भोजपुरः   यहाँको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ नाता पर्ने राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्...

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।    प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन भएका हुन् ।    बुटवलपछि रायमाझी कता लागे भन्ने थाहापत्तो नलागेकोबेला उनी पोखरा आसपास भएको झिनो सूचना कास्की प्रहरीे पाएको छ । सूचना पाएलगत्तै कास्की प्रहरीको टोली शुक्रबार रातभर सम्भावित स्थानमा रेकी र खोजबीनमा जुटेपनि सफल हुन सकेको छैन ।   ‘हामीले पनि रायमाझी पोखरामै भएको सूचना पाएको हौं’ जिप्रका कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसी भन्छन् ‘सोही अनुसार प्रहरी खटिरहेको छ ।’ केसीका अनुसार पोखरामै भएको सूचना सही वा गलत के हो भन्नेमा प्रहरी विश्वस्त हुन सकेको छैन ।    रायामाझी पोखरामै रहेको खण्डमा प्रक्राउ गरेरै छाड्ने प्रमुख केसीले बताए । ‘नागरिकलाई पनि सूचना दिएर सहयोग गर्न अपील गर्दछु’ केसीले भने ।     सुनगाभालाई प्राप्त सूचना अनुसार कास्की प्रहरीले रायामाझीको मोबाइल लोकेसनअनुसार पोखरामा रहेको आशंका गरेको हो । फरार रायामाझीको मोबाइल नम्बर हाल उनका स्वकीय सचिवले प्रयोग गरेका छन् ।    स्वकीय पोखराकै बुद्धचोक आसपासमा क्याटरिङ सञ्चालन गर्छन् । सोही आधारमा कास्की प्रहरी सक्रिय भएको हो । रायामाझी मन्त्री भएदेखि नै स्वकीयको जिम्मेवारी पाएका जिसी पनि पोखरामा नभएको पाइएको छ ।    जिसीको मोबाइल नम्बर उनकै क्याटरिङ्का स्टाफले रिसिभ गर्छन् । जिसीबारे सोध्दा आफुलाई केही थाहा नभएको र मोबाइल अफिसमै छाडेर काठमाण्डौं गएको स्टाफले बताए । उनका अनुसार तीन दिन अघिदेखि जिसी क्याटरिङ्मा गएका छैनन् ।   ‘मेरो बिजनेश कल आयो भने रिसिभ गर्नु भनेर यही मोबाइल छाडेर जानु भएको छ’ स्टाफले भने ‘अर्काे नम्बर पनि होला तर मलाई थाहा छैन ।   जिसी पोखराबाट सञ्चालित फेवा टेलिभिजनका प्रबन्ध निर्देशकसमेत रहेका छन् ।    नेकपा माओवादीमै रहँदा रायामाझीलाई नजिकबाट सहयोग गर्ने केही हितैषिले भने रायामाझी पोखरा आएर लुक्न सक्ने अवस्था नभएकाले यता नभएको दाबी गर्छन् । रायामाझीका ससुरा र आफन्तजनहरु पहिलैदेखि भारततिरै भएकाले बुटवलबाट उनी भारतै पसेको हुनसक्ने उनीहरुको अनुमान छ ।  

काठमाडौं:  थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा  भरतपुर महानगरपालिका–२७ बालुवा घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतो रहेका छन् ।    महातो विरुद्ध वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–९ म्याग्दी चोकबाट बुधबार पक्राउ गरेको हो ।   उनले वैदेशिक रोजगारका लागि थाइल्याण्ड पठाउछु भन्दै विभिन्न प्रलोभनमा पारी पटकपटक गरी ३ लाख ५० हजार गरेको बताइएको छ ।     उनले थाइल्याण्डको प्रतिष्ठित कम्पनीमा काम लगाउने र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने भन्दै पीडितहरुसँग रकम असुल्दै आएको प्रहरीले जनाएको छ ।   पक्राउ परेका महतोलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।  

काठमाडौं:    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् ।  गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् ।  ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले अस्ति मङ्गलवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । लगत्तै राईका छोरा निरज फरार भएका छन् ।  त्यस्तै, नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट पक्राउ गरेको छ । उनलाई आज काठमाण्डौ ल्याइँदैछ । सन्दीपलाई आज नै अदालतमा पेस गने तयारी छ । सांसद एवम् एमाले सचिव रायमाझीलाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हिजो अर्घाखाँचीमा रहेका रायमाझीलाई प्रहरीले खोजिरहेको छ । बहालवाला सचिव पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरी अदालतमा उपस्थित गराएर तीन दिन थुनामा राख्न म्याद लिएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन् ।  यो गिरोहले झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आकलन छ । ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

