पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

काठमाण्डौ:  मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उहाँले सङ्घीय, पालिका सरकार र निजी क्षेत्रको  सहकार्यमा छिटोभन्दा छिटो सेवा दिन सक्ने गरी तीन दिनभित्र कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।   देशभर लम्पी स्किनबाट ५० हजार गाईगोरु, बाच्छाबाच्छी, राँगाभैँसी तथा पाडापाडी मरेको पशुसेवा विभागको तथ्याङ्क छ । झण्डै ११ लाख पशु सङ्क्रमित भएकोमा ८ लाख जति निको भएका र २ लाखभन्दा धेरै सङ्क्रमित अवस्थामा रहेका विभागले जनाएको छ ।   विभागका अनुसार  ३ लाख ५० हजारभन्दा धेरै पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । लम्पी स्किन रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी सङ्क्रमित भएका छन्।   लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले खासै प्रभावकारी कदम नचालेको भन्दै किसानहरु आक्रोशित छन् । 

काठमाडौं:     हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।  यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्ष भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।     रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

काठमाडौं:    आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउनुहुन्छ ।  यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।  साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।  ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।  चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।   नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

पोखरा:   कास्कीको माछापुच्छ«े गाउँपालिका १ खिम्राङस्थित सेती नदीमा फसेका तेजेन्द्र  घर्ति मगरको सकुशल उद्धार भएको छ ।  नेपाल सशस्त्र प्रहरी बलको टोलीले आज (आइतबार) सेती नदीमा फसेका २० वर्षीय घर्तिमगरलाई सकुशल उद्धार गरेको हो ।      जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति युवकले सेती नदीमा पौडी खेलेर नदी पार गर्छु भन्दा बीच भागमा नै अड्किएको अवस्थामा आएको जानकारी पछि सकुसल उद्धार गर्न सफल भएको जानकारी दिएको छ ।  माछापुच्छ«े १ खिम्राङस्थित निर्माणाधिन हाईड्रोपावरमा कार्यरत घर्तिमगरलाई उद्धारपछि उनका साथी दिपक घर्तिमगरको जिम्मा लगाएको कास्की प्रहरीले जनाएको छ ।  नदीमा युवक फसेको जानकारी पछि सशस्त्र प्रहरी र कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उद्धार गरेको हो । 

कर्णाली नदीमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन्।   शनिबार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी १२ वर्षीया बबिता टमटा कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन्।    उनी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार बेपत्ता बालिकाको खोजी भइरहेको छ।  

काठमाण्डौ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्दै जाने दाबी गर्नुभएको छ ।   आज आइतवार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताउनुभएको हो ।   उहाँले भन्नुभयो, ‘युवा तहबाट सरकारले अभियानमा जुन समर्थन पाएको छ, आउने दिनमा अरू फाइल खुल्दै जानेवाला छन् ।’ सरकारले भ्रष्टाचारका फाइल खुलाउँदै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।   आमनागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको यो लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै उहाँले सरकारले लिएको लक्ष्यमा विजयी हुने गरेर साथ दिन आग्रह गर्नुभयो ।   प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको दाबी गर्नुभयो ।

काठमाडौं:  आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ।    काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो।    प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो।    सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ।     सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ‘इन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।   असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो।

पोखरा:  पोखरा महानगरपालिका ३२ स्थित बडहरे तालखोलामा अस्थायी पुल निर्माण गर्ने भएको छ ।   गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली नेतृत्वको टोलीले आज (आइतबार) जोखिमयुक्त पुलको स्थलगत अवलोकन गरेर तत्कालै अस्थायी पुल बनाउने निर्णय गरेको हो ।      स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री जुग्जालीले सो खोलामा अबको दश दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउने बताए ।    त्यसका लागि पूर्वाधार विकास कार्यालय कास्कीलाई मन्त्री जुग्जालीको निर्देशन छ ।   यस्तै पोखरा–३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले वडा, महानगर र मन्त्रालयले समन्वय गरेर तत्काल अस्थायी पुल बनाउनले सहमति भएको बताए ।    ‘पक्की पुल बनाउन तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन बजेट अभावमा कार्यान्वयन भएको छैन’ उनले भने ‘दिर्घकालिन समस्या समाधानका लागिमोटरेबल पुल बनाउन मन्त्रालयको टोलीसँग छलफल गरेका छौ ।’  वडा अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरेपनि समन्वयको कमीले कार्यान्वयन भएको थिएन ।     तालखोलामा आवत जावत गर्न बनाइएको पक्कीकल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २०० घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षयता जोखिम मोलेर आवतजावत गर्दै आएका थिए ।   सो स्थलगत अवलोकनका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीसँगै मन्त्रालयको योजना अनुगमन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, मन्त्रीका निजी सचिव ई. आनन्द भट्टराई लगायतको टोली तालखोलामा पुगेको थियो ।   

काठमाण्डौ:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गएको असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरी २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।    यस अवधिमा पुरीको वैध आय एक करोड २० लाख ७७ हजार सात सय ४८ रुपैयाँ बराबर रहेको पाइएको छ । त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ ।   यस अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार छ सय ९० रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । आयोगले बिगो बमोजिम जरिबाना र कैद सजायको माग गरेको छ ।   सार्वजनिक पदमा रहँदा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ ।