पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

पोखरा:     पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ । पोखरा १७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौंथो ब्याजको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लबले जनाएको छ ।  एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लबले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्य बुवा वा आमा गुमाएको वा दुवै गुमाएको, बुबाआमा अपांगता भएको, प्रशिक्षार्थी बालक २०८० चैत मसान्तरमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको, जन्म मितिः २०७० बैशाख देखि चैत्र सम्म जन्म भएको तथा कक्षा ५ वा ६ उत्तिर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।  शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघ संस्थाको आवेदन, बालकको बुवाआमाको वा नजिकको नातेदारकी नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल, जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत), सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो २ थान सहित आवेदन फाराम यही चैत मसान्तर भित्र बुझाउनु पर्ने क्लवले जनाएको छ । सहारा एकेडेमीमा हाल ७ जिल्लाका १३ जना बालकहरु रहनु भएको छ । 

काठमाडौं:    नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।  

पोखरा:     नेपालको पर्यटन राजधानी पोखरामा राष्ट्रिय स्तरको “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सफलता पूर्वक सम्पन्न भएको छ ।  प्रतियोगिताको ५ सय मिटर तर्फ वाटर स्पोर्टस् नेपालको समूह प्रथम भएको छ । विजेता समूहले नगद रु २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।  प्रतियोगितामा नारा पोखरा द्धितिय र नेपाली सेनाको समूह तेस्रो भएका छन् । उनीहरूले क्रमशः रु १ लाख र रु ६० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना भएको वेगनासताल डुङ्गा व्यवसायी समितिले नगद रु।२५ हजार प्राप्त गरेको छ ।  प्रतियोगिताको २ सय मिटर तर्फ पुरुष समूहमा नारा पोखरा प्रथम भएको छ भने, वाटर स्पोर्टस् समूह दोस्रो भएका छन् । यस्तै हर्पन पोखरा मच्त्छ्य सहकारी समूह तेस्रो भएको छ ।  खास्टे न्युरेनी समूह सान्त्वना भएको छ । २ मिटर तर्फको विजेताले नगद रु १ लाख, उपविजेताले रु।७५ हजार, तेस्रोले रु।४० हजार प्राप्त गरेको छ ।  यसै गरी २ सय मिटर महिला तर्फ बेगनास व्यवसायी मत्स्य समिति प्रथम भएको छ । वेगनासताल डुङ्गा व्यवसायी समिति दोस्रो र जलारी दिदी बहिनी समूह तेस्रो भएका छन् ।  पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट सङ्घ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सह(आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो ।  प्रतियोगिताले पर्यटन राजधानी पोखराको पर्यटन प्रवर्द्धन तथा वाटर  स्पोर्टस् विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले महानगरको नीति तथा कार्यक्रम मै समावेश गरी व्यवस्थित रूपमा वाटर स्पोर्टस्  सञ्चालनका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो ।  पोखरामा रहेका आकर्षक तालहरूको संरक्षण तथा सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिका योजनाबद्ध ढङ्गले लागिरहेको बताउँदै उहाँले खास्टे र न्युरेनी तालको विकास तथा संरक्षणका लागि डिपिआर समेत भएर प्रक्रियामा अघि बढेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माणमा समेत महानगर योजनाबद्ध रूपमा लागिरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा वाटर स्पोर्टस्को विकास, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।  नेपालको पर्यटन राजधानी पोखरामा प्रत्येक वर्ष राष्ट्रिय स्तरको ड्रागन डुङ्गा दौड प्रतियोगिता आयोजना गर्ने र प्रत्येक २–२ वर्षमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसअघि नै जनाएको प्रतिबद्धतामा महानगरपालिका प्रतिबद्ध रहेको प्रवक्ता तिम्सिनाले बताउनुभयो ।  

पोखरा:     सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले मैत्रीपूर्ण अवलोकन भ्रमण गरेको छ । नुवकोट जिल्लाको नुवाकोट दरवार, ऐतिासिक धार्मिक स्थल देवि घाट, वनदेवि मन्दिर, जिल्ला प्रहरी कार्यालय रसुवा, धुन्चे, नेपाल चीनको सिमाना रसुवागढीका महत्वपूर्ण ठाउँहरुको अवलोकन गरिएको थियो ।  केन्द्रले हरेक वर्ष गरेका कार्यक्रमको अनुभव आदानप्रदान र त्यस क्षेत्रमा रहेका सामुदायिक र प्रहरी कार्यालयका गतिविधि वारे जानकारी लिने उद्देश्यले अवालोकन भ्रमण गर्दै आएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । ‘विशेष गरी ती जिल्लामा भएका सामुदायिक सेवा केन्द्रका बारेमा जानकारी लिइ अनुभव साटासट गर्ने उद्देश्यले अवलोकन भ्रमण रहेको थियो’ अध्यक्ष अधिकारीले भने, ‘धेरै जिल्लामा सामुदायिक सेवा केन्द्र गठन हुन नसेको भएका पनि सक्रियता नभएकाले सामुदायिक सेव केन्द्र स्थापन र सक्रिया बढाउन आवश्यक रहेको छ ।’ त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय रसुवामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सुवाष वुढाथोकीले कास्की जिल्लाम सामुदायिक प्रहरीको सक्रियता अरु जिल्लाले पनि सिको गर्नु पर्ने बताए । ‘कास्की जिल्लामा गठन भएका सामुदायिक प्रहरी सेवाको सक्रियताबारे नजिकबाट नियाल्ने अवसर मिलेको थिएन आज रसुवामा नै आएर त्यहाँको वारेमा जानकारी लिने मौका मिल्यो’ प्रहरी उपरीक्षक बुढाथोकीले भने, ‘समुदायक सँग प्रहरीको समन्वय गर्नका लागि हरेक जिल्लामा सामुदायिक सेवा केन्द्र आवश्यक रहेको छ ।’ रसुवामा सामुदायिक सेवा केन्द्र नरहेको उल्लेख गर्दै उनले समुदायसँग नजिक हुनका लागि प्रत्येक घरमा प्रहरीको महत्वपूर्ण फोन नम्वर सहितको स्टिकर टास्ने अभियान गरिएको जानकारी दिए ।  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले सामुदायिक सेवा केन्द्र वगरले गरेका गतिविधि जानकारी दिए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी पूर्व अध्यक्ष तथा सल्लाहकार जीवन अधिकारीले समुदाय र प्रहरी वीचको समन्वमा समाजका विकृति विसंगती न्यूनिकरण गर्न सहजता हुने बताइन् ।  अवलोक भ्रमणमा ३४ जनाको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण बहादुर तामाङले जानकारी दिए । कार्यक्रमको सहजिकरण प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले गरेका थिए ।    

