पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

पोखरा  :    पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन् ।   संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रविन्द्र बज्रचार्य चयन भए । त्यसैगरी सदस्यहरुमा इश्वरमान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र  निकिन बज्रचार्य चयन भए ।   अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।    कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य, नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचाँदी व्यवसायीको हकहितको बारेमा धारणाा राखेका थिए ।   दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचाँदी व्यवसायी संघमा ४४ जना सदस्यहरु रहेका छन् भने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नयाँ सदस्यता लिएको संघले जनाएको छ ।

पोखरा:  पोखरा महानगरपालिकाको फोहोर ल्याण्डफिल्ड साइड विवाद समाधान गर्न आइतबार महानगरका प्रमुखलाई वडा नम्वर ३३ का स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।   पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा ल्याण्डफिल्ड साइड निर्माण गर्न पोखरा ३३ को टिमुरपाटा स्थान तोकिएको बजेट समेत प्रस्ताव गरेपछि त्यस निर्णयको विरोध गर्दै स्थानीयले महानगरका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।    पोखरा ३३ का स्थानीय किरण थापाले अहिले ल्याण्डफिल्ड साइड बनाउने भनेर जुन ठाउँ महानगरले तोकेको छ, त्यसलाई सच्चाएर पोखराको १ देखि ३३ नम्वर वडाका विभिन्न ठाउँमा ल्याण्डफिल्ड साइडको स्थान बनाउन अध्ययन गर्न महानगरलाई सुझाव दिएका बताए ।   पोखरा ३३ को टिमुरपाटा भन्ने स्थानमा ल्याण्डफिल्ड साइड बनाउन त्यहाँका स्थानियहरुसँग प्ररामर्श नगरी उक्त स्थानका स्थानियहरुसँग छलफल परामर्श नगरी हचुवा भरमा जवरजस्ती रुपमा उक्त स्थान महानगरले छनोट गरेको स्थानीयको आरोप छ ।    पोखरा ३३ को टिमुरपाटामा फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइड निर्माण गर्ने महानगरको तयारीसँगै त्यहाँका स्थानीयले यसको विरोध गर्दै आएका छन् ।    थापाका अनुसार पोखरा ३३ आवादी भएको क्षेत्र भएकाले त्यसमा क्षेत्रमा ल्याण्डफिल्ड साइड निर्माण गर्दा विभिन्न क्षेत्रमा असर गर्ने भएकाले उचित क्षेत्रमा ल्याण्डफिल्ड साइडको अध्ययन गर्न उनको सुझाव छ ।    पोखराको टिमुरपाटामा महानगरको ल्याण्डफिल साइड निर्माण गर्ने प्रस्तावलाई सच्चाउन र पोखरा क्षेत्रमा उत्पादन हुने फोहोरको वर्गिकरण छुट्टाएर ल्याण्डफिल्ड साइडमा लैजानुपर्ने अर्का स्थानीय डिल्लीराम बरालको आग्रह छ ।   यस विषयमा महानगर प्रमुख धनराज आचार्यले अब अन्र्तराष्ट्रिय एयरपोर्ट सञ्चालन गर्ने तयारी गर्दा अहिले प्रयोग भैरहेको ल्याण्डफिल्ड साइडले त्यसमा असर गर्ने भएकाले पनि ल्याण्डफिल्ड साइड सार्न महानगर लागिपरेको बताएका छन् ।  

  पोखरा |:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ नेपाल महिला भलिबल टिमका क्याप्टेन अरुणा शाही र उत्कृष्ट वर्ष खेलाडी ( पुरुष ) अवार्ड  टेनिस खेलाडी प्रदिप खड्काले प्राप्त गरेका छन् ।    शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ महिला भलिबलका टिम क्याप्टेन अरुणा शाही र पुरुष तर्फ टेनिसका खेलाडी प्रदिप खड्काले अवार्ड सँगैै ट्रफी र इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।     यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, उदियमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ  र  उत्कृष्ट खेल संघ (गण्डकी तेक्वान्दो संघ) ले अवार्ड सँगै नगद ३५ हजार र ट्रफी प्राप्त गरे ।    ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड गणेश बहादुुर भट्टराईलाई प्रदान गरिएको छ । यस्तै वर्ष उत्कृष्ट खेलकुद पत्रकार अवार्ड पत्रकार दिपक परियारले पाए ।    यस्तै उदियमान खेलाडी अवार्डको मनोनयनमा परेका श्रृष्टि जैसी ( क्रिकेट), शाहिल लिम्बु ( बक्सिङ), वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड मनोनयनमा  परेका रेकमाया गुरुङ ( तेक्वान्दो ), रिजन प्रजु (क्रिकेट), उत्कृष्ट वर्ष खेलाडी ( पुरुष तर्फ) बुद्ध लामा ( कराते), विधान अधिकारी ( व्याडमिन्टन) र उत्कृष्ट वर्ष खेलाडी ( महिला तर्फ ) मनिषा उपाध्याय ( क्रिकेट ), सरगम कुमाल ( कराते ) का खेलाडीले ट्रफी प्राप्त गरे ।                   

  पोखरा :       नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट वर्ष खेलाडी ( महिला ) अवार्ड नेपाल महिला भलिबलका क्याप्टेन अरुणा शाहीले प्राप्त गरेका छन् ।    शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी ( महिला ) मनोनयनमा परेका दुई खेलाडीलाई पछि पार्दै नेपाल महिला भलिबलका क्या. अरुणा शाहीले अवार्ड प्राप्त गरिन् । उनले वर्ष खेलाडी महिलाको अवार्डसँगै इलेक्ट्रिक स्कुटर समेत प्राप्त गरिन् ।    उनीसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमालले ट्रफी प्राप्त गरे ।

