काठमाडौं:    प्रहरी वृत्त लैनचौरले ३ जनालाई लागुऔधष खैरो हिरोइनसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ घर भई जिल्ला काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजम...

काठमाडौं:  वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् ।   पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का ५० वर्षीया केशरी श्रेष्ठ रहेकी छिन् ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको सामाखुशी बस्दै आएका ५० वर्षीया श्रेष्ठले आशामाया लामालाई अष्ट्रेलिया पुगेपछि होटलमा काममा लगाइदिने र मासिक तलब ३ लाख रुपैयाँ भन्दा बढी हुने भन्दै ठगी गरेकी थिइन् ।   अष्ट्रेलिया जान २० लाख लाग्ने भनेर पीडितबाट पटक–पटक गरी ९ लाख रुपियाँ लिई सम्पर्कबिहीन  भएपछि श्रेष्ठविरुद्ध निवदेन परेको थियो ।   पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।  

काठमाडौं:  नक्कली नेपाली नोटसहित काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट एक युवा पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा रहेकाा छन् ।   उनको साथबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईल बरामद गरेकाे छ ।    स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।    सो घटनाको बारेमा उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सप्तरी:   सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाविरुद्व पाँच लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार निज यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।  लेखापाल टेक नारायण यादव र एम.आई.एस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख रकम र तीन लाख रुपियाँ चेकसहित नियन्त्रणमा लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।  भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना सजायको मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

तनहुँ: तनहुँको प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले ७ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।     भिमाद नगरपालिका–२ धरमपानीका गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदीसहित ७ जनालाई गएराती पक्राउ गरेको हो ।    विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक तास बरामद गरेको थियो   अहिले सो विषायमा आवश्यक अनुसन्धा भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।   

म्याग्दी:   म्याग्दी प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्ने पर्वतको जलजला गाउँपालिका–३ बारीबेनी बस्ने २० वर्षीय सुमित परियार रहेका छन् । उनीसँगै अन्य २ जनासमेत रहेको प्रहरीले जनाएको छ ।   प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले नगरपालिका–९ गलेश्वरबा उनीहरूलाई पक्राउ गरेको हो ।    सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:  पोखरा ८ सिर्जनाचोकस्थित लक्ष्मी होटलबाट प्रकाउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जुवाडे जनही १ लाख ७५ हजार धरौतीमा छुटेका छन् ।    जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन धरौटीमा छुटेका हुन् ।    अध्यक्ष लालचनसहित सात जनाले जनही २५ हजारको दरले धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।   ‘सात जनाले २५ हजारको दरले धरौटी बुझाएर छुट्नुभएको छ,’ ढकालले सुनगाभा न्यूजसँग भने ।   उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई  ४ लाख ४७ हजार ८० रूपैयाँसहित भदौ ७ गते प्रकाउ गरेको थियो ।   

तनहुँ:   प्रहरीले तनहुँको बेनीटारबाट एक जनालाई करिब १ किलो गाँजासहित फक्राउ गरेको छ ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको ईच्छाकामना गाउँपालिका–५ का ३० वर्षीय तिलक गुरुङ रहेका छन् ।   उनलाई तनहुँ प्रहरीले सोमबार बिहान आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पक्राउ गरेको हो ।   मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा लागुऔषधसहित ५जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका २ का ४१ वर्षीय दिपेश पुन, पुथाउत्तरगंगा गाउँपालिका–१ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका–५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुन रहेका छन् ।   दिपेशले ५ किलो ७०० ग्राम अफिम लिएर पूर्वी रुकुमबाट पोखरा आएका थिए ।   कास्की प्रहरीका प्रवक्ता एवम् डिएसपी श्रवण कुमार बिकका अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कास्कीको संयुक्ती टोलीले गएराति १० बजे दिपेशलाई पोखरा २५ हेम्जाबाट पक्राउ गरेको हो । भने विराज र तेजेन्द्रलाई लेकसाइडबाट पक्राउ गरिएको थियो ।     पूर्वी रुकुमबाट पोखरा आउने क्रममा दिपेशले बागलुङ–पर्वत–कास्की रुट प्रयोग गरेका थिए ।   यस्तै ठुलो  मात्राको लागुऔषधसहित पक्राउ परेका दुई जनालाई पनि कास्की प्रहरीले सार्वजनिक गरेको छ ।   कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका ३२ वर्षीय अमृत ज्यू ठकुरी र पोखरा महानगरपालिका २९ भण्डारढिकका ३४ वर्षीय आशिक पौडेललाई आज (आइतबार) सार्वजनिक गरेको हो  ।   डिएसपी बिकका अनुसार उनीहरुको साथबाट बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाइजापाम ३८३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०५ चक्की, मोबाइल सेट २ थान, ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन गाडी बरामद गरेकोे छ ।   लागुऔषधसहित पक्राउ परेका पाँचै जनालाई लागुऔषध कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।