पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

पोखरा: पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ६१ औं शृङ्खला सिर्जनात्मक कला निर्माण गरि शनिबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा  सम्पन्न भयो ।  समता कला कार्यशालामा कला निर्माण पछि कलाकार दुर्गा बराल वात्स्यायनले तत्स्थानीय चित्राङ्कन गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु नै कलाकार सफल हुनुको रहस्य उद्घाटन गरे । तिसको दशकदेखि सुरु भएको तत्स्थानीय चित्राङ्कनले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनाएको बताए ।  प्रज्ञा परिषद सदस्य तथा प्ररम्परागत सिल्पकला बिभाग निवर्तमान प्रमुख प्राज्ञ बु्िद्घ गुरुङ्गले २०४२ सालदेखि पोखरेली कलाकारहरु गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामा पोखरालाई  पानी रङको सहरका रुपमा चिनिएको हो भने । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने बताए ।  संस्थाका सल्लाहकार तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनु पर्छ भने । उनले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससँग कला पु¥याउन आग्रह गरे । कला कार्यशालामा कलाकार पदम घले, एस कुमार श्रेष्ठ, थमन सिंह सुनार, दल बहादुर गुरुङ, रिक गुरुङ, झबिन्द्र गुरुङ, युवराज लामीछाने, मनोज तामाङ, निशान थापा, गोपाल दराइ, आकाश गुरुङ, शुक्रराज गुरुङ, एलिता गुरुङ, शिव शिपाली, सौगात गुरुङ, सन्जीता घिमिरे, अमृत परियार, संजिव लामिछाने, नवराज थापा लगायतका कलाकारले पानी रङ र एक्रेलिक माध्यमको प्रयोग गरि सिर्जनात्कमक कला निर्माण गरेका थिए ।  परिवारका अध्यक्ष उपेन्द्र पौडेलको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सचिव डा।चैतन्य अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य कला संयोजक  कलाकार उमेद पौडेलले गरेका थिए  ।  

भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेको नेपालगञ्जका ६ जनाको ज्यान गएको छ ।    भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेको भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाको ज्यान गएको हो ।    दुर्घटनामा परि नेपालगन्ज सदरलाइनका ३५ वर्षीय वैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको ज्यान गएको छ । यस्तै, नेपालगञ्जको त्रिभुवनचोकका सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको दुर्घटनामा ज्यान गएको हो ।    दुर्घटनामा परि गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।    शनिवार हिजो बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा कार दुर्घटना भएको हो ।   

काठमाडौं:     आज, भोलि र पर्सि झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । गएराति बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा पानी परेको थियो । यस्तै, मधेस प्रदेशको पश्चिम र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि गएराति पानी परेको थियो । मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । गण्डकी प्रदेशका एकरदुई ठाउँमा राति नै आरीघोप्टे वर्षा हुने सम्भावना पनि रहेको मौसमविद् मानन्धरले बताउनुभयो  । यस्तै, भोलि र पर्सि पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । यसले गर्दा नदी, खोलामा बाढी आउने तथा पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।    प्रहरीले शुक्रबार र शनिबार गरी हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो।     यो पनि पढ्नुहोस   विराटनगर फर्कने क्रममा प्रेमी जोडीमाथि गोली प्रहार, युवकको अवस्था गम्भीर   विराटनगर फर्कने क्रममा प्रेमी जोडीमाथि गोली प्रहार, युवकको अवस्था गम्भीर   विराटनगर फर्कने क्रममा प्रेमी जोडीमाथि गोली प्रहार, युवकको अवस्था गम्भीर       गोली लागेका रोहितको मृत्यु       रोहितलाई गोली हानी हत्या गरेको आरोपमा तिमिल्सिना र राई पक्राउ कोशी प्रदेश प्रहरी कार्यालयले गत बुधबार दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।    प्रहरीले रोहितको हत्या गर्न पेस्तोल बिक्री गर्ने हतियार कारोबारीदेखि पेस्तोलमा लाग्ने गोली राखिदिने व्यक्तिसहित चार जनालाई पक्राउ गरेको हो।    पक्राउ पर्नेमा विराटनगर-१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका-१ घर भई धरान उपमहानगर-८ मा बस्दै आएका प्रकाश लिम्बु, धरानका ३१ वर्षीय सुजन तामाङ र २७ वर्षीय युनेश राई रहेको संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए।      

पोखरा:  पोखरामा २९ औं विश्व आदिवासी दिवसको अवसरमा ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   लोकोत्तर लोकवादी विचार अभियान, नाङसाल तामाङ सेवा समाज, ल्हस्यो ह्याङ्ला संस्कृति समाज तथा नाङसाल मिडिया प्रालिले सँयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आदिवासी दिवस मनाएको हो ।   अन्तरक्रिया कार्यक्रमकी प्रमुख अथिति गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले शुभकामना प्रदान गर्दै विश्वभर रहेका आदिवासी तथा जनजातिहरु एक हुन आवश्यक रहेको बताइन् ।   उनले नेपाल बहुभाषिक, बहुसांस्कृति तथा बहुधार्मिक देश भएकाले सम्पूर्ण समुदाय निर्णायक तहमा पहुँच स्थापना हुनुपर्ने धारणा राखिन् ।   प्रदेश सांसद तामाङले फरक प्रसंगमा बोल्दै पछिल्लो समय मगर, तामाङ तथा मुस्लिम समुदायमाथि अव्यवहारिक टिप्पणी दिएकी अधिवक्ता भगवती पाण्डे (शितल) लाई कारवाही गरिनुपर्ने उल्लेख गरिन् । साथै उनले सो विषय गण्डकी प्रदेशको सदनमासमेत उठाउने प्रतिवद्धता जनाएकी थिइन् ।   उनले कुनैपनि जाति विशेष लान्छना लगाउने र जातिय सद्भाव भड्किने खालका अभिव्यक्ति दिन नहुने बताइन् ।     यस्तै नेपाल तामाङ घेदुङको पूर्व केन्द्रीय अध्यक्ष धन प्रसाद तामाङले ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।   कार्यक्रममा भूमी आयोगको विज्ञ सदस्य सोम नेपाली, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, लोक सम्पदा अनुसन्धान अभियानको अध्यक्ष याम घर्तीमगर, सामाजिक अभियन्ता तथा पहिचानवादी नेता निर्मल जिसी, तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रुद्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।     प्रेम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा साजन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन चन्द्र ग्याबक तामाङ (मुस्कान) ले गरेका थिए ।   

