पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

काठमाडौं:  नेकपा एमालेबाट बारा–२ मा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ।   सोमबार पूर्वमन्त्रीसमेत रहेका पौडेललाइ बारा–२ को उपनिर्वाचन लड्न टिकट दिने निर्णय गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।    पौडेललाई उम्मेदवार बनाउने सम्बन्धमा आइतबारकाे बैठकमा भएकाे छलफलअनुसार सोमबार बिहान निर्णय भएको रिजालले बताए।   बारा–२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन्।    गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि यादवलाई सहयोग गर्ने निर्णय गरिसकेको छ।    गठबन्धनकै अर्को दल जनमत पार्टीले भने शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।    शिवचन्द्र केही दिनअघि मात्रै माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए। चुनाव प्रचारका लागि जनमत अध्यक्ष सिके राउत केही दिनदेखि बारामै छन्।   राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ।   वैशाख १० गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। 

काठमाडौं:  सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।   गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला छ सय रुपैयाँ घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।    आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।     त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।    आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।   आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं : नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आइतबार राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।   सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भाग, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।   मंगलबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

चितवन : एलपी  ग्यास  बोकेको ट्याङकर पल्टिदा एकजनाको मृत्यु भएको छ ।   आफै अनियन्त्रित भइ ट्यांकर पल्टिदा एकजनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।    बिहान ६ बजे  इच्छाकामना गाउँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्गको लेवटारमा  मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डीटी ६०५५ नम्बरको भारतीय ट्याङकर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।   घाइतेको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको चितवन प्रहरीका प्रवक्ता डीएसपी बिजय पन्डितले बताए ।

पोखरा:   नेपाल मगर संघ गण्डकी प्रदेशले प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रुपमा मगर भाषालाई प्रयोग गर्न माग गरेको छ ।  नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचित समितिले ६ बुदे घोषणा पत्र जारी गर्दै प्रदेश सरकारको कामकाजको भाषाको रुपमा मगर भाषालाई राष्ट्रिय भाषा आयोगले सिफारिस गरेको मगर ढुट भाषालाई कार्यान्वयन गर्न माग गरेको हो ।  मगर संघ गण्डकीले जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था हुनुपर्ने, प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको नवनिर्वाचित तारामाया थापामगरले बताईन ।  घोषणापत्रमा पोखराको लखनचोकस्थित सहिद लखन थापामगरको शालिकलाई विस्थापित गर्ने षड्यन्त्र अनुसार पृथ्वीनारायाण शाहको शालिक तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।  गण्डकी प्रदेशको नाममा मगरात पहिचान जोड्न गण्डकी प्रदेश सरकार र प्रदेश सांसद समक्ष माग गर्ने समेत घोषणा पत्रमा उल्लेख गरेको छ ।  मगर संघ गण्डकीको अध्यक्षमा तारामाया थापामगर नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट तारामाया थापामगरको अध्यक्षतामा सर्वसम्मत ४२ सदस्य कार्यसमिति चयन भएको छ ।  पोखरामा चैत १८ र १९ गते सम्पन्न भएको अधिवेशनले थापामगरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।  संघको उपाध्यक्षमा प्रथम उपाध्यक्ष मनिराज थापामगर, उपाध्यक्ष दानबहादुर थापामगर, महिला उपाध्यक्ष पवित्रा थापामगर, भाषिक उपाध्यक्ष जगन पुनमगर, प्रमुख सचिव नन्दु थापामगर, कृष्णबहादुर थापामगर, महिला सचिव संगिता पुनमगर, कोषाध्यक्ष उत्तमप्रसाद बडावलमगर, सह कोषाध्यक्षमा ज्ञानीसरा रानामगर र यामकुमारी गर्बुजामगर चयन भएका हुन् ।  यस्तै संघको सदस्यहरुमा याम कुमारी गर्वुजा मगर, टकसरा राना मगर, हिरा बहादुर पुन मगर, विर वहादुर थापा मगर, हिरा देवी मगर, युवराज पुन मगर, खिम पुनमगर, देउकुरमारी थापा मगर, बलविर रानामगर, सगुन रानामगर, डिलबहादुर थापा मगर रहनुभएको छ ।  यस्तै शुुभ रानामगर, खेम बहादुर सारुमगर, शिव पुनमगर, मान बहादुर थापामगर, कलाकार रानामगर राजन आलेमगर, हिमला आले मगर, मन बहादुर पुनमगर, नरमाया आलेमगर, बेलमाया राना मगर, शोभा राना मगर, भुपेन्द्र मास्की मगर, रेवती थापा मगर चयन हुुनुुभएको छ । संघले बाँकी सदस्य पहिलो बैठकले मनोनित गर्ने जनाएको छ । 

