पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

बागलुङ:  गायक, कलाकार तथा सज्जन कुमार सिंहको नयाँ गीत 'पोखरामा...' सार्वजनिक भएको छ ।      ‘पोखरामा दुई कुराको भर हुन्न रे एउटा  पानीको अर्को नानीको’ शिर्षभाकमा रहेको म्युजिक भिडियो इलाका खबर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।   सो म्युजिक भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय रहेको छ भने अस्मिता अधिकारी र सज्जनले स्वर भरेका छन् ।   इश्वर बाबुले निर्देशन र सम्पादन गरेका छन् भने राजेश घिमिरेको छायांकन गरेका छन् । यस्तै  बिनोद बाजुरालीले एरेन्ज गरेका छन् ।   गायक सज्जन पत्रकारितामासमेत सक्रिय छन् । भिडियो:  

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा पाँच जना मन्त्रीसहित ९० जनाको टोली रहनेछ ।  भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो २:५० मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्नुहुनेछ । भोलि बिहान १०स्३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ । भोलि नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ । प्रचण्ड र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । त्यसलगत्तै दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कृषिमा सहयोग लगायतका विषयमा सम्झौता र सहकार्यको तयारी भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   दुई देशबीच व्यापार, पारवहन, लगानी प्रवर्द्धन, सिँचाइ बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपो पूर्वाधार निर्माण, सीमा समस्या लगायतको विषयमा छलफल गर्ने तयारी छ ।

पोखरा:    कृष्ण गौतम पोलियो रोगका कारण दुई वर्षको उमेरमा नै शारीरिक अपाङ्गता भए । उनी ह्विल चियरको सहायताले मात्र हिडडुल गर्छन् ।  गौतमको पोलियो रोगको कारण दुवै खुट्टा नचल्दा ह्विल चियर उनको सारथी हो । ह्विल चियरको सहयोगमा उनलाई शहरको विभिन्न स्थानमा जान समस्या पर्दै आएको छ । शहरहरुमा बनेको भौतिक संरचना अपाङ्गता मैत्री नबन्दा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न समस्या रहेको उनले गुनासो गरे ।  पोखरामा (मंगलबार) अपाङ्गता स्वाबलम्वन संघ (डिडा) नेपालले आयोजना गरेको सेवा, संरचना र प्रणालीमा सबैको लागि पहुँचयुक्त अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका महासचिव कृष्ण गौतमले शहरका भौतिक संरचना अपाङ्गता मैत्री बन्न नसकेको बताएका हुन् ।  शहरमा निर्माण भएका भौतिक संरचना सडक, आकाशे पुल, भवन लगायतका संरचना अपाङ्गता मैत्री बन्न नसकेको गौतमले गुनासो गरे ।  ‘सरकारको प्राथमिकतामा सडक नै परेको छ तर सडक अपाङ्गता मैत्री बन्न नसक्दा शारीरिक अपाङ्गता मात्र नभएर अन्य जेष्ठ नागरिक, बालबालिकाहरुलाई समेत असर परेको छ, उनले भने, ‘सडक बन्दा फुटपाथ अनिवार्य हुनुपर्छ, फुटपाथमा कुनकुन संरचना बन्नुपर्छ भन्ने विषयमा सरकारले ध्यान पु¥याउन सकेको छैन ।’ उनले अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना र सञ्चार सेवा निर्देशिका २०६९ कार्यान्वयन नहुँदा समस्या देखिएको बताए ।  ‘अपाङ्गता भएका व्यक्तिहरुको लागि विश्वव्यापी पहुँचयुक्त संरचनामा पुग्नु, प्रवेश गर्नु, घुमफिर गर्नु र प्रयोग गर्नु, मुख्य बिन्दु हुन्, तर यो शहर तथा कुनै पनि सरकारी कार्यालयमा कार्यान्वयन भएको देखिदैन ।’ उनले भने ।  गौतमले सडक निर्माण गर्दा सडक पेटी नै दृष्टि बिहिन तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि धरापमा भएको बताए ।  ‘सडक निर्माण गर्दा सडक पेटी अनिवार्य हो, दृष्टिविहिनका लागि ट्याकटायल र ब्रेल ब्लक राखिएको छ, तर अपाङ्गता मैत्री वातावरणमा निर्माण हुन सकेको छैन्, उनले भने , ‘सडक पेटीमा अपाङ्गता मैत्री वातावरणमा ट्याकटायल, ब्रेक ब्लक अनिवार्य राख्नुपर्छ ।’ अभिमुखिकरण कार्यक्रममा सडक, आकाशे पुलमा ट्याकटायल राख्दा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि दिशानिर्देश गर्न सजिलो हुने, ट्राफिक लाइट राख्दा ध्वनी सहितको राख्नुपर्ने, बसस्टप स्थलमा ह्विलचियर प्रतिक्षा गर्न स्थान छुट्याउनुपर्ने,सडक पेटीमा बस चढ्न र झर्न स्ट्रप विहिन बसमा ¥याप राख्नुपर्ने वक्ताहरुले जोड दिएका छन् ।  गण्डकी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले भौतिक संरचनामा सबै नागरिकको समान पहुँच पु¥याउनका लागि नीति तथा कार्यक्रममा जोड दिने बताए ।  ‘कतिपय विषयमा अनविज्ञ हुन सकिन्छ, सेवा, संरचना प्रणालीमा सबैका लागि पहुँचुयुक्त बनाउन अबको नीति तथा कार्यक्रममा जोड दिन्छु, सांसद सुवेदीले भने, ‘सबै नागरिकहरुलाई समान पहुँच पु¥याउनका लागि प्रदेश सरकारमा सधै आवाज उठाउछु ।’ उनले शारीरिक अपाङ्गता भएका नागरिक र सपाङ्ग नागरिकका लागि भौतिक संरचनामा समान पहुँच आवश्यक भएको समेत बताएका थिए ।  अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा)का महासचिव विष्णु खनालले सरकारकै सेवा, प्रणाली र संरचना अपाङ्गमैत्री नबनेको भन्दै कटाक्ष गरे । उनले भने,‘सडकमा स्पीड ब्रेकर राखिन्छ तर हामी अपाङ्गता भएकालाई त्यसले कस्तो असर पुगेको छ भन्ने महानगरलाई के थाहा रु सडक बिग्रिएर बनेको खाल्डोमा हामी नै जाकिन्छौं । हामी हिंड्ने सडक पेटीमा विद्युतको पोल, नर्सरी बनाउने नाममा राखिएका गमलाले हामीमाथि सरकारी अत्याचार प्रष्ट हुन्छ ।’ अभिभावक सरला अधिकारीले सेवा, प्रणाली र संरचना बौद्धिक अपाङ्गताहरुका लागिपनि पहुँचयुक्त हुनुपर्ने बताए । ‘जस्तै शौचालय कहाँ छ ? कसरी प्रयोग गर्ने ? किन प्रयोग गर्नेसम्मपनि उनीहरुलाई थाहा हुँदैन । त्यस्ताका लागि पहुँचयुक्त हुने वातावरण बनाउनुपर्छ’–उनले भने । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद भट्टराईले योजना निर्माणदेखि डिपीआरहुँदै डिजाईन बनाउँदा नै अपाङ्गमैत्री बनाईनुपर्ने बताए । उनले भने,‘डिजाईन र डिपीआरमा नसमेटिने अनि बनिसकेपछि भएन भनेर विरोध हुन्छ । त्यतिबेला ढिलो भइसकेको हुन्छ ।’ उनले अहिले भइरहेको संरचनामा डिजाईन गर्दा नै थोरै सच्याउन सकेमात्र पनि अपाङ्गमैत्री संरचना निर्माण र सेवा दिन सकिने बताए । राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख खिमलाल सुवेदीले सबैको मर्यादा र अधिकार बराबरी हुने भएकाले अपाङ्गता भएकाहरुलेपनि पहुँच राख्ने सेवा, प्रणाली र सेवा दिनु सबैको दायित्व भएको बताए । मानव अधिकार सबैका लागि हो,उनले भने,‘तर व्यवहारमा पाईंदैन । त्यो सेवा, प्रणाली र संरचना सबैमा ।’ उनले संरचना, सेवा र प्रणाली मानव अधिकार विकास पद्धती अनुरुप हुनुपर्नेमा जोड दिए ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।   कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।   सरकारले यसपटक सांसद विकास कोषमार्फत प्रत्येक निर्वाचित सांसदलाई ५ करोड रुपैयाँ आफ्नो क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्न छूट दिएको छ । जसअनुसार १ सय ६५ सांसदलाई दिन ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ ।    सांसद विकास कोषमार्फत छुट्याइएको ५ करोड रुपैयाँबारे यसो भन्छन् कास्कीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद:   मनबहादुर गुरुङः (कास्की क्षेत्र नम्बर–१) अब जनताले संघीय सांसदलाई नियम, कानूनमात्रै बनाऊ है भन्छन् भने अलग कुरा हो । तर विकास पनि चाहिन्छ भन्ने हो भने  सांसद विकास कोष ठिकै हो । आफ्नो क्षेत्रमा आवश्यकता हेरेर सांसदले विकासकाखातिर योजना बनाइ खर्च गर्नु उचित हो । बरु उक्त रकम ठिक ठाउँमा खर्च भए नभएको हेर्नुपर्याे, खबरदारी गर्न पर्यो ।    बजेटमा चालुभन्दा पूँजीगत खर्च कम आएकाले विकास कोषको रकमले निर्वाचन क्षेत्रको विकासमा टेवा पुग्न सक्छ । आफुले जिताएर पठाएको सांसदसँग जनाता जोडिने प्रभावकारी माध्यम पनि हो विकास कोष ।    ५ करोड रुपैयाँ संघबाट चलाउँदा त्यसको प्रतिफल न्यून पनि हुनसक्छ । तर यही रकम निश्चित क्षेत्रमा त्यहाँको आवश्यकताअनुरुप खर्च गर्न सकियो भने त्यसको लाभ प्रत्यक्षरुपमा जनताले पाउँछन् । एकोहोरो ५ करोड रुपैयाँ ​सांसदलाई दिइयो भनेर विरोध हैन, हामीले पायौं अब रचनात्मक सुझाव र पारदर्शितातर्फ लागौं भनेर आमजनता सक्रिय भएको राम्रो हो । अझ यसरी बुझौं, यो रकम सांसदमार्फत जनताले पाएको बजेट हो ।    विद्या भट्टराई: (कास्की क्षेत्र नम्बर २) बजेटले पुनः ब्युँझाएको सांसद विकास कोषप्रति सुरुदेखि नै मेरो सैद्धान्तिक असहमति छ । रवीन्द्र अधिकारीपछिको मेरो कार्यकालमा कोषले निरन्तरता पाउँदा पनि ४ करोड रुपैयाँको हिसाबकिता प्रेसमिटमार्फत सार्वजनिक गरेको हुँ । एक शब्दमा भन्नुपर्दा यो ‘गलत’ हो ।   कोषप्रति मुलतः मेरा ३ असहमति छन् । पहिलो असहमतिको कारण हो, सांसदबीचको विभेद । कोषमार्फत प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड रुपैयाँ विनियोजन गर्दा समानुपातिकबाट सांसद भएकाहरुप्रति विभेद गरेको ठहर्छ । जनताको प्रतिनिधिबीच भेदभाव गर्ने कोष अव्यवहारिक छ ।    व्यवस्थापिका संसद भनेको राष्ट्रिय नीति निर्माणको थलो हो । यहाँ सांसद स्वयंले कति रकम लिने वा दिने भनेर अभ्यास गर्ने हैन । संसदको मर्मविपरित काम भइरहँदा जनस्तरबाट खेप्नु परेको प्रश्न र सुन्न परेको आलोचनाले राम्रो सन्देश जाँदैन भन्ने मेरो दोस्रो असहमति हो ।    त्यस्तै, विनियोजित रकम कहाँ, कसरी खर्च गर्ने भन्ने कार्याविधि छैन । आफुखुशी खर्च गर्दा दुरुपयोग हुँदैन भनेर भन्न सकिँदैन । त्यसको अनुगमन गर्ने बलियो संयन्त्र छैन । चेक एण्ड ब्यालेन्स गर्ने बलियो मेकानिज्म नहुँदा बजेटको नतीजा अब्बल आउँदैन । महालेखा परीक्षकको प्रतिवेदन हेर्ने हो भने सरकारी पैसाको दुरुपयोग नभएको कुनै ठाउँ भेटिदैन । यसकारण सांसद विकास कोषप्रति मेरो पहिल्यैदेखि असहमति छ ।    