जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

काठमाडौँ:   सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेताहरू सहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  बैठकले मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटको टुङ्गो लगाउने जनाएको छ । प्रदेश सरकार गठनको विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् ।  बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी), जनता समाजवादी पार्टी, जनमत पार्टीका प्रतिनिधि लगायत स्वतन्त्र संसदहरुको उपस्थिति रहेको छ । 

हेटौंडा:   नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका लामा २१ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले १६ मत पाउनुभयो । यसअघि दलको नेता बनिसकेका बानियाँ ५ मतान्तरले पराजित हुनुभयो। लामा र बानियाँ दुवै सस्थापन पक्षका हुन् । सर्वसम्मत रुपमा दलको नेता चयन गर्न दुवै सहमत नहुदा निर्वाचन भएको थियो । ३७ प्रदेशसभा सदस्य रहेको कांग्रेस बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।

पोखरा:   नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजय भएका छन ।    आज भएको मतदानमा भोजबहादुर अर्याललाई पराजित गर्दै संसदीयदलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन। पाण्डेले १८ मत पाए त्यस्तै  अर्यालले ८ मत पाए भने १ मत बदर भएको छ । संसदीय दलको नेतामा  सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दिएका थिए ।  संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिए ।  गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गरेका छन

काठमाडौं:   नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दावी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टीका सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ सदस्य छन् ।

सुर्खेत:  कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । कँडेल एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज समेत हुन् । संसदीय दलको नेतामा प्रदेश कमिटीका अध्यक्ष समेत रहेका विनोदकुमार शाहले पनि दावी गर्दै आएका थिए । अन्तिम सयममा शाह पछि हटेपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् । ४० सदस्यीय प्रदेशसभामा एमाले १० सिटसहित तेस्रो दल हो । संसदीय दलको बैठकले पहिलो चरणमै एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समेत आग्रह गरेको कँडेलले जानकारी दिए । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी छ । यद्यपि एमालेले पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

कैलाली:   कैलालीको घोडाघोडी नगरपालिकाले बुधबारदेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना गरेपनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर २ को  सुक्तिकाँडादेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको नगर प्रमुख खडकबहादुर रावतले बताउनुभयो । ३५ दिने पहिलो सूचना त्यसपछि १५ दिने दोस्रो सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले एकदिन अगाडि आफै डोजर लगाउने जानकारी गराउँदै बुधबारबाट डोजर प्रयोग गरी संरचना हटाउन थालिएको नगरप्रमुख रावतले जानकारी दिनुभयो । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन सुरु गरिएको उहाँको भनाइ छ । सडक क्षेत्रमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उहाँले सबैमा आग्रह गर्नुभयो । नगरपालिकाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको दुवै साइड २५ मिटरभित्रका संरचना हटाइनेछ । बुधबार बिहानै सुरक्षाकर्मी, नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षलगायतको समूह अतिक्रमण हटाउने कार्यमा खटेको छ ।  घोडाघोडी नगरपालिका क्षेत्र रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर २ को  सुक्तिकाँडादेखि वडा १० को आमखैयासम्मको सडक अतिक्रमण संरचना हटाइने जनाइएको छ । २०७४ मा समेत यस्तै  सडक अतिक्रमण संरचना हटाउन सुरु गरे पनि सफल नभएको नगरपालिका यतिखेर भने जसरी पनि हटाउने पक्षमा रहेको छ । गोरखापत्र अनलाइन 

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । नेपाल र यादवसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न लागेका हुन् ।

काठमाडौं​:  प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् । क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् । खुकुरी प्रहार गरेको आरोपमा  ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि,  झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् । 

