पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

काठमाडौँ  ः  बाजुराको बुढीगंगा नगरपालिका मेयर/ उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी  भएका  छन् ।    सम्पन्न मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।   मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई पराजित गरे । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् ।बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७४ मतमा रोकिए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ र कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याए । मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।

काठमाडौं, लगाताररुपमा सकृय बनेको मनसुनी प्रणाली आइतबार देखि सामान्य बनेको छ । देशभर मनसुनी वायुको प्रभाव सामान्य हुँदा भारी वर्षाको सम्भावना टरेको छ ।    हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू–भागमा आँशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ।    आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   आगामी २४ घण्टामा देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन  यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पोखराः  सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्ना बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड बजेट विनियोजन गरेका छन् ।  यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।   सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०र५० लाख विनियोजन गरिएको हो । पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।   पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए । स्याङजा भीरकोट नगरपालिका १ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ ।मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रष्टमा बजेट विनियोजन गरेका हुन् ।

पोखरा:  बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।   उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् । असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य कव्वडी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।   त्यस्तै प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्य पदक जितेर सनसनी मच्चाएको छ । नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कास्य तथा कब्बडी छात्रातर्फ १ कास्य पदक प्राप्त गरेको छ ।   त्यस्तै तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्ररछात्रा तर्फ १÷१ स्वर्ण प्राप्त गर्न सफल भएको छ ।   प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश निति तथा योजना आयोगका सदस्य डा।सुवास अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।   प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरुलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरु यहि असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ ।   

बाजुरा:   बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिएपनि ढिलाइ भएको थियो ।    अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिनुभयो ।   बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनस् चुनाव गरेको हो ।   बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।

एजेन्सी:   चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।     जापानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले आबेले सास फेर्न नसकेको र उनको मुटु रोकिएको उल्लेख गरेको छ।     जापानका प्रधानमन्त्री फुमिओ कासिदाले समाचार संस्था रोयटर्ससँग भनेका छन्- यो पाशविक र विद्वेषपूर्ण घटना हो र यो क्षम्य हुने छैन। हामीले गर्न सक्ने जति हामी सबै गर्नेछौं। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन्।   आबेमाथि शुक्रबार बिहान पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो।

    पोखरा:   पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन  विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो ।    बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कैपनि उत्साह थप्ने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सहि उपयोग गर्नेमा आफू विस्वस्त रहेको उनले बताए । पोखरावासीलाई बधाई दिँदै पोखरामा थप पर्यटकीय पूर्वाधार बन्ने र त्यसका लागि पोखरा महानगरपालिकासहित समग्र पर्यटनसम्बद्ध संस्थाहरुसंग मन्त्रालयले सहकार्य गर्ने उनको भनाई छ ।   पोखरा महानगरका प्रमुख एवं पोखरा उपत्यका नगरविकास समतिका अध्यक्ष धनराज आचार्यले १८ रोपनी क्षेत्रफलमा सुविधान सम्पन्न बसपार्क निर्माणगरि हस्तान्तरण गरेकोमा मन्त्रालय र पर्यटन विभागप्रति हार्दिक आभार प्रकट गरे । उनले पोखरा महानगरपालिकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका लागि संघीय सरकारको तर्फबाट थप सहयोग हुने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति मार्फत पोखरा महानगरले पर्यटन बसपार्कको उपायोग गर्ने र सेवा दिने प्रमुख आचार्यले जानकारी दिएका छन् । स्वामित्व हस्तान्तरण कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश न्यौपाने र पर्यटन विभाग तारानाथ अधिकारीको उपस्थिति रहेको थियो ।   बसापार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशिष/सिएम/मिसन जेभीका डाइरेक्टर सान्तकुमार श्रेष्ठका अनुसार पर्यटकी बसपार्कमा ४० वटा पर्यटक बहाक वस आवतजावत गर्न सक्नेछन् । १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कार समेत राख्ने स्थल छ । बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट वस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबै तर्फ एक सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ । जहाँ पर्यटक ओर्लिएपछि एकैछिन् उत्तरी हिमाल तर्फको सिन लिँदै तस्बिर खिच्न पाउनेछन् ।    डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइने छ । बसपार्कमा व्यवस्थित सौचायल, चमेना गृह लगायतका प्रयोजनका लागि भवन निर्माण भएको छ । पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो ।    पोखरा महानगर पालिका वडा नम्बर ७, राष्ट्रबैंक चोक नजिक निर्माण भएकोे आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता  २८ फागुन २०७५ मा भएको थियो । निर्माण कम्पनीका अनुसार दुई असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता हो । तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको थियोे । बसपार्क सात हजार ९ सय बर्गमिटरमा बनेको छ ।    पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अगाडि बढाइँदै   गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।    पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिएका छन् ।    पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रक्रिया छिट्टो अगाडि बढाउनका लागि ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका पोखरा महानगरका प्रमुख आचार्यलाई मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । प्रमुख आचार्यले आफू र महानगरवासीले छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने संघीय सरकारको निर्णयको सुखद् जानकारी प्राप्त हुने बताए ।    ‘पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि हामीले प्रक्रिया अगाडि बढाएका छौं । अबको क्याविनेटमा यो प्रस्ताव लिएर जाँदैछु भनेर मन्त्री ज्युले आस्वासान दिनुभएको छ । पक्कैपनि हामी पोखरावासीले सुखद् खबर सुन्न पाउने छौं’ मन्त्री श्रेष्ठलाई उदृत गर्दै प्रमुख आचार्यले भने ।   

