पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

पोखरा: गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको निसीखोला गाउँपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो । पालिकाबासीहरु सामान्य खेतीकिसान,भेडाबाख्रा,गाईभैसी पालनमै व्यस्त छन् । परम्परागत कृषि र पशुपालनलाई थप व्यवस्थित बनाउन स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम बनाएको छ । नयाँ आर्थिक वर्षको सुरुवातबाट नै गाउँपालिकाले कृषि उत्पादन,विस्तार र प्रवद्र्धनमा जोड दिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् ।   “वन जलस्रोत र संस्कृति, पर्यटन र कृषि,सभ्य सम्मुनत सुखी र समृद्ध निसी” भन्ने मुल नाराका साथ पाँच वर्षको मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पालिकालाई समृद्ध बनाउने कार्य सुरु भएको उपाध्यक्ष घर्तीमगरले बताए । “बार्हौ गाउँसभाबाट मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पाँच वर्षको आवधिक योजना बनाएका छौ”,उनले भने,“यसै योजना मार्फत पालिकाको नारामा उल्लेख गरिएका मुख्य विषयहरुलाई प्राथमितामा राखेर पुरा गर्ने कसरत गरेका छौ ।”   स्थानिय सरकारले कृषि रणनीतिक योजना मार्फत पालिकालाई आत्मनिर्भर बनाउनका लागि मुख्य गरि आलुखेतिलाई प्राथमिता दिएको छ । पालिकाभर परम्परागत शैलिमा हुदै आएको यसखेतिको तथ्याङ्क संकलन कार्य जारी रहेकोले त्यपछि यसको उत्पादकत्व बढाउने,बजारीकरण गर्ने लगाएतका योजना बनाउने उनले बताए । पालिकामा विशेषगरि बर्खे र हिउदे गरि दुई सिजनमा आलु उत्पादन हुदै आएको छ ।   उपाध्यक्ष घर्तीमगरका अनुसार पालिकालाई तेलमा पनि आत्मनिर्भर बनाउने उद्धेश्यले गत वर्ष परिक्षण स्वरुप पहिलो पटक प्रत्येक कृषकलाई सुर्यमुखिको विउ वितरण गरिएको छ ।   यो अभ्यासले राम्रै उत्पादन दिने आशा पलाएको र तेल पेल्ने मेसिन पनि अनुदानमा उपलब्ध गराउने योजना रहेको छ । साथै निसीखोलाका निसेलढार लगाएत केहि उच्च स्थानमा स्याउ खेति हुदै आएकोले बाँकी स्थानमा यो खेतिको अभ्यास गरि पालिकालाई स्याउ पकेट क्षेत्र विस्तार गर्ने क्रम जारी रहेको र यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ ।   “हाम्रो पालिकामा ४ हजार उचाई भन्दा माथि पर्ने भुगोल छन्,निसेलढोर लगाएत उच्च स्थानमा स्याउखेति हुदै आएको छ”,उपाध्यक्ष घर्तीमगरले भने, “हावापानी र सुहाउदो माटो अनुसार बाँकी ठाँउमा पनि स्याउ पकेट क्षेत्र विस्तार गर्ने यस वर्ष १० लाख बजेट विनियोजन गरेका छौ ।”   अवको ५ वर्षमा स्थानिय सरकारले भांगो खेति,तेलहन खेति,स्याउ,आलु,मकै,जौँ,गहुँ लगाएत रैथाने बालीको संरक्षणमा जोड दिदै आत्मनिर्भरताको कदम चालेको छ । “कृषि र पशुपालनमै आश्रित यहाँका स्थानियले उत्पादन गरेको वस्तुले राजधानी काठमाडौँसम्मको बजार धान्न सक्ने क्षमता छ,उनले भने, “अझै उत्पाकत्व बढाउने र बजारीकरण गरि स्थानियको आयआर्जनलाई सुनिश्चित गर्न स्थानिय सरकारले हरपर्यत्न कोसिस गरिरहेको छ ।”   समुन्द्रि सतहबाट ८ सय ८९ देखी ४ हजार मिटर सम्मको उचाईमा र २४४.३७ वर्ग कि.मी. क्षेत्रफल फैलिएको निसीखोला गाउँपालिका प्रशस्त हरियो घाँसे मैदान र चरिचरणको सुव्यवस्थित भुगोल समेत हो ।   प्रशस्त चरिचरणको भौगलिक सु–व्यवस्थाकै कारण हाल करिव २५ हजारको संख्यमा भेडाबाख्रासंग कृषकहरु आवद्ध रहको उनको दावी छ । किसानलाई प्रत्साहन गर्नका लागि अवको एकवर्षमा संघ सरकारबाट उपलब्ध भएका कृषि तथा पशुमा आधारित विभिन्न अनुदानका कार्यक्रमलाई लागु गर्ने स्थानिय सरकारले तयारी गरेको उनले बताए ।   “स्थानिय सरकाले यो वर्षदेखि कृषकलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु ल्याउने योजनामा छ,यो सेवा प्राप्त गर्नका लागि कृषकहरु पालिकाको सम्पर्कमा आउनुपर्छ,” उनले भने,“हाम्रो पालिका जिल्लाको निकै विकट भुगोलमा पर्छ,पर्याप्त सुचनाको सुविधा छैन र वास्तविक कृषकलाई फुर्सद नभएकोले सेवाको पहुँच सम्म आउन समस्या छ,त्यसैले अव छिट्टै हामी नै स्थलगत रुपमा कृषक कहाँ पुगेर तथ्याँक संकलन गरि उनीहरुलाई सेवाको पहुँचमा ल्याउने योजना बनाएका छौ ।”   स्थानिय सरकारसंग पर्याप्त बजेट नभएपनि यहाँका कृषकको आवश्यकता र भोगोलका दृष्टिले के–कस्तो कार्यक्रम ल्याउन सकिन्छ त्यसको विषयमा पालिकाले स्थानियसंग छलफल,अनुसन्धान र अभ्यास जारी राखेको उनले बताए ।  

पोखरा:  अविरल वर्षाका कारण पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको छ ।   हिजो (शनिबार) करिब दिउँसो साढे ३ बजेदेखि परेको अविरल पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको हो ।   सडक भासिदा ग १ ख ५५०१ नम्बरको टिप्पर खाल्डोमा परेको छ ।   उक्त मार्गको सडक भासिएपछि बस्ती नै जोखिम रहेको स्थानीय सन्दीप थापाले बताए । उनका अनुसार गएराती भासिएको हो ।   ‘अहिले भ्वाङ पुर्न भनेर आको टिम्परनै भ्वाङमा परेको छ, वडासँग समन्वय गरेर निकाल्ने प्रयास भइराछ,’ थापाले भने ।   तस्बिरहरु:-            

पोखरा:  पोखरामा  लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले शनिबार तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।   कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे ।    सो अवसरमा बोल्दै सुनारले समय सापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे । उनले पछिल्लो समय हुने अवैधानिक सुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत हुनुपर्ने उल्लेख गरे ।  सुनारले व्यवसायीको हकहितका लागि विशेष मापडण्डसहितको नीति निर्देशिका तर्जुमा गर्ने पक्षमा महासंघ रहेको बताए ।    नेपाल सरकारले अहिले सुन आपुर्ती कम गर्दै आएको बताउदै उनले सो विषमा सरकारलाई ध्यानाकर्षण गर्नका लागि महासंघले पहल गरिरहेकोसमेत बताएका थिए ।    कार्यक्रममा अधिवक्ता विनिता नेपालीले व्यवसायीलाई पर्ने समस्याको बारेमा सहजीकरण गर्दै कानुनी सहायताका विषयको बारेमा प्रशिक्षण दिएकी थिइन् ।   यस्तै सिए अमृत गदलले व्यवसाय मर्यादित  र व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्नका लागि मद्दत पुग्ने तरिकाले लेखा सम्बन्धि तालिम दिएका थिए ।    सो तालिमपश्चात निकै उपयोगी कार्यक्रम रहेको सहभागि व्यवसायीहरुले बताएका थिए । सोही क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको तर्फबाट रेडिमेट सुनका गरगहनकाे सट्टा ५० ग्राम काँचो सुन  भन्सार छुटमा पाउने व्यवस्था गर्नका लागि महासंघलाई ध्यानाकर्षण गराएको थियो ।   कास्कीका अध्यक्ष राम बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्कीका प्रथम उपाध्यक्ष भरत विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इश्वर विकले गरेका थिए ।   

काठमाडौँ:  बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा र बि स्टार युनिसेक्स एकेडेमीको संयोजकत्वमा गत जेठ २८ गतेबाट प्रारम्भ भएको ४५ दिने निशुल्क कपाल काट्ने तालिम आज ९शुक्रबार० बाट सम्पन्न भएको छ । बि स्टार युनिसेक्स एकेडेमीमा भइरहेको उक्त तालिममा सोही एकेडेमीका प्रमुख बिक्रम गौतमले प्रशिक्षण दिएका थिए ।   बुढानिलकण्ठ नगरपालिका स्थित वडा नं १० को वडा कार्यालयको हलमा समापन कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी थिए भने विशेष अतिथिमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई थिए । यसैगरी कार्यक्रममा अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष शम्भु भट्टराई , बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडाअध्यक्ष आदरणिय राजु अधिकारी , बुढानिलकण्ठ नगरपालिका वडा नं १० युवा परिषद् अध्यक्ष सुदिप लुईटेल , बुढानिलकण्ठ नगरपालिका वडा नं १० युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराई , कार्यपालिका सदस्य रिता दाहाल , वडा सदस्य चन्द्रमान श्रेष्ठ , दिल कुमारी बि.क थिए भने  कार्यक्रमलाई थप उत्कृष्ट बनाउनको लागि हास्य टेलिशृङ्खला ुसक्किगोनीु का कलाकार हरि निरौला ुकक्रोजु, सागर लम्साल बलेु, सुबोध गौतम एदुमेु पनि अतिथिको रुपमा सहभागी थिए ।   सञ्चारकर्मी तथा सामाजिक अभियान्ता सुरेस तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रमलाई स्वागत गीतमार्फत अगाडि बढाईएको थियो भने कार्यक्रममा तालिममा सहभागी सम्पुर्ण विद्यार्थीलाई प्रमाणपत्र र प्रशिक्षकको भुमिका निर्वाह गरेकोमा बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतम र बिनय गौतमलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा पहिलो मन्तव्य राखेका कलाकार सागर लम्सालले स्वदेशमा नै सीप सिके आत्मनिर्भर बन्न सकिने र यो तालिम संन्चालन गरेकोमा बुढानिलकण्ठ नगरपालिका र बि स्टार युनिसेक्स एकेडेमी परिवारलाई धन्यवाद दिए ।   साथै कार्यक्रमका प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकाले सीप सिक्दा कोहि सानोठुलो नहुने र यदि कोहि विद्यार्थीहरुलाई यो ४५ दिनको अवधिमा सिकेको सीप अझै कमि भएको जस्तो महशुस भएमा पुन नगरपालिकाका विभिन्न वडाहरुमा पनि यहीँ तालिम संन्चालन गर्नको लागि सहकार्य भईरहेको हुँदा त्यहाँ तालिम प्रारम्भ भए पश्चात् सिक्नको लागि इच्छुक भएमा आउनको लागि समेत आग्रह गरे ।   यसैगरी मन्तव्य राख्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराईले आगामी दिनमा आफ्नो वडा मा पनि कपाल काट्न सिकाउने तालिम आयोजना हुँदै गरेको र यस्ता सिपमुलक तालिमबाट देशमा नै रोजगार सिर्जना गर्नको निम्ति आफ्नो वडा निरन्तर लागिपरिरहने बताए । साथै कलाकार हरि निरौलाले सम्पुर्ण विद्यार्थीहरुलाई यो अवधिभर सिकेको तालिमको सहि सदुपयोग गरि भबिष्यमा एक सफल कपाल काट्ने पात्रको रुपमा चिनिन सबैलाई आग्रह गरे । साथै कार्यक्रममा मनोरञ्जन दिदै सुबोध गौतमले विभिन्न ब्यक्तिको क्यारिकेचर गरेका थिए ।   यसैगरी कार्यक्रमका विशेष अतिथी बुढानिलकण्ठ नगरपालिका वडा नं १० का  वडा अध्यक्ष नवराज भट्टराईले आफ्नो वडामा यो तालिम संन्चालन गरि आज समापन गराउन पाउँदा आफू निकै खुशी रहेको बताए । नेपालमा कयौं दक्ष जनशक्ति हुँदापनि सहि सदुपयोग हुन नसकेको र सो समस्यालाई समाधान गर्न र आफ्नो वडाका नागरिक बेरोजगार भएर भौतारिन नपर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता दिए । साथै भट्टराईले सम्पुर्ण विद्यार्थी लगायत बि स्टार युनिसेक्स एकेडेमी परिवारलाई धन्यवाद दिए ।   कार्यक्रममा करिब ४५ दिन आफुले धेरै नै ज्ञान प्राप्त गरेको र सो सिपलाई सहि ठाँउमा सदुपयोग गरि आगामी दिनमा देशमा रहेको रेमिटेन्स देशमा नै भित्राएको उदाहरण प्रस्तुत गर्ने उदेश्यका साथ काम गर्नेमा जोड दिने प्रतिबद्धता सहित विद्यार्थी सुशील कट्टेलले आफ्नो अनुभव सुनाए । साथै कार्यक्रममा रिमा थापा घिमिरे र सावित्रा देवि उप्रेतीले आफ्नो रचना सुनाएका थिए ।   कार्यक्रमको समापन बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतमले गरेका थिए । उनी बिगत लामो समयदेखि विभिन्न चलचित्र तथा टेलिसिरियलमा समेत आबद्द भएर काम गरिरहेका छन । बिगतको लामो समयको आफ्नो अनुभव विद्यार्थीहरुलाई साट्न पाउँदा आफू निकै खुशी भएको हुनले बताए ।

