पाेखरा ।    गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।   बुधबा...

पोखरा:  पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यू–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ ।   प्रतिभावान र उदीयमान खेलाडीलाई लक्षित गरी आगामी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (फुटबल रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।   उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता समूहले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताबाट   सर्बाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित २ हजार र उत्कृष्त गोलरक्षकलाई ट्रफीसहित १५ सय रुपैयाँले पुरस्कृत गरिने  छ ।   श्रेष्ठले नयाँ तथा प्रतिभावान खेलाडीलाई उत्पादनमा सघाउ पुर्याउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरेको बताए ।    उनका अनुसार हस्पिटलचोकस्थित पैयुम फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको  छ ।   सो प्रतियोगितामा ए, बि,  सी डिभिजन फुटबल र फुटसल लिग खेलेका यू–२३ खेलाडीहरुपनि सहभागिता जनाउन पाउने छैनन् ।   

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ निर्वाचित भएका छन् ।    लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत भएको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठ निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी भरतकुमार अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।    विजयी श्रेष्ठले कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले ऋषिराम जमरकट्टेललाई पराजित गरे । ओझाले ९ सय ७० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) ले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पार्दै विजयी भए । बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरेका थिए । संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन् । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन् । महासचिव पदमा संघको ईतिहासमै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी जानुका अधिकारी पराजुलीले यस पटक पनि पुनः बाजी मारेकी छिन् । १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई उनले पछि पारेकी छिन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए । यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईला)लाई १ सय ६० मतको फराकीलो अन्तरले पछि पारेका छन् । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याएका थिए । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई (आईडि)ले ८ सय ३७ मत ल्याउँदै उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीलाई जम्मा २० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ८ सय १७ मत प्राप्त गरेका थिए ।

पोखरा: आईबार पोखरामा सम्पन्न राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल कास्की जिल्ला मञ्चको पाँचौ अधिवेशनले पुनः प्रेम बहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।   मञ्चको उपाध्यक्षमा बुद्धि पुन, सचिवमा कुमारी गुरुङ, सहसचिवमा विष्णु भट्टराई, कोषाध्यक्षमा लेखमाया थापा र सदस्यहरुमा गोमा तामाङ पराजुली, वेलमाया गुरुङ, शान्ति गुरुङ, हरिकुमारी गुरुङ, मुना श्रीस,  याता माया तामाङ, लोक बहादुर पुन, मानबहादुर गुरुङ, मिन बहादुर विक, डिलबहादुर तामाङ, त्रिवेणी प्रसाद, गोविन्द नेपाली र लोक बहादुर सेन सर्वसम्मत चयन भएका छन् ।   कार्यक्रमको गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले उद्घाटन गर्दै भुमि व्यवस्था मन्त्रालय भएतापनि प्रदेश मन्त्रालयमा भूमिको काम गर्न पाउने गरी कानुनी व्यवस्था नभएको वताए । साथै उनले भूमिहिन सुकुम्बासी, अव्यवस्थित वमोवासीहरुको समस्यालाई नजिकबाट हेरिरहको वताउँदै समाधानको लागि प्रदेश सरकारले जहजीकरण गर्ने वताए ।   सोही अवसरमा पत्रकारहरु अनुपप्रकाश पौडेल, कृष्ण रानाभाट र मधु अधिकार ितथा कास्की जिल्ला मञ्चका गतिविधिहरुमा सक्रियता पूर्वक सहभागि भई विभिन्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो । त्यसैगरी कास्की जिल्ला भित्र रहेका २० वटा टोल मञ्च र तथा पोखरा–९ का कृष्णटोल आमा समुह, शिव टोलविकास संस्था, पार्वती टोलविकास संस्था र शुभकामना टोलविकास संस्थाहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।   सो अवसरमा राष्ट्रिय भूमिअधिकार मञ्चका संरक्षक ल्यामबहादुर दर्जी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेज नारायण अधिकारी, राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका केन्द्रिय  कोषाध्यक्ष सुनिता विश्वकर्मा, केन्द्रिय सदस्य तथा राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय सचिव लक्ष्मी प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र कास्कीका प्रतिनिधि अर्जुन मल्ल, मञ्चका गण्डकी प्रदेश सचिव निर्मल नेपाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   कास्की मञ्चकी सचिव कुमारी गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन बहादुर श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । जिल्ला मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामबहादुर लामिछानेले र संचालन सचिव कुमारी गुरुङले गरेकी थिइन ।