  पोखरा :    खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट खेलकुद पत्रकार अवार्ड दिपक परियारले प्राप्त गरेका छन् ।    शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उत्कृष्ट खेलकुद पत्रकारको अवार्ड बिमल परियारले प्राप्त गरे ।

पोखरा :     नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ ।    शनिबार  पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।    पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् ।   भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।   राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए ।   फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।   यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्रा.डा। वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । 

  पोखरा :     खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ  स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरे ।    शनिबार  पोखरा सभागृहमा आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरेको हुन् । उनले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट तीन मनोनयनमा परेका क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बुले ट्रफी प्राप्त गरे ।

  पोखरा :     पोखरा महानगरपालिका वडा नं १६ अर्मला फेदिका बाढी पहिरो पीडित पाँच परिवारलाई पुर्वेली एकता समाजले सहयोग गरेको छ । स्थानीय राम बहादुर मगर तथा अति बिपन्न पुरे बिकको परिवारलाई खाद्यान्न तथा आधारभूत बन्दोबस्तीका सामान हरु वितरण गरिएको समाजका अध्यक्ष गुणराज बाँस्तोलाले जानकारी दिए ।   वितरण गरिएका सामानमा सिरक, डसना, पाँच जनाको परिवारलाई चाहिने भाँडाकुँडा लगायत छन् । वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना तथा अन्य जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।   असार ११ गते बिहानपख परेको अविरल बर्षाको कारण आएको बाढीले मगरको घर पुर्ण रूपमा क्षती भएको हो भने अरु १२ घर आंशिक रूपमा क्षति भएको थियो ।   राहत हस्तान्तरण कार्यक्रमको संचालन समाजका सचिव मंगल लिम्बुले गरेका थिए। कार्यक्रममा समाजका सदस्य धनबहादुर तामाङले नगद रु एक हजार पाँच सय पाँच रुपैयाँ पीडित मगरलाई हस्तान्तरण गरेका थिए ।  

पोखरा:   पोखरा महानगरपालिका ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगरको प्रस्तावलाई सर्वदलीय नेता तथा स्थानीय अगुवाहरुले अस्वीकार गरेका छन् ।   क्रियाशिल विभिन्न राजनीतिक दल र स्थानीयबीच आज (शनिबार) वडामा भएको सर्वदलीय भेलाले पोखरा ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगराको प्रस्तावको विरुद्धमा निर्णय गरेको हो ।   साथै सो भेलाले स्थानीय नागरिकसँग समन्यव नगरी गरेको प्रस्तावलाई सञ्चाउन माग गर्दै उक्त वडामा ल्याण्डफिल्ड साइट लान नदिने निर्णय गरेको छ । स्थानीय अगुवा तथा नेता किरण थापाले ३३ नम्बर वडामा क्रियाशिल विभिन्न राजनैतिक दलका अगुवाहरु ल्याण्डफिल्ड साइटलाई आफ्नो वडामा ल्याउँन नदिने पक्षमा रहेको बताए ।    उनका अनुसार सर्वदलीय बैठकपछि भएको निर्णयमा भनिएको छ, ‘पोखरा महानरपालिकाद्वारा समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो वडा नम्बर ३३ को टिमुरफाँटा भन्ने ठाउँमा महानगरले प्रस्ताव गरेकोले हामी पोखरा ३३ का क्रियाशिल राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ ।   आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ती र निर्माण प्रक्रिया सुरुवात गर्न रु १० करोड बजेट प्रस्ताव गरिएकोले आज (शनिबार) बसेको यस बैठकबाट हामी सम्पूर्ण राजनैतिक दलबाट उक्त कार्य रोक्न र निर्णय सच्याउन महानगरपालिका पोखरा ३३ वडा कार्यालयमार्फत पोखरा महानगरपालिका र प्रमुख धनराज आचार्यसँग जोडदार माग गर्ने सर्वसम्मत निर्णय गरियो ।   साथै वडास्तरमा कुनै सल्लाह र छलफल पनि नभई महानगरबाट हाम्रो जायज मागलाई सम्बोधन नहुने देखिएमा क्रमबद्ध तरिकाले जनस्तरबाट नै सँघर्षको सुरुवात गरि उक्त कार्य रोक्ने समेत निर्णय गरिन्छ । साथै उक्त कार्य रोक्न र अविलम्भ नगरसभाबाटै निर्णय सच्याउन सबै दलको तर्फबाट सँयुक्त ज्ञापन पत्र महानगर प्रमुखसमक्ष बुझाउने निर्णय गरियो ।’   उक्त बैठकमा नेपाली कांग्रैस ३३ का सभापति तिलक प्रसाद अधिकारी, सोही पार्टीकै टेक बहादुर महत, गोविन्द प्रसाद गौतम, नेकपा एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, यसैगरि प्रतिनिधी चन्द्रप्रसाद पौडेल, ऋषिराम आचार्य, नेकपा माओवादी केन्द्रका यज्ञप्रसाद अधिकारी, बाबुराम अधिकारी, नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, केशव आले यसैगरि जनता समाजवादी पार्टीका किरण थापा, शम्भु खाती परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो ।