जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई बिदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिव १८ महिना नेतृत्व सम्हाल्दै गत असोज २५ गते उमेर हदका कारण अवकाश पाएका थिए । परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको विदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सदस्य सचिवको उत्कृष्ट नेतृत्वका कारण नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्टता हासिल गर्न सफल भएको बताए । यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै संस्थापक सदस्य सचिव गुरुङले सबैको सहयोग र सदभावका कारणले नै नवौं राष्ट्रिय खेलकुदमा २९ वर्ष पछि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले खेलकुदको विकासका लागि समाजका हरेक पक्षहरुलाई जोडेर अघि बढेमा मात्रै खेलकुद सफल हुन सक्ने बताउँदै हरेक नागरिकलाई खेलकुदमा आकर्षण गर्न र खेलुकदबाटै परिवर्तन सम्भव छ भन्ने कुरा वुझाउन आवश्यक रहेको औंल्याए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले संस्थापक सदस्य सचिवको अथक मेहनत र योजनावद्ध कार्यक्रमले नै स्थापनको छोटो अवधिमा नै परिषदले सफलताका साथ आफ्ना योजनाहरु अघि बढाएको बताए । उनको सामिप्यताले खेलकुदमा उत्साह जागेको बताउँदै संस्थापक सदस्य सचिव गुरुङका योजनाहरु कार्यान्वयन गरे परिषदले अझै उचाई प्राप्त गर्नेमा कुनै द्विविधा नरहेको उल्लेख गरे ।   परिषदका सल्लाहकार एवं अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले सहि व्यक्तिको नेतृत्व भएमा मात्रै संस्थाको विकास हुन सक्ने कुरा औंल्याउँदै संस्थापक सदस्य सचिव गुरुङले छोटो अवधिमा गरेको उत्कृष्ट योगदानलाई विर्सन नहुने बताए । परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको विदाई कार्यक्रममा परिषदका कार्यकारी सदस्य, वोर्ड सदस्यहरु, सल्लाहकारहरु, कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । 

पोखराः  लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रममा मनाएका छन् ।  ३६ वर्षीय गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रममा खाद्यान्नका सामाग्री सहयोग गरेका जन्मोत्सव मनाएका हुन् । उनले सहयोग हस्तान्तरण गर्दै आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम पुगेको बताए । ‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाईहरुसँग भेटघाटमा रमाइलो हुन्छ, उनले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्च भन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ । त्यसैले यहाँहरुसँग आर्शिवाद लिन यहाँ आएको हुँ ।’  उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने, ‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’ हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रममा मनाउदै आएको बताउदै यसपटकपनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिएका थिए ।  युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमासमेत काम गर्दै आएका छन् । उनले यसअघि कोरोना महामारीको समयमा पनि विपन्न परिवारहरुलाई राहात स्वरुप खाद्यान्नका समाग्री सहयोग गरेका थिए ।  गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा सय जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५५ जना  आश्रित छन् । सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाईसमेत खाद्यान्न तथा नगद सहयोग गरेका थिए ।  

पोखरा: सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्धारा निर्माण गरिन लागेको विशाल शिव मन्दिर र पञ्चमूखी गणेश मूर्ति स्थापना हुने भूमीमा विशेष पुजा गरीएको छ। श्री राणी सेवा संघ काठमाडौंद्वारा कूलदेवीको रुपमा दुर्गा अवतार त्रिशुल सहित विशेष पुजा गरीएको छ । संस्थाले धार्मिक एवं सामाजिक कार्य गर्दै आएको नेपालको विभिन्न क्षेत्रमा रहेका माडवारी समूहको सामाजिक संस्था राणी सती सेवा संघका महासचिव रामकृष्ण तुलाश्यामले बताए ।  अन्तराष्ट्रिय रुपमा परिचित सराङ्गकोटमा विशाल शिव मन्दिर, भ्यू टावर, बहुउद्धेश्यीय भवनको निर्माण अन्तिम चरणमा रहेको समितिका अध्यक्ष प्रेम बहादुर जि.सी ले बताए । सराङ्गकोटमा जाने पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले पञ्चमुखी गणेशको मूर्ती निर्माण गर्न अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङको योजकत्वमा विशाल पञ्चमुखी गणेशको मुर्ति निर्माण गर्न लागीएको छ ।  ६ करोडको लगानीमा ३० फिट अग्लो मूर्ति भारतमा निर्माण गरिनेछ । अन्नपूर्ण केवलकारको समन्वय तथा पूर्ण लगानीमा निर्माण हुने पञ्चमूखी गणेश मूर्ति निर्माण कार्य ६ महिनाभित्र सम्पन्न गरीने योजना रहेको केवलकारका इन्जिनियर सुमेश बास्तोलाले बताए ।