 बाजुरा:  बाजुराको छेडेदह गाउँपालिका–४ लिसाना  निवासी हरि रावतको घर छेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको छ । बूढीगङ्गा नगरपालिका–४ को भुक्तोली हुँदै लिसाना र बूढीगङ्गा नगरपालिका–७ र ८ को बेतालमाण्डौ, झाली हुँदै लिसाना बस्तीको चारै तिरबाट सडक सञ्जालले जोडिएपछि यहाँका स्थानीयलाई अहिले गाउँमै व्यापार गर्न सहज भएको रावतले बताउनुभयो । छेडेदह गाउँपालिका–४ लिसाना  हरि रावतले, सडककै कारण व्यापार व्यवसाय गर्न म जस्तै अन्य गाउँका सबैलाई पनि सहज भएको छ । उहाँले पहिले दैनिक उपभोग्य सामान किन्न पसिना चुहाउँदै बूढीगङ्गा नगरपालिकाको बाम्का र बेतालमाण्डौ बजारमा धाउनुपर्दथ्यो अहिले सो वस्तु गाउँमै पाइन थालेको बताउनुभयो ।  पछिल्लो समय स्थानीय निकायले सबै वडा सडकले जोडेपछि स्थानीयबासीको जनजीवनलाई सहज मात्र छैन् दैनिकी समेत फेरिएको रावतले बताउनुभयो । बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै गोगडी थामलेख अन्तर्गतको सो सडक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ । स्थानीय निकायको पछिल्लो समयमा भइरहेको तीर्व विकासले बाजुराका चार नगर र चाँच वटा गाउँपालिकाले पनि सबै वडामा सडक सञ्जाल पुर्याउन जोड दिएका छन् ।  पछिल्लो समय यहाँका सबै स्थानीयबासीले गाउँ बस्तीमै सडक पुर्याउने पहिलो प्राथमिकता भएपछि अहिले बाजुराका प्रत्येक गाउँ बस्ती सडकको पहुँच रहेका हुन् । बर्खाको समयमा गाउँपालिकाका एक दुइ वडामा गाडी पुर्याउन कठिन भए पनि हिउँदको समयमा भने गाउँपालिका सबै वडामा गाडी पुग्ने गरेको छेडेदह गाउँपालिकाका सूचना अधिकारी मीरा जोशीले बताउनुभयो ।  उहाँले,गाउँपालिकाकै सहयोगमा जिल्लाकै दुर्गम बस्ती काँडा जयवागीश्वरी लगायतका बस्तीमा पनि सडक पहुँच भएपछि स्थानीयलाई सामान नुन तेल चालमलगायतका दैनिक उपभोग्यका सामान ढुवानी गर्न धेरै सहज भएको बताउनुभयो ।  त्यसै गरी बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, खगौमुल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय तहका स्थानीयबासीलाई पनि गाउँमा जोडिएको सडक सञ्जालने दैनिक उपभोग्यका सामान ढुवानी गर्न सहज बनेको छ । स्थानीयको सहजताका लागि स्थानीय सरकारले पनि वडाका सबै गाउँ बस्ती बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य राख्दै आएका छन् ।  बाजुरा पहिरोको जोखिम जिल्लाका रुपमा चिनिँदै आएको भए पनि स्थानीय तह भने आफ्ना सबै वडाका गाउँटोलमा डोजरको प्रयोग गर्दै सडक सञ्जाल जोड्ने प्रयासमै छन् । त्रिवेणी नगरपालिका –५ का सामाजिक अगुवा दिनेश सार्कीले भन्नुहुन्छ, “स्थानीय सरकारले वडाका प्रत्येक बस्ती बस्तीमा सडक सञ्जाल जोडे सँगै स्थानीयलाई गाउँमै व्यापार व्यवसाय गर्न सहज भएको छ ।”    उहाँले, बर्खाका तीन महिना बूढीगङ्गा नदिमा पानीको बहाव बढ्ने भएकोले सवारी रोकिए पनि हिउँदमा भने किम्नी बाहेक अन्य सबै ठाउँमा यातायातको राम्रो सुविधा भएपछि गाउँमै व्यापार गर्न धेरै सहज भएको बताउनुभयो । त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापाले, गतका पाँच वर्ष गाउँमा सडक जोड्ने काम भए पनि अबका दिनमा गाउँमा जोडिएका ती सडकको स्तरोन्नति गर्ने कामलाई बढी प्राथमिकता दिंदै जाने बताउनुभयो । उहाँले, त्रिवेणीका अधिकांश वडामा सडक जोडिएको केही गाउँ बस्ती अँझै सडक सञ्जालको पहुँचबाट टाढा रहेकोले ती बस्तीमा पनि यो वर्षमा सडक जोडिने प्रयास भइरहेको बताउनुभयो । सडक पुगेको गाउँ बस्तीमा कालोपत्रे र सडक नपुगेको ठाउँमा अहिले सडक जोड्ने तयारी रहेको नगरप्रमुख थापाले बताउनुभयो । गोरखापत्र अनलाइन