भोजपुरः   यहाँको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ नाता पर्ने राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्...

काठमाडौं:   श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।    शनिबार राति टोखा नगरपालिका ८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।    उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो।   एसपी रिजालका अनुसार उनीहरूबीच झगडा भएको थियो।​ शेर्पाले  रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ र कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो।   उक्त खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।   

काठमाडौं:   काठमाडौं महानगरपालिका–३१ बानेश्वर कात्यानीचोकबाट ११ जना जुवाखालबाट पक्राउ परेका छन् ।   सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरिएको थियो ।    पक्राउ परेका जुवाडेहरुको साथबाट नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।   साे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

खोटाङ:    कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्स्पेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।   शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।

बाँके:  नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल र १ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई रहेका छन् ।   उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको थियाे ।   मंगलबार राती पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

पोखराः:  जिल्ला प्रहरी कार्यालय कास्कीले दुई केजी गाँजासहित बसन्त सुवेदीलाई प्रकाउ गरेको छ ।  पृथ्वीराजमार्ग अन्र्तगत पोखरा महानगरपालिका ३० पावरहाउसमा पोखरातर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा सुवेदी गाँजासहित प्रकाउ परेका हुन् ।  पोखरा महानगरपालिका १८ शितलाबस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदीलाई सवारी चेकजाँचको क्रममा २ केजी ७ सय ८२ ग्राम गाँजा र एक थान मोबाइलसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

टीकापुर:   कैलालीको टीकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या काण्डका मुख्य अभियुक्त भनिएका नवीन रावलले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।   लम्कीचुहा नगरपालिका–३ चिसापानीका २९ वर्षीय रावलले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेकाे इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।    डीएसपी भाटका अनुसार २३ कात्तिक २०७८ मा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या भएकाे थियाे ।   घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।   हालसम्म घटनामा रावलसहित १६ जना कानुनी कारबाहीको दायरामा आएका छन् भने पाँच जना अझै फरार छन् । 

उदयपुर:   १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।   उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका–४ बर्खेडाँडा बस्ने १८ वर्षीय र उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाह बस्ने सोही उमेरकै किशोर रहेका छन् ।    उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको हो ।    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

झापा:    झापाको कनकाई नगरपालिका-३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।  मृत्यु भएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो । मृत्यु भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई  पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।  डेरा गरी बस्ने कार्की श्रीमान् श्रीमती दुवै जना ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

मकवानपुर:  मकवानपुर प्रहरीले एक जनालाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा  मकवानपुरगढी गाउँपालिका–७ दुम्सिडाडाँका ३० वर्षीय बाबुलाल थिङ रहेका छन् ।     थिङले आफ्नै भाइलाई जग्गाको विषयमा हातपात गरेर घाइते बनाएको सुचना पुगेपछि प्रहरीले थिङलाई खोजी गरेको थियो ।   सोही क्रममा प्रहरीले उनलाई शनिबार दिउँसो प्रहरीले एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।   पक्राउ परेका थिङमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।