काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

काठमाडौं:    घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुग्नुभएका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समुदायले झाँकीसहित स्वागत गर्नुभएको हो । भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाई दिनुभयो । “हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ”, मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समुदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।”  सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाद दिनुभयो । “आफ्नो व्यस्त समयका बाबजुद पनि तपाईँहरू मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने टिम बिना मेरो प्रयास सफल हुने थिएन ।” उहाँले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

पोखरा:  गण्डकी प्रदेश सरकारको आयोजनामा भोलि (बुधबार) हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ ।   मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले सूचना जारी गर्दै कार्यक्रम स्थगित भएको जानकारी दिए ।   प्रकाशित सूचनामा भनिएको छ, ‘गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालायको आयोजनामा प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले २०८० जेठ १० गते पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको व्यहोरा जानकारीका लागि अुनरोध छ ।’   पूर्वघोषित कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवहरुको सहभागिता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने बताइएको थियो ।  

पोखरा:   पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा ठूलो सेंसेशन बनाएका समिर श्रेष्ठले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।   लेकसाइडस्थित क्लब क्याटवाकमा जेठ २० गते समिर श्रेष्ठ र क्रिसेन्ट्सको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।   समीरको ‘थामन हात, तिमि भएर, कुरी बसेछु, हेरन, चार देवार लगायतका गीत चर्चित छन् ।   कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री वितरण भइरहेको लामाले जानकारी दिए ।   करिब ९ महिना अघिदेखि सञ्चालनमा रहेको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले सेवा लिन पाउछन् । सो क्लबमा अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा व्यवस्था चुस्त रहेको क्लबले जनाएको छ ।  

बेलायत:   आगामी मे २८ तारिखमा हुने २१ औं गोर्खा कपको तयारी पूरा भएको छ ।   'द तमु नेप्लिज कम्यूनिटी सेन्टर' मिचिटमा आइतबार आयोजिन पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।   आयोजक संस्था तमु धि यूकेका अध्यक्ष हरि गुरुङले सम्पूर्ण तयारी पूरा भएको बताउदै पहिलोपटक नेपालबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि ‘पोखरा–११’ बेलायतको यात्रामा रहेको जानकारी दिए ।     उनका अनुसार क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा हुने प्रतियोगितामा खुलातर्फ ३२ टिम,  भेट्रानतर्फ १० टिम र महिलातर्फ २ टिमको सहभागिता रहने छ ।   नेपालबाट बेलायत पुगेको ‘पोखरा –११’ ले भेट्रानतर्फ प्रतिस्पर्धा गर्नेछ । यस्तो सो प्रतियोगितामा वेल्स र नेदरल्यान्डबाट पनि भाग लिने अध्यक्ष गुरुङले बताए ।   उनका अनुसार खुला प्रतियोगिताको च्याम्पियन टिमले २ हजार ५ सय पाउन्ड, उपविजेताले १ हजार ५ सय पाउन्डसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।     यस्तै भेट्रानतर्फ विजेताले १ हजार २ सय पाउन्ड, दोस्रो हुनेले ८ सय पाउन्डसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । महिलातर्फ भने प्रथमलाई ५ सय पाउन्ड र द्वित्तिय हुने टिमलाई ३ सय पाउन्ड प्रदान गरिनेछ । प्रतियोगितामा फुटबलसँगै विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक नृत्य, कलाहरु प्रस्तुत हुनेछन् ।   सो प्रतियोगितामा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने बताइएको छ । यस्तै नेपालबाट महानायक राजेश हमाल र गायक धिरज राईको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । (गोर्खा मिडियाको सहयोगमा)  

डोटी:  बिगत लामो समयदेखि रोजगारीको सिलसिलामा परिवारसहित भारतमा बस्दै आएका डोटी आदर्श गाउँपालिकाका शेर रोकाया घर आएका छन् ।    श्रीमती र छोराछोरी समेत केही दिनको बिदामा घर फर्केका उनी भाइहरुबीच पैत्रिक सम्पत्तिको अंशबण्डा गरेर फर्किन चाहन्थे , तर अंशबण्डा नहुने भयो ।   ‘आमा–बुवा बित्नु भएको धेरै भयो, बुवाको नाममा रहेको जग्गा जमिनको अंशबण्डा गरिहालौं भन्ने सोचेर उताबाट आएँ,’ रोकाया भन्छन् ‘यता आएपछि थाहा भयो अंशबण्डा हुँदैन भन्ने ।’ उनलाई किन यस्तो भएको हो थाहा छैन, तर जग्गाको कित्ताकाट गर्न रोकिएको भन्ने मात्रै उनले बुझे । अंशबण्डा नहुने भएपछि उनी फेरी कर्मथलो फर्किने तयारीमा छन्, भन्छन् ‘अब जहिले आउँला उहिल्लै अंशबण्डा गरौंला ।   तीन दाजु–भाइमध्ये जेठा उनी भाइहरुबीच अंशबण्डा गरिदिनु आफ्नो जिम्मेवारी पनि सोच्छन् । उनी भन्छन् ‘भाइहरुबीच कुनै मनमुटाव नगरी राजीखुशी अंशबण्डा भइदिओस् भनेर आएको हुँ, तर यसपालि हुन सकेन ।

काठमाडौं:  मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार ३१२ मुद्दा दर्ता भएका छन् ।   जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।   परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका ९ हजार २५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिएका छन् । “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उनले भने ।   परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताएका छन् ।    परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध ५७५, चोरीसम्बन्धी कसुर ४४५, लागूऔषध २६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २५७, आत्महत्यासम्बन्धी कसुर २३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर १४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएको छ ।   परिसरमा गत आवमा बैंकिङ  कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार ३४३ मुद्दा दर्ता भएको थियो। रासस

रूपन्देही:    रुपन्देहीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–७ भैसाघानका २० वर्षीय रियाज अहमद रहेका छन् ।   रियाजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई सोमबार राती पक्राउ गरेको थियो ।   पक्राउ परेका रियाजमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:    विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको रोजगारमा समेत प्रत्यक्ष असर पर्ने भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । संघका तर्फबाट केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी र हालको आर्थिक मन्दीका कारण अप्ठेरोमा परेको सञ्चारजगतलाई अनुदान कटौतीले अझै आहत पुग्ने भन्दै सरकारलाई यसतर्फ छिटो ध्यान दिन आग्रह गरिएको छ । 

काठमाडौं:   गृह मन्त्रालय (सचिवस्तर)को जेठ ५ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।   नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।   प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेललाई प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी  चिन्ह प्रदान गरेका थिए ।   सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै जिम्मेवारीसमेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाउनुपर्ने निर्देशन दिए ।   उनले संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्नेसमेत बताएका थिए ।