पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा  । शनिबार पोखरा २० मा मतदाता भेटघाट गर्न पुगेका विन्दु कुमार थापालाई स्थानीय अनिल कुमार रानाले भने पोखरा २० को मुहार फेर्ने नेता तपाई नै हुनुहुन्छ । हिजो निर्वाचित भएपछि पोखरा २० का धेरै ठाउँमा तपाईले बजेट विनियोजन गर्नुभएको छ । अब आशा पनि तपाईमा नै छ । उनले भने,‘हामी त जनता हौं । हामीलाई सामान्य आधारभूत आवश्यकता परिपूर्ति गरिदिए पनि हुन्छ । सपना बाढ्ने पूरा नगर्ने नेता धेरै भेटियो । तर काम गर्ने नेताका रुपमा विन्दु कुमार थापा पाइयो । विगत ५ वर्षमा पोखरा २० लाई बनाउन उहाँले थुप्रै योजना हाल्नुभएको छ । हाम्रो मत उहाँलाई नै हो ।’  थापा २०७४ सालको निर्वाचनमा कास्की २(२) बाट नै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित अघि नै उनको प्रतिबद्धता थियो सरकारबाट प्राप्त तलबभत्ता सुविधा केही नलिने, विकासका काममा खटिने । पाँच वर्ष कार्याकाल उनको सामाजिक सेवामा नै बित्यो भन्दा फरक नपर्ला ।  पोखरा २० का स्थानीयको आशा विन्दुमा नै छ । भन्छन्,‘हामीले हाम्रो समस्या जसले काम गर्छ उसलाई नै सुुनाउने हो । विन्दुजीले हिजो पनि राम्रै काम गर्नुभयो । अब पनि आशा उहाँमा नै छ ।’  साबिक ७ नम्बर वडाको पाखाको बाटोलाई प्राथामिकता दिन मतदाताको थापालाई आग्रह छ  । देविडाँडा बाट देउरालीको बाटो निर्माण गर्नुपर्ने र टोलटोलमा ट्रयाक खोल्नपर्ने समस्यालाई समाधान गर्न उनीहरुले अपिल गरेका छन् । पोखरा २० लाई महानगरको झल्को हुने गरी काम गर्नुपर्ने भनाई स्थानीयको छ  ।  स्थानीयको समस्या सुन्दै नेपाली काँग्रेस बाट कास्की २(२) मा गठबन्धनका साझा उम्मेदवार विन्दु कुमार थापाले पोखरा २० का हरेक समस्याका विषयमा आफु जानकार रहेको र निर्वाचित भएपश्चात योजनाहरुलाई क्रमबद्ध रुपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।  ‘२०७४ मा निर्वाचित भएपश्चात यहाँहरुका समस्यालाई समाधान गर्ने बाटोमा अग्रसर भएकै हो । अब पनि नहुने कुरा हुँदैन । पोखरा २० का हर नागरिकको सुखदुखको साथी बन्दै समस्याको समाधान गर्ने बाटोमा लाग्नेछु ।’, उनले भने ।  उनले सिर्सेखोला खानेपानी योजनालाई पूर्णता दिने गरी आफु लाग्ने बताए  । दलीत समुदायको क्रियापुत्री भवनका लागि केही पैसा गण्डकी सरकारबाट विनियोजन भएको र आगामी समयमा पनि गर्ने उल्लेख गरे  । खोरा देखि गौतम गाउँसम्मको सिँडी बाटो निर्माणमा आफ्नो ध्यान पुगेको अभिव्यक्ति उनको थियो ।    निर्वाचित भएपछि संघ र महानगरसँग समन्वय गर्दै अगाडि पोखरा २० को मुहार फेर्न लाग्ने प्रण उनले गरेका छन् । आफु काम गर्नको लागि सरकारमा जाने र योजनाबद्ध हिसाबले क्रमबद्ध रुपमा विकासका आयोजनालाई पूरा गर्ने भनाई उनको छ ।   

    पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले निर्वाचन जितेपछि मात्रै खानेपानी, सडक लगायतका पुर्वाधारका विकास गर्न सहज हुने उनको भनाई थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्की र कास्कीका जनताको अपमान गरेको बताएका छन् । उनले ओेलीले शुक्रबार भएको चुनावी कार्यक्रममा प्रचण्डको आलोचना गरि ढिकुरपोखरीको नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेको उल्लेख गरे । मुल्मीले सचेत कास्कीवासीले ओली अभिव्यक्तिको बिरोध गर्नु पर्ने बताए । स्थिरता र विकासका लागि गठबन्धनले विजयी हासिल गर्नुपर्नेमा जोड दिए ।   कार्यक्रममा प्रदेशसभाका उमेदवार दुर्गादत्त भण्डारीले लामो समय यहि वडामा बिताएकाले वडा नं. २ को विकास आवश्यकता र समस्या बारेमा आफु जानकार रहेको बताए । नेपाली काङ्ग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले गठबन्धनका उमेदवार विजयी भएपछि तिने तहका सरकारले विकासको काम अघि बढाउने बताए । संविधानसभा सदस्य शारदा पौडेलले गठबन्धनका दलहरू अब दिन रात नभनिकन एकतावद्द भएर चुनावमा लाग्न आग्रह गरिन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादका केन्द्रीय सदस्य प्रेम पौडेल, निर्वाचन परिचालन समिति ३(१) का संयोजक विष्णु बहादुर केसी, काङ्ग्रेस वडा सभापति अरूण कायस्थ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष एनकुमार साई लगायतले गठबन्धनका साझा उमेदवार विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका मंगल शाही लगायत ३२ जना काङ्ग्रेस प्रवेश गरेका थिए । शाही बैशाखा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्य उम्मेदवार बनेका थिए ।

   लेखनाथ । परमार्थनगर क्लबले  पोखरा २७ डाँडाको नाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाम तथा बाल आश्रममा सहयोग गरेको हो । क्लबले देउसी भैलो बाट उठेको रकमको बिस प्रतिशत रकम सामाजिक दायित्व अन्तर्गत आश्रममा आश्रित बालबालिकाका लागि सहयोग प्रदान गरेको हो । पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रु ५०००५ (पचाँस हजार पाँच) रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । गुरुङले देउसी भैलो बाट उठेको रकमको बिस प्रतिशत रकम आश्रममा सहयोग गर्नाले समाजमा पनि राम्रो सन्देश जाने कुरामा जोड दिएका थिए । देउसी भैलो खेलेर उठेको रकम फजुल खर्च गर्नुको सट्टा यसरी सहयोग गर्दा आश्रममा आश्रित बालबालिकाको समस्या समाधानमा महत्वपूर्ण रहने विचार कार्यक्रमका विशेष अथिति लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताएका थिए । आश्रमका अध्यक्ष श्री १०८ स्वामी विष्णु वशिष्ठ महाराजले क्लबले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए । सम्मान तथा सहयोग कार्यक्रममा देउसी भैलोमा रु. पाँच हजार भन्दा माथि सहयोग गर्ने सहयोग दाता तथा क्लबका आजिवन सदस्यहरुलाई  सम्मान गरिएको थियो । सोहि अवसरमा क्लब स्थापनाकाल देखि क्लबको हरेक गतिविधि मिडियाका माध्यम बाट समाजमा लैजान महत्वपूर्ण भुमिका निर्वाह गरेको भनि लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष, लेखनाथ खबर डट कमका प्रधान सम्पादक तथा रेडियो लेखनाथका समाचार प्रमुख सुमन जिसी लाई सम्मान समेत गरिएको क्लबका सल्लाहाकार बिकास लामिछानेले जानकारी दिएका छन् । क्लबकी कोषध्यक्ष विष्णुकुमारी गुरुङले आर्थिक आय व्यय प्रस्तुत गरेको कार्यक्रममा शुभकामना मन्तव्य समाजसेबी हरि त्रिपाठी, त्रिलोचन लामिछाने, राजनैतिक व्यक्तित्व सुर्यमणि लामिछाने, प्रदेश सभा सदस्यका उमेदवार बाबुराम थापा, लेखनाथ सामुदायिका सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, आश्रमकी संचालिका कला गुरूङ लगाएतले बोलेका थिए । क्लबका अध्यक्ष मनोज गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिजय बस्ताकोटीले स्वागत तथा क्लबका सचिब ई. आदर्श लामिछानेले कार्यक्रमको संचालन गरेका थिए ।  

पोखरा:   कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ वडाहरु पर्छन् । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा स्व. रविन्द्र अधिकारी र ०७६ को उपनिर्वाचनमा विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवारलाई परिजात गर्दै निर्वाचित भएका थिए ।    ०७६ को उपनिर्वाचनमा निर्वाचित हुदैं संसदको यात्रा सुरु गरेका भट्टराई पुनः निर्वाचित हुने लक्ष्यमा छिन् । तर उनीलाई यो पल्ट निर्वाचित हुन सोचे जस्तो सहज देखिदैन, किनभने गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल, स्वतन्त्र उम्मेदवार शिरिष गुरुङ र स्वतन्त्र उम्मेदवार  महादेव गुरुङको पनि उम्मेदवारी परेसँगै मतदाता फकाउन घरदैलोमा व्यस्त छन् ।   त्यसैले कास्कीको अन्य क्षेत्र भन्दा यो क्षेत्र विशेष चाँसोका रुपमा लिइएको छ । यसै सन्दर्भमा सामाजिक अभियन्तका रुपमा रहेकी शिरिष गुरुङ चुनावमा होमिएपछि कास्की २ मा उनको पर्ने प्रभाव, प्रतिवद्धता तथा एजेन्डासहितको भावी योजनाबारे गरिएको कुराकानीको संपादीत अंश:   –सामाजिक अभियन्ताका रुपमा परिचित तपाई अब नेतृका रुपमा पनि अघि आउनु भएको छ, राजनीतिमा तपाइको आवश्यकता किन ?    हजुर यहाँहरु सबैलाई थाहा छ । म धेरै लामो समयदेखि सामाजिक सेवा र अभियानमा लागिरहेकै थिए । पछिल्लो समय र राजनैतिक परिस्थितिले मलाई पनि तानिहाल्यो । यसपछाडि केही कारण हरु छन् । देशको विकाराल अवस्था, शैक्षिक योग्यतासहितको नेताहरुको कमी, आर्थिक अनियमितता तथा भ्रष्टाचार, युथ लिडरहरुको कमी, यति मात्रै होइन देशलाई विचित्र बनाइरहेको अवस्था छ त्यसैले मैले परिवर्तनको आभाष गरेपछि राजनीतिमा आएको हुँ । मैले विचित्रको देशलाई शुन्दर चित्रमा परिणत गर्नुछ ।   –कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारका रुपमा चुनावमा होमिनुभएको छ, अहिले के मा व्यस्त हुनुहुन्छ?   निर्वाचनको समय छ उम्मेदवार दर्तापछि अहिले निरन्तर चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा व्यस्त छु । कास्की निर्वाचन क्षेत्रमा पर्ने पहिलो चरणको घरदैलो अभियानमा ११ वटा वडामा पुगिसकेको छु । अब फेरि दोस्रो चरणको कार्यक्रममा निरन्तर छु ।   –कास्की २ मा दाबेदार उम्मेदवारका रुपमा एमालेकी विद्या भट्टराईलाई हेरिएको छ, तपाइले उहाँ लगायत अन्य प्रतिस्पर्धिलाई कसरी लिनुभएको छ ?    अब मैले उहाँलाई कुन रुपमा प्रतिद्धन्दी भन्ने । म मन लागेर भन्दा पनि समय परिस्थिति र आवश्यकताले राजनीतिमा आएको छु ।   आवश्यकता चाहने र शिक्षित र सक्षम नेतृत्व चाहनेले मेरो उम्मेदवारी बारे बुझ्नुभएको छ । अब देश युवाको काधमा आउनुपर्छ । उहाँहरु सबै टेस्टेड हुनुहुन्छ सबैको कार्यशैली जनतालाई थाहा छ त्यसैले अब अग्रजलाई सम्मान गर्दै युवालाई नीति बनाउने ठाउँसम्म पुर्याउनुपर्छ भन्ने यतिबेला सबैको मनमा छ त्यसैले आफुलाई योग्य ठान्दै उम्मेदवार भएर जनतामाँझ आएको छु ।    –पछिल्लो समय जनता फकाउन सहज छैन, यहाँको योजना एजेन्डाहरु के के छन् ?      एजेन्डाहरु धेरै छन् । अहिले थ्याक्कै यो भन्ने भन्दापनि मतदाताको मत खेर जान दिनेछैन ।   मुख्यरुपमा कास्की पर्यटन क्षेत्रको महत्वपुर्ण जिल्ला हो, त्यसैले यसको आधारभुत विकास पनि राम्रोसँग भएको छैन् । पर्यटन क्षेत्र भनेर मात्र हुँदैन् आवश्यक आधारभुत विकास र प्रचारप्रसार पहिलो प्राथमिकता हो । त्यसैले यस पर्यटन क्षेत्रको राम्रो र व्यवस्थित गर्न सकेको खण्डमा मात्रै रोजगारको अवसर सिर्जना हुन्छ र धेरै युवाहरु लाभाविंत हुन्छन त्यसैले म पर्यटन क्षेत्रको आधारभुुत विकास गरेपछि विकास निर्माणको आधार तय गर्छु ।    – तपाई निर्वाचित भएर सदनमा स्थान बनाउनुभयो भने मुख्य प्राथमिकता कुन विषयलाई दिनुहुन्छ ?    मेरो मुख्य एजेन्डा पर्यटन नै पर्छ, पोखराको लेकसाइड होटेल र रेष्टुरेन्टले मात्र झकिझकाउ छ ।   यसलाई थप आर्कषणमा बदल्न मेरो पहिलो प्राथमिकता छ, पर्यटनको क्षेत्रका विकसा गर्न सके हामीले शिक्षा, स्वास्थ्यसँगै भौतिक विकासमा फड्को मार्ने मात्र होइन पर्यटनक क्षेत्रको विकास गर्दा युवाहरुलाई विदेश जाने वातावरण अन्त्य गर्न सकिन्छ । त्यसपछि युवा, महिला तथा ज्येष्ठ नागरिकको पक्षमा धेरै काम गर्ने लक्ष्य छ ।     -अन्त्यमा के चाहनुहुन्छ ?   कास्की आफैमा पर्यटन क्षेत्रको केन्द्र हो । यसलाई हामीले विश्वभर चिनाउन सके हामीले यहाँका जनतालाई रेलपानी जहाज जस्ता ठुला ठुला सपना देखाएर चुनावमा होमिनुपर्ने बाध्यताको अन्त्य गर्न परिवर्तनको आभाष खोज्दै राजनीतिमा आएको छु ।    कास्कीलाई पर्यटनको क्षेत्रको केन्द्रको रुपमा मैले अगाडी बढाउँदै गर्दा यहाँको विकास प्रचारप्रसारसँगै युवाहरुलाई रोजगारको व्यवस्था हुनेछ भने, यहाँको व्यापार व्यवसायमा फड्को मार्छ । त्यसैले ठुला सपनामा होइन हामी पहिले आधारभुत विकासमा लाग्नुपर्छ । आशा छ कास्की क्षेत्र नम्बर २ का जनताले यो कुरालाई मनन् गर्नुहुनेछ ।      यसैगरि म अन्त्यमा जतिपनि युवा साथीहरु हुनुहुन्छ । म उहाँहरुलाई राजनीतिक चेतनाबाट अछुतो नरहनुस भन्न चाहान्छु । तपाइहामीले राजनीतिलाई फोहोरी खेल भनिरहदा आज देशको यो हालत भएको छ । युवा भनेको भविष्यको कर्णधार मात्रै होइनन्, आजका साझेदार पनि हुन् । त्यसैले अब देश हाक्ने र जिम्मेवारी बोक्ने बेला आएको छ । स्वतन्त्र भएर देशको लागि निश्वार्थ भावले लागिरहेको छु । यहाँहरुले यो कुरा मनन् गर्दै मलाई सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।      

  पोखरा । गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ का उम्मेदवार विन्दु कुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् ।  बिहिबार पोखरा महानगरपालिका वडा २० भलामको ¥यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको आशा र भरोसा दुवै थापामाथि रहेको भन्दै चेकड्यामको काम गरिदिन आग्रह गरेका हुन् । उनीहरुले आफ्नो मत दिने प्रतिबद्धता व्यक्त गर्दै थापालाई समेत आफ्नो चेक ड्याम निमार्ण गरिदिन आग्रह गरेका हुन् । स्थानीय समस्या बताउँदै उनीहरुले रोए पनि कराएपनि माया गरेपनि थापालाई नै गर्ने बताए ।  मतदाताको समस्या बुझ्दै थापाले त्यहाँ पहिरो नियन्त्रणका लागि आफुले सकेको गर्ने र विजयी भएमा थप योजना पारेर स्थानीयलाई खुसी दिलाउने बाचा गरे । उनले भलाममा रहेका विद्यालयको स्तरोन्नति, सांस्कृतिक क्षेत्रको पहिचान गरि आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि प्रयास गर्ने सुनाए । ‘यो पाँच वर्ष प्रदेशको बाल्यकाल रह्यो । हामी संरचना र नीति निमार्णमै भुल्यौ ।  प्रदेशको जग बसिसक्यो अबको कार्यकाल सम्वृद्धि र विकासका लागि हो’, उनले भने,‘प्रदेशप्रति तपाईँहरुको जे आकांक्षा छ त्यो पुरा गर्छौ ।’ आफ्नो अघिल्लो कार्यकालमा शुसासन र भ्रष्टचार न्युनिकरणका लागि गरेको कामले आफुले जनताको मन जितेकाले यो पटक समेत साथ पाउनेमा आशावादी रहेको सुनाए । बजारबाट नजिक रहेपनि भलाममा अझै विकासका लहर आउने बाकिँ रहेको उनको भनाई रहेको छ ।  

पोखरा:   आम निर्वाचनमा खटिएका म्यादी प्रहरीले गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनकै युनिफर्म लगाउँछु भन्दा प्रहरीबाट कुटिएका छन् ।   घटना कास्कीको हो ।  बिहीबार जिल्ला प्रहरी कार्यालय कास्की अन्तरगत वडा प्रहरी कार्यालय बैदामका म्यादीलाई पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा युनिफर्म वितरण कार्यक्रम राखिएको थियो ।    त्यहाँ उपस्थित म्यादीमध्ये केहीले गत बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा खटिँदा पाएको युनिफर्म नै लगाउने जानकारी गराए । तर जिप्रका कास्कीले भने म्यादीलाई अहिले दिएको युनिफर्म नै लगाउनुपर्ने बतायो ।  तर जिप्रकाको यस निर्णयप्रति असन्तुष्टी जनाउँदै केही म्यादीले पोशाक भत्तास्वरुप छुट्याइएको ६ हजार रुपैयाँ दिन आग्रह गरे ।   त्यही क्रममा प्रहरी नायब निरीक्षक (सई) आर पि गौतमसहितका प्रहरीले दुई म्यादीमाथि मुक्कासहित बुट बजारे ।    कुटाई खाएपछि सुनगाभा न्यूजको सम्पर्कमा आएका म्यादीले भने, ‘मलाई पहिला सुरुमा मलाई हानेको हो । पछिपनि हान्नत हातले हानेको हो तर मैले ब्लक गरे ।’    उनले आफुलाई पहिला हातपात गरेको बताउदै त्यसपछि आफ्नो साथीलाई कुटेको जानकारी दिए । ‘हामी यो देशलाई केही योगदान दिन म्यादीमा आएका हौं प्रहरीको कुटाई खान होइन् ।’   कास्की प्रहरी प्रवक्ता तिवारी भन्छन्– ‘प्रहरी र म्यादीबीच मनमुटाव हुनुपर्ने अवस्था छैन’   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले म्यादीलाई प्रहरी हातपात नगरेको बताए ।     डिएसपी तिवारीले म्यादीको तालिम निरन्तर सञ्चालन भइरहेको बताउदै प्रहरी र म्यादी प्रहरीबीच कुनै मनमुटाव नभएको स्पष्ट पारे । ‘प्रहरी र म्यादी प्रहरीबीच मनमुटाव हुनुपर्ने अवस्था नै छैन । त्यस्तो केही पनि होइन ।’ उनले भने ।   उनले पोशाक वितरणका क्रममा मादक पदार्थ सेवन गरेर आएका र चोरीको आरोपमा २ जना म्यादी प्रहरीलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए ।    म्यादी प्रहरीहरुले पुरानै पोशाकको प्रयोग गर्ने बताएपनि आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि म्यादीका लागि नयाँ पोशाक आउने भएकाले पोशाक नै वितरण गर्नुपर्ने बताइएको छ ।

  पोखरा । कास्की क्षेत्र नम्वर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङको क्षेत्र अन्तर्गत पर्ने रूपा गाउँपालिका वडा नम्वर ३ को काल्लाङटार र थापाचोकका टंक के.सीसहित ५ जना माओवादी कार्यकर्ता र शुक्रदेव सुनारसहित ५ जना काँग्रेश कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।  उनीहरुलाई पार्टी संगठन विभाग प्रमुख तथा १ (क) का प्रदेश सभा उम्मेदवार खगराज अधिकारी र कास्की जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले एक कार्यक्रमका विच स्वागत गरेका थिए ।  