जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

काठमाडौं:  दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ ।  चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।  नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम नौ देखि १० डिग्री सेल्सियस रहेको राँझास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका इञ्चार्ज पलबहादुर विकले जानकारी दिए । शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि नेपालगञ्जका प्रमुख चोक बजारक्षेत्रमा चहलपहल घटेको छ ।  शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरलाई समस्या हुनाका साथै बालबालिका र ज्येष्ठ नागरिकलाई पनि असर पारेको छ ।  चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल–टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले टोल–टोलमा दाउरा वितरण गरेर आगो बाल्ने व्यवस्था गर्ने तयारी गरेको त्यहाँका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । केही दिनयता चिसो बढ्दै गएका कारण नेपालगञ्जका अस्पतालमा चिसोका बिरामी पुग्ने क्रम फेरि बढेको जनाइएको छ । मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा एक सातायता निमोनिया, ‘कोल्ड डायरिया’ रुघाखोकी लागेको बालबालिका र ज्येष्ठ नागरिक आउने क्रम बढेको उक्त अस्पतालका निर्देशक डा एम किदवाइले बताए । उनले चिसो बढेसँगै बिरामी पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गर्नुभयो । भेरी अस्पतालमा पनि चिसोका बिरामी आउने क्रम दिनदिनै  बढ्दै गएको त्यहाँका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताए ।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् ।   सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुलाई प्रचण्डले आग्रह गरेका हुन् । ‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र एउटा निष्कर्षमा पुगौंला’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोग पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित थिए ।  बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका छन् ।

काठमाडौं:  शून्य लगानी (जिरो कस्ट) मा वैदेशिक रोजगारमा पठाउने नीति अनुसार पछिल्लो ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गएका छन् ।  साउनदेखि मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना नेपाली शून्य लागतमा मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यस्तै १० प्रतिशत सेवा शुल्क बुझाएर १ लाख ५५ हजार ३१८ जना मलेसिया गएको विभागको तथ्यांकले देखाएको छ ।  सरकारले मलेसिया, साउदी, यूएई लगायतका मुलुकमा शून्य लागतमा कामदार पठाउने नीति लिएको छ । तर, उक्त नीति मलेसियाबाहेक अन्य मुलुकमा भने कार्यान्वयनमा आउन सकेको छैन ।  मेनपावर व्यवसायीहरूले मनलाग्दी शुल्क लिने र श्रमिकहरूलाई शून्य लागतमा पैसा लिएको भन्न लगाउने गरेका छन् । जसले गर्दा सरकारले उक्त नीतिको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन ।  विभागले नीति कार्यान्वयनका लागि सक्रिय भएर काम गर्दै आएको जनाएको छ । कामदारहरूबाट उजुरी नआउँदा बढी पैसा लिएर पठाउनेलाई कारबाही गर्न समस्या भएको विभागले जनाएको छ । शून्य लागत र १० प्रतिशत सेवा शुल्क लिएर बाहेक बढी पैसा तिरेको भए विभागमा उजुरी गर्नुपर्ने हुन्छ । त्यही उजुरीको आधारमा विभागले कारवाही प्रक्रिया अगाडि बढाउने विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।   आर्थिक वर्ष २०७९८० को मंसिर मसान्तसम्ममा विभिन्न ७ मुलुकहरू बहराईन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया र यूएईमा ३ लाख ४९ हजार ८२ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।  जसमा २ लाख ८९ हजार ७२ जना पुरूष र २४ हजार २२ जना महिला रहेका छन् ।