गण्डकी:   पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ ।  यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङले जानकारी दिनुभयो । भय र दण्डका देवताका रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीनकालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ ।  तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङले बताउनुभयो । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । यसलाई गण नृत्य (गँ प्याखँ) भैरव नृत्य (भैल प्याखँ)आदि नाममा काठमाडौँ उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिँदै आएको उहाँको भनाइ छ ।  पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उहाँले भन्नुभयो, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।” यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।  मृदङ्गा (खिं) झ्याली, ताः, धाः, सहनाई, (मुहाली) को बादनका माध्यमबाट सङ्गीत सिर्जना गरिने यस नृत्यमा सामान्यतः १२ नर्तक ३० गायक १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा कलाकार, १० स्वयंसेवक तथा अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरी एक सय छ जनाको सहभागिता रहने अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । ठूलो सङ्ख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाको लागत लाग्ने गुरु कृष्णदेव प्रधानाङ्गले जानकारी दिनुभयो ।  शास्त्रीय सङ्गीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएकाले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ । पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको थियो ।  पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व सर्वज्ञमान प्रधानाङ्ग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिका निर्वाह गर्नुभएको थियो भने स्व कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग र उपगुरु मेघबहणदुर ताम्राका र हुनुहुन्छ । नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराईने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने समितिका कोषाध्यक्ष महेन्द्र बजिमयले जानकारी दिनुभयो । नृत्य सुरु गर्नुपूर्व कलाकारलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको उहाँले बताउनुभयो ।  मुखुणेमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज भाजू, विविध मङ्गल गुभाजु हुँदै यसअघिको २०७२ को नृत्यमा डा सिध्दिवीर कमाचार्य रहनुभएको थियो । यसवर्ष मुखुण्डो सिद्धीमा ललितपुरका श्री हीरारत्न गुभाजु संलग्न हुनुभएको छ ।  यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यसवर्ष प्रशिक्षणमा करिब तीन सय ५० भन्दाबढी कलाकार सहभागी भएका भएको र बाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएको अध्यक्ष प्रधानाङ्ले जानकारी दिनुभयो । नृत्य अत्यन्त खर्चिलो भए पनि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाता महानुभावबाट प्राप्त भएको सचिव सुरेन्द्रमान विजुक्क्षेले जानकारी दिनुभयो । यही मङ्सिर १५ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मानस्वरुप भीमसेन मन्दिर भीमसेनटोलमा प्रदर्शन गरिने योजना छ । यो नृत्य १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणशमन्दिर भैरवटोल, २२ गते गुरु कृष्णदेव प्रधानाङको निवास्थान भैरवटोल प्रदर्शन गरिने जनाइएको छ ।  नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको  अध्यक्ष प्रधानाङले जानकारी दिनुभयो । नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । परिषदले आगामी १८ गते पोखरा रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागिएको हो । सो सम्मान कार्यक्रमका लागि परिषद्ले करिब ४० लाख बजेट छुट्याएको छ । प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलका अनुसार खेलाडी संगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत नगद सहित सम्मान गरिने छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म ३९ वर्षपछि गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ काश्य पदक जितेको थियो ।  परिषद्का अनुसार गण्डकी प्रदेशले १२ खेलमा ३२ स्वर्ण प्राप्त गर्ने ७२ जना खेलाडी, १४ खेलमा ३१ रजत प्राप्त गर्ने ९२ जना र २५ खेलबाट ५८ रजत पदक प्राप्त गर्ने १६१ जना गरि कुल ३२५ खेलाडीलाई सम्मान गर्नेछ । त्यसै गरी पदक विजेता ४६ जना प्रशिक्षक र ३५ जना व्यवस्थापक गरि ८१ जना र सम्बन्धित २८ खेल संघहरुलाईसमेत सम्मान गरिने बताइएको छ ।

काठमाडौं:  यही मङ्सिर ९ गतेदेखि काठमाडौँमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ चलिरहेको छ ।  नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना भइरहेको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नारा दिइएको महोत्सवमा आइतबार अमेरिका÷भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’ र रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भयो । क्याटी बेक निर्देशित अङ्ग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेख्नुभएको हो । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात शरणार्थीका रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत गरिएको छ । े यस्तै मञ्चन भएको दोस्रो नाटक कोन्द्रातोएभा क्रिष्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ थियो । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो । आइतबारै साँझ नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत गर्नुभयो । नाटकको चाँैथो दिन आज भने दुई नेपाली प्रस्तुति मञ्चनसँगै कार्यशाला तथा प्यानल डिसकसन हुँदैछ । केही महिनाअघि मञ्चन भएको नाटक ‘खुवालुङ’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ ।  नाटकसँगै ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला र ‘काठमाडौँबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुँदैछ । यसमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तक्रिया गर्नुहुनेछ । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।

धनकुटा:   धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।   यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । 

काठमाडौँ:  काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौँमा वितरण सुरु हुने भएको छ ।  आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।  करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो ।  यस पटक कम्तीमा ६ महिना काठमाडौँमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना  रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । 

झापा:   झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।  यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो ।  गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उहाँले बताउनुभयो । त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।