पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा : क्रपुडाँडादेखि कोरीसम्म, गुरुङहरुको उद्गमथलो क्व्होँलासोँथरदेखि क्हफुचे हिमतालसम्म पर्यटनका क्षेत्रमा चार ‘क’ का एजेण्डा लिएर कास्की १ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइला उमेदवार बनेका छन । चुनावी घरदैलोमा व्यस्त गुरुङले पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ सहित याङजाकोट लगायत मादी गाउँपालिकामा घरदैलो सकिसकेका छन ।   मादी गाउँपालिकाका १२ वटा वडा र पोखरा महानगरपालिकाका पाँचवटा वडा यस क्षेत्रमा पर्छन । नेपाली कांग्रेसमा विद्यार्थीकालीन राजनीतिबाट प्रवेश गरी तरुण दल हुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन ।   मादीलाई पर्यटकीय हब बनाउने एजेण्डालाई अगाडि सारेर उनी चुनावी मैदानमा होमिएका छन । उनको योजना छ, “मादी राउण्ड ट्रेक स्थापना गर्ने ।” यसका अलावा क्होंलासोंथर सांस्कृतिक पदमार्ग र पोखरा–मादी–मनाङ रुटलाई भर्जिन ट्रेकका रुपमा विकास गर्ने उनको योजना छ । घरवास योजना अन्तर्गत परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माणलाई प्राथमिकतामा राखेका छन ।   निर्वाचन क्षेत्रमा सडक सञ्जालको विस्तार गर्ने, पोसि–मिजुरे–भाचोक–तोगी–याङ्जाकोट–ताङतिङ–सिक्लेस–तप्राङ सडकको स्तरोन्नती गर्ने उनको प्रतिबद्धता छ । भूगोल, जनसंख्या र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालन गर्नेै, १५ शैयाको अस्पताल स्थापना गर्ने, स्वास्थ्य संस्थालाई दक्ष चिकित्सक र उपकरणयुक्त बनाउने उनको योजना छ ।   हरेक घरधुरीलाई शुद्ध पिउने पानीको उपलब्धता, कृषकलाई आधुनिकीकरण र प्रविधीकरणमार्फत उत्पादन बढाउने, त्यो उत्पादनको लागि बजारको सुनिश्चितता गर्ने उनको एजेण्डा छ ।   हरेक घरमा, एक रोजगार, एक वडा, एक उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । महिलालाई अर्थोपार्जनमा जोड्ने भूमिहिनको व्यवस्थापन, विपत व्यवस्थापनका लागि कोष सञ्चालन गर्ने एजेण्डासहित उनी चुनावी मैदानमा छन ।   आफु निर्वाचनमा विजयी भएमा भ्रष्ट्राचार रहित समुन्नत समाज निर्मणको लागी आफ्नो ठाउं बाट अनवरत लागीरहने उनले बताए ।   को हुन दीपक ?   २०३८ असार २२ गते जन्मिएका गुरुङको राजनीति पृथ्वीनारायण क्याम्पसमा पढ्दाताका २०५६ साल बाट नेपाल विद्यार्थीसंघ मार्फत सुरु भएको हो ।   उनी अहिले तरुण दल कास्कीको उपसभापति पनि हुन । नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै उनी अहिले पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । मादी क्षेत्रमा प्रख्यात र लोकप्रिय खेल बास्केटबलको विकास उनकै पहलकदमीमा सुरु हुन पुग्यो । २०५४ सालमा दीपकले नै याङ्जाकोट, ताङतिङ, सिक्लेस, चिप्ली लगायतका ठाउँमा २०५४ सालमा मार्ले नामक बास्केटबल टिम स्थापना गरे ।   उनै दीपकले सुरुवात गरेको बास्केटबलले अहिलेसम्म निरन्तरता पाइरहेको छ । पोखरा १३ मा वर्षेनी लोकप्रिय सांगीतिक सांस्कृतिक कार्यक्रम हुने गरेको छ । विजयादशमीको अवसरमा हुने कालरात्री सांगीतिक कार्यक्रमको सुरुवातकर्ता उनै दीपक हुन ।   गुरुङ प्रसिद्ध भद्रकाली बहुमुखी क्याम्पसको सञ्चालक समितिका सदस्य समेत हुन ।

  पोखरा । कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका छन् । मादी गाँउपालिका वडा नम्वर ८ पाखुरीकोटमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धन सरकारले देशमा समस्या मात्रै सिर्जना गरेको उल्लेख गर्दै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका हुन् । नेकपा एमाले कास्की जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार गुरूङले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको स्पष्ट पारे । उनले एमाले सबैको साझा पार्टी भन्दैै सूर्य चिन्हमा मत दिएर अत्यधिक बहुमतले विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् ।  अन्य राजनीति पार्टीभन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेका बताउँदै उनले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दावी गरे । नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उक्त क्षेत्रमा उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।  

   पोखरा । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा नं–६ बैदामले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि टोल तहसम्म प्रचार प्रसारका लागि २० वटा उपसमिति गठन गरेको छ । पार्टीको प्रचार प्रसार समितिको शनिबार बसेको पहिलो बैठकले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सो समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी गराउन आयोजना गरिएको भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा इकाई सभापति सन्तोष पौडेलको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन वडामा रहेका सम्पूर्ण भातृ तथा सुभेच्छुक संस्थाले पनि आफ्ना सबै तहका संरचनामा प्रचार प्रसार समिति गठन गर्ने निर्णय समेत गरेको सभापति पौडेलले जानकारी दिनुभयो। त्यसैगरी उपसमितिको संयोजकत्वहरुमा बलराम गिरी निर्वाचन समन्वय एवं परिचालन समिति,तेज नारायण पराजुली अनुशासन समन्वय एवं परिचालन समिति, लक्ष्मण पहारी अनुगमन तथा सुपरिवेक्षक समन्वय एवं परिचालन समिति, तारानाथ पहारी पर्यटन समन्वय एवं परिचालन समिति, गणेश पहारी मिडिया समन्वय एवं परिचालन समिति, मन्धरा ढकाल महिला समन्वय एवं परिचालन समिति, सविना तिमिल्सीना सामाजिक सञ्जाल प्रचार प्रसार समन्वय एवं परिचालन समिति संयोजक रहनुभएको छ । यसैगरी अनिल पहारी युवा समन्वय एवं परिचालन समिति ,हरिश्चन्द्र पहारी, आर्थिक समन्वय एवं परिचालन समिति, निराजन श्रेष्ठ जनजाति समन्वय एवं परिचालन समिति, बिर बहादुर सुनार दलित समन्वय एवं परिचालन समिति, नेत्रपाणी न्यौपाने जेष्ठ नागरिक समन्वय एवं परिचालन समिति, राम बहादुर लामिछाने खेलकुद तथा खेलाडी समन्वय एवं परिचालन समिति, ई. सन्तोष जि.सी संघ संस्था एव डा.ई. समन्वय एवं परिचालन समितिमा हुनुहुन्छ । बैठकले रेनु थापा मगर महिला पर्यटन समन्वय एवं परिचालन समिति, प्रभा सुवेदी उद्योग वाणिज्य संघ समन्वय एवं परिचालन समिति, विष्णु पहारी नेपाल विद्यार्थी संघ समन्वय एवं परिचालन समिति, महेन्द्र पहारी नेपाल तरुण दल समन्वय एवं परिचालन समिति, प्रकाश न्यौपाने संगठन तथा सचिवालय समन्वय एवं परिचालन समिति, चेत नारायण पाण्डे स्वास्थ्य तथा आकस्मिक सेवा समन्वय एवं परिचालन समिति र रविन्द्र कुँवर घरदैलो तथा कोण सभा समन्वय तथा परिचालन समितिमा रहनुभयो । पार्टीको निर्देशन अन्तरगत निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको इकाई सचिब प्रकास न्यौपाने जानकारी दिनुभयो ।  

  पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र अन्तरगत पोखरा २१ दम्सादीमा आयोजित कोणसभामा बोल्दै लामिछानेले आफुले विगतमा गरेका कामले नै आफ्नो परिचय दिएको बताउँदै आफुले गरेका प्रतिवद्धता पुरा गर्ने विश्वास दिलाए । नेपालको संविधानले सम्बृद्धिको परिकल्पना गरेको स्मरण गराउँदै लामिछानेले आफु संविधानमा लेखेको हक पूरा गर्न आएको बताए । ‘हिजो संविधान कार्यान्वयन हुन नदिने भएर गठबन्धन भएको हो । विगतमा यहाँबाट नेतृत्व गर्नेले चासो नदिएको कारण राम्रो बिकास हुन नसकेको म बिकास निर्माणका योजना लिएर आएको हुँ ।’ उनले भने । गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बने मात्र जनताको समस्या बुझेर बिकासको काम हुने उनले बताए । ३ तहमा नै गठबन्धन सरकार भए काम गर्न सजिलो हुने लामिछानेको भनाई थियो । ‘चक्रपथ बनाउने मेरो पहिलो योजना हो । दम्सादी झोलुङ्गे पुल संरक्षण गर्न पहल गर्नेछु । यो पुल सबैको हो म निर्वाचित भए पनि नभए पनि बनाउन पहल गर्ने छु । किसानलाई सिचाइको व्यवस्था खानेपानीको व्यवस्था गर्ने छु । जनताको मालिक हैन सेवक हुँ । मलाई सेवक बनाउन तपाईंहरुको हात छ ।’ उनले भने  कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्की जिल्ला उपाध्यक्ष झपेन्द्रराज रेग्मीले एमालेमा निति विचार सिद्धान्त केही पनि नभएको कारण गठबन्धन भएको बताए । उनले विश्वप्रकाशले ईतिहासमा पनि धेरै काम गरेको भन्दै यस क्षेत्रको विकासको लागि विश्वको विकल्पन नभएको दावी गरे । नेपाली काँग्रेस प्रदेश महादिवेशन प्रतिनिधि रघु पराजुलीले यस क्षेत्रमा सिंचाइ र खानेपानीको समस्या रहेको स्मरण गराउँदै जनताका आधारभुत आवश्यकता पुरा गर्ने नेतालाई निर्वाचित गर्न आव्हान गरे । विकास निर्माणका सन्दर्भमा जनता एकजुट हुनुपर्ने भन्दै पराजुलीले दम्सादी क्षेत्र पोखराको कर्णाली जस्तो भएको बताए । उनले अहिले प्रतिगमनको बिरुद्ध गठबन्धन भएको बताए । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रचारप्रसार संयोक केशर निर्देशी स्थानीय युवराज आचार्य लगायतले यो क्षेत्र महानगरपालिका भित्रै रहे पनि अति बिकट रहेकोले यस क्षेत्रको विकासमा प्राथमिकता दिन उम्मेदवार र निर्वाचन अभियान टोलीलाई आग्रह गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस पोखरा २१ का सभापछि केवल गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

