प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं:   भारतको आसाममा नाबालिग बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ३० वर्षीया अप्सरा भनिने एलिना खत्री रहेकी छिन् ।   खत्रीलाई अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाबाट पक्राउ गरेको हो ।    पीडित नाबालिगलाई नुवाकोटबाट काठमाडौं बसमा जाने क्रममा बसमा सँगै रहेका एक पुरूषले बेहोस हुने औषधि मिसावट खानेकुरा र पानी खुवाएर भारत लगिएको अनुसन्धानबाट खुलेको छ ।    बेहोस भएपछि ति नाबालिगलाई भारतको आसामस्थित कछर सिल्चर भन्ने ठाउँको रेड लाइट एरियामा बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिगको उद्दार गरिएको थियो ।    पक्राउ परेका खत्रीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने सो कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूकोसमेत खोजी भइरहेको प्रहरी जनाएको छ ।

जलेश्वर:   महोत्तरी जिल्लामा केही दिनदेखि बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।   पछिल्ला दिन यहाँ चालीस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्री तापक्रम पुगेको छ ।  यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।   जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा मनीषा भारद्वाजका अनुसार गर्मी बढेसँगै  अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बृद्धि भएको छ । सामान्यरूपमा ७०–७५ उपचारका लागि आउने गरेकामा अहिले एक सय ५० देखि दुई सय ५० बिरामी उपचारका लागि आउने गरेको उनले बताइन् ।   उनकम अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको सङ्ख्या अत्यधिक बढेको हो ।  चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ ।   अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । जलेश्वर नगरसहित जिल्लाका उत्तरवर्ती अधिकांश क्षेत्रका अनेकौँ हयाण्डपाइपबाट पानी आउन छाडेका छन् ।   चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । अकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ । रासस

पर्वत:  पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान रोक लगाएको छ ।    जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।    गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खाने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताएका छन् । पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको जनाउँदै सुर्तीजन्य पदार्थको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको उनले जानकारी दिएका छन् ।    विद्यालय वरपर खुलेआम सुर्तीजन्य र जाँडरक्सी बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले अभियानको सुरुवात गरेको हो । विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए र नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उनको भनाइ छ । रासस

पोखरा:  पोखरामा सोमबार साँझ परेका वर्षाले जलमग्न भएको छ ।    सोमबार साँझ परेको वर्षाले पोखराको पृथ्वीचोक, महेन्द्रपुल लगायतका बजारका सडक जलमग्न भएको छ ।    सडक जलमग्न हुँदा पैदल यात्रुहरु एक अर्काको सहयोगमा सडक पार गरेका छन् ।    हेरौं तस्वीर: ​        