पोखरा:   गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले सहकारीहरुले निक्षेप संकलन र कर्जा प्रवाहलाई जोड दिदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको वताउनुभएको छ ।  सहकारीहरु नाफामा केन्द्रीत हुंदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको उहांको भनाइ रहेको थियो ।  आइतबार पोखरामा  सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको सहकारी सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठीको उद्घाटन गर्दै मन्त्री बुढाले सहकारीहरु नाफा कसरी हुन्छ भन्नेमा केन्द्रीत हुदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको वताउनुभएको हो ।  गण्डकी प्रदेश पछिल्लो समयमा दूध अण्डा र मासुमा आत्मनिर्भर भएपनि त्यसलाई अगाडि बढाउन अझैपनि नसकिएको र त्यसको कारण ब्यापारीहरुको खेलोमेलोनै नरहेको बुढाले वताउनुभयो । सहकारीहरु अझैपनि केही सिमित वर्गका मानिसहरुमा मात्र निर्भर रहेको बताउदै मन्त्री बुढाले विपन्न वर्ग र शेयर सदस्यहरुलाई आत्मनिर्भर गराउनतर्फ सहकारीहरु लाग्नुपर्नेमा जोड दिनुभयो । भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गण्डकी प्रदेशका सहकारीहरुलाई सुदृढ बनाउन लागि परेको भएतापनि अझैपनि अधिकांश सहकारीहरु अपडेट नभइ रहेकोे र नियम संगत चल्न नसकेको वताउदै दर्तामा मात्र सिमित रहेका सहकारीहरुलाई खारेजी गर्नतर्फ सहकारी अभियनताहरुपनि लाग्नुपर्नेमा उहांको जोड रहेको थियो । गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रशासन तथा सहकारी बिकास महाशाखाका प्रमुख धु्रव गिरीले संघ र प्रदेश वीच समन्वय हुन नसक्दा सहकारीहरुलाई सुदृढिकरण गरेर लैजान नसकेको भएतापनी यसलाई सुदृढ गराउनका लागी सहकारी संघहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सहकारीहरुलाई डाटावेसमा लैजान आवश्यक रहेको वताउदै त्यसतर्फ सम्पूर्ण सहकारी संघ संस्थाहरुनै अगाडि वढ्नुपर्ने उहांको भनाइ रहेको थियो ।  कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्ती मगरले प्रदेश अन्तर्गत ९ सय ३६ वटा सहकारीहरु आवद्ध रहेको भएतापनि अधिकांश सहकारीहरु अपडेट नभएकाले त्यसको छानविन गरी दर्ता खारेजीको अभियानमा आफुहरु रहेको वताउनुभयो । कार्यक्रममा सहभागी सहकारी संघका प्रतिनिधीहरुले नेपालको संविधान र सहकारी ऐनमा सुधार गर्नुपर्ने, ऐन नियम मिच्ने संस्थालाई कारबाही गर्नुपर्ने, सहकारी ऐन २०४८ को नियमलाई विनियम संसोधन गर्नुपर्ने र संघमा आवद्ध नभएका सहकारीहरुका कारण समस्या उत्पन्न भएकाले त्यसतर्फ रजिष्ट्रारको कार्यालय र मन्त्रालयले ध्यान दिनुपर्ने सुझाव राख्नुभएको थियो ।  कार्यक्रममा गण्डकीका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाका सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको थियोभने कार्यक्रमको संचालन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका शाखा अधिकृत चोलाकान्त वाग्लेले गर्नुभएको थियो ।   

पोखरा:  कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । कास्की जिल्ला शुटिङ संघको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष राम नारायण श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।  त्यसैगरी सदस्यहरुमा चिन्तामणी बास्तोला, विनोद प्रसाद श्रेष्ठ, बिजय कार्की, प्रकाश बज्राचार्य, शरण कुमार छन्त्याल र गृष्मा उदास निर्वाचित हुनुभएको छभने दुई सदस्य पछि मनोनित गरिने निर्वाचन अधिकृत कास्की जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डि बि नेपालीले जानकारी दिनुभयो ।  साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले शुटिङ संघ  कास्कीको कार्यालयका लागि पोखरा रंगशाला भित्र ठाउ  उपलब्ध गर्ने वताउनुभयो । शुटिङ खेलका लागि पर्याप्त मात्रामा सामाग्रीहरु नभएको वताउदै त्यसका लागि पनि आफुले पहल गर्ने वताउदै पर्याप्त सामाग्रीको अभावका बीच शुटिङ संघले पछिल्लो समय उदाहरणीय काम गरेकोे उहांको भनाइ रहेको थियो ।  शुटिङ संघ कासकीका सल्लाहकार तीर्थलाल श्रेष्ठले शुटिङ संघ कास्कीले खेलकुद सामाग्रीको अभावका बावजुद पनि आफुहरुले काम गरिरहेको वताउदै आगामी दिनमा संघलाई अगाडि वढाउन सम्पूर्ण एक भएर लाग्ने वताउनुभयो ।   

जनकपुरधाम:   मधेश प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथपछि आज दिउँसो १ बजेको लागि पहिलो अधिवेशन बैठक प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रमुखले बैठक आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए । सोमबारको पहिलो बैठकमा प्रदेश प्रमुख मिश्रले अधिवेशन आह्वान गरेको पत्र प्रदेश सभा सदस्यहरुलाई पढेर सुनाउने पहिलो कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार नयाँ प्रदेश सभा नियमावली नबनेसम्मका लागि पुरानै नियमावलीलाई अनुमोदन गर्ने, प्रदेश सभाको बैठकमा सभामुखको चुनाव नभएसम्मका लागि अध्यक्ष मण्डल चयन गरिने, प्रत्येक दलबाट संसदीय दलको नेता वा प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । आजको बैठकमा सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ताको मिति तोकिने कार्यसूची रहेको सचिव यादवले बताए । शनिबार बसेको सर्वदलीय बैठकमा प्रदेशमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गरिने निर्णय गरेको थियो । कानुनी व्यवस्था अनुसार प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्छ ।

 काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचनको तयारीबारे जानकारी गराएका हुन् । आयोग पदाधिकारीहरुको सोमबार नै बस्ने बैठकले मिति तय गर्न सक्ने एक आयुक्तले जानकारी दिए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको भोटेर भएकाले तत्काल उपनिर्वाचन गर्न लागिएको हो,’ ती आयुक्त भन्छन्, ‘माघ महिनाभित्रै उपचुनाव गर्ने तयारी छ ।’ नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ ।

पोखरा:  सरकारमा जाने नजाने अन्योलकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागी भएको छ । २० सिट जितेर प्रतिनिधि सभामा आफ्नो बलियो उपस्थिति देखाएको स्वतन्त्र पार्टीले कति वटा मन्त्रालय र कुन कुन पाउँछ भन्ने एकिन टुङ्गो लागेको छैन । अहिलेसम्म गृह मन्त्रालय उक्त पार्टीका सभापति रवी लामिछानेले सम्हालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसँग तीन जना चिकित्सक सांसद भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रास्वपाले पनि दाबी गरेको छ । उक्त पार्टीमा डा. चन्दा कार्की, डा. ढाका कुमार श्रेष्ठ र डा.तोसिमा कार्की सांसद छन् । तर, तीन मध्ये रास्वपाको सुरुवाती चरणदेखिको उपस्थिति श्रेष्ठको रहेको छ । अधिकारीहरू भन्छन्, श्रेष्ठले पार्टीलाई यो अवस्थामा ल्याउन ठूलो योगदान गरेका छन ्। अझ गज्जव त श्रेष्ठ पार्टी भित्र निर्वाचित प्रतिनिधि हुन् । प्रचारप्रसारमा खासै रुची नराखेका कारण अहिले उनि मन्त्री हुने चर्चामा ओझेल परेका छन् । रास्वपाकै सांसद श्रेष्ठ अरु डा. सासंद भन्दा अव्वल छन् । हुनत अहिलेसम्म स्वास्थ्य मन्त्रालयमा माओवादी, सङ्घीय समाजवादी, रास्वपाले दाबी गर्दै आएका छन् । यिनिहरूको तुलनामा बलियो सम्भावना रास्वपा कै रहेको छ । ‘रास्वप स्रोत भन्छ, ‘हामीले पार्टी जन्मिनु भन्दा अगाडी अभियानमा जोडिएका डा. ढाका कुमार श्रेष्ठलाई सम्मान स्वरुप स्वास्थ्य मन्त्रालय दिनुपर्ने छ ।’ डा. ढाका कुमार श्रेष्ठले पनि पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पठाएको खण्डमा कुसलता पूर्वक जिम्मेवारी बहन गर्ने बताएका छन् । ‘म सिनियर व्यक्ति हुँ । सिनियर व्यक्ति भएको हिसाबले मैले जिम्मेवारी पाउँनु स्वभाबिक पनि हो’, डा. श्रेष्ठले भने । ‘तर, म मन्त्री बन्नकै लागि नेतृत्वलाई कुनै दबाव दिन्न ।’ आफूले स्वास्थ्य मन्त्री भए केके गर्ने भनेर खाका तयार पारेको पनि उनले सुनाए । डा. श्रेष्ठले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गरेका छन् । मन्त्रालयलले पाँच वर्षे कार्यकालमा गरेका राम्रा कामहरू र आउँदो वर्षका लागि गर्न बाँकी योजनाहरूको बारेमा समेत डा. श्रेष्ठले जानकारी लिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् मन्त्रालयका अधिकारीसँगको भेट पछि डा. श्रेष्ठले भने, ‘हामी विज्ञ बन्नका लागि पहिला विज्ञ व्यक्तिहरूसँग छलफल, अन्तरक्रिया र परामर्श लिन आवश्यक छ । होइन भने अन्दाजको भरमा तथ्यभन्दा बाहिर र हावादारी गफ मात्र हुनेछ ।’

पोखरा:  नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुको पहिलो बैठक सोमबार बस्दैछ । प्रमुख पृथ्वीमान गुरुङले सोमबारलाई संसद अधिवेशन आह्वान गरेका हुन् । दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान भएको हो । सोमबार ११ बजे सर्वदलीय बैठक बस्दैछ । उक्त बैठकले नै संसद बैठकको कार्यसूची तय गर्नेछ । प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार गठनको आह्वान भने गरेका छैनन् । नयाँ सरकार गठन नभएको हुँदा को सत्ता पक्ष र को प्रतिपक्ष भन्ने प्रष्ट छैन । संसदलाई काम दिने पनि सरकारले हो । तर सरकार नै नबनेको हुँदा संसद बैठकमा के गर्ने भन्ने पनि सोमबारको सर्वदलीय बैठकबाट टुंगो लाग्नेछ ।