   पोखरा । कास्की क्षेत्र नम्वर २ (१)का मतदाताले नेकपा (एमाले)को तर्फबाट सो क्षेत्रमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भूगोल बुझेको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।    आफ्नो क्षेत्रमा रहेका पोखरा महानगरपालिकाका पाँच वटा वडामा मतदाताहरुसँग भेटघाट गर्ने क्रममा उम्मेदवार कार्कीलाई आफ्नै क्षेत्रको धर्तीपुत्रलाई उम्मेदवार बनाएको भन्दै एमालेलाई धन्यवाद दिएका छन् ।  भुगोल बुझेको उम्मेदवारले मात्रै विकासको प्रक्रिया बुझ्ने र भुगोल बाहिरको उम्मेदवार आफुहरूको रोजाइमा नपर्ने मतदाताको भनाई छ । अन्य दलहरूले भुगोल बाहिरबाट निमन्त्रणा गरेर उम्मेदवार पठाएको हुँदा आफूहरू कुनै अलमलमा नपरी सबैलाई कार्कीको विजय अभियानमा लागि पर्न आग्रह गर्ने पोखरा महानगर वडा न १७ निवासी समीर श्रेष्ठले बताए । त्यसैगरी वडा नम्वर ३३  बाघमारा निवासी  स्थानिय  टंकराज आचार्यले विकासका पक्षधर, सरल इमानदार र निष्ठावान निरन्तर संघर्षले खारिएका आफ्नै क्षेत्रका नेता उम्मेदवार पाँउदा विकासको आशा रहेको भन्दै यसपटककोे आफुहरूको छनोट कार्की नै हुने बताए । पोखरा २१ निवासी २२ वर्षीय जीवन लामिछानलेले एमालेको घोषणापत्रले युवा क्षेत्रलाई विशेष चासो दिएर घोषणापत्रमा समेत एमालेले प्राथमिकता दिएको हुँदा सो कार्यान्वयनमा आफ्नै क्षेत्रको उम्मेदवार  पहिलो रोजाइमा रहने उल्लेख गरे ।  नेकपा (एमाले) ले कास्कीको सबै निर्वाचन क्षेत्रमा सम्बन्धित क्षेत्रमै  मतदाता भएका व्यक्तिहरूलाई उम्मेदवार बनाउदा कास्की क्षेत्र नम्वर २ मा गठबन्धनमा आबद्ध दलहरूले आमन्त्रित व्यक्तिहरू उम्मेदवार बनाउदा आफुहरूले अपमानित महसुस गरेको पोखरा १५ निवासी परशुराम पौडेलको भनाई छ ।  

  पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् ।  भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यसाय गर्ने गरी गाउँमा ल्याउने योजना अघि बढाउनुपर्नेमा जोड दिए । ‘भलाम कृषि, पर्यटनमा सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि सम्भावना छ । यहाँको खेतबारी बाझो भएका छन् घरहरु खाली भए । युवालाई स्वदेशमै राख्नका लागि योजनाहरु ल्याउन आवश्यक छ’ उनले ने,‘विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा,स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रि भएको अवस्थामा गाउँफर्क अभियान सुरु गर्नुभर्ने आवश्यकता अहिले छ ।’पाँच वर्षको बीचमा प्रदेशको संरचना बनाउने, आवश्यक पर्ने ऐन तथा निर्देशनलाय बनाउने काम गरेको र अबको पाँच वर्ष विकासको युग भएको सुनाए ।  उनले गौरवको सडक आफुले वडा २० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर सडक २७ करोड २७ लाख ठेक्कामा परी अहिले पिच बन्ने काम भइराखेको सुनाए । सडक निमार्ण डिपिआर तयार गर्न निकै बाधा आएको उनको भनाइ छ । ‘काँहुखोला,आर्वा, लामडाँडा मौजाहुँदै आँटिघरसम्म जोड्ने १६ किमि सडक डिपिआर गर्ने क्रममा र त्यसलाई बजेट राख्ने क्रममा धेरै ठाउँमा संघर्ष र लडाइ गर्न प¥यो । डिपिआर गर्नपनि नमानेर यो सडकलाई धेरै अवरोध खडा गरियो’ उनले भने,‘मुख्यमन्त्री सहितको टिम आउनुभयो र मुख्यमन्त्रीकै ठाडो आदेशमा पूर्वाधार मन्त्रालयबाट प्राविधिकहरु आएर डिपिआर भएर ३३ करोड रकम छुट्टियो ।’ विजयपुर खोलामा पक्कि पुलको आवश्यक परेको र उक्त पुल बनेमा लामाखेत क्षेत्रकै लाइफललाइनको रुपमा रहनेमा आफु आशावादी समेत रहेको उनको भनाइ छ ।   

  पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर केहीगर्ने वातावरण बनाउने बताएका छन् ।  पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । आफूहरु विकासका लागि प्रतिवद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको मुख्य खानेपानीको समस्या हल गरेरै छाड्ने प्रतिवद्धता जनाए । वडा नम्बर २०को लामडाँडा र अन्य क्षेत्र पशुपालन, कफि र कृषि भूमि रहेकाले सबैक्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरुलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । विगतमा आफूले मत मागेर जिताएका प्रतिनिधिले काम गर्न नसक्दा विकास निर्माण र अन्य धेरैहिसावले वडा नम्बर २० अगाडि बढ्न नसकेको उनले बताए । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामिण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ ।  ‘कम्युनिष्ट र कांग्रेस महत्वपूर्ण घडीमा मिलेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र पनि कांग्रेस र कम्युनिष्ट मिलेर ल्याएका हौं’ उनले भने,‘संविधानले धेरै व्यवस्था तथा अधिकारहरु ल्याएको भएपनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यसतै भू–उपयोग नीति सम्बन्धि ऐन बनाउन मेरो जोड हुनेछ र सम्रग देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’  

  पोखरा:   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (सोमबार) पोखरा आउने भएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्ने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् । अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पोखरा सभागृहमा बिहान १० बजेदेखि सुरु हुने नेकपा (एमाले) कास्की जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख दर्शन लामाले जानकारी दिए ।  लामाका अनुसार अध्यक्ष ओलीसंगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मन बहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) को सहभागिता रहनेछ ।  यसैगरि १ ‘क’ का खगराज अधिकारी १ ‘ख’ का बेद बहादुर गुरुङ, क्षेत्र नम्बर २ ‘क’ का भिम कार्की, २ ‘ख’ की मिना गुरुङ, क्षेत्र नम्बर ३ ‘क’ का गणेशमान गुरुङ तथा ३ ‘ख’ का राजीव पहारी लगायतका समानुपातिक उम्मेदवारहरुको सहभागिता रहने लामाले बताए ।  सो कार्यक्रममा कास्की जिल्लाभरका संगठित कार्यकर्तालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा रहेर अध्यक्ष ओली लगायतले सम्बोधन गर्नेछन् ।  

  पोखरा । कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् ।   साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासँंग शनिवार भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।  निर्माण व्यवसायीको ढिलासुस्तीको कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भईसकेको जानकारी गराईन् ।  उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न विबभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बन्दा उक्त क्षेत्रका मतदाताले पु¥याएको योगदानको उच्च कदर गर्दै नेत्री भट्टराईले नीति निर्माण तथा विकास निर्माणका साथै महिला अधिकारका सम्वन्धमा भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन् । निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटनेमा उनको जोड थियो । मित्रमिलन टोल विकास संस्थाका अध्यक्ष चित्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २१ का वडाअध्यक्ष दिपकप्रसाद सुवेदी, भिरस्वारा टोल विकास संस्थाका अध्यक्ष्ाँ राजेन्द्र पौडेल,मट्टीखान टोल विकास संस्थाका निर्वतमान अध्यक्ष जुद्धवहादुर क्षेत्री,ध्वाँकोट टोल विकास संस्थाका राजकुमार थापा, विजय पौडेल लगायतले सो क्षेत्रको विकास निर्माणसंगै समस्या र समाधानका बारेमा उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।