पोखरा:   ‘सुन्दर नगरी पोखरा’ हिजो आज पोखराका स्थानीय जनप्रनितिधि र नेताहरुले कुनै औपचारिक कार्यक्रममा प्रयोग गर्ने ‘नारा’ हो यो ।  माथिको नाराजस्तै पोखरा महानगरपालिका १६ दीपको मध्यमा सुन्दरफिड चोक नै छ । तीनतिरको सडकलाई छुट्याउने उक्त चोक नाम जस्तै सुन्दर भने छैन ।  पोखरा–दीप–लामाचौर सडक खण्डमा पर्ने सुन्दरफीड चोक–गोरखा बोर्डिङसम्म ३ सय ७० मिटर सडक ठेकेदारले अलपत्र छोडेपछि उक्त चोकलाई सुन्दरफीड चोक नामले चिनाउन नै स्थानीय लज्जित छन् ।  ठेकेदारले निर्माण सम्झौता अनुसार नै काम गरेको भए एक वर्ष अगाडि नै कालोपत्रे हुनुपर्ने सडक सम्झौता सकिएको एक वर्षपछि धुलाम्य अवस्थामा छ ।  ०७८ असार  १३ गते टेण्डरमार्फत पोखराको विभिन्न स्थानमा कालोपत्रे गर्ने योजनासहित ७ करोड ४० लाख ८९ हजार ९ रुपैयाँ ४२ पैसामा ठेक्कासम्झौता गरेको शिवशक्ति इन्फ्रा हेटौडाले काम अलपत्र छोड्दा सडक अलपत्र बनेको हो ।    निर्माण सम्झौता अनुसार कम्पनीले ०७९ असार १५ भित्र नै उक्त सडक खण्ड निर्माण गर्नुपर्ने भएपनि कम्पनीले काम नगर्दा सडक डिभिजन कार्यालय कास्कीले पेश्कीस्वरुप दिएको दुई किस्ताको ६५ लाख १२ हजार रुपैयाँ समेत फिर्ता लिएको छ ।  सडक डिभिजन कार्यालय कास्कीका ईन्जिनियर सुभद्रा महर्जनका अनुसार शिवशक्ति इन्फ्रा हेटौडाले पोखराको विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने गरी योजना सम्झौता गरेको जानकारी दिए ।  उनले भनिन्, ‘ठेकेदारले सरासर काम गर्ने हो भने, एक महिना  भित्र काम गर्न सक्छ तर अहिले पोखरा दीप–लामाचौर सडक खण्डमा ३७० मिटर सडकमा नाली बनाएको छ, अब कालोपत्रे गर्ने भनेर कम्पन्नीका प्रतिनिधिले काम गर्ने बताएको छ ।’ स्थानीय रामजी केसीले पोखरा दीप–लामाचौर सडक खण्ड ठेकेदारले एकवर्षदेखि अलपत्र छोड्दा धुलोका कारण कैदी झै झ्याल ढोका लगाएर आफ्नै घरमा बस्न बाध्य भएको बताए । ‘सुन्दरफीड चोकबाट गण्डकी बोर्डिङसम्म ठेकेदारले अलिकति काम गरेको छ, जब घामसँगै सवारीको चाप बढ्छ धुलोको मात्रा बढेर जान्छ, केसीले भने, ‘पाकेको खाना धुलोका कारण राम्रोसँग खान पाइँदैन, कैदी झै झ्याल ढोका लगाएर घरभित्र बस्नुपर्छ ।’   उनले प्रदेश र स्थानीय तहको बजेट नभएर केन्द्रीय सरकारको बजेट भएकाले एकवर्ष देखि योजना अलपत्र हुँदा पनि स्थानीय सरकारले कुनै पहल नगरेको आरोप लगाए । ‘स्थानीय, प्रदेश सरकार भन्छन् तर यत्रो पर्यटकस्थल जोड्ने सडकखण्डको योजना अलपत्र हुँदा काम अगाडि बढाउन स्थानीय सरकारले कुनै पहल गरेन’, उनले भने जनप्रतिनिधि र सडक डिभिजन कार्यालय कास्कीका कर्मचारीहरुलाई यही सडकको पोलमा बाँधेर एक घण्टा धुलो खुवाउने हो अनि सडक बन्छ कि ?’ पोखराको दीप–लामाचौरमा नै सवारी चलाउँदै आएका चालक राजकुमार परियारले सडक अलपत्र हुँदा धुलाम्य र हिलाम्य हुँदा वर्षेनी सास्ती खेप्दै आएको बताए ।    स्थानीयले सडक डिभिजन कार्यालयले सडकमा धुलो उड्न नदिन ट्याङ्कर मार्फत पानी हालेर राज्यको स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाए । ‘पोखरामा एक ट्याङ्कर पानीको २ हजार रुपैयाँ पर्छ । दिनमा २ पटक पानी सडकमा हाल्दा यसलाई हिसाब गर्दा महिनामा १ लाख २० हजार रुपैयाँको पानी धुलोसँग उडाएको छ, यसरी समस्याको समाधान हुँदैन, निर्माण कार्य छिटो पूरा गर्न सडक डिभिजनदेखि प्रशासन महिनौं गएका छौं’ स्थानीयवासी भन्छन् ।  सडक डिभिजन कार्यालय कास्कीका इन्जिनियर महर्जनलाई कार्यालयले पानी किनेर सडकमा हालेको हो ? भन्ने प्रश्नमा कार्यालयको ट्याङ्कर भएकाले पानी नकिनेको बताईन् ।  सडक निर्माणलाई तीब्रता दिन महानगरको ध्यानाकर्षण पोखरा महानगरपालिका १६का दीपका स्थानीयले दुईवर्षदेखि निर्माण थालिएपनि सडक अलपत्र भएपछि स्थानीय सरकार पोखरा महानगरपालिका र प्रशासनमा पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।  आज (आईतबार) पोखरा–१६ दीप सुन्दरफीड चोकमा पोखरा महानगरपालिकाका मेयरलाई स्थानीयले पर्यटकीय स्थलको नै सडक अलपत्र हुँदापनि स्थानीय सरकार निरिह बनेको भन्दै आक्रोस पोखेका थिए ।  पोखराको सडकका योजना वर्षौदेखि अलपत्र हुँदापनि प्रदेशदेखि स्थानीय  सरकारले कुनै चासो नदिएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।   

काठमाडौं:   नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । २० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

रोल्पा:  पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएकी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षीया चन्द्रा सुनारको एक ज्यान गएको प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।    श्रीमान् र नाबालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर ज्यान गएको हो । चन्द्राका श्रीमान् उमेश सुनार इलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।   ‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउँछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, त्यही क्रममा ज्यान गएको रहेछ’, इलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी श्याम सारुमगरले भने् ।   नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दुरीमा छ ।    शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

काभ्रेपलाञ्चोक:  पनौतीमा रहेको सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज मङ्गलवार पक्राउ गरेको छ ।     पनौती नगरपालिका–७ मा रहेको पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनकारी दिएका छन् ।    वैशाख १७ गते सहकारीबाट पैसा चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका थिए ।   उनीहरूको साथबाट पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए ।  

काठमाडौं:   नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।  सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो ।  सङ्घले चिकित्सकको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपीडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो ।  महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क चार सय २० देखि नौ सय ४० रुपैयाँसम्म तोकिएको बताउनुभयो ।  नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस तथा बीडीएस तहका चिकित्सकको शुल्क चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको पाँच सय १५  रुपैयाँ परामर्श शुल्क तोकिएको छ ।  यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको पाँच सय ९० र त्योभन्दा बढी छ भने छ सय ७० रुपैयाँ तथा पाँच वर्षसम्मको अनुभव भएका  एमडी, एमएस, एमडीएस तहका चिकित्सकले सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले आठ सय रुपैयाँ परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ ।  डीएमरएमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि नौ सय ४० रुपैयाँ परामर्श शुल्क तोकिएको छ ।  साथै एमडीरएमएसरएमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले ७ सय ५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा नौ सय ४० रुपैयाँ शुल्क तोकिएको छ ।