पोखरा: पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले फूलबारी क्लब पोखराको गहना भएको बताएका छन् ।   क्लबको ३२ औं वार्षिकोत्सव उद्घाटन गर्दै अध्यक्ष कर्माचार्यले स्थानीयरुपमा संस्कार, धर्म, संस्कृति, वातावरण, कला र सीप, खेलकुद, स्वास्थ्य लगातय क्षेत्रमा गर्दै आएको कामको मुल्यांकन गर्दै पोखराको गहना भएको बताएका हुन् । सामाजिक विकृति र विसंगतिलाई हटाई सक्षम, सरल र समृद्ध समाज निर्माणमा वडाबाट पूर्ण सहयोग हुने बताउँदै वडा भित्रका आर्थिक क्रियाकलापलाई करमा जोड्न आग्रह गरे । मन, बचन, कर्म र धन पनि खर्च गर्न सक्ने नेतृत्वले संस्था र क्षेत्रको परिवर्तन गर्न सक्नेमा उनको जोड थियो ।   कार्यक्रममा पोखरा ११ का निवर्तमान वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले फूलबारी क्लबलाई अन्तर्राष्ट्रियरुपमा ब्राण्डिङ गर्नु पर्ने समय आएको बताए । पैसा वचत गर्नु भन्दा पनि क्लबलाई राष्ट्रियरुपमा परिचित बनाउन नयाँ नेतृत्वले नयाँ काम गर्नु पर्ने बताए । सभामा क्लबका सल्लाहकार दामोदर बास्तोला, शारदादेवी बास्तोला, सञ्जयकिश्वर बास्तोला, पोखरा ११ वा निर्वाचित वडा सदस्य सुशील बास्तोला, फूलबारी ओमकार भजन समूहका अध्यक्ष दीपक पौडेल र कास्की जिल्ला टेवल टेनिस संघका सदस्य दीपक भण्डारी लगातयले बोलेका थिए ।   क्लबले संस्थालाई सहयोग गरेको भन्दै समाजसेवी धर्मराज आचार्य र पत्रकार केदार धमलालाई प्रशंसापत्रले सम्मान गरेको छ । दोसल्ला, करुवा र प्रशंसापत्रले सम्मान गरेको क्लबका सचिव जनार्दन बास्तोलाले जानकारी दिए । क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जनार्दन बास्तोलाले गरेका थिए भने स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मनोज बास्तोलाले दिएका थिए ।   वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना गरेको टेवल टेनिस खेल प्रतियोगिताका विजेता ट्रफी र प्रमाणपत्रले पुरस्कृत भएका थिए । क्लबको आगामी २ वर्षे कार्यकालकोलागि अध्यक्षमा मनोज बास्तोला, उपाध्यक्षमा जनार्दन बास्तोला, सविचमा युवराज बास्तोला, कोषाध्यक्षमा सावित्री पौडेल र सहसचिवमा कपिल बास्तोला सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक शिवकुमार अधिकारीले जानकारी दिए । क्लबको सदस्यहरुमा सुमन बास्तोला, सन्तोष भण्डारी, सविना बास्तोला, शिवराज पौडेल, अनन्तराज आचार्य र अन्जु ताम्राकार पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबका नवनिर्वाचित अध्यक्ष मनोज बास्तोलाले सवै वर्ग, क्षेत्र, पिछडिएका तथा अल्पसंख्यक समूदायलाई उचित स्थान दिँदै क्लबका पूर्व अध्यक्ष तथा वुद्धिजीविहरुको सल्लाह र सुझाव अनुरुप संस्थालाई अघि बढाउने योजना रहेको बताएका थिए ।