दामोदर वैरागी:  (कास्की क्षेत्र नम्बर-३) हामीलाई बजेट दिनुभन्दा ऐन, कानून निर्माण र विकास आयोजनााको अनुगमनमा खटाएको भए राम्रो हुने थियो । तर बजेटमा व्यवस्था भइहाल्यो अब आवश्यकताअनुसार ठूलासाना काम गर्नेतर्फ लाग्दा नै वेश हुनेछ । त्यसो त पूँजीगत खर्चमा कम बजेट छुट्याइएकाले कोषको रकमले निर्वाचन क्षेत्र भनौ वा स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने नै छ ।    निर्वाचन क्षेत्रमा २०–५० लाखको बजेटले पनि करौडौको काम हुने गरेको उदाहरण भएकाले यसको प्रत्यक्ष लाभ जनताले पाउनेछन् । यद्यपि, सांसदलाई ५ करोड दिनु भन्दा पनि १–१ करोडका ५ आयोजना दिनुपर्छ भनेर हामीले सदनमा माग गरेका हौं । प्रतिपक्ष र गठबन्धनका अघि हामी सानो देखिएकाले सुनुवाई भएन ।    हाम्रो पार्टी नेकपा एमालेका प्रमुख सचेतक र सचेतकतले विरोध गर्दागर्दै पनि प्रस्तावमा समर्थन जनाउन बाध्यकारी भयो । समर्थन नगर्दा पनि कोष विरोधीको ट्याग लगाइन्थ्यो ।      जहाँसम्म कार्यकता पोस्ने भन्ने आरोप छ, त्यस्तो हुँदैन । कोषबाट अघि बढ्ने योजना र कामको प्रत्यक्ष अनुगमन गर्ने काम जिल्ला समन्वय समितिको हो । कोषले गर्दा जिसस पनि सक्रिय हुने भएको छ । यहाँ ५ करोड लिएर मनपरी गर्ने छूट सांसदलाई छैन । मतदाताहरुको चेतना र हाम्रो उत्तरदायित्वकाकारण कोषको प्रत्यक्ष लाभ जनताले पाउनेछन् । 

बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कप  आइतवार २८ मे का  दिन सम्पन्न भएको छ।   यसपटक मेन मुख्य समूहमा ३२ र भेट्रानतर्फ १० एवं दुई महिला टिमबीच प्रतिष्पर्धा भएको थियो । बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जितेको छ ।   आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा आयोजित प्रतियोगितामा एलजी लायनले ३ १ गोल अन्तरले प्लमस्टिड एफसीलाई पराजित गरेको हो ।उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट दिइयो ।   मेन टिमतर्फको बिजयी टिमलाई नेपाली भिलेज युकेका म्यानेजिङ डाइरेक्टर मेजर खुशिमान गुरुङ एमभीओले घ्२५०० प्रायोजक गरेका थिए भने उपविजेता टिमलाई श्री लक्की जोलार्स अल्डर्सटका म्यानेजिङ्ग डाइरेक्टर मेजर योगेश राईले घ्१५०० प्रायोजक गरेका  थिए। मेन टिमको बेष्ट म्यानेजरको प्रायोजक हुप थापाले घ्१००० गरेका थिय भने बेष्ट म्यानेजरको उपाधि एलजी लाइन्सका सोम गुरुङले हात पारेका छन। मेन टिमको टप स्कोरर पलम्स्टेड एफसीका रागन गुरुङले हात पार्न सफल भएका छन। ​ भेट्रानतर्फ हिमालयन एफसी पेनाल्टी सुटआउटबाट विजेता बनेर १२ सय पाउण्ड प्राप्त गरयो भने इन्टेक २००० ले रनरअपमा चित्त बुझायो । रनरअप टिमले ८ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।भेट्रानतर्फको बिजयी टिमको प्रायोजक हाम्सायर एकाउन्टटेन्टका डाइरेक्टर राजा थापाले घ्१२०० गरेका थिए भेट्रान टिमका उपविजेतालाई मान ट्राभल्स एण्ड टुर्स सर्भिसेस लिमिटेडका डाइरेक्टर सुमन पुन र बागबिर पुनले घ्८०० र क्याप्टेन पिताम्बर गुरुङले घ्५०० ट्रफिको लागि प्रायोजक गरेका थिए ।        महिलातर्फ ‘म खेल्छु एफसी’ वीनर र रन्डरबोल्ट्स एफसी रनरअप बने । महिला टिमतर्फ पहिलो हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई तीनसय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्रदान गरियो । बिजेता म खेल्छुू ९ यमके ० बिजयी भएका छन भने प्लेयर अफ द म्याच सुष्मा शाही घोषित भएकी छिन। उपविजेता रोनडरबोल्ट एफसी भएको छ भने  क्ष्ःभ् ीयलमयल  कमल पौडेल ले  घ्५००   किंग्स गेट फ़ाइनेन्स का डाइरेक्टर प्रजेश श्रेष्ठले  घ्३०० प्रायोजक गरेका थिए। त्यसैगरि खेलमा वेष्ट प्लेयरको उपाधि एलजी लायनका सौगात गुरुङले पाए भने टप स्कोररको उपाधि प्लमस्टिड एफसीका रेगन गुरुङले प्राप्त गरे । एलजी लायनका सोम गुरुङ वेष्ट म्यानेजर बने । लेडिजतर्फ वेष्ट प्लेयर भइन् सुष्मिता शाही । बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कपमा ठेलो प्रतियोगिता पनि राखिएको थियो । छेलोमा प्रथम भएर निरज गुरुङले २०० पाउन्ड र भेट्रेन तर्फको प्रथम गोकुल गुरुङले २०० पाउन्ड पुरस्कार पाए । ठेलोको पुरस्कार प्रायोजक सेवा मोर्गेजेजले गरेको थियो ।   गोर्खा कप २०२३ को मुख्य आकर्षणहरु मध्ये प्यारासुट जम, सांकृतिक कार्यक्रम, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, मोरगेजका स्टलहरु, घरयासी प्रयोजनका लागि चाहिने भाडाकुडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामुलक स्टलहरु लगायत बिभिन्न स्टलहरु झण्डै  १०० स्टल राखिएको थियो। गोर्खा कपमा प्रमुख अतिथि, रशमोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रयाटन, आमन्त्रण गरिएको थियो भने, बिशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, रसमुरबोरो काउन्सिलका काउन्सिलरहरु, ब्रिगेडियर पीएस रिहाल एमबीई, गौरब घले,अन्य अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रमुखहरु, काउन्सिलरहरु, सेनाका सिनियर दर्जाहरु, धर्मगुरुहरु, पत्रकारहरु गरी करिब ३५० जति अतिथि नै थिए। फाइनल अघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथी रसमबोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटनले आफ्नो क्षेत्रमा नेपाली समुदायले वृहत कार्यक्रम गरेकामा खुशी व्यक्त गरे । विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले खेलकुदका माध्यमबाट सामाजिक सद्भाव र एकता उजागर भएको उल्लेख गर्दै इभेन्टले स्थानीय व्यापार प्रवर्धन समेत गरेको बताइन् । तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित नेपालीबीच एकता र सद्भाव सुदृढ पार्न गोर्खाकपले महत्वपूर्ण योगदान गरेको बताए । उनले स्थानीय व्यापार प्रवर्धन गर्न, युवालाई कुलतमा लाग्न रोक्न र स्थानीय समुदायबीच अन्तरघुलनका लागि पनि गोर्खाकप अभिन्न अंग बन्दै आएको उल्लेख गरे । यसअघि गोर्खा कपको भिभिआइपी अतिथीमा ग्रीस र डेनमार्कका युवराज फिलिपोस र युवराज्ञी निना आउने बताइएपनि स्वास्थ्यका कारण उनीहरु उपस्थित भएनन् ।आयोजक तमुधिं यूकेले १० प्रतिशत आम्दानी टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्ने बताएको छ ।   तमुधी युकेका अध्यक्ष हरी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा। बिशाल गुरुङले संचालन गरेका थिए ।तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, संयोजक क्या। दिपकराज घले, टिम दर्तामा सुलभ गुरुङ, कुमार गुरुङ, ले। कुसाङ गुरुङ, मे। रि। खुशीमान गुरुङ, स्टल व्यापार संयोजक  उपाध्यक्ष  कमल गुरुङ, पाहुना सत्कारमा उपाध्यक्ष  परशु गुरुङ, मे रि कृष्ण गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, पोर्टलु क्याम्पेनका दुर्गा गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, तमुधिं आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ र सम्पूर्ण टिमले कार्यक्रमको ब्याबस्थापन गरेका थिए।  