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा गरेको एक सय दिनको काम सार्वजनिक गरेका छन् ।   मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले गरेको एकसय दिनको काम सार्वजनिक गर्दै प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताए ।  २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारले शनिवार सय दिन पुरा गरेको छ । सय दिनको अवधीमा सरकारले गरेका काम सार्वजनीक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।  पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने ‘सरकारले सय दिनमा गरेको मुख्य काम आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पनि हो ।’ उनले जनताको जनजिविकाको सबालमा केन्द्रित रहेर सरकारले स्वास्थ्य, खानेपानी, सार्वजनीक सेवा (यातायात), कृषि लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।  पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले प्रदेशको हक अधिकार र भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यतामा २०८० असार १५ गते अन्तर प्रदेश मुख्यमन्त्री बैठक सम्पन्न गरी संघीयतालाई सवलीकरण गर्न १७ बुँदै साझा धारणा जारी गर्नु अर्को महत्वपूर्ण उपलब्धी भएको बताए । साथै असार १६ गते प्रधानमन्त्रीको अध्यक्षतामा गण्डकी प्रदेश सरकारको ब्यवस्थापनमा पोखरामा नै राष्ट्रिय समन्वय परिषद् बैठक सम्पन भएको थियो ।    हेर्नुहोस् (पूर्णपाठ)  

काठमाडौं:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ कार्यकर्ताको निधन भएको थियो । सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री दाहालको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीले यही साउन १८ गते पीडित सङ्घर्ष समितिका रूपसागर उपाध्यायलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गरेका थिए । ‘गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिका माध्यमबाट विभिन्न मागसहित आन्दोलन गर्ने जानकारीप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ । सङ्घर्ष समितिका मागका सम्बन्धमा वार्ता(संवादका माध्यमबाट तत्काल समाधान गर्न प्रधानमन्त्री दाहालबाट निर्देशनसमेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता(संवादमा आउन हार्दिक अनुरोध छ’, उक्त पत्रमा उल्लेख छ ।  सोही पत्रका आधारमा आज प्रधानमन्त्री दाहाल र सो घटनाका पीडितबीच प्रधानमन्त्री निवासमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

मनाङ:     मनाङमा याक र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले हिमाली जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि खोप लगाउन थालिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै स्थानमा फैलिएको ‘लम्पी स्किन’ यहाँ पनि देखिएपछि सुरक्षित गराउन खोप आएको छ, लगाइरहेका छौँ।”  उहाँले हालसम्म २३६ गाई, गोरु, याक र चौँरीलाई खोप लगाइएको जानकारी दिनुभयो। यहाँका ८९ गाई, ९६ गोरु र ५१ याक, नाक ९झोपा० र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाएको र अझै खोप लगाउने कार्य जारी रहेको उहाँले बताउनुभयो। यहाँका पशुलाई लगाउन ‘लम्पी स्किन’ विरुद्धको दुई हजार डोज खोप भेटेरिनरी अस्पतालले ल्याइसकेको छ।  नासो गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकाका ११४ पशुमा खोप लगाइसकिएको छ। नार्पाभूमि गाउँपालिकाबाहेक अन्य पालिकामा सङ्क्रमण फैलिएकाले यहाँका पुशलाई खोप लगाइएको हो।  चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्डेस्थित क्युपार र नासो–२ को नाचे आलुबारीका पशुमा सङ्क्रमण देखिएको छ।  किसानको गोठमै पुगेर पशु प्राविधिकले ‘लम्पी स्किन’ नियन्त्रणका लागि खोप लगाइएको कुसुमले जानकारी दिनुभयो। उहाँका अनुसार भेटेरिनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ। किसानलाई पशुमा ‘लम्पी स्किन’ देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिएको उहाँले बताउनुभयो।  पशुलाई टोक्ने लामखुट्टे, झिँगाबाट जोगाउन किसानलाई सचेतना जगाउने काम पनि भएको छ। प्रमुख कुसुमले भन्नुभयो, “मनाङमा विशेष गरी चौँरीपालन हुने गरेकाले पशुमा क्षति नपुगोस् भनेर ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइरहेका छौँ।” यसको नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरेको छ। ‘लम्पी स्किन’ नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालमा ल्याइएको छ।    

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।       परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले बताउनुभयो ।      ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ”, उपकुलपति डा बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउननै पर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन ।” मुलुकका एक सय २३ मातृभाषा बोलिन्छन् ।      हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुकको ठूलो उक्त विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् ।