गत पुस १२ गते राति मुस्ताङको वारागुङ गाउँपालिका १ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रुपैयाँ चोरी गर्ने राजकुमार मोक्तान पक्राउ परेका छन् ।    चोरी गरी फरार भएका मोक्तानलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको छ ।    मोक्तानलाई पक्राउ गरी सहयोग गरिदिन मुस्ताङ प्रहरीले पत्राचार गरेपछि अनुसन्धान कार्यालय एक्सनमा आएको थियो । मोक्तानले खाजाघरको झ्यालबाट पसेर नगद चोरी गरेको स्वीकारेको कार्यालयले जनाएको छ ।    रामेछापको सुनापति स्थायी ठेगाना भएका मोक्तानलाई कार्यालयले जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइसकेको जनाएको छ । 

पोखरा:    कास्की प्रहरीले पोखरामा चोरीको आरोपमा ४ जना युवकहरुलाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका १६ दिपमा शंकास्पद अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चोरीका सामानसहित प्रकाउ गरेको हो ।  प्रकाउ पर्नेमा धादिङ स्थायी घर भई पोखरा महानगर ९ पृथ्वीचोक बस्ने २९ वर्षीय राजकुमार परियार, पोखरा १३ वस्ने २४ वर्षीय विनोद परियार, गोरखा स्थायी भई पोखरा १३ बस्ने ३१ वर्षीय राजकुमार नेपाली र २५ वर्षीय अर्जुन नेपालीलाई चोरीको आरोपमा प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेको ४ जना युवकको साथबाट ल्याप्टप किर्बोड, माउस र चार्जर १/१ थान, विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोतल ११ थान, पहेंलो रंगका रेडबुल १५ थान, चुरोट ४ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको रड र ग ५ प २७३५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको हो ।    प्रकाउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीबाट चोरी चोरी सम्बन्धी मुद्दामा  ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:   काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ।  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत विश्वकर्मालाई शनिबार राति १० बजे झापाबाट पक्राउ गरेको जानकारी दिएको हो। विश्वकर्मा भक्तपुरको लोकन्थली वडा नम्बर १ मा साथीको कोठामा करिब एक हप्तादेखि बस्दै आएको र वैशाख ७ गते बिहान १०, ११ बजेतिर चाबहिल आएको अनुसन्धानमा खुलेको छ। त्यसपछि निरा पाण्डे आचार्यको पसलमा दिउँसो २ बजेतिर भाँडा किन्ने बाहानामा पसल प्रवेश गरेको जनाइएको छ।  एटीएम कार्ड लिन भनी सामान त्यही राखेर बाहिर निस्केको र करिब २ः४४ तिर पुनः प्रवेश गरेर भाँडा देखाउने क्रममा निरालाई पछाडिबाट प्रहार गरेको र पसलमा भएको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं:  डोल्पामा मादक पदार्थ सेवन गरेको भन्दै एक प्रहरी निरीक्षकले आफू माहतहतका हवल्दारलाई चोडपटक लाग्नेगरी कुटपिट गरेका छन् ।    जिल्ला प्रहरी कार्यालय डोल्पामा   कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि शनिबार कुटपिट गरेका हुन् ।   कुटपिटपछि ३७ वर्षीय हवल्दारको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ ।   शनिबार हवल्दार आरसी बिदामा थिए । उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेका थिए ।   जिल्ला कारागार डोल्पामा कार्यरत हवल्दार आरसीलाई पनि चापागाईले प्रहरी कार्यालयमै बोलाएर कुटपिट गरेको पीडित हवल्दारले बताएका छन् ।   हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।  

कैलाली:   कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार महेशले आज मध्यान्ह घरदेखि १५० मिटर टाढा जङ्गलमा ईटाले छोराको टाउकोमा हानेका थिए । ईटा प्रहारबाट उनका छोरा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।  छोराको हत्या गर्ने बुबालाई वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

पोखरा:   कास्की प्रहरीले लागुऔषधसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित पोखरा –१९ लामाचौर जिमिरे बस्ने सन्तु घर्ती मगरलाई पक्राउ गरेको हो ।   कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार पक्राउ परेका घर्तीमगरको साथाबाट डाईजापाम ४५ एम्पुल, फेनारगन ४९ एम्पुल र नुर्फिन ३७ एम्पुल गरी जम्मा १३१ एम्पुल लागुऔषध बरामद गरिएको थियो ।   पक्राउ परेका घर्तीमगरमाथि लागुऔषध सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले कार्यालयले जनाएको छ ।