काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

दोलखा:   दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तनहुँ:     तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतक हुनेको पहिचान खुलेको छ ।   मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको थियो ।  दुर्घटनामा १६ जना घाइते भएका छन् । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जिप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका–३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । यसैगरी आँबुखैरेनी–६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी–१ गिरौनचौर बस्ने जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी–६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते हुनुभएको छ । उहाँहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:     लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थामा भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।  ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०८०’ मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका उहाँले आजको दिन नेपाली जनताका लागि ऐतिहासिक भएको बताउनुहुँदै सबैमा शुभकामना समेत दिनुभयो । यो सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र सबै निकायलाई जनताको पक्षमा काम गर्न निर्देशित गरेको उहाँले सम्बोधनका क्रममा बताउनुभयो ।  सन् २०३० सम्ममा कम विकसित मुलुकको सूचिबाट विकसित राष्ट्रमा सूचिमा परिणत गर्नुपर्ने जरुरी भएको र रोजगारी सृजना गरी बौद्धिक पलायन रोक्नु पर्ने दायित्व सरकारको रहेको उहाँले बताउनुभयो । त्यसैले नागरिकको सक्रिय सहभागीबाट मात्र समुन्नत र सार्वभौम मुलुक बनाउन सकिने भएकाले सबैले प्रजातन्त्र र लोकतन्त्रको रक्षामा उभिन आग्रह समेत गर्नुभयो । 

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो भन्नुभएको छ । “राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।  “विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ,” शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ–मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ । लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने हामीले बिर्सन नहुनेमा राष्ट्रपति पौडेलले जोड दिनुभएको छ ।  नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अङ्गिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपतिले प्रजातन्त्र दिवसले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ । 

काठमाडौं:     आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ ।   विक्रम संवत् २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सरकारले दिवसको अवसरमा  फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने यसअघि नै निर्णय गरेको थियो । सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा  ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च, टुँडिखेलमा विगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा भोलिसम्म प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्ज्वलन गरिनेछ ।

पोखरा:     खराब अवस्थासँग जुध्दै आइरहेको नेपालको अर्थतन्त्र यतिबेला इतिहासकै सबैभन्दा अप्ठ्यारो समयमा छ ।  देशको शाशन व्यवस्था, कुटनितिक सम्बन्ध, प्राकृतिक प्रकोप आदिका कारण विभिन्न समयमा प्रहार भइरहेको नेपालको अर्थतन्त्र सधैँ तंग्रिने प्रयासमा मात्रै रहेको देखिन्छ । अहिलेको अवस्थाबाट नेपाललाई आर्थिक समृद्धितर्फ कसरी लैजान सकिन्छ भन्ने विषयमा आइतबार पोखरामा छलफल भएको छ ।  सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन व्यवसायी निर्वाण चौधरी र अर्थशास्त्री समीर खतिवडासँग छलफल भएको हो, जसको सहजीकरण अर्का व्यवसायी निरञ्जन श्रेष्ठले गरेका थिए ।  अर्थशास्त्री खतिवडाका अनुसार नेपालको अर्थतन्त्रमा दिर्घकालिन रुपमा दुई मुख्य ठूला समस्या रहेका छन् । जसमा आर्थिक वृद्धिदर कजोर हुनु र रोजगारी सिर्जना गर्न नसक्नु हुन् । त्यस्तै निजि क्षेत्र र सरोकारवाला निकायबिच समन्वय नहुनु, सहि ठाउँमा लगानी हुन नसक्नु, अस्वस्थ कर्मचारीतन्त्र आदि अहिलेका समस्या रहेको उनले बताए ।  हाल विद्यमान समस्याका बारेमा बोल्दै चौधरीले नेपालको परम्परागत कृषी पद्धती तथा पर्यटन व्यवसायमा परिवर्तन ल्याउनु पहिलो आवश्यकता रहेको जनाए । देश समृद्धि तर्फ उन्मुख हुने सम्भावना अझ रहेको बताउँदै उनले भने, ‘भारतमा पनि १५÷२० वर्ष अगाडि ब्रेन ड्रेनको समस्या थियो । बिस्तारै सहि दिशामा जाँदैछ । भुटान, बंगलादेश, श्रीलंका पनि नेपालका लागि उदाहरण बनिसकेका छन् ।’ ‘भारतमा स्पेशल इकोनोमिक जोनमा ठाउँ, कर, तथा नीतिगत रुपमा विभिन्न सुविधा दिइएको हुन्छ । त्यसो गर्दा स्थानियले रोजगार पाउँछन् । यो त्यहाँ पछिल्लो १५ वर्षमा देखिएको परिवर्तन हो ।’ उनले भने, ‘अहिले अस्तित्वमा रहेका प्रविधिको प्रयोग गर्न नसक्दा कृषीमा आधारित अर्थतन्त्र भएर पनि हामीले चामल मगाउनुपर्ने अवस्था छ ।’ रातो चामल, कालो चामल जस्ता नेपालका विभिन्न ठाउँमा उत्पादन हुने मौलिक अन्नलाई विश्व बजारमा लैजान नसक्दा त्यसको फाइदा उठाउन नसकिएको उनले बताए ।  त्यस्तै नीतिगत अस्थिरता नेपालको अर्को कमजोरी रहेको खतिवडाले बताए । निजी क्षेत्र असफल हुँदा देशको अर्थतन्त्रमा पनि धक्का लाग्ने जिकिर गर्दै उनले भने, ‘हाम्रोमा जस्तो करको दायरामा चलखेल अरु देशमा देखिँदैन । नीतिगत भ्रष्टाचारले गर्दा निजी क्षेत्र मारमा परेका छन् ।’ साथै नीतिगत रुपमा सहयोग नहुँदा निजी क्षेत्रबाट सरकारले पनि पाउने आर्थिक लय गुमाउने उनले संकेत गरे ।  नीति बनाउनमा निजी क्षेत्रको प्रत्यक्ष हात नभए पनि निजी क्षेत्रले गर्न सक्ने ठाउँ धेरै रहेको चौधरीले बताए । पछिल्लो पाँच वर्षमा खुलेका १५ चाउचाउ कम्पनी मध्ये १० कम्पनी बन्द भएको बताउँदै त्यसमा ति कम्पनीको बजार व्यवस्थापन तथा आन्तरिक रणनीति नै मुल कारक रहेको उनले जनाए । निजी क्षेत्रमै पनि पुरानोलाई बचाउन गाह्रो भइरहेका बेला नयाँमा कसरी लगानी गर्ने भन्ने मानसिकता रहेको उनको भनाइ थियो । साथै नीतिगत रुपमा स्थिरता आएपछि मात्रै आर्थिक समृद्धि हाँसिल हुनेमा उनले जोड दिए ।  आर्थिक वृद्धिको चाहना गरेर जादुको अपेक्षा गर्ने र सिस्टम मै हेराफेरी गर्नु नेपालको अर्को ठूलो समस्या रहेको अर्थशास्त्री खतिवडाले बताए । ‘विहार र युपीमा पनि औद्योगीकरण नभएसम्म वृद्धि हाँसिल गर्न सकिँदैन भन्ने बुझेर लगानी गरेका छन् ।’ भारतका राज्यको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ गारमेन्टमा काम गर्ने त्यसमा सिप भएका जनशक्ति धेरै छन् । जसलाई मध्यनजर गर्दै त्यहाँको सरोकारवाला निकायले जनतालाई घर मै बसेर काम गर्ने वातावरण बनाइदियो ।’ साथै दक्ष जनशक्ति उत्पादनका लागि राज्यबाट लगानी हुनुपर्ने र त्यसले विदेशी कम्पनीलाई आकर्षित गर्न सक्ने उनले बताए ।   उनका अनुसार नेपालले अहिलेको अवस्थामा बंगलादेशको जस्तो अर्थतन्त्र बनाउनका लागि अझै दश वर्षसम्म ७ प्रतिशतका दरले र श्रीलंका जस्तो बन्नको लागि सोही दर २५ वर्षसम्म निरन्तर आर्थिक वृद्धि गर्नुपर्ने अवस्था छ । नीति बनाउने काम गर्दा उक्त तथ्य सम्झिनुपर्ने र छिमेकी राष्ट्रहरुको सफलताका कथाबाट सिक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बंगलादेशमा १५ वर्ष अगाडी मात्रै पनि गार्मेन्ट क्षेत्र एकदमै कम थियो । जुन क्षेत्र अहिले बंगलादेश इकोनोमीको एंकरको रुपमा रहेको छ ।’ निजी क्षेत्र प्रतिको धारणा फेर्न र निर्यात कसरी बढाउने भन्नेमा गम्भिर भएर सोच्नुपर्ने उनले बताए ।   त्यस्तै चौधरीले नेपालको आर्थतन्त्र सबल बनाउनका लागि देशको भौगोलिक अवस्थिति तथा अन्तरराष्ट्रिय सम्बन्ध तथा यहाँका प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।  

पोखरा:   महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यबारे त यहाँहरुलाई जानकारी भएकै हुनुपर्छ । म चाहिँ देवकोटाको साहित्यिक पक्षभन्दा देवकोटाको व्यक्तित्व कस्तो थियो । देवकोटाको आनीबानी कस्तो थिए । देवकोटाका रमाइला कुराहरु केके थिए । यस्ता विषयमा केन्द्रीत हुन चाहेको हो  मैले ।  म त्यतै प्रति नै आफुलाई केन्द्रीत हुँदै लैजानेछु । अब महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरो पिताजी पण्डित सोमनाथ घिमिरे व्यासका मित्र हुनुहुन्थ्यो । मेरो पिता जि पनि नेपाली साहित्य र अंग्रेजी साहित्यमा विद्धान हुनुहुन्थ्यो, लेखक पनि हुनुहुन्थ्यो । हाम्रो मुल घर रामेछाप हो । रामेछापबाट पिता जि बेलाबेलामा भाषा पाठशालामा पढाउनुहुन्थ्यो र काठमाडौं आउने गर्नुहुन्थ्यो । त्यहि आउने शिलशिलामा आफु साहित्य अनुरागी भएको हुनाले लक्ष्मीप्रसाद देवकोटासँग मेरो पिता जि चिनजान गर्न जानुभो । यो चाहिँ विस १९९६ को घटना हो । त्यो बेलादेखि पिता जिको देवकोटासँग परिचय भएको हो । परिचयमा प्रगाढता कसरी थपिदै गयो भने । मेरो पिता जि त्यो बेला श्री ३ भीम शमशेरको टंगाल दरवारमा सम्बन्धित हुनुहुन्थ्यो । त्यहाँ पण्डितको कार्य गर्नुहुन्थ्यो । र यहि टंगाल दरवारमा लक्ष्मीप्रसादकी साइली दिदि पनि कार्यरत हुनुहुन्थ्यो । दिदीको माध्यमबाट देवकोटासँगको मित्रतामा प्रगाढता थपिदै गयो । यसरी आउने जाने क्रम चल्दै गयो ।  मेरो पिता जि धार्मीक कुराहरु लेख्ने । लेखेका कुराहरु देवकोटालाई देखाउनु जानुहुन्थ्यो । देवकोटाले त्यो हेरेर भन्नुहुन्थ्यो रे ‘पण्डित जि तपाईंको चस्माको गलास कहाँको हो । इन्डियन गलास हो की युरोपियन’ । पिता जीले इन्डियन भन्नुभएछ । त्यसपछि देवकोटाले इन्डियाको गलासको काम छैन । युरोपियन चस्मा लगाउनुपर्छ । तपाईंको लेखन रुढिबादी भयो । त्यो इन्डियन क्लासकै प्रभाव हो त्यसैले युरोपियन गलास लगाउनुस् तपाईंले अनि मात्र लेखहरु लेख्नुस् भन्नुभएछ ।  त्यो भन्नुको मतलब तपाईंले आफ्नो लेखनमा दृष्टि विस्तार गर्नुस् । आधुनिक युगलाई सुहाउने खालको पनि लेख्नुस् भन्नृभएको होला भन्ने मलाई लाग्दछ । र यही प्रसंगमा पिता जीले भनेअनुसार देवकोटाको घरमा जानुहुन्थ्यो । देवकोटाको कविताहरु पनि सुन्ने, आफ्नो लेख रचना सुनाउने क्रम चलिरहन्थ्यो । हामी त केटाकेटी थियौं । म चाहिँ १९९८ सालमा जन्मिएको हुँ । मैले ६÷७ वर्षदेखि देवकोटा जिलाई आफ्नो घरमा देख्ने अवसर पाएको हुँ ।  मेरो पिता जि संगीतमा शौख राख्नुहुन्थ्यो । उहाँ तबला पनि बजाउने हार्माेनी पनि बजाउने र देवकोटा जि पनि त्यस्तो संगीतमा चाख राख्ने मेरो पिता जीको बैठकमा उहाँका केही मित्रको जमघट हुने गर्दथ्यो । त्यसमा देवकोटा, उहाँका काइला भाई मधुसुदन देवकोटा, जनकराज शर्मा, रिदयराज शर्मा  यिनीहरुको जमघट हुन्थ्यो । देवकोटा जी हार्माेनियम बजाउँदै गीत गाउन थाल्नुहुन्थ्यो शास्त्रिय संगीत ।  अब देवकोटा जी विरामी हुनुभयो । क्यान्सर रोगले ग्रसित हुनुभयो । मेरो पिता जि टंगाल दरबारसँग सम्बन्धित भएको हुनाले यहाँका राणाहरुको घर कलकत्तामा पनि थियो । त्यो देवकोटालाई पनि थाहा थियो । देवकोटाले पण्डित जी रोगको उपचार गर्न जानुप¥यो । रानी समून्द्रकुमारीको घर हामीलाई उपचार गर्न जानुछ । केही बस्ने व्यवस्था तपाईंले मिलाइदिनुहुन्छ की भनेर भन्नुभएछ । पिता जीले हुन्छ नी किन नहुनु भनेर मिलाइदिनुभयो । उहाँ उपचारका लागि कलकत्ता जानुभयो ।  एकदिन देवकोटाका भाई मधुसुदनले मेरो पिता जिलार्य भन्नुभएछ, पण्डित जि तपाईंलाई दाईले भेट्न खोज्नुभएको छ । एकपटक अस्पताल जानुप¥यो । अनि पिता जी त्यहाँ जानुभयो । जानेवित्तिकै देवकोटा जी जुरुक्क उठेर तल झर्नुभएछ । म बंगभूमिमा मर्ने भएँ । मलाई आफ्रनै भूमिमा पशुपतिनाथ, पवित्र बागमती नदिमा पुग्ने त्यहाँ मर्ने, त्यहाँ जल्ने इच्छा छ मलाई त्यहाँ जाने व्यवस्था मिलाइदिनुस् भनेर देवकोटाले ढोग्दै खोज्नुभएछ । त्यसपछि पिताले उठाउनु भयो । त्यसपछि परिवारप्रति जंगिदै देवकोटाले के भन्नुभएछ भने यीनीहरु मलाई उपचार गर्न आएका हुन् र यहाँ कलकत्ता शयर गर्न आएका हुन् । यहाँ मलाई विरामीलाई छोडेर घुम्न जान्छन् । देख्नुभो अहिले मलाई पागल भन्छन् । देखिहाल्नुभयो होला नी भनेर पिता जीलाई भन्नुभएछ । अनि पिता जीले मैले के सहयोग गर्नुप¥यो । मेरो नेपाल पुग्ने खर्चपर्च जति ल्याएको थिए । सकियो । परिवारसहित काठमाडौं पुग्ने खर्चको व्यवस्था तपाईंले गर्दिनुप¥यो भन्नुभएछ । पिता जीले देवकोटाको भाईलाई सोध्नुभएछः हामीलाई काठमाडौं जान कति लाग्छ । उहाँले ५ सय भए पुग्छ भन्नुभयो । ल म त्यति त दिइहाल्छु नी दिनुभएछ । र महाकविले के भन्नुभएछ भने मैले तमसुक लेख्दिनु प¥यो । त्यसपछि मेरो पिताले भन्नुभएछ मैले तमसुकलाई पत्याएर दिएको हो र मैले त मेरो मित्र लक्ष्मीप्रसाद देवकोटालाई पत्याएर दिएको हुँ । तमसुक समसुक चाहिदैन मलाई । सक्नुभयो भने फिर्ता गरिदिनु होला सक्नुभएन भने मलाई केही चाहिदैन भन्नुभएछ । फेरि महाकविले भन्नुभएछ म त बाच्दिन मरिहाल्छु । व्रमश्वो खाएर मर्छु की भन्ने डर लाग्छ मलाई । भनेर जवरजस्ती गरेर देवकोटाले लेख्नुभएछ अगाडि रहेका किताव र पत्रिकामा लेख्नुभएछ । मैले सोमनाथ घिमिरे व्याससँग ५ सय भारु सापट लिएको छु । त्यो चाहिँ मेरो सन्तानले तिरिदिनु भनेर ४÷५ वटा किताब र पत्रपत्रिकामा लेख्नुभएछ । यो लेखेपछि देवकोटाले भन्नुभएछ, यो देखेपछि मेरो सन्तानले तपाईं पैसा तिर्छन् । अनि मलाई शान्ति मिल्छ ।  (पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा रोचक घिमिरेले ‘महाकवि: महाआख्यान’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश)

पोखरा:    पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी विद्यालयले राज्यलाई महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । विद्यालयले अन्र्तराष्ट्रिय स्तरमा समेत भगिनी सम्बन्ध कायम गर्दै विश्व जगतमा नेपाली शिक्षा तथा संस्कृती चिनाउन मद्धत पु¥याएको उहाँको भनाई थियो । साथै अवको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सम्मानित व्यक्तित्व घिमिरेले सम्मानले आफुलाई यो क्षेत्रमा अझै केहि गर्न थप प्रेरणा मिलेको बताउनुभयो । समारोहमा शिक्षकहरु ललिता गुरुङ, विन्दु पौडेल, साबित्रा अधिकारी, निक्कु गुरुङ र मान बहादुर थापा तथा कर्मचारीहरु जयराम लिगल, अनिषा हमाल र शर्मिला भुजेललाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरियो । विद्यालयको साझेदार जर्मनीको युभिए जिम्नाजियम स्कुलका हेड टिचर आना टे सोनहेरले संस्कृती, प्रविधि, शिक्षक तथा विद्यार्थीविच कायम साझेदारीको गाँठो थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । समारोहमा सो विद्यालयका ३ शिक्षक सहित १८ विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पूर्व प्रमुख नारायण प्रसाद सुवेदी, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयलका प्रमुख लक्ष्मण देवकोटा, एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, बैज्ञानिक डा.सन्तोष कोइराला,एन प्याब्सन कास्कीका सल्लाहकार याम खड्का,रामबहादुर थापा, अभिभावकको तर्पmबाट झम्कनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार, विष्णुहरी अधिकारी, बसन्त बैठक टोल विकास संस्थाका अध्यक्ष तुलसी दाहाल लगायतले विद्यालयले नाम जस्तै काम गर्न सफल भएको औल्याउनुभयो । समारोहमा वर्षभरि विभिन्न प्रतियोगिता तथा शैक्षिक कृयाकलापमा उत्कृष्ता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रमका साथै चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बविता भण्डारीले २५ वर्ष सम्म विद्यालयलाई सहयोग गर्ने सम्पूर्ण सहयोगिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सकारात्मक सल्लाह सुझाव र सहयोगका लागि आग्रह गर्नुभयो । विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले विद्यालयले रजत जयन्ती सम्म आइपुग्दा समाजका लागि थुप्रै होनहार प्रतिभाको उत्पादन गरिसकेको बताउनुभयो । आगामी वर्षहरुमा थप विद्यार्थी मैत्री कार्यक्रम ल्याउन जोड दिइने उहाँको भनाई थियो । शिक्षक मानबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।  

पोखरा:   पोखरा लाहुरेको सहरको रुपमा परिचत छ । गोरखा शब्दसँग पोखराको निकै पूरानो साइनो गाँसेको पोखरा अहिले पनि उस्तै प्रयत्नशील छ । रिटायर्ड लाहुरे मात्रै होइन भर्ती भएर लाहुरे बन्नेहरुको लर्को पोखरामा देखिन्छ ।  लाहुरेको सहर पोखरामा यतिबेला ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको सरगर्मी छ । आइतबार फेस्टिबलमा लाहुेरनीको कथा व्यथा सुनाइयो ।  पहिलो होस् या दोस्रो विश्वयुद्धमा गोरखा लाहुरेले आँट देखाए, वीरताको इतिहास लेखाए ।  इतिहासका पानामा गोरखा लाहुरेका कथा धेरै लेखिएको छ । कतै बहादुरीको कथा त कतै इमानदारीताको । तर, लाहुरेनीको कथा नेपथ्यमै हराइरह्यो ।  गोली, बारुद र खुकुरीको धारमा होमिने लाहुरेका आत्मविश्वास बनेका लाहुरेनीहरु जहिल्यै छायामै परेको लाहुरेनीका कथा सेसनमा सहभागी वक्ताले एकै स्वरमा भने । मिना गुरुङलाई त लाहुरेनीप्रतिको हेर्ने दृष्टिकोणले आत्म दुखाएको छ । विलिन लाहुरेनीको कथा कसैले कोट्याउन नखोजेको उनले बताइन् । ‘यो कथाव्यथा, लाहुरेनीको योगदानलाई उसले निभाएको अहम भूमिकालाई कसैले पनि चासो दिएनन् । समाजका यतिधेरै प्रभुत्व व्यक्ति, इतिहासविद्हरु, राजनीतिकर्मीहरुले, साहित्यकारहरुले ध्यान दिएनन्’, गण्डकी प्रदेश सभाको पूर्व सदस्यसमेत रहेकी गुरुङले गुनासो गरिन् । पुस्तकमा पनि लाहुरेनीको कथा कतैं नलेखिएको उनको भनाइ छ । गोरखा महिलाले वेदनापूर्ण जीवन बिताएको उनले स्मरण गरिन् । आफ्नो सपना निमोठेर बाँच्नुपरेको मिना स्वयमको भोगाइ छ । लाहुरेनीका सुखदुखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीष २०७ वर्षपछि बल्ल गोरखा महिलाबारे थोरै भएपनि चर्चा हुन थालेको बताउछिन् । लामो इतिहासमा लाहुरेनी हराएको उनले बताइन् । ‘कथाहरु लाहुरेकै आयो बहादुरीको, विजयको । तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौ’, अनुसन्धानकर्मीसमेत रहेकी सुजनाले भनिन् । गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भएको उनको ठम्याइ छ । शब्द र कथाले बुनेको गोरखा इतिहासमाथि गहिरो अनुसन्धानको आवश्यकता सुजनाले औल्याइन् । ‘मुख्य समस्या बौद्धिक फोरममा आएर गोरखा महिलाबारे बुझाउन सकेका छैनौं’, उनले भनिन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)  का संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङ गोरखा महिलाले लडाँइमा श्रीमानको गुमाएर पनि पेन्सन नपाएको सुनाए । गाउँमा एकाथरी नाम पल्टनमा अर्कोथरी नाम हुँदा आर्थिक रुपमा चेपुवामा परेको उनले बताए ।  ‘प्रेमी फर्केर आउँछ भन्दा भन्दै जीवन बित्यो । पेन्सन पनि पाएनन् समाजले पनि नानाथरी लाञ्छना लगायो’, उनले भने । गोरखाका महिलाको पीडा सुनाइसाध्य नरहेको चन्द्रबहादुर बताउँछन् । ‘बाध्यताको देशमा हामी छौं’, उनले सुनाए ।