भोजपुरः   यहाँको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ नाता पर्ने राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्...

काठमाडौं:   चिनियाँको नागरिकको ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा प्रहरीले भारतिय नागरिकलाई प्रकाउ गरेको छ ।  काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।  चोरी भएको खबरपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई प्रकाउ गरेको हो ।  प्रकाउ परेका खानमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चितवन:    चितवन राष्ट्रिय निकुञ्जको टोलीले चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।  निकुञ्जको अप्रेसन टोलीले पूर्वी चितवनको कालिका नगरपालिका घर भएका दुई जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी गाशेणप्रसाद तिवारीले जानकारी दिए । टोलीले अप्रेसनका क्रममा कालिका नगरपालिका वडा नं. ११ बस्ने २९ वर्षीय राज चेपाङ र सोही पालिका वडा नं. ११ सैपाङ बस्ने ३५ वर्षीय सुन्दर प्रजालाई पक्राउ गरिएको हो ।  प्रजाबाट दुई थान भरुवा बन्दुक, हातहतियार बरामद गरिएको छ । उनीहरू माथि वन्यजन्तु सम्बन्धी कसुरका विषयमा अनुसन्धान भइराखेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

पोखरा:   पोखरामा लागूऔषधसहित एकजनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरोले कास्कीको अन्नपूर्ण गाउँपालिका ५ घर भएका अनिल टुवाटोलाई ७२ एम्पुल लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।  कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका ५ धर्मस्थलीमा बस्ने अनिल टुवाटोको साथबाट २६एम्पुल डाईजापाम, २६एम्पुल नुर्फिन र २६ एम्पुल फेनेरागन सहित ७२ एम्पुल लागूऔषसहित १ थान मोटरसाइकल सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  लागूऔषधसहित प्रकाउ परेका टुवाटोलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

मुस्ताङ:   मुस्ताङको घरपझोङ गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका ६ जनालाई मुस्ताङ प्रहरीले प्रकाउ गरेको छ ।  घरपझोङ गाउँपालिका ४ स्थित स्याङ्जाको विरुवा गाउँपालिका घर भएका कुलमानसिँह थापाले सञ्चालन गरेको होटलबाट जुवातास खेलिरहेका ६ जनालाई ३ बुक तास र ७३ हजार ५० रुपैयाँसहित प्रकाउ गरिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।  उनका अनुसार प्रकाउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भएका  कृष्ण गुरुङ, म्याग्दे गाउँपालिका घर भएका राजेन्द्र थापा, रामबहादुर थापा, स्याङ्जाको विरुवा गाउँपालिका घर भएका टापबहादुर थापा, पुतलिबजार नगरपालिका घर भएका धनबहादुर गुरुङ र जुवातास खेलाएको आरोपमा होटल सञ्चालक कुलमान सिँह थापालाई प्रकाउ गरिएको हो ।  जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट प्रहरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ ।   

काठमाडौं:   वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा दोलखा बैतेश्वर नगरपालिका–३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् ।   उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।   पक्राउ परेका पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीमा काम लगाइलिने भन्दै रकम असुले प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ । प्रहरीका अनुसार ति पीडितहरुबाट   उनले पटक- पटक गरी ४० लाख असुलेका थिए ।    पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि पक्राउ गर्न प्रहरीलाई पत्र काटेको थियो ।   उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।  

कञ्चनपुर:  कञ्चनपुरको भिमदत्त नगरपलिका–४ बसपार्कबाट १० जना जुवाडे पक्राउ परेका छन् ।   बसपार्कस्थित रतगैया होटलमा जुवातास खेलिरहेका ३८ वर्षीय प्रकाश थापासहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    फक्राउ परेका उनीहरुको साथबाट नगद रु १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी तास बरामद गरिएको थियो ।    सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

सिराहा:  बरियारपट्टी गाउँपालिका–३ नवटोलीस्थित राजदेवी मन्दिरबाट मूर्ती चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा खड्क नगरपालिका–१ का २८ वर्षीय प्रकाश मण्डल रहेका छन् ।   उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।    चोरीका सामानसहित फरार रहेका उनलाई बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो  ।    उनले मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी गरेको खुल्न आएको छ । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:  पोखरामा लागूऔषधसहित तीन युवा प्रकाउ परेका छन् ।  वडा प्रहरी कार्यालय रामबजार र लागू औषध ब्यूरोले पोखरा महानगरपालिका १० बुद्धचोकबाट तीन युवाहरुलाई लागूसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  स्याङजाको भिरकोट नगरपालिका घर भइ पोखरा १० बस्ने ३२ वर्षीय अनिल खत्री, स्याङ्जाको वालिङ नगरपालिकाका घर भई पोखरा ८ सिर्जनाचोक बस्ने सुवास काफ्ले र पोखरा १०  अमरसिँहचोक बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई २९ एम्पुल डाईजापाम, २७ एम्पुल नुर्फिन र २८ एम्पुल फेनेरागन गरी ८३ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  लागूऔषधसहित प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढेको कास्की प्रहरीले जनाएको छ । 

रौतहट:  रौतहटमा गोली लागेर एक वृद्धको हत्या भएको छ ।    देवाही गोनाही नगरपालिका १ करुनियाका ७० बर्षीय शेख तैयब गोली लागेर मृत अवस्थामा आज (बिहीबार)  फेला परेको हो ।    उनको टाउकोमा गोली लागेको बताइएको छ ।   शेख पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ ।    टाउकोमा गोली लागेका शेखलाई कस्ले किन गोली चलायो भन्नेबारे प्रहरीले अहिलेसम्म केही पुष्टि गरेको छैन ।    रौतहट प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।