पोखरा: पोखरामा असोज दोश्रो साता हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने भएको छ ।   पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिताको फर्म यसअघि भदौ २५ गतेसम्म मात्र भर्न सकिनेगरी समयसीमा तोकिएको थियो । तर सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा संस्था प्याव्सन, एन.प्याव्सन, हिसान र युनिप्सका अध्यक्षहरुसँग गरिएको परामर्शपछि आयोजक कलाकार संघले यसअघि तोकिएको फर्म भर्ने अन्तिम मिति भदौ २५ गतेबाट सारेर असोज ३ गतेसम्म पु¥याएको हो । विद्यार्थीको हितलाई मध्यनजर गरेर फर्म भर्ने मिति सारिएको कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । उनले भने,‘सहभागि हुन चाहनेका लागि फर्म भर्न शुरु भइसकेको छ । आजदेखि असोज ३ गते अपराह्न ५ बजेसम्म जुनसुकै बेला आएर भर्न सक्नुहुनेछ ।’ फर्म भर्न दुई हजार शुल्क लाग्ने संघका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार फारम पेपे पिज्जा रेष्टुरेट (भाटभटेनीको माथिल्ला तला) न्यूरोड, जोजलपा नेवारी किचन तेर्सापट्टी, देउराली साउण्ड एण्ड म्यूजिक रामबजार, एसके साउण्ड महेन्द्रपुल, पोखरा म्यूजिक हाउस र गिटार नेसन न्यूरोडमा पाईन्छ ।   प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिष्पर्धामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने संघका अध्यक्ष गुरुङले स्पष्ट पारे ।   प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसन दिनुपर्नेछ । जसका लागि कलेज व्याण्डले कभर सङ्ग गाएर त्यसको भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनको भिडियोपनि फर्म भर्ने मिति असोज ३ गतेसम्ममा नै ल्याईसक्नुपर्ने अध्यक्ष गुरुङले बताए । त्यसमा छनौट भएका व्याण्डहरुले पुनः फिजिकल अडिसन दिनुपर्ने उनले जानकारी दिए । फिजिकल अडिसनबाट छनौट भएकाहरु सेमीफाईनलमा पुग्ने अध्यक्ष गुरुङ बताउँछन् । ‘त्यसपछि सेमीफाईनल राउण्डबाट फाईनलिष्ट चयन गर्छौं र उनीहरुबीच प्रतिष्पर्धा गराई उपाधि बिजेता चयन गर्छौं’–उनले भने । उनका अनुसार व्याण्डहरुले फिजिकल अडिसन र सेमीफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ भने फाइनलमा एउटा कभर सङ्ग र अर्को एउटा आफ्नो मौलिक (ओरिजिनल) गीत गाउनुपर्नेछ ।   प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।   पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको अध्यक्ष गुरुङले बताए । ‘नब्बेको दशकमा व्याण्डहरुको जगजगी थियो तर पहिलेजस्तो अहिले रहेन । कोरोना र आर्थिक मन्दीले त झन् सांगीतिक क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । त्यसैले सुस्ताएको व्याण्ड र सांगीतिक क्षेत्रलाई पुनःजागृत गराउन प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ ।   प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताए । ‘मुर्झाएको पर्यटनलाई उकास्दै समग्र अर्थतन्त्र चलायमान गराउनपनि प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं’–उनले भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् ।   ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारणहरु छन्’ आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाहरु वीच सोमवार भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या न्यूनिकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनले गर्छ ।’ गण्डकी प्रदेश भित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या एउटा मानसिक रोग भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने भने सचेतना जगाउने हो ।’ आत्महत्या न्यूनिकरणको क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारलेपनि कार्यक्रम संचालन गर्ने उनले बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला’ मुख्यमन्त्री पाण्डेले भने ‘तर अस्पतालहरुमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ ।’ प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको ब्यवस्था गर्ने उनले बताए । विकसित देशहरुमापनि आत्महत्याको घटना धेरै हुने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या गरिबीको कारण मात्र नभएको बताए । आत्महत्याका घटना, यसका कारण पहिचान गरेर सरोकारावाला सबैको सहकार्यमा गण्डकी प्रदेश भित्र आत्महत्या न्यूनिकरणको कार्यक्रम संचालन गरिनेमा उनले जोड दिए । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक संघ संस्था, नागरिक समाज लगायत सरोकारावाहरुको उपस्थिती थियो । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारा सहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ आईतवार र सोमवार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