नवप्रवेशी कार्यकर्ताहरुले माओवादी र कांग्रेस सर्वहारा जनताको पार्टी बन्न नसकेकाले आफूहरुले पार्टी परित्याग गरेको बताए । साथै उनीहरुले सो क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने अठोट व्यक्त गरे । कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले  भष्ट्रचारको अन्त्य साथै मुल्यवृद्धी नियन्त्रण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टीको सिद्धानत्लाई मुर्त रुप दिने बताए । त्यस्तै कास्की क्षेत्र नम्बर १ (क) का उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई अत्याधिक मतले विजय गराउन मतदातासँग अनुरोध गरे ।  मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा अहिले एमाले उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उनीहरुले भोट मात्र मागेका छैनन् स्थानियका समस्यालाई पनि आत्मसात गरेर निर्वाचित भएपछि पूरा गनेृ बचन समेत दिएका छन् ।   

  पोखरा । पोखरा–५ मालेपाटन लालगढका रुपमा चिनिन्छ । गत स्थानिय निर्वाचनमा यस वडामा एमालेले प्यानल नै जितेर गठबन्धनलाई निल खुवाएको थियो ।  सोही वडामा मत माग्न पुगेका नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ ख प्रदेश सभा उम्मेदवार राजिव पहारीलाई मालेपाटनवासीले फेरी पनि विजयी गराएरै छाड्ने बताएका छन् । विहीवारको घरदैलोमा उनलाई स्थानिय जेष्ठ नागरिकदेखि युवाहरुले साथ दिएका थिए । जेष्ठ नागरिकहरुको आर्शिवाद ग्रहण गर्दै घरदैलोमा निस्किएका पहारीले अघिल्लो पटक देखाएको क्रियाशिलतालाई मुल्याङकन गर्दै फेरी पनि विजयी गराउने मालेपाटनवासीहरुले बताए ।  मालेपाटनका जनताहरुले दिएको आर्शिवादले आफुलाई हौसला मिलेको पहारी बताउँछन । ‘यहाँका बुवाआमाको आर्शिवाद तथा युवाहरुको साथले ठूलो प्रेरणा मिलेको छ’ उम्मेदवार पहारीले भने । गण्डकी प्रदेशका निवर्तमान सांसद समेत रहेका पहारीले आफुले अघिल्लो कार्यकालमा विभिन्न स्थानमा थालनी गरेको कामहरु अलपत्र परेको जनाउँदै वडा ५ मा पनि थुप्रै काम बाँकी रहेको जनाए । पहारीले घरदैलोको क्रममा भने ‘केहि काम सम्पन्न भए, केहि गर्दागर्दैका बाँकी छन्, ति काम सम्पन्न गर्न पनि उम्मेदवारी दिएको हुँ’ ।

काठमाडौं :  हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ ।   प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।     हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।   आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।   तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।   तुलसीबाट बनेको चिया मानव शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।    कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।   आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाई  उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।    किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।   कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।   विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।    आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।   वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।