कास्कीः  जिल्ला प्रशासन कार्यालय कास्कीमा २ जनाले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सुरु गरेका छन् ।    नागरिकता ऐन संशोधन गर्न ल्याइएको नयाँ विधेयकले आमाको नामबाट मात्र नागरिकता पाइने सुनिश्चित गरेको छ। यसअघि २०७५ सालमा ल्याएको विधेयक फिर्ता लिएको सरकारले हाल नयाँ विधेयक ल्याएको हो।   कास्कीबाट २ जनाले आमाको नामबाट नागरिकता लिन निवेदन दिएको र सम्बन्धित वडाबाट प्रमाणित कागजात र सिफारिश पेश गर्न निवेदकलाई जानकारी दिइसकेको कास्की प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।   ‘कार्यालयमा निवेदन आएपछि मैले आवश्यक कागजात पेश गर्न भनेको छु’ सहायक प्रजिअ क्षेत्रीले भने ‘सम्भवतः यही हप्ता उहाँहरुले विवरण पेश गरेपछि नागरिकता पाउनुहुनेछ ।’ यद्यपि अहिले यससम्बन्धी विधेयक बनेपनि पहिल्यैदेखि आमाको नामबाट नागरिकता दिइँदै आएको क्षेत्री बताउँछन् ।   संसदबाट यससम्बन्धी विधेयक पारित भएपछि २ जनाले सुरु गरेको प्रक्रिया कास्कीमा पहिलो नै भएको उनले जनाए ।    आमाको नामबाट नागरिकता लिन विधेयकमा ४ शर्त राखिएका छन् । जसमध्ये पहिलो पहिलो सर्त हो, नेपाली आमाबाट नेपालमै जन्मिएको हुनुपर्ने। दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्नेछ ।    त्यस्तै, तेस्रो, बाबुको पहिचान नभएको र चौथोमा बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने। यस्तो स्वघोषणा नागरिकता लिने व्यक्ति वा उनकी आमाले गर्नुपर्ने हुन्छ। आमाको मृत्यु भएको रहेछ भने त्यसको प्रमाण ल्याएर नागरिकता लिने व्यक्ति आफैंले आफ्नो बाबुको पहिचान नभएको बेहोरा खुलाएर घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।    त्यस्तै, कास्की प्रशासनले नागरिकतासम्बन्धी नयाँ सूचना निकालेको छ । सूचनामा नेपाली नागरिक आमाबाट जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा वंशजको आधारमा नेपाली नागरिकता दिइने उल्लेख छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।   गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो । ‘हामीले परिवर्तन त ग¥यौ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौ सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ’ उनले भने । केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा उनको जोड थियो ।   गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र संघबाट आउने अनुदान समेत घटेर आउँदा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट घटाउनु परेको सुनाए । यतिहुँदाहुँदै पनि बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन भने नदिने उनले वाचा गरें । ‘तपाईहरुको योजनामा अवरोध आउने खालको अवस्था सिर्जना आउने दिने छैन, गण्डकी प्रदेशको भाषा, संस्कृति, कला र संगीतको संरक्षणको लागि सरकारले सकेको सहयोग गर्छ’ प्रतिष्ठानको प्रमुख संरक्षक रहेका उनले भने  ।   नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गण्डकी प्रतिष्ठानको फोरमलाई उपयोग गरेर देशभर सन्देश छर्न पाएको भन्दै खुशी व्यक्त गरें ।  नयाँ नेपालको मुल्य मान्यता अनुसार प्रज्ञा प्रतिष्ठानलाई अगाडि बढाउनुपर्ने उनको भनाई थियो । जसका लागि आफुहरुले  ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नाराका साथ काम गर्न थालेको खुलाए । देशको सबै भन्दा ठुलो शक्ति प्राज्ञिक सत्ता भएको दावी गर्दै राज्य सत्ताले प्राज्ञिक सत्तालाई हेर्ने दृष्टिकोण राम्रो नभएको गुनासो गरें । प्रज्ञा प्रतिष्ठानका कुलपतिको मर्यादाक्रममा भइरहने परिवर्तन प्रति समेत उनको असन्तुष्टि थियो ।   केन्द्रका प्रज्ञा प्रतिष्ठानले नयाँ नीति निर्माणको काम गर्ने र  प्रदेश र स्थानीय तहका प्रतिष्ठानले सशक्तिकरणको काम गर्नुपर्नेमा कुलपति राईको जोड थियो । आफूहरुबिच आन्तरिक अन्तरक्रियाको अभाव रहेको बेला पोखरामा भएको कार्यक्रमले सकारात्मक वातावरण सिर्जना भएको बताए । सरकारले प्रतिष्ठानको मुल्य मान्यताको बारेमा नबुझ्दा बजेटको सिलिङ घटाएको गुनासो गरें ।   नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अवसरको सदुपयोग गर्दै चुनौतीको सामना गर्दै प्रज्ञा प्रतिष्ठानहरु अगाडि बढ्नुपर्ने बताए । सबैलाई समेट्नको लागि जनस्तरमा पुग्नुपर्नेमा उनको जोड थियो । साच्चै साँस्कृतिक अभियान सामाजिक रुपान्तरण गर्न चाहने हो भने ग्रासरुटमा पुगेर उनीहरुले अपनत्व गर्ने खालका कार्यक्रम गर्नुपर्ने बताए । ‘केन्द्रदेखि नगरसम्मका प्रज्ञा प्रतिष्ठानबिच सहकार्य गर्दै सँगसँगै अगाडि जानुपर्ने निचोडमा पुगेका छौं’ उनले भने ।     नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले पुराना कुरालाई विर्सेर सबै प्रज्ञा प्रतिष्ठान मिलेर के गर्न सक्छौ र के गर्नुपर्छ भन्ने कुराको चिन्तन प्राज्ञिक भेलाले गर्नुपर्ने बताए । साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा राज्यको लगानी बढाउनु पर्नेमा उनको जोड थियो । प्रज्ञा प्रतिष्ठानले आफूलाई आवश्यक पर्ने पूर्वाधारयुक्त संरचना नपाएको कारण केन्द्र देखि प्रदेश सरकारलाई ती कुरामा ध्यानाकर्षण गराउनुपर्ने बताए ।   ‘प्रज्ञा प्रतिष्ठानको गठन गरेपछि ती प्रज्ञा प्रतिष्ठानलाई आवश्यक पर्ने भौतिक संरचनाहरुको निर्माण तत्काल गर्नुपर्छ, वा थालनी हुनुपर्छ, अरुको घरमा भाडामा राखेर प्रज्ञा प्रतिष्ठानको मर्यादा रहदैन’ उनले भने ।   नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपालका सबै प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवलाई एउटै कार्यक्रममा उपस्थित गराई प्रतिष्ठानले गर्ने काम कर्तव्यहरुबारे छलफल गर्ने वातावरण मिलाएकोमा गण्डकी प्रज्ञा प्रतिष्ठान प्रति आभार व्यक्त गरें । संस्कृति परम्परा र संस्कारलाई चिन्न सकिएन भने देश अग्रगतिमा जान नसक्ने उनको भनाई थियो ।   संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरामा आयोजित अन्तरक्रियाले नेपालमा गठन भएका प्रज्ञा प्रतिष्ठानबिचको सहकार्यको सम्भावना बढेको बताए । ‘सहकार्यको बाटो प्रशस्त गर्न सक्यौ भने सिमित साधन श्रोतबाट असिमित कामहरु सम्पन्न गर्न सक्ने सम्भावना हुन्छ’ उनले भने ।   गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपकुलपति गोरे गुरुङले स्वागत र सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।  

पोखरा:   पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा फसेका चार जनाको गएराती सकुशल उद्धार गरिएको छ ।     नेपाल सशस्त्र प्रहरी बलको टोलीले गएराती २३ वर्षिय प्रेम  सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षिय क्षितिज नेपालीको सकुशल उद्धार गरेको हो ।   उनीहरु रातीसाझास्थित निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा फसेका थिए ।   त्यसपछि फोनसम्पर्कमार्फत उनीहरुले आफुहरु बाढीमा फसेको परिवारलाई जानकारी दिएका थिए ।   त्यसलगत्तै सशत्र प्रहरीलाई खबर पुग्यो र  कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उनीहरुको सकुशल उद्वार गरेका थिए ।  

काठमाडौँ:  साउन  १४ गते । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक  यही साउन १५ गते बस्ने भएको छ ।   मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल  हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।   पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन् ।    सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।    पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन् । रासस