आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  अन्नपूर्ण । पोखरा घुमेर फर्किने आन्तरिक पर्यटकले कोशेलीका रुपमा टुसा लैजान थालेका छन् । कास्कीका उच्च पहाडि भू–भागमा पाइने टुसा विशेषत असार, साउन र भदौमा पलाउने भएपनि बजारमा साउनको समयमा यसको उल्लेख्यरुपमा व्यापार हुने गरेको छ ।   विभिन्न औषधीय गुणसमेत पाइने टुसाको तरकारी विशेष रोजाइमा पर्ने गर्दछ । अन्नपूर्ण आधार शिविर र मर्दि आदि क्षेत्रको पदयात्रामा जानेलाई त्यहाँका स्थानीयले टुसाको तरकारी खुवाउने गर्दछन् । जिल्लाका अधिकांश टुसा पाइने स्थानहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत पर्दछन् । एक्यापले टुसा पाइने क्षेत्रको संरक्षणसँगै प्रत्येक याममा सर्वसाधारणलाई टुसा काट्नका साउन महिनाभर खुल्ला गर्ने गर्दछ । असार, साउन र भदौ टुसा पलाउने मुख्य याम भए पनि असार र भदौ नै टुसालाई बढ्न दिने प्रचलन छ ।      प्रत्येक वर्ष साउन महिनाभर टुसा काट्न खुलाउने र भदौ १ गतेबाट रोक्ने गरिएकोमा यस वर्ष पनि एक्यापले टुसा काट्न रोक लगाएको छ । जिल्लाको विभिन्न क्षेत्रबाट निर्यात हुने टुसा भदौ लागेसँगै रोक लगाइएको एक्याप,ल्वाङका पर्यटन सहायक शिव देवकोटाले जानकारी दिनुभयो । एक्यापले साउन १ गतेदेखि टुसा काट्नका लागि अनुमति दिएको थियो । टुसाका लागि प्रख्यात जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १, २, ८ र ९ बाट दुई/दुई लाखको दरले छ लाख टुसा बिक्री गर्न अनुमति दिएको उहाँले जानकारी दिनुभयो । योसँगै बजारमा टुसाको व्यापारमा कमी आउने उहाँको भनाइ थियो ।    साउनको अन्त्यसँगै टुसा काट्न बन्द गरिएको स्थानीय टुसा व्यावसायी राजकुमार गुरुङले जानकारी दिनुभयो । बजारमा माग बढेपनि एक्यापको नियममा रहेर बन्द गरेको उहाँको भनाइ थियो । यस वर्ष टुसाको उत्पादन बढेकाले स्थानीयको आयस्रोतमा टेवा पुगेको उहाँले सुनाउनुभयो । टुसा काट्ने र बोक्नेलगायत कार्यमा स्थानीयले नै रोजगारी पाएका छन्  ।    यस वर्षपनि आफूहरुले टुसा सङ्कलनका लागि अनुमति पाएपछि स्थानीय धेरैले रोजगारी पाएको व्यावसायी गुरुङले जानकारी दिनुभयो । यसरी सङ्कलन गरिएको टुसा बजारसम्म आउँदा रु ६० देखि ८० सम्म पर्ने गरेको छ । “कृषकहरुले सङ्कलन गरेको टुसा हामीले बजारमा रु ३५ देखि ५० प्रति मूठा दिन्छौं”, उहाँले भन्नुभयो, “बजारमा पुग्दा रु ८० सम्ममा बेचेको थाहा पाएको छु, जे भएपनि यसले राम्रै बजार पाएको छ ।”   आफूहरूले तोकेको समय सीमाभन्दा अघि÷पछि वा अन्य ठाउँबाट टुसा कसैले बिक्री वितरण गरे कारबाही हुने पर्यटन सहायक देवकोटाले जनकारी दिनुभयो । साउनको महिनामा माछा मासु कम खाने प्रचलन रहेको र टुसाको उत्पादन पनि बढी हुने भएकाले यस समयमा आफूहरूले टुसा बिक्रीका लागि समय खुला गरेको उहाँको भनाइ छ । “टुसा उम्रने उपयुक्त समय असार, साउन र भदौलाई मानिन्छ”, उहाँले भन्नुभयो, “असार र भदौको टुसालाई हुर्कन दिएर साउनमा उम्रने टुसालाई हामीले तरकारीका रुपमा प्रयोग गर्न बाटो खोल्ने गरेका छौं ।”    एक्यापले अनुमति नदिएको समयमा टुसाको चोरी निकासी गर्नेलाई कारबाही गरिने उहाँले बताउनुभयोे । टुसाको व्यापार व्यावसाय नगर्न सूचना जारी गरिसकेपछि यो समयमा कसैले अवैध बाटोबाट टुसाको व्यापार गरेको थाहा पाएमा नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागमा कारबाहीका लागि पठाइने छ ।    पर्यावरण जोगाउन पनि निगालोको संरक्षण गर्नु आवश्यक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङका अध्यक्ष ओमप्रसाद गुरुङले जानकारी दिनुभयो । कलिलो टुसा जङ्गली जनावर भालुको खाना भएकाले पनि अझै महत्व रहेको छ ।  यसैगरी निगालोको चोयाँबाट बन्ने डोको, भकारी, डालोलगायत सामाग्री स्थानीयको आयस्रोतको बाटो भएकाले पनि संरक्षणमा टुसा संरक्षणमा जोड दिइएको गुरुङले जानकारी दिनुभयो ।    पछिल्लो समयमा कलिलो टुसा तरकारीका रुपमा परिचित भएकाले चोरी निकासी बढ्न थालेसँगै यसको व्यवस्थापनका लागि एक्यापले वैधरुपमै रकम बोलकबोलका आधारमा टुसाको व्यापार गर्न दिने गर्छ । हरेक वर्ष कास्कीको माछापुच्छ«े क्षेत्रमा छ लाख टुसा बिक्री हुने गुरुङले जानकारी दिनुभयो । “हामीले वर्षमा एउटा महिना टुसा काट्न स्थानीयका लागि बैधानिकता दिंदै आएका छौं”, उहाँले भन्नुभयो, “साढे एक लाखदेखि साढे दुई लाखसम्म बोलकबोल राख्छौं, त्यसमा जसले सबैभन्दा बढि रकम तिर्छ उसैले एक महिनासम्म टुसा काट्न पाउँछ ।”    अनुमति पाएको व्याक्तिले स्थानीय सरकारलाई कर तिरेपछि टुसा सङ्कलनका लागि एक्यापले अनुमति दिन्छ । बोलकबोलबाट आएको रकम २० प्रतिशत वडा कार्यालयलाई दिने गर्छ । ७५ प्रतिशत रकम वडा अन्तर्गतनै बाटो, खानेपानीलगायत विकास निर्माणमा खर्च गर्दै आएको छ । भने बाँकी ५ प्रतिशत रकम संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ । त्यो रकम एक्याप क्षेत्र भित्र जनावरका अन्य कारण हुने घटना दुर्घटनामा राहत दिने गुरुङले जानकारी दिनुभयो ।   कास्कीको ल्वाङ, घलेल, भुर्जुङखोला, सिक्लेस, ताङतिङ, याङजाकोट, घान्द्रुक, लान्द्रुक, धम्पुस, लुम्लेलगायत क्षेत्रबाट टुसा निकासी हुन्छ ।  देशका विभिन्न स्थानबाट पोखरा आउने जो कोहीले यहाँको कोशेलीका रुपमा टुसा किनेर जान थालेसँगै यसको माग वर्षेनी बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।

  काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ ।   उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।    कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३  चालक रहेका छन्  ।  कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत  गरेको छ । 

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।   बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।

  सिन्धुली ।   ‘सुनको चुरा, औंठी नि सुनकै छ’  तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा ।     कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’    कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु ।    हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरु ह्विलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टीको खुट्टा मात्र गुमाएकी दिपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै सार्थीहरुलाई नचाउन उस्काइरहनु भएको थियो ।  घन्किरहेको गीतको शब्द, सुनको चुरा औंठी नि सुनकै छ,                            माया जालमा परेकी क्या हो म,                          दिनरात झझल्को उनकै छ ।                         ‘हे, मनको कुरा गा¥हो भो खोल्न,                          क्यारी भनु थाल्यो नि मन पोल्न,                          सुनको चुरा औंठी नि सुनकै छ ।                          माया जालमा परेकी क्या हो म,                           दिनरात झझल्को उनकै छ ।’    यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उहाँकै सङ्गीत । राजमजी खाण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उहाँलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो ।  ‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन ।    कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँसुले भरियो । उहाँ, निःशब्द हुनुभयो । केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थाल्नु भयो । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाउनुभयो । सुनको चुरा नभएपनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थाल्नु भयो । ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न शुरु गर्नुभयो । अन्य साथीसङ्गीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमङ्गता छायो ।    फराकिलो हृदय मात्र होइन् फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलार्ई गीतले भने झैँ मनको कुरा खोल्न गार्हो  भएपनि तीजको कुरा बोल्न केहिले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाउनुभयो ।    ‘नारी जातिको पर्व हो तीज । साथीसङ्गी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो,’ अपाङ्गता हुनुअघिको तीजलाई सम्झिनु भयो । झन्डै २५ वर्षपछि सार्थीसङ्गीसँग तीज मनाउन पाएको खुशियालीले उहाँलाई फेरी एक्छिन भावुक बनायो ।   ‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ । भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौ । बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ । नाच्दैनाच्दै घर फर्किन्थ्यौँ । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौँ । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी रु,’ उहाँले सुनाउनु भयो ।     उबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खीर निल्दै उहाँले भन्नुभयो, ‘मीठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।’       उहाँ मात्र कहाँ हो र ? उहाँकै छेउमा रहेका तथा अपाङ्गता भएका महिलाहले पनि आफूहरुको पहिलो अनुभव भएको सुनाए । यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरुका लागि हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताउनुभयो ।    अपाङ्गता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) बताउनुहुन्छ । ‘महिलालाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पति छुट्याउने गर्दछ । अपाङ्गगता भएका महिलाहरुलाई समेटिँदैन । सपाङ्गता भएका महिलाहरु कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,’ उहाँले भन्नुभयो, ‘सपाङ्गता भएका महिलालाई जस्तै अपाङ्गगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपाङ्गगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नु परेको हो ।’   अपाङ्गगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपाङ्गगतासम्बन्धि बाहेकका कार्यक्रममा नसमेटेको उहाँको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीले जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ।   सोमबार बैठक गरेर परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको हो। मन्त्रालयले यही भदौ १२ गते परिषदलाई वार्तामा आउन आग्रह गरेको थियो।   भदौ १२ देखि परिषदले देशैभरका सामुदायिक विद्यालयमा तालाबन्दी गर्दै पठनपाठन हुन दिएको थिएन। परिषदले बन्दका कार्यक्रम स्थगित गरेपछि आजदेखि विद्यालयमा पुनस् पढाइ सञ्चालन हुनेछन्।   विद्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्र, महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विद्यालय कर्मचारीले पारिश्रमिक वृद्धिलगायत विभिन्न सेवा सुविधाका माग राखेर भदौ १ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका छन्।

तनहुँ  :   करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।    लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उहाँले बताउनुभयो । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो।, “बाहिरबाट सवारी मगाएर कैदीबन्दीलाई अस्पतालसम्म पुर्‍याउनुपर्छ । यो कार्य जोखिम छ ।”    सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था छन् । रिक्त रहेको अहेबको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो । अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उहाँले बताउनुभयो ।        तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सि’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन् । एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ । 

काठमाडौँ  :  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।    साथै उहाँले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं  सम्बद्र्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।   खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।   प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिनुभएको छ । साथै उहाँले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनीे कामना गर्नुभएको छ । 

काठमाडौँ  :   राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।   हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नारी सामथ्र्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताउनुभएको छ ।    “महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ ।    उहाँले हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गर्नुभएको छ । “हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ”, उहाँको सन्देशमा भनिएको छ, “परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ  ।”   आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।    तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु ।”

  काठमाडौँ :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ ।    आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ ।   निर्वाचनमा आगामी असाज २ गते सामानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यसूची रहेको छ ।