  पोखरा:  पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्र र छात्रा रनिङ शिल्ड प्रतियोगिता–२०७८ मा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् ।   छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पारिन् भने १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । छात्रातर्फ ८०० मिटर दौडमा तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पुरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक हात पारिन् ।   यस्तै ८०० मिटर छात्र दौडमा बादल कार्कीले २ मिनेट ०५.०९ सेकेण्डमा दौड पुरा गरी स्वर्ण जिते भने कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङका बिकास पोखरेल २ मिनेट ०९.०१ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे ।   यस्तै १५०० मिटर छात्रातर्फको दौडमा बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पुरा गरी रजत पदक जितिन् भने नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जित्न सफल भएका छन् । छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पुरा गरी स्वर्ण जितेका छन् भने लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पुरा गरी रजत र कास्कीका बिबेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पुरा गरी कास्य पदकमा चित्त बुझाए ।   यस्तै बिहिबार नै सम्पन्न १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेतले स्वर्ण पदक जितेका छन् । आफ्ना १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पुरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फनै १२.०३ सेकेण्डमा दौड पुरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले १२.०९ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल भए ।   छात्रा १०० मिटर दौडमा स्याङजाकी समिक्षा गैरेले १४.६६ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक हात पारेकी छन् भने नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पुरा गरी कास्य पदक हात पारिन् ।   यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने कुरामा जोड दिएका छन् । पोखरा पर्यटकिय संगै खेलकुदको समेत अपार सम्भावना भएको हुनाले यहाँका खेल मैदान संगै रंगशालाहरुको संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै भने–“राष्ट्रियताको जर्गेना गर्ने विषय भन्नु नै खेलकुद हो, त्यसैले खेलकुद विकास संगै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेतर्फ सवैको ध्यान जान आवश्यक छ ।”   कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेश शिक्षा विकास निर्देशक अम्विका प्रसाद आचार्य, यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेललगायतले विद्यालय लक्षित खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा एक विद्यालय एक शिक्षक हुनुपर्ने कुरालाई राज्यले विशेष रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।   उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद विकासका लागि कम्तिमा राज्यको कुल बजेटको २ प्रतिशत अनिवार्य विनियोजन भएमा खेलकुदले उचाई प्राप्त गर्ने बताए ।   प्रतियोगिता सुरु हुनु अघि भएको मार्चपासमा कास्की जिल्ला प्रथम भएको छ भने गोरखा जिल्ला दोस्रो र नवलपुरले तेस्रो स्थान हात पारेको छ । बिहिबार सम्पन्न विजेता खेलाडीहरुलाई प्रदेश सभाका सभामुख अधिकारी, गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, नेपाली सेना मध्य कमाण्डपति बाबुराम श्रेष्ठ, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।   यसै गरी प्रतियोगिता अन्तर्गत नै सम्पन्न भलिबल छात्रतर्फ बागलुङले पर्वतको सामना गर्नेछ भने कास्कीले स्याङजा संग भिड्ने आयोजकले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५ सय ७४ जना खेलाडीको सहभागिता रहेको छ । उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उशुमा प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता भोली शुक्रबार सम्पन्न हुनेछ । 

