पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

काठमाडौं:  सन् २०२३ को मार्च महिनामा नेपालमा झन्डै एक लाख पर्यटक भित्रिएका छन्।    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा कुल ९९ हजार चार सय २६ जना पर्यटक भित्रिएका हुन्।   यो संख्या अघिल्लो महिनाको तुलनामा २६ हजार एक सय ७१ जनाले बढी हो। गत फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक भित्रिएका थिए।    सन् २०२३ को मार्च महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन्। मार्चमा २५ हजार नौ सय ११ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्।    त्यस्तै, अमेरिकाबाट ९ हजार पाँच सय ५७, बेलायतबाट ६ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९ र श्रीलंकाबाट तीन हजार आठ सय ९८ जना पर्यटक भित्रिएका छन्।    नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली राष्ट्रहरूबाट २३.४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन्।    सन् २०२३ को सुरुआतिदेखिको तथ्यांक हेर्दा पर्यटक भित्रने संख्या मासिक रूपमा बढ्दै छ।    फेब्रुअरीको तुलनामा जनवरीमा नेपाल भित्रने पर्यटक संख्या कम थियो। जनवरीमा जम्मा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। यस हिसाबमा पछिल्लो समय पर्यटक आगमको संख्यामा सुधार हुँदै गएको देखिन्छ।

काठमाडौं: साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ।    आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।   आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ। गत बिहीबारको तुलनामा शेयर कारोबार रकम बढेको छ।     नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।   आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। तर यता स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचनका लागि तीनवटै क्षेत्रका लागि उम्मेदवारको टु्ंगो  लगाएको छ।   राप्रपाको आज बसेको संसदीय समितिको बैठकले तनहुँमा शोभा गुरू,बारामा सोनेलाल शाह र चितवनमा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।   आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपाले उपेन्द्र यादव,रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमी नगरपालिका-९ चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।    मृत्यु हुनेमा कपिलवस्तुकै विजयनगर गाउँपालिका-४ त्रिपालनगरका २९ वर्षीय बाबुराम कुवँर रहेका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल गएराति पौने १२ बजे मृत्यु भएको हो।    घाइते भएका दाङको घोराही उपमहानगपालिका-१ रामपुरका ३० वर्षीय बल देव पौडेल र विजयनगर गाउँपालिका-४ का ३५ वर्षीय राज मगरको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।    बिग्रिएर सडकमा रोकी राखेको ग १ ख ३८३५ नम्बरको मिनिट्रकको पछाडि तीन जना सवार रहको रा ३ प ७६ ७० नम्बरको मोटरसाइकल गएराति साढे १० बजे ठोकिँएको थियो। 

काठमाडौं: उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको  छ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) बासुदेव तिमल्सिना, रामअवतार जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयका शिक्षक पाँचु रायविरूद्ध  विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।   उजुरीका आधारमा छानविन गर्दा उपसचिव तिमल्सिना,प्राधानाध्यापक बराल शिक्षक रायले नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको पाइएकाले उनीहरूविरूद्ध  आइतबार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।   तीनैजनाले शिक्षक पाँचु रायलाई  केश्वर गरिब जनता माध्यमिक विद्यालयको शिक्षक अनुदान कोटामा सरूवा गर्न चलखेल गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

काठमाडौंः सांसद् प्रदिप पौडेलले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।   संसद्को शून्य समयमा बोल्दै सांसद् पौडेलले हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको बताए।   पौडेलले भने, ‘पछिल्ला रिपोर्टले प्रष्ट भन्छन्, नेपालमा हवाई दुर्घटनाको पछाडि इन्जीनले काम नगरेका जस्ता यान्त्रीक कारण भन्दापनि व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरू हुन्छन् । तर, सम्बन्धीत निकाय यो विषयमा बेखबर जस्तै छ । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकताका साथ लिन्छन् । तर, हाम्रो मुलुकले गम्भिरतापूर्वक लिदैन ।’   पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटि देखिइरहेको उनको भनाइ छ। पौडेलले भने,‘यसै त नेपालको हवाई क्षेत्र गम्भीर सुरक्षा चासोको सूचीबाट हटेको छैन । त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ । त्यसैले हवाई क्षेत्रमा देखिएका समस्या सम्बोधनमा सरकार गम्भीर बनोस् । उचित व्यवस्थापनका लागि समाधान खोजियोस् । ’   पौडेलले कुनै जहाजको पांग्रा खुस्किनु पर्ने अवस्था रहेको र  उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्नुपर्ने स्थिती रहेको बताए । पौडेलले भने,‘ हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवईबाट काठमाडौं उड्नै लाग्दा कोपाइलटलाई पखाला चलेपछि १४३ यात्रु अलपत्र परे ।’

काठमाडौँ: रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २७ गते हुने भएको छ ।   आइतबार सकेको सर्वपक्षीय बैठकमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको नेविसंघका नेता अशोकसिंह विष्टले बताए । विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।    स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए । अनेरास्ववियु (एमाले) लाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका थिए । क्याम्पस प्रशासनले नयाँ निर्वाचन अधिकृत तोक्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २७ मा निर्वाचन गर्ने सहमति भएको विष्टले बताए ।

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन्।   आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले शीतल निवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरेकी हुन्।   ती ठाउँमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने सांसद डाँगीको भनाइ थियो।   उनले आफू बसिरहेको कुर्सी, प्रधानमन्त्री बसिरहेको कुर्सी कुन देशबाट आयात गरिएको हो भनी सरकारलाई प्रश्न समेत गरिन्।   ‘आन्तरिक उत्पादन बढाउन राज्यले के-कस्तो नीति बनाएको छ? ती कुराहरू अंकमा देखिने गरी किन लागू भएनन्? समीक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन, छलफल चलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमा नै बनेको हो?,’ उनले भनिन्।   सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि सरकारलाई सचेत गराइन्।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।   अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'स्वास्थ्य  अवस्था असहजता भइ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।'   स्वास्थ्यमा असहजता भएपछि राष्ट्रपति शनिबार अस्पताल भर्ना भएका थिए।   राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुगेका छन्।