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् ।  सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । 

काठमाडौं:    आयरल्यान्ड वल्भसविरुद्ध दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित दर्ता गरेको छ । नेपालले आइरिश टोलीविरुद्ध ६ विकेटको जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा ४ चौका सहित सर्वाधिक ३७ रनको अविजित इनिङ खेले । यस्तै दिपेन्द्र सिंह ऐरिले १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे । सन्दिप जोराले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए ।  आयरल्यान्डको पहिलो शिकार ओपनर ब्याटर आसिफ शेख रहेका थिए । चौथो ओभरमा उनी ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएर ग्यारेथ डीलेनीको बलमा आउट भएका थिए । सोहि ओभरमा कप्तान रोहित पौडेल २ बल खेल्दै शुन्यमा पेभेलियन फर्किए ।  गुलशन झा पाचौ ओभरमा बेन व्हाइटको बलमा ४ रन बनाएर क्याच आउट भए ।  ३७–३ को अवस्थाबाट ओपनर कुशल भुर्तेल र सन्दिप् जोराले इनिङ सम्हाल्दै चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । सो साझेदारी सन्दिप थोमस माएसको बलमा क्याच आउट भएपछि तोडिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डीलेनीले २ तथा बेन व्हाइट र थोमस माएसले समान १/१ विकेट लिए ।  त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाउन सक्यो । आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् ।    करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै रस अडेयरलाई बोल्ड गरेका थिए । पहिलो बलमा चौका पर्हार गरेका उनी आउट भएका थिए । चौथो ओभरको अन्तिम बलमा केड कार्मिकाएल ललित राजवंशीको बलिङमा १२ बलमा ८ रन बनाएर एलबिडब्लुमा फसे । मोर्गन टपिङ सातौ ओभरको दोस्रो बलमा गुल्शन झाको बलमा शुन्यमा बोल्ड भए । कप्तान निल रकलाई पनि गुलशनले नै ५ रनमा क्याच आउट गराए । ग्यारेथ डीलेनि ४ रन बनाएर ११औ ओभरमा कुशल मल्लको शिकार बने । त्यसपछि आउट हुने डोहनी थिए । उनी कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिद्वारा क्याच आउट भएका थिए । फियोन ह्याण्ड पनि १७ बल खेल्दै ११ रन बनाएर कुशल भुर्तेलकै शिकार बने । लियम मकार्थी ललितको बलमा १६ रन बनाएर आउट भए । उनले ७ बल खेलेर २ चौका र १ छक्का एलबिडब्लु आउट भए । थोमस मेयस १३ बलमा १६ रन बनाएर १९औ ओभरमा रन आउट भए । इनिङको अन्तिम बलमा म्याथिउ हमफ्रिज ६ रन बनाएको अवस्थामा रन आउट भए भन ११ नम्बरका ब्याटर बेन व्हाइट शुन्यमा अविजित रहे ।  नेपालका लागि ललित राजवंशी, गुलशन झा तथा कुशल भुर्तेलले समान २/२ विकेट लिए । यस्तै करण केसी र कुशल मल्लले १/१ विकेट लिए । नेपालले ८ बलरको प्रयोग गरेको थियो । जसमध्य सोमपाल्कामी, दिपेन्द्र सिंह ऐरि र अविनाश बोहराले कुनै विकेट लिन सकेनन् । आयरल्यान्ड वल्भसविरुद्ध नेपालका लागि १५ जनाको स्क्वाड  मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहेका थिए । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ । नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।

बेइजिङः   जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।    बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ ।   उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।  

काठमाडौं:  गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्।    अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो।    दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तोसमेत गरिसकेका छन्।    झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।    एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। 'के माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु' जस्ता गीतहरू उनका निकै चलेका गीत हुन्। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनी गीतसंगीतमा समेत सक्रिय छन्। 

काठमाडौंः    होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।  गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।    उनले भने, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति  उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको  हकमा छानबिन भइरहेको छ ।”   जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे्रे सात वटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।   लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।    फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।