पोखरा:  तीन दिनसम्म भएको पोखरा एमयूएन आइतबार सकिएको छ ।  युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त राष्ट्रसंघको नमुना महासभामा तीन जना बेस्ट डेलिगेटबाट सम्मानित भए । देशभरका १४ जिल्लाबाट प्रतिनिधि गरेका युवा मध्य ३ जनाले बेस्ट डेलिगेट बन्न सफल भएको वाइटिएस पोखराका अध्यक्ष रिजन ढुंगानाले बताएका छन् । उनका अनुसार सहभागी प्रतिनिधिले विभिन्न ८० देशको प्रतिनिधित्वको गरेका थिए र प्रतिनिधित्व मध्य यूएसए, इजिप्ट र पाकिस्तान बेस्ट डेलिडेट बन्न सफल भएका हुन् ।  यूएसएका प्रतिनिधि हार्दिक पराजुली यूएनइपीबाट बेस्ट डेलिगेट बने । इकोफ्यानबाट सौगात गौतम बेस्ट डेलिगेट बन्न सफल भएका हुन् । डब्लुएचओबाट पाकिस्तानको प्रतिनिधित्व गरेका आदर्श झा बेस्ट डेलिगेट बन्ने । उनीहरुलाई ट्रफी र  प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।  तीनै क्षेत्रबाट बेस्ट इस्टाटेजिक्स मलेसियाबाट अल्भिना बराल, यूएसएबाट उत्सब सेडी र एभिक कर्न चाइनाबाट जितेका छन् । बेष्ट पोजिसन पेपरबाट युकेकी प्रतिनिधि प्रतिक्षा सेडी, रसियाबाट दीपिका श्रेष्ठ र इन्डियाका प्रतिनिधि आर्य पुडासैनीले पुरस्कृत भएका हुन् ।  लेखसाइडमा फर्जी औषधिका कारण विश्वमा बढ्दै गएको खतरा, आर्थिक मन्दी र विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापनका सम्बन्धमा नमुना महासभामा बहस भएको थियो । उद्घाटन समारोह र समापन सत्रमा प्रमुख अतिथि नेपालका लागि अमेरिकी राजदूतावासका अधिकारी धु्रव शाह थिए । शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सिपलाई डेलिगेटहरुलाई सक्षम बनाएको बताए । ‘तपाईंहरुको यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरू कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुभयो भन्ने मैले बुझेको छु,’ शाहले भने । सभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो । विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गरिएको थियो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटहरुलाई सौहार्द्रपूर्ण वातावरणमा कार्यक्रममा सकिएको बताए । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोधसमेत गरेका थिए । कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई, वामन घिमिरे लगायत उपस्थित थिए ।  

कञ्चनपुर:  कञ्चनपुरको भिमदत्त नगरपलिका–४ बसपार्कबाट १० जना जुवाडे पक्राउ परेका छन् ।   बसपार्कस्थित रतगैया होटलमा जुवातास खेलिरहेका ३८ वर्षीय प्रकाश थापासहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    फक्राउ परेका उनीहरुको साथबाट नगद रु १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी तास बरामद गरिएको थियो ।    सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

