग्दैन ।’   (बिजुली दमाईको एकतले घर) आफ्नो हैसियत अनुसारको जग्गा किनेको सुनाउदै आफुलाई मापदण्डको विषयमा केही थाहा नहुँदा समस्या परेको उनले सुनाईन् ।   ‘महानगरले ०३२ सालको नापीको नक्सा लिएर खोला खोजिरहेको छ भन्छन्, नाप्दै आउँदा मेरो घर पनि खोलामा नै पर्दोरहेछ’, बिजुलीले भनिन्, ‘गाउँबाट आएर जसोतसो जग्गा किनियो, हामीलाई मापदण्डको विषयमा थाहा नुहुँदा दलाले फसायो ।’   सिमांकन टोलीले फिर्केको खोलाघर छुट्याएपछि प्लटिङ व्यवासायीले अधेरीकुनाको केही बासिन्दालाई छल गरेर जग्गा भिराएको प्रष्ट भएका हुन् ।    यस्तै गोरखाबाट अधेरीकुना बसाई आएकी विष्णुमाया कुमाललाई पनि मापडण्डभित्र पर्छकी भन्ने चिन्ता छ ।   ‘३२ सालमा खोला कहाँ कहाँ हिड्यो हिड्यो हामीलाई के थाहा हुन्छ । हामी जन्मेकै थिएनौ, उनले भनिन्, ‘नाप्न त पहिला पनि नापेको थियो तर पोल गाडेन, कहिले कता नाप्छन् कहिले कता मेसै छैन ।’   महानगरले विकासको नाममा नागरिकलाई घरबार विहीन नबनाउन उनको आग्रह छ ।  ‘खाडीमा बुढोले कति डिग्रीको घाममा पसिना बगाएर कमाएको पैसाले जोडेको घर हो विकास त आउँछ भन्छन् नि तर आफ्नो घर नै गएर आएको विकास के विकास, हाम्रा लागि त्यो भन्दा त विकास नै नभको ठिक छि’, विष्णुमायाले दुखेसो पोखिन् ।   पोखरा महानगरपालिकाले पुरानो आकारको फिर्के खोला खोज्न २०३२ सालको नापी नक्सा लिएर  ४० जनाको टोलीले पोखराको मध्यभाग भएर बग्ने फिर्के खोला २७ दिनयता खोजिरहेको छ । उक्त टोलीले खोलाघर छुट्याएको छ ।     सो सिमांकन टोलीसँगै अनुगमनमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खोलाघर खोज्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।   ‘हामीले फिर्केखोला बगेको खोलाघर पत्ता लगाउन पहिलो चरणको काम सुरु गरेका हौं, हालसम्म ५ सयबढी पिल्लर गाडिएको छन्’, प्रमुख आचार्यले भने, ‘खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो । यो कसैले हटाएर हटिदैन प्राविधिक टोलीसँग संकेत सुरक्षित रहन्छ ।’     उनले फिर्के खोलालाई मिचेर बनाइएका संरचना हटाउनेमा महानरगर अडिग रहेने स्पष्ट पारे ।    ‘खोला माथि नै किनेर बस्नु  भएको छ भने त त्यसको उपचार छैन, खोला माथिको जग्गा बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किनेबेचे भन्ने कुरा त हुनै सक्दैन, त्यो सम्भव नै छैन, यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारवाही हुन्छ,’ मेयरले भने ।      उनले फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको प्रमुख आचार्यले बताए । ‘दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेनसहितको फुटट्रयाक बनाइने छ’, उनले भने, ‘यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।’     हप्तादिनमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी    मेयर धनराज आचार्यले सिमांकन टोलीको प्रतिवेदन एक हप्तामा सार्वजनिक हुने बताए ।  आज (शुक्रबार) सिमांकन सकिने बताउदै अबको हप्ता दिनमा प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि सार्वजनिक हुनेछ ।    त्यसपछि फिर्केको मापडण्ड कति लगाउनेबारे टुंगो लाग्नेछ । अहिलेसम्म १० मिटरको चर्चा चलेपनि व्यवहारिक पाटोलाई हेरेर निर्णय गरिने मेयर आचार्यले बताए । 'हप्ता दिनमा प्रतिवेदन आउँछ, त्यसपछि मापडण्डको टुंगो लाग्छ । अनि फिर्केमाथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउन महानगरले ३५ दिने सूचना जारी गर्छ ।’     फिर्केखोलाको सिमाङ्कन कार्यको नेतृत्व गरिरहेका महानगरका सर्वेक्षक वासुदेव पौडेलका अनुसार फिर्केको मापदण्डभित्र ५१ वटा पक्की घर, ३ वटा विद्यालय, १४ वटा समाजघर तथा भवन र ६४ वटा कच्चीघर (केही प्रतिशत) परेका छन् ।    पोखरा १८ बाट सुरु हुने फिर्के खोला पोखरा महानगरपालिकाको वडा नम्बर २, ४, ५, ८ हुदैं ६ स्थित फेवातालमा मिसिन्छ ।   

गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।   बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन्।   घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।   प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बर्दियामा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन् । आज बिहान  सार्वजनिक स्थल सडकमा बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  सोही आधारमा घटना यथार्थ भएको पाएपछि नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्याएका थिए । बुहारीलाइ  हात र लात्ती बेहोस हुनेगरी कुटपीट गरेको भिडियो सार्वजनिक भएको थियो ।   कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिला माथी पनि आक्रमणको प्रयास गरेका थिए  थिए ।  प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन् । यस अघिपनि मदिरा पिएर कुटपिट गरेक प्रमिलाले बताइन् । उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकोले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गर्नु भयो ।  इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधिर खड्काले मदिरा पिएर बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका खुलासा भएको बताए । 

बाग्लुङ: पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।    लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध पारेको हो ।   बुधवार हिजो बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको उहाँले बताउनु भयो ।    लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका ठाउँबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौलगायतका ठाउँ पुग्ने गाडी बीच बाटोमै रोकिएका छन् ।   यस्तै, कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका गाडी ठप्प भएको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बताउनुभयो ।