गलेश्वर : पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर। करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँका रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो।    सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन्। खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक डेढ करोड आम्दानी गर्दै आएका छन्।    खबराका किसानले केरा खेतीबाट वार्षिक एक करोड गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक ५० लाखको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन्। यी दुई गाउँ पछिल्लो समय केरा गाउँका रूपमा चिनिन थालेका छन्।    व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताए। यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। 'बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ। मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु। केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्', उनले भने।   खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए। यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेका  स्थानीय बताउँछन्।    थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ। अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए। अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ।  खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन्। यहाँका किसानले वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताए।   स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाएका छन्। करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख आम्दानी हुने गरेको उनले बताए।     परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ।   थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन्।    बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ। उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ।   'धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ', बबिता सापकोटाले भने, 'पाँच रोपनीमा केरा खेती गरेका छौँ। वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुन्छ।'    उनले १० वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ। छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ। सापकोटाले भने, 'केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौं राखेर पढाउन पुगेको छ।'    उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताए। सापकोटाले भने, 'केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ।'   खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन्। केरा बिक्री गरेर वार्षिक छ लाख आम्दानी हुने गरेको उनले सुनाए। 'राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्', उनले भने, 'एक घारीको चार हजार दुईसयसम्ममा बिक्री गरेको छु।'   बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन्। धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन्। अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन्।   केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए।    उनले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाएका छन्। उनका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन्। किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन्। खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए।    गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन्। पाकेको केरा प्रतिदर्जन एक सयका दरले बिक्री हुने गरेको छ। एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ।

काठमाडौं:  फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडिओ राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।    मोरङ धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो।   अध्ययन गर्न विदेश गएकी महिलालाई दैनिक फोन-मेसेज गरी हैरानी दिएको र फेसबुक आइडी समेत ह्याक गरेको आरोप उनीमाथि छ।    आइडी ह्याक गरी अश्लिल फोटो तथा भिडिओ पोष्ट गर्ने, फेसबुकका साथीहरूलाई पठाएर लाइभबाट आत्महत्‍या गर्ने भन्ने, फसाउने उद्देश्यले पीडित चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।    उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।

काठमाडौं:  नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।    नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताउनुभयो । “तपाईँहरूको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु”, उहाँले भन्नुभयो, “मैले अर्थतन्त्र सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईँहरूबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।”   सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ पनि गर्नुभएको थियो ।   भेटमा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटाउन सुझाव दिनुभयो । यसका लागि केन्द्रीय बैङ्क र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उहाँको भनाइ छ । सहकारी र लघुवित्तमा तरलता बढाउनेगरी काम अघि बढाउन महासङ्घले आग्रह गरेको छ ।    सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाको सुझाव छ । अहिले करिब २५ प्रतिशत मात्र रहेको पुँजीगत खर्चलाई विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भए पनि खर्च गर्नुपर्छ”, अध्यक्ष गोल्छाले भन्नुभयो ।   यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न तथा राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न उहाँले सुझाव दिनुभयो ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ।    तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा आगामी चैत ३० गतेदेखि सुरू हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने छ।   बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले 'सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरौँ' भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए।    'बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिने सडक खाना महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ', उनले भने।   सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन्। 'साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ,' अध्यक्ष प्रधानले भने।   नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।    बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन्। विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिए।   सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ।    जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरीलगायतका हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्छ।   बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छन्।