सिरहा:   सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र तीन हजार पाँच सय रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन् ।   सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरित गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताउनुभयो । उहाँले भन्नुभयो 'सुत्केरी खोज्दै हामी घर घर जाने गरेका छौँ ।  घरमै पुगेर सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएका छौँ । यसका लागि स्थानीय स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ ।'   नवराजपुर–३ फूलवरियाकी पुष्पा यादवले ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ बच्चालाई कुपोषण हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि प्राप्त हुनेहुँदा कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो । नवराजपुर–१ देवीनगरकी गनिताकुमारी दासले कार्यक्रमबाट बच्चाका लागि कपडा र रकम पाएपछि निकै खुसी लागेको सुनाउनुभयो । पोषिलो खानेकुरा किन्नका लागि रकम र बच्चाका लागि कपडा लिएर उपाध्यक्ष यादव घरमै पुग्नुभएको थियो ।   स्वास्थ्यचौकी देवीनगरका प्रमुख सञ्जीव यादवले शिशु अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्त जन्म प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि अधारमा सेवा उपलब्ध गराइरहेको जानकारी दिनुभयो । ग्रामीण भेगमा अझै पनि महिला घरमै सुत्केरी हुने गरेको पाइन्छ । यसका कारण शिशु मृत्युदर तथा पोषणसमबन्धी जानकारी अभावमा कुपोषित बच्चा जन्म हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।   नवराजपुर गाउँपालिकाको  वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि आर्थिक वर्ष २०७९/८० का लगि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

काठमाडौं:  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् ।    आर्थिक वर्ष २०८०र८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि बालेनले सो टिप्पणी गरेका हुन् ।   ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आए ,’ बालेनले फेसबुकमा लेखेका छन् । उनले ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु’ भनेर प्रश्नसमेत गरेका छन् ।   अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमार्फत् सांसद विकास कोषलाई व्युँताउँदै प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग हुने गरेको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरेका थिए ।   अर्थमन्त्री महतले बजेटमा सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका छन् । एउटा आयोजनामा न्यूनतम एक करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गरिने मन्त्री महतको भनाइ छ । सुशील कोइराला प्रधानमन्त्री भएको बेला ‘पूर्वाधार विकास कोष’को अवधारणा सुरु भएको थियो । पछि त्यसको नाम फेरेर ‘सांसद विकास कोष’ र ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ भन्न थालियो । यस कार्यक्रम अन्तर्गत संघीय संसद निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँको दरले बजेट विनियोजन हुने गरेको थियो । तर यो रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।    त्यसैले खारेज भएको सांसद विकास कोषलाई केही सांसदहरुले पुनः व्युँताउनुपर्ने दबाब दिँदै आएका थिए ।