काठमाडौं:  कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत पुर्‍याएको हो ।    प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ  । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ ।   अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई सर्वे भइरहेको छ ।   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत समय समय बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताउनुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताउनुभयो । अहिले मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन् ।   गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत आपूर्ति दिएको थियो ।  भारी वर्षासँगै आएको बाढीपहिरोले छायानाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो । यसैगरी, बाढीपहिरोबाट  विद्युतगृहको सबस्टेसनका संरचनाहरूमा पनि क्षति पुगेको थियो ।   मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३र११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो ।

काठमाडौं:     भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष उपकरण नहुँदा पनि उद्धारकर्ताहरूले जीवित मानिसहरू फेला पर्ने आशामा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका खबरमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ। त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन्। मोरक्को सरकारले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरेकोे जनाएको छ । एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पकोे असर माराकेशसहित अन्य धेरै सहरहरुमा पनि परेको छ ।  भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार  सयभन्दा धेरै घाइते भएका छन् । मोरक्कोमा ६० वर्षपछि विनाशकारी भूकम्प गएको हो ।

काठमाडौं:      नेपाली राष्ट्रिय फुटबल टोली र म्यानमारको राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । म्यानमारको यंगोन अन्तराष्ट्रिय रंगशालामा खेल नेपाली समय अनुसार खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।   यि दुई टोलीबीच शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । अन्जन विष्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । गोल गर्न असफल भएसँगै अन्जनले नेपालको लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गर्ने मौका गुमाएका छन् । हरि खड्का र निराजन रायमाझीको नाममा समान १३ गोल छ । अन्जनको १२ गोल छ । सोही खेलमार्फत त्रिभुवन आर्मी फुटबल क्लबका जिलेस्पी जंग कार्की र जावलाखेल युथ क्लबका हिसुब थपलियाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् । अर्को महिना लाओसविरुद्ध हुने विश्व कप छनोटको तयारीको सिलसिलामा नेपालले फिफा डेटमा मैत्रीपूर्ण खेल खेलेको हो ।

पोखरा: पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी   बिद्यालयस्तरिय पहिलो  ५ र ५ मर्दिखोला छात्र छात्रा  बास्केटबल  प्रतियोगितामा  फिष्टेल एकेडेमीले दोहोरो उपाधि जित्न सफल भएको छ ।    फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो। सो प्रतियोगितामा  छात्रातर्फ गण्डकी बोर्डिङले  द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए।    त्यसैगरी    छात्रतर्फ    दोश्रो   गण्डकी बोर्डिङ र तेस्रो स्थान  मनकामना बोर्डिङले  हासिल गर्न सफल भए।पोखरा स्थित  मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न  प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशः रू २० हजार, १०  हजार र ६ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।   मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २०  र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।