तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

महोत्तरी:  बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ । सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनैकुनै वर्ष मङ्सिर मध्यलगत्तै ह्वात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुनु पहिले नै पूर्व तयारी बढाएको हो । ‘मधेसमा शीतलहर वर्षौपिच्छे भोग्दै आइएको समस्या हो, क्षति हुन थालेपछि यसको व्यवस्थापन बढी खर्चिलो र समाल्न धौधौ पर्ने हुन्छ’, समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘हामीले अहिलेदेखि नै पूर्वसचेतता र तयारीका काम थालेका छौँ ।’ समितिले जिल्लाका सबै नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, सामाजिक सङ्घसंस्था र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसहितको बृहत् बैठक सम्पन्न गरेर अहिलेदेखि नै क्षति हुन नदिनेगरी पूर्वतयारी थालेको उनको भनाइ छ । जिल्लामा यो समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने व्यवस्था छ । समितिले यसअघि शीतलहर प्रभावितहरूको उद्धार तथा राहतमा संस्थागत योगदान दिँदै आएका संस्थाहरू, विभिन्न व्यक्तित्व र निकायसँग तत्काल समन्वय गरी शीतलहर व्यवस्थापन योजना तयार गर्ने निर्णय गरेको यादवले जानकारी दिए । यसरी प्राप्त हुने योजना समितिबाट स्वीकृत गरी कार्यान्वयनमा लगिने उनको भनाइ छ । जिल्लाका सबै गैरसरकारी संस्थाहरूलाई यस काममा अभिप्रेरित गर्दै स्थानीयतहसँगको सहकार्यमा शीतलहर प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा जोडिने समितिले जनाएको छ । मधेसमा शीतलहरका बेला बर्सेनि मानवीय क्षति, स्वास्थ्य समस्या र कृषिबालीमा समेत ठूलो परिमाणमा नोक्सानी हुँदै आएको छ । यसपालि शीतलहरका बेला आवश्यक पर्ने दाउराको प्रबन्ध अहिलेदेखि नै गर्न सम्बद्ध पक्षलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । समितिले शीतलहरबाट जोगिन गरिने पूर्वतयारीसँगै गत असोज तेस्रो साताको बाढी तथा डुबानबाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणको काम जिम्मेवार निकायले तत्काल प्राथमिकतासाथ सम्पन्न गर्न पर्ने निर्णयसमेत गरेको प्रजिअ यादवले बताए । 

झापा:  झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् ।  शनिबार राति करिब ११:३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय ९इप्रका० बुधबारेमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ ।  घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।  परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उहाँले केही समयदेखि डिप्रेसनको उपचार गराइरहनु भएको थियो । केही महिना अघिमात्र उहाँले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराउनुभएको थियो ।

काठमाडौं:  नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो । उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि एक सय जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि दुई जनालगायत विभिन्न गणमा विभिन्न सङ्ख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो । सबैभन्दा बढि सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ भने विभिन्न सङ्ख्यामा ब।का।सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागेको छ । सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । एसइई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन । लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रमाणपत्र भएकाहरुको हकमा कक्षा ८ मा न्यूनतम जिपिए २ ल्याएको हुनुपर्ने र कुनै पनि विषयमा डि प्लसभन्दा कम हुन नहुने योग्यता तोकिएको छ । एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य भनिएको छ ।  

काठमाडौं:  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो । आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।    

काठमाडौं:  नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताउनुभयो । “अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो । जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उहाँले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताउनुभयो । २८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उहाँले सरकारप्रति आभार प्रकट गर्नुभयो । समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा जानुभएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम् कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाउने निर्णय गरेको थियो । समारोहमा राष्ट्रिय अनुन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए ।

काठमाडौं: नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताउनुभएको हो ।  उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ । मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ । दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ ।  तेस्रो चरणमा मतदानस्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्न सकिनेछ । चौथो चरणमा सबै विवरण अन्तिम पटक जाँच गरी फारम अनलाइनमार्फत पेस गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुनेछ ।

काठमाडौं:  गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज प्रेस विज्ञप्ति जारी गरी उहाँलाई गत भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझका लागि स्थान हद लगाइएको उल्लेख गर्नुभएको हो ।  विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजैदेखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने ।”  आयोगले यसअघि, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई स्थान हद लगाउने निर्णय गरेको थियो ।  

