जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

स्याङ्जा: जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।   पालिकाको प्रत्येक वडाका पाँच पाँच जना अति बिपन्न तथा एकल दलित महिला छनौटगरी न्यानो कपडा वितरण गरिएको विश्वकर्माले बताउनुभयो । एक–एक सेट बिस्तारा प्रदान गरिएको उहाँले बताउनुभयो ।  न्यानो कपडा प्रदान गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विपन्न वर्गको उत्थानका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । पालिकाले विपन्नको जनप्रतिनिधिको सुबिधा कटौती गरेर निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउदै तिवारीले पालिका बिपन्न र गरिबको हितमा रहेको बताउनुभयो ।  यस्तै, रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका पनि वडा नं ८ को चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गरेको छ । बिद्यालयको कक्षा ५ सम्मका ६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

सिरहा:  सिरहा प्रहरीले ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा एक महिलाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेकी छिन् । चन्दादेवी कोइरीकी बुहारी हुन् । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुहारी चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

पोखरा:  पोखरा महानगरपालिका वडा नं.१९ पुरानचौर स्थीत नेपालको पहिलो स्लोप कन्सेप्ट मा बनेको माछापुच्छ्रे इको रिर्सोट (मेको रिर्सोट) पछिल्लो समय पर्यटकीय गनतव्य स्थलको रुपमा झनै लोकप्रिय बन्दै गइरहेको छ । करिब साढे तीन करोड लागतमा बनेको यस रिर्सोटमा सुजन बास्तोला,सन्तोष पौडेल र विशाल तिवारीको संयुक्त लगानी रहेको छ । कोरोना महामारीको समयमा सञ्चालनमा आएको यस रिर्सोटमा १६ जना कर्मचारीहरुले रोजगार पाइरहेका छन् ।   कोरोना महामारीको कहरले आन्तरीक तथा वाहय पर्यटकलाई नकारात्मक प्रभाव परेको बेलामा पर्यटकलाई आर्कषित गर्नका लागी कोरोना महामारीको समयमा रिर्सोट सुरु गरेको माछापुच्छ्रे इको रिर्सोटका सञ्चालक सुजन बास्तोलाले जानकारी दिएका छन् । यस रिर्सोटमा घुम्न आउने पयटकलाई शुद्ध अर्घानिक खाना तथा प्राकृतिक वातावरणमा आफ्नो समय बिताई मनोरम दृश्यको आनन्द दिने उद्धेश्य रहेको बास्तोलाले जानकारी दिए ।   रिर्सोटमा घुम्न आउने व्यक्तिहरुले विशेष गरी यहाँको वनावट क्षेत्रलाई मनपराएको बताए । कतिपय पछिल्लो समय सञ्चालनमा आएका रिर्सोटहरुले प्राकृतिक वनावटलाई मोडिफाइड गरी रिर्सोट सञ्चालन गरेका छन् तर यस माछापुच्छ्रे इको रिर्सोटमा कुनै पनि प्राकृतिक वनावटलाई परिवर्त नगरी डाँडालाई कुनै पनि मोडिफाइड नगरी यहाँको भिर तथा रिर्सोट वरिपरिको डाँडाको आकारमा रिर्सोट सञ्चालन गरेका छौँ बास्तोलाले भने । पछिल्लो समय धेरै रिर्सोट बनेका छन् जुन डाँडामा तथा अनेक आकर्षित तरिकाले रिर्सोट खोलिएका छन् जुन राम्रो पनि हो यसले पर्यटक लाई थप उत्साहित बनाएको छ । माछापुच्छ्रे इको रिर्सोट घुम्न आउने पर्यटकले साहशी खेल जीप साइकलीङ तथा खन्य थुप्रै प्रकारले मनोरञ्जन का माध्यम एकै ठाँउमा रहेको बास्तोलाले बताए ।रिर्सोटमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न आकर्षित घुम्ने तथा मनोरञ्नात्मक ठाँउहरु बनाइएको छ ।   पिङ , गार्डेन तथा अन्य थुप्रै ठाँहरुका् निर्माण गरिएको छ । यस रिर्सोटलाई पर्यटकीय गनतव्य स्थल रुपमा चिनिएको छ । यहाँबाट पोखराको मनोरम दृश्य देखिनुका साथै पोखराको ३६० डिग्रीको दृश्य हेर्न सकिन्छ । यस रिर्सोटमा अग्लो पहाडी स्विङ,रुखको घर,हावामा काठको पुल,हावाँमा साइकलिङ ,माछापुच्छ्रे हिमालको मनोरम दृश्य जस्ता थुपै्र आकषित खेल तथा ठाँउहरुको निर्माण गरिएको छ ।    