पोखरा:   ७ वर्षपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षत्रीय अस्पताल) मा सिटीस्क्यान मेसिन ल्याइएको छ ।  करिब ७ करोडको लागतमा फिलिप्सको सिटिस्क्यान मेसिन आज (बिहिबार) अस्पतालमा आइपुगेको अस्पतालका निर्देशक प्रा. डाक्टर भरत बहादुर खत्रीले जानकारी दिए ।    उनका अनुसार यसअघि उक्त मेसिन वीरगञ्ज भन्सारमा अड्किएको थियो । उनले यही असारसम्म जडान सक्ने बताउदै आगामी महिनादेखि सिटीस्क्यानको सेवा प्रदान गर्ने बताए ।    यसअघि दैनिक २० बढि बिरामीहरु चर्काे शुल्क तिरेर पश्चिामाञ्चल अस्पताल बाहिर निजी ल्याबहरुमा सिटीस्क्यान गर्नुपर्ने बाध्यता थियो ।    अब भने ७ वर्षपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै सिटी स्क्यानको सेवा लिन पाउँने अस्पतालको निर्देशक खत्रीले बताए । ‘सिटी स्क्यानको सुविधा नभएको लगभग ७ वर्ष भयो । हामीले विविध कारणले गर्दा किन्न सकेका थिएनौं । हामीले गत वर्षको असार ३१ गते त्यसको एलसी खोलेर प्रक्रिया अघि बढाएका थियौं, उनले भने, ‘त्यो भन्दा अघि टेण्डर प्रक्रियालाई ३ देखि ४ महिना लाग्यो । त्यसपछि फिलिप्स कम्पनीलाई टेण्डर परेको थियो । अस्पलातमै ल्याइसकेका छौं ।’ उनले टेण्डरपश्चात खरिद प्रक्रियामा गएको १ वर्षपछि मात्रै मेसिन आइपुगेको बताउदै जडान प्रक्रियामा लागिहाल्ने बताए । ‘मेसिनको लागि आवश्यक कोठाहरु तयार गरिसकेका छौं । सिटीस्क्यानलाई कहाँ राख्ने र रिडिङ कहाँबाट गर्ने भन्ने कुराहरु पहिले जुन कोठाहरुमा थियो त्यही कोठाहरुलाई नै प्रयोग गर्ने गरि तयारी गरेका छौं ।’ उनले भने ।   ७ करोडको सिटीस्क्यान सिटीस्क्यान र अतिरिक्त सेवा सहित उक्त सिटीस्क्यानको लागत ७ करोड रहेको निर्देशक खत्रीले बताए । ‘एउटा सिटी स्क्यानकै मुल्य छ र हामीले ५ वर्षको लागि सिएमसी भनेर गरेका छौं जसलाई उहाँहरुले फिट गर्नुहुन्छ । र ५ वर्षसम्म बिग्रेपनि सर्भिस डिस्टर्ब हुन पाउँदैन ।’ उनले भने ।    उनले विगतमा मेसिनको वारेन्टी कै आधारमा चलाउने गरेको स्मरण गरे । ‘पहिला पहिला हामीले १ वर्षको वारेन्टी हुन्थ्यो सिएमसी हुन्थेन, निर्देशक खत्रीले भने, ‘वारेन्टी सकिएपछि बिग्रिने कुरालाई मध्यनजरमा राखेर हामीले सिटीस्क्यान मेसिनलाई पाँच वर्षको सम्झौता मै राखेका छौं ।’   लकडाउनले रोकिएको थियो मेसिन कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकमा भएको लकडाउनको कारण समयमा मेसिन नआएको निर्देशक खत्रीले बताए । ‘नेदरल्याण्डबाट आउनुपर्ने । खासगरी युरोप लकडाउन, कहिले एसिया लकडाउन,  चाइनाबाट हिड्नुपर्ने मेसिन फेरि साङ्घाई लकडाउन त्यसले गर्दाखेरी समयमै ल्याउन गाहा्रे भएको हो ।’    उनका अनुसार हस्पिटेक कम्पनीले टेण्डर प्राप्त गरि फिलिप्सको सिटी स्क्यान मेसिन नेदरल्याण्डबाट ल्याइएको हो ।    दैनिक २० बिरामी प्रवाभित अस्पतालका अनुसार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब २० जना बढि बिरामा सिटीस्क्यानको सेवाबाट बञ्चित हुदैं आएका थिए । उनीहरुले यसअघि दैनिक २० बढि बिरामीहरु चर्काे शुल्क तिरेर पश्चिामाञ्चल अस्पताल बाहिर निजी ल्याबहरुमा सिटी स्क्यान गर्नुपर्ने बाध्यता थियो । अब उक्त बाध्यता हल हुने अस्पतालका निर्देशक डाक्टर खत्रीले बताए ।