तनहुँ:   पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी ९दुई लेन० कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।  उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उहाँले भन्नुभयो “२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।”  चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२  मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।  सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।

मुस्ताङ:  उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ ।  भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा स्थानान्तरण गरिएको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन् ।  गाउँपालिकाका सामुदायिक र गुम्बा विद्यालय सबै जाडो छल्न बेँसीमा स्थानान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयो ।  लोमान्थाङ गाउँपालिकाको छोन्हुप झिन्जु आधारभूत विद्यालय जाडो छल्न दसैँ अगावै बेँसी झरेको र राष्ट्रिय आधारभूत लोमान्थाङ र दिव्यदीप माध्यमिक विद्यालय छोसेर तिहारलगत्तै जाडो छल्न बेँसी झरेको प्रशासन प्रमुख केशीको भनाइ छ ।  लोमान्थाङको छोन्हुप झिन्जु आधारभूतमा ५० जना, राष्ट्रिय आधारभूतमा २० जना र दिव्यदीप माध्यमिक विद्यालयका ६२ जना विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसीका विभिन्न स्थानमा स्थानान्तरण गरिएको प्रशासन प्रमुख केसीको भनाइ छ ।  लोमान्थाङको दिव्यदीप माध्यमिक विद्यालयलाई पोखरास्थित विजयपुरमा रहेको निजी विद्यालय भवनमा स्थानान्तरण गरिएको छ । छोन्हुप झिन्जु आधारभूतको पनि पोखरा हेम्जामा रहेको आफ्नै निजी भवनमा घुम्ती कक्षा चलाउन झारिएको हो ।  यसैगरी लोमान्थाङको राष्ट्रिय आधारभूतका २० जना विद्यार्थीलाई पोखरा लेखनाथस्थित तालचोक किमबेँसीमा भाडाको भवनमा स्थानान्तरण गरिएको प्रशासन प्रमुख केशीले बताउनुभयो ।  यसैगरी लोमान्थाङ गाउँपालिकाअन्तर्गतका मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि आफ्नै खर्चमा घुम्ती कक्षा चलाउन पोखराका विभिन्न स्थानमा रहेको प्रशासन प्रमुख केशीको भनाइ छ । हिउँदयामको जाडो मौसममा साविक स्थानमा शैक्षिक पठनरपाठनलाई निरन्तरता दिन कठिनाइ हुने भएकाले माथिल्लो मुस्ताङका विद्यालयलाई घुम्ती कक्षा चलाउन बर्सेनि यसप्रकारको परम्परा रहँदै आइरहेको छ । सङ्घीय सरकारले घुम्ती विद्यालय सञ्चालन तथा व्यवस्थापन शीर्षकमा लोमान्थाङका तीन सामुदायिक विद्यालयलाई बर्सेनि शसर्त अनुदानस्वरूप प्रतिविद्यालय तीन लाख ५० हजार उपलब्ध गराउने गरेको छ ।  यसका अतिरिक्त साविक स्थानमा रहेको सञ्चालन गर्दा उपलब्ध हुने सङ्घीय सशर्तबापतको हिमाली आवासीय छात्रावास अनुदान कार्यक्रमअन्तर्गत कक्षा ४ देखि माथिका विद्यार्थीलाई जनही पाँच हजार उपलब्ध हुने सुविधा रहेको प्रशासन प्रमुख केशीले बताउनुभयो । लोमान्थाङको राष्ट्रिय आधारभूत, झिन्जु आधारभूत र दिव्य दीप माध्यमिक विद्यालयका तल्ला कक्षाहरूलाई गाउँपालिकाले प्रतिविद्यार्थी मासिक चार हजार अनुदान दिने गरेको उहाँको भनाइ छ । माथिल्लो मुस्ताङको लोमान्थाङजस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत तीन सामुदायिक र दुई गुम्बा विद्यालय जाडो छल्न कात्तिक १० गते बेँसीमा झरेको त्यहाँका शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेले जानकारी दिनुभयो ।  अधिकृत न्यौपानेका अनुसार लोघेकर दामोदरकुण्डको चराङ आधारभूत चराङका १६ जना, घमी आधारभुत घमीका ५६ जना र जनज्योति आधारभूत घिलिङका ८४ जना विद्यालयलाई शिक्षण सिकाइमा निरन्तरता दिनका लागि पोखराका विभिन्न स्थानमा झारिएको हो ।  चराङ आधारभूतको पोखरा हेम्जामा, घमी आधारभूतको पोखरा विजयपुरमा र जनज्योति आधारभूतको तनहुको शुक्लागण्डकी दुलेगौडामा स्थानान्तरण गरिएको जनाइएको छ ।  यहाँको चराङ र जनज्योति आधारभूत विद्यालयलाई घुम्ती विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यक्रम शीषर्कमा प्रतिविद्यालय तीन लाख ५० हजार प्राप्त हुने शिक्षा शाखा अधिकृत न्यौपानेले बताउनुभयो ।  यसैगरी सङ्घीय सरकारले दिने अनुदान हिउँदको चार महिना बेँसीमा घुम्ती कक्षा चलाउन बजेट अभाव हुने भएकाले सामुदायिक विद्यालयका लागि एकमुष्ट २५ लाख रूपियाँ बजेट गाउँपालिकाले विनियोजन गरेको अधिकृत न्यौपानेको भनाइ छ । यसैगरी लोघेकरमा तीन सामुदायिकसँगै चराङका दुई गुम्बा विद्यालय पनि जाडो छल्न बेँसी झरिसकेको अधिकृत न्यौपानेले उल्लेख गर्नुभयो । यहाँको वारागुङ मुक्तिक्षेत्रको छुसाङस्थित जननर्मल माध्यमिक विद्यालय गत वर्षसम्म जाडो छल्न बेँसी झर्ने गरेकोमा चालु शैक्षिक सत्रमा घुम्ती कक्षाका लागि बेँसी नझर्ने निर्णय भएको त्यहाँका शिक्षा शाखा अधिकृत रेखा पन्तले जानकारी दिनुभयो । तर, यहाँको कागबेनीस्थित कागछोदे गुम्बा विद्यालय भने घुम्ती कक्षा चलाउन बेँसीमा स्थानान्तरण भएको अधिकृत पन्तको भनाइ छ । वार्षिक परीक्षामा एक रूपता ल्याउन घम्ती कक्षाले असहज हुने, लगातार हिउँदमा कक्षा चलाउँदा शिक्षकहरूले पाउनुपर्ने बिदा कटौती गर्न गारो हुने र सङ्घीय सरकारले उपलब्ध गराउने अनुदान तीन लाख ५० हजारले घुम्ती खर्च धान्न नसक्ने अवस्था रहेकाले गाउँपालिकाबाटै घुम्ती कक्षा नचलाउने निर्णय भएको अधिकृत पन्तको भनाइ छ । माथिल्लो मुस्ताङका सरकारी तथा धार्मिक गुम्बा विद्यालयहरू घुम्ती कक्षाका रूपमा निरन्तर शैक्षिक पठनपाठन चलिरहने छ । साविक स्थानमा कक्षा सञ्चालन गर्दा विद्याथीहरूलाई चिसोका कारण रुघाखोकी र निमोनियाले बिरामी पर्ने हुन्छ भने हिउँदमा साविक स्थानमा कक्षा चलाउँदा हिमपातको जोखिम हुने हुन्छ ।  त्यसो त माथिल्लो मुस्ताङमा विद्यालयका अधिकांश अभिावकहरू जाडो छल्न र घुम्ती व्यापारमा बेँसी झर्ने परम्परा रहेकाले पनि माथिल्ला पालिकाहरूले आफ्ना विद्यालयलाई बेँसीमा झार्ने गरिएको हो । यसरी जाडो छल्न झरेका घुम्ती विद्यालयहरू चालु शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्र साविककै स्थानमा सञ्चालन गर्न वैशाख महिनामा माथि उक्लिने गर्छन् । माथिल्लो दुई गाउँपालिकाका विद्यालय घुम्तीमा झरे पनि वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालय भने हिउँदको पुस र माघ महिना हिउँदे जाडो बिदा दिने गरिएको छ ।  यसरी हिउँदमा बिदा भएका विद्यालयहरू फागुनको पहिलो साता सञ्चालन हुने गर्छन् । यहाँका तल्ला तीन पालिकामा शिक्षकहरूलाई ४५ दिने हिउँदे बिदा र १५ दिन सट्टा बिदा गरी दुई महिना शैक्षिक क्रियाकलाप स्थगित गर्ने गरिएको छ ।