पोखरा:  गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।  ‘प्रेस मर्यादित हुन आवश्यक छ । जसका लागि यस सम्बद्ध संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । गलत सूचना पर्वाह गरी नागरिकलाई समस्यामा पार्ने बाटो तर्फ मिडिया लाग्न हुँदैन । अवलोकन र अनुगमन मिडिया क्षेत्रलाई पनि आवश्यकता छ ।’, उनले भने ।  मन्त्री थापाले प्रदेश सरकार प्रेसमैत्री कानून निर्माणको सवालमा सकरात्मक रहेको अभिव्यक्ति दिएका छन् । आमसंचार विधेयक सम्पूर्ण रुपमा तयार भइसकेको र अब पारित हुन मात्रै बाँकी रहेको उल्लेख गर्दै श्रमजीवि पत्रकारहरुको हक,हितका लागि दत्तचित्त भएर लाग्न उनको आग्रह छ ।  कार्यक्रममा निर्वाचन प्रतिनिधि रामप्रसाद दाहालले सहमति, सहकार्य र एकताको सवालमा श्रमजीवि पत्रकारको मुद्धामा प्रेस युनियन बोल्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष टंक अधिकारीले प्रेस युनियनको विधानलाई टेकेर विधानले निर्दिष्ट गरेका कामकारबाहीलाई पालना गर्दै संगठनलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  निर्वाचन समिति संयोजक कपिलमणि दाहालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमलाई नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रिसीकान्त पौडेलले स्वागत गरेका थिए ।  प्रेस युनियन गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा टंक अधिकारी चयन भएका छन् । यस्तै उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, महासचिव प्रकाश ढकाल, सचिव नारायण रिजाल, महिला सचिव अन्जना तिमिल्सिना, समावेशी सचिव मोहम्मद अलि मिया, कोषाध्यक्ष सन्देश पौडेल, लेखा समिति संयोजक राधाकृष्ण डुम्रे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा शंकरराज नहर्की, गिता लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी रहेका छन् ।  

धनगढी:  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। सो पार्टीका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुका अनुसार आजको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।  शाह कैलाली क्षेत्र नम्बर २ को ९क० बाट निर्वाचित हुनुभएको हो। दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले आकांक्षा राख्नुभएको थियो। सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्।  नेपाली कांग्रेस प्रदेश सभामा ठूलो दल हो।

काठमाडौं:  नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बरमात्र प्रयोग गर्न आह्वान गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा स्थापित हुँदै गएको भन्दै यस्तो आग्रह गरेको हो ।  ‘हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रूपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ’, टेलिकमले भनेको छ, ‘यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरू, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरूमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको छ । आफूले प्रयोग गरिरहेको÷गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उल्लेखित सम्पूर्ण कार्यहरू सुरक्षित ढंगले सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।’ टेलिकमले प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्रीहरू असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहन सक्ने जनाएको छ ।  यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिगको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।  ‘यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।  टेलिकमले अगाडि भनेको छ, ‘मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिनुहुन पनि नेपाल टेलिकम अनुरोध गर्दछ ।’

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज (बुधबार) शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

काठमाडौं: मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो । नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ । त्यस्तै,  नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि १४.०९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८८ अङ्कले बढेको छ । कारोबारमा आएका २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । मङ्गलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढेको छ । मङ्गलबार तीन अर्ब ४५ करोडको शेयर खरिद बिक्री भएको थियो । नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ९.७४ प्रतिशत बढेको छ । त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ  । यता विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ । नेप्से परिसूचक बढेसँगै २४ भन्दा बढी कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कालिका लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ । कारोबार रकमका आधारमा बुधवार हिमालयन डिष्टिलरीले ११ करोड ५२ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री गरेको छ ।

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नभएको बताउनुभएको छ। पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँको प्रष्ट पार्नुभएको हो।  पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राजनीतिको दृश्य स्पष्ट नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सो सम्बन्धमा निर्णय नलिएको स्पष्ट पार्नुभयो। प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाइ छ।  अध्यक्ष नेपालले भन्नुभयो, ‘‘अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौं। मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौंला। तर, अनुहारले मात्रै हुँदैन। त्यहाँ अनेक छन्। के–के गर्छन ? थाहा छैन। हामी पनि नेपालको राजनीतिमा छौं। हामीलाई केही पनि जानकारी छैन। अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के को हतार ? पुस २६ गतेसम्म यो विषय सस्पेन्समै रहोस्। दुनियाँ कुदिरहून्। वास्तवमा यो पार्टीले के भन्छ ? भनेर भनिरहून्। त्यसो हुनाले हामीले हतार नगरेको हो।’’ अध्यक्ष नेपालले सरकारमा जाने बेलामा आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल नगरेको भन्दै गुनासो गर्नुभएको छ। उहाँले सबैको रायसुझाव सुनेर पार्टीले आधिकारिक कमिटीले निर्णय गर्ने उहाँको भनाइ छ।  अध्यक्ष नेपालले भन्नुभयो, ‘‘सबैको रायसुझाव सुनिन्छ। अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ। अनि कसैकसैलाई सरकारमा जाने हतार, सरकार बनाउँदा खेरी कसैले सोधेकै छैन। नीति, कार्यक्रम तर्जुमा गर्ने कुरामा मतलबनै राखेको छैन। तैपनि सरकारमा जाने हतार। यी सबै भनेका कुरा के हुन् भने सत्ताबाहेक अरु केही पनि नदेख्ने चिन्तन हो। हाम्रो पार्टी भिन्न छ।’’ अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताउनुभयो। उहाँले पार्टीका सांसदलाई दलको ह्वीप लाग्ने भन्दै सचेत गराउनुभयो। सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्वीप लाग्नेतर्फ सचेत गराउनु भएको हो।  उहाँले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्वीप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिर गर्नुभयो। राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदलाई ह्वीप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाइ छ।  उहाँले भन्नुभयो, ‘‘हामीलाई सोचेजस्तो परिणाम निर्वाचनमा आएन। कतिपय मान्छेको अनुहार कताकता खिस्रिक्क परेजस्तो देखिएको छ। केको आत्तिएको ? प्रत्यक्ष निर्वाचनबाट आएको हाम्रो सिट सङ्ख्या भनेको १०। संसदमा १० सिट आएको भने पनि संसदमा आएको यसको हैसियत कमजोर छैन।’’  अध्यक्ष नेपालले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ।