पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

गोरखा  ः   गोरखा जिल्लाको एक मात्र सरकारी अस्पताल गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गरिने भएको छ । भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिने गरी तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   “गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्नका लागि अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्युटबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ”, उहाँले भन्नुभयो, “हव अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरतालाई जनाउँछ ।”    अबदेखि विशेषज्ञ चिकित्सकलगायत अन्य जनशक्ति,  उपकरण र तालिमको व्यवस्था गरी चिकित्सकीय सेवा र सुविधा प्रदान गरिने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । त्यस्तै अस्पतालमा त्यस्ता जनशक्तिका लागि आवासको सुविधासमेत मिलाइने  उहाँको भनाइ थियो ।   “सम्झौताअनुसार यस अस्पताललाई सेकेन्डरी ‘ए’ स्तरको सेवा प्रदान गर्नु तथा सम्पूर्ण सेवाको निरन्तरता र गुणस्तरीय प्रवाह गर्नु पनि हो”, सूचना अधिकारी ढकालले भन्नुभयो,  “सम्झौता भएसँगै अब यसै  महिनादेखि सबै सेवा प्रारम्भ  हुन्छ ।”    सुविधासम्पन्न भवन निर्माण भएसँगै यस अस्पतालबाट पछिल्लो समय ठूला शल्यक्रिया, प्रयोगशालामा कल्चर सेवाका साथै स्वास्थ्य बीमा, समाजिक सेवा इकाइ तथा फिजियोथेरापी सेवा पनि सञ्चालन हुँदै आएको उहाँले उल्लेख गर्नुुभयो । अब छिट्टैै थाइराइटको हर्मोन जाँच, डायलासिस, एचडियु, आइसियुलगायत सेवा सञ्चालनका लागि अन्तिम तयारीमा रहेको सूचना अधिकारी ढकालले बताउनुभयो ।

तनहुुँ  ः  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त कांग्रेसले नछाडेको बताउनुभएको छ ।    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताउनुभयो । विपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो ।    वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभयो । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राख्नुभयो ।    वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताउनुभयो । पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भन्नुभयो, “पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे, यसले गाउँको सुन्दरता थपेको थियो, आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।”   वरिष्ठ नेता पौडेलले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताउनुभयो । “मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,” पौडेलले भन्नुभयो । 

पोखरा:  पोखराको लेकसाइडस्थित सहारा होटलमा एक युवतीमाथि सामूहिक  बलात्कार गरेकाे आरोपमा नेपाली कांग्रेसका नेता मधुसुदन पाण्डेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार जबरजस्ती करणी उद्योग गरेका नुुवाकोटको बेलकोटगढी १३ का मधुसुदन पाण्डेलाई गत २५ गते पक्राउ गरिएको हो । ‘जाहेरीमा सामूहिक बलात्कार भनिएको छ । घटना २२ गतेको हो । युवतीले काठमाडौं गएर जाहेरी दएकी थिइन्, डिएसपी तिवारीले भने, ‘घटना पोखराकै भएको कारणले यहाँ काजगपत्र आएको छ । पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैराछ भने अन्य फरार अभियुक्तहरुलाई पनि खोज्ने काम तिव्र पारेका छौं ।’   सामाजिक सञ्जालमार्फत चिनजान भएकी ति युवतीलाई चितवनमा बोलाएर चालकसहित ५ जनाले पोखरा ल्याएको डिएसपी तिवारीले बताए । ‘पीडकहरु चितवनमा थिए । ति युवतीलाई पनि त्यही बोलाएर पोखरा ल्याएको देखिन्छ, उनले भने, ‘पोखरा आएर सहारा होटलमा दुईवटा कोठा लिएर बसेको देखिन्छ । सोही रातमा सामूहिक बलात्कार भएपछि अर्काे दिन काठमाडौं फर्केपछि मालीगाउँमा जाहेरी दिनुभएछ । उताबाट कागजात आएपछि अहिले केस हामीले हेर्दैछौं ।’   पक्राउ परेका पाण्डेलाई जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान गरिरहेको उनले बताए ।    पक्राउ परेका पाण्डे नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ प्रदेश (क) का नेपाली कांग्रेका प्रवक्ता समेत भएको बताइएको छ ।   

  पोखरा:   पोखरा महानगरपालिकाले कोभिड–१९ विरुद्व ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।    पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य महाशाख विभागले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।   प्रकाशित सूचनामा भनिएको छ,‘कोभिड–१९ विरुद्वको खोप ‘एस्ट्रेजेनिका’ दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएका र ‘जेनसेन’ खोपको १ मात्रा लगाएको ३ महिना पुरा भएका व्यक्तिहरुले सम्बन्धित खोप केन्द्रबाट ‘भेरोसेल’ खोपको अतिरिक्त मात्रा‘बुस्टर डोज’ खोप अनिवार्यरुपमा लगाउनु पर्ने छ ।’   सूचनामा उल्लेख गरिएको छ , ‘खोपको अतिरिक्त मात्रा लिन आउँदा अनिवार्यरुपमा पहिलो खोप कार्ड लिएर आउनु पर्ने छ  । भने सो अभियान श्रावन ६ गते पोखराका १४ विभिन्न स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ ।’    

  पोखरा:    शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले लगातार हुने विद्युत अवरुद्ध अब चाडै नै समाधान हुने बताएका छन् ।    मन्त्री श्रेष्ठले शुक्रबार देखि पोखरामा सुरु भएको वृत्ति परामर्श तथा रोजगार मेलामा विद्युत अवरुद्ध भएपछि रोजगार मेलामा दक्ष कर्मचारी आए सो समस्या हटेर जाने बताएका हुन् ।    विद्युत पटकपटक अवरुद्ध भएर मन्तव्य नै रोक्नुपर्नु पर्ने अवस्था आएपछि मन्त्री श्रेष्ठले भने, ‘अहिले वर्षाको समय भएका कारण विद्युत आउने जाने भएको छ । र यसको छिटै अन्त्य हुनेछ ।   मन्त्री श्रेष्ठका अनुसार आगामी ८ गतेसम्म सञ्चालन हुने मेलामा मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् । ‘प्रविधिक शिक्षा र व्यवसायिक सीप हाँसिल गर्न चाहने विद्यार्थी र तिनका अभिभावकका लागि प्रदेशमा प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्वन्धमा जानकारी र स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सहजीकरण गर्नेछौं ।’ मन्त्री श्रेष्ठले भने ।    प्रदेशमा बेरोजगार र सीप क्षमताका भएका व्यक्तिहरुको अभिलेख नभएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘प्रदेशले आगामी वर्षहरुको नीति तथा कार्यक्रममा कुनकुन योजना समावेश गर्ने भन्नेबारे यस मेलाले टेवा पुर्याउनेछ । सार्थ यस मेलाले तथ्याङ्क राख्न थप सघाउ पुर्याउछ ।’   मेलामा ३५ वटा स्थल निर्माण गरिएको छ । स्थलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा परामर्श लिनेछन् ।    तीन दिन सम्म सञ्चालन हुने मेलामा १० हजारले अवलोकन गर्ने अनुमान रहेपनि यो भन्दा धेरैले मेलाको अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ ।  सो मेलालाई स्वीस सरकारको द्वीपक्षिय सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु र राइट फर चिल्ड्रेनको समन्वयमा कार्यक्रम आयोजना भएको हो ।    जागिर खोज्ने र कर्मचारी रोज्ने ‘एप’   सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न सक्ने बताएको छ ।    उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने छन् ।सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको छ । यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा गरिएको छ ।

पोखरा:      पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छ ।    मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य देशभरका ७५३ वटै स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् । संघीय पर्यटन मन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सहसचिव यसको सदस्य सचिवको रुपमा रहन्छन ।    पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयरीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखराका मेयर आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ । मेयर आचार्यले देशभरका स्थानीय तह मध्येबाट पोखरा महानगरको मेयरलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखराबासीको अपनत्व लिएकोे प्रतिक्रिया दिएका छन् ।    उनले  पर्यटन मन्त्रालय र मन्त्री प्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वास समेत प्रकट गरेका छन् । ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौं । मन्त्री ज्युले यसको प्रक्रिया आगाडि बढाएको र क्याविनेटमा लैजाने पनि जानकारी दिइसक्नुभएको छ । मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तह मध्येवाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ । यसका लागि म मन्त्रालय र मन्त्री ज्युप्रति आभार प्रकट गर्छु । पक्कैपनि पोखरालाई मन्त्रालयकै इनिसियसनमा छिट्टै पर्यकटकीय राजधानी घोषणा गराउनुहुनेछ भन्नेमा पनि विश्वस्त छु’ उनले भने ।        

  पोखरा:    नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण कार्यक्रम बिहिवार पोखरामा सम्पन्न गरेको छ । कोषले आफ्ना लगानीकर्ताको सहजताका लागि अनलाइन रकम दाखिला गर्ने प्रणालीको सुरुवात गरेको हो ।   सोही अवसरमा कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग पनि हस्तान्तरण गरेको छ । कोषले १० थान जार, १० थान डिस्पेन्सर, जार र डिस्पेन्सर राख्ने स्टीलको स्ट्याण्ड २ थान र मेटलको स्ट्याण्ड ८ थान विभिन्न संघसंस्थालाई हस्तान्तरण गरेको हो । सहयोग पाउने संघसंस्थाहरुमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय शिसुवा, वडा प्रहरी कार्यालय रामबजार, ट्राफिक प्रहरी कार्यालय पृथ्वीचोक, मालपोत कार्यालय कास्की, नापी कार्यालय कास्की र जिल्ला अदालत कास्की रहेका छन् । उक्त सामाग्री नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।   कार्यक्रममा बोल्दै प्रमुुख जिल्ला अधिकारी आचार्यले कोषले निकै नै राम्रो योजनाहरु ल्याएकोले त्यसमा सहभागी भएर लगानी गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो । आफ्नो लगानीको भरपर्दो माध्यम नागरिक लगानी कोष रहेको उहाँको भनाई छ । उहाँले कोषले प्रदान गरेको समाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुुभयो ।   नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कोषले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न काठमाण्डौँ धाउनुपर्ने बाध्यता नरहेको जनाउँदै, पोखरा कार्यालयवाट केन्द्रको सबै सेवा पाउन सकिने बताउनुुभयो । उहाँले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पूँजी बजारमा गतिशिलता ल्याउन कोषको स्थापना तथा सञ्चालन गरेको जानकारी दिनुुभयो ।   सोही अवसरमा कृषि विकास बैँक लि. प्रादेशिक कार्यालयका प्रमुख घनेन्द्र अधिकारी, गण्डकी मेडिकल कलेजका सहप्राध्यापक प्रमिला पौडेल, नेपाल विद्युुत् प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केदारराज सिलवाल, महावीर गण एयरपोर्ट व्यारेकका गणपती सन्तोष चन्द, युवा उद्यमी तथा समाजसेवी प्रवेश चन्द उप्रेती लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षणमा विभिन्न क्षेत्रमा आवद्ध संघसंस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।   कोषले हाल कर्मचारी बचत बृद्धि अवकाश कोष, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, सावधिक जीवन बीमा कोष, नागरिक पेन्सन योजना, पूजीँ बजार सम्बन्धि सेवा, घरकर्जा तथा सरलकर्जा जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त योजना तथा कार्यक्रममा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताहरुले अनलाइन प्रणालीबाट रकम दाखिला गर्न सक्ने कोषले जनाएको छ ।    सोही अवसरमा संस्थाका अफिसर हरिशचन्द्र श्रेष्ठले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण तथा डेमो प्रस्तुत गर्नुभएको थियो । नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उमा आलेमगरले गर्नुभएको थियो ।    

  पोखरा:  कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ ।   यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ । समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ ।   बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरूका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन समन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।   कोभिड १९ संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधी, औजार÷उपकरण एवं जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।   मानिसहरूको जमघट र भिडभाड हुने स्थानहरूमा कोभिड १९ नमुना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख सचिव रविलाल पन्थले जानकारी दिए ।   कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिहरूलाई खोप लगाउन अनुरोध गर्ने निर्णय भएको प्रमुख सचिव पन्थले बताए ।   कोभिड १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा संघीय सरकारले व्यवस्था गरेको १११५ नम्बर वा फोन मार्फत् चिकित्सकीय सेवा आवश्यक परेमा निशुल्क हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न र गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको निशुल्क हटलाइन नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको स्वास्थ्य सचिव डा. श्रीराम तिवारीले जानकारी दिए ।   मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३ तहका सरकारको समन्वयकै कारण गतविगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेशमा प्रभावकारी काम भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अब पनि त्यसै अनुसार अगाडि बढ्न निर्देशन दिएका छन् ।   कोरोना संक्रमणका कारण आइसोलेनसमा रहेका मुख्यमन्त्री पोखरेलले जुम मिटिङमा भने, ‘महामारी कसरी बढ्दै जाने हो, त्यसको आँकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ ।’ अस्पतालहरुमा आवश्यक सामग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।   खोपको प्रवन्धका अतिरिक्त पिसिआर परीक्षण, अस्पतालहरुमा शड्ढयाको प्रबन्ध लगायत विषयमा कति पनि कमजोरी नदेखिने गरी काम गर्न उनले आग्रह गरेका छन् ।   कोरोनाको प्रभाव घट्दै गएको र खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री पोखरेलले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गरेका छन् ।   बिहीबार गण्डकी प्रदेशमा ६४ जनाको पिसिआर परीक्षण गरिएकामा २४ जनामा संक्रमण देखिएको छ । अहिले प्रदेशभर १ सय ३१ जना संक्रमित रहेकामा ३ जनामात्र अस्पतालमा भर्ना भएका छन् । अहिले कास्की, स्याङ्जा, तनहुँ, नवलपरासीमा मात्र सक्रिय संक्रमित छन् ।   बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालहरुमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराइन् । कोभिड कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि ओएन्डएम गरेर नियुक्त गर्न लागिएको उनले बताइन् ।   उक्त अवसरमा वन तथा वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, प्रमुख सचिव रविलाल पन्थले समसामयिक विषयमा भनाइ राखेका थिए । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकीका सचिव डा. विनोदविन्दु शर्मा, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. रोशन न्यौपानेले कोभिड नियन्त्रणमा विगतमा गरेका अभ्यास र अब चाल्नुपर्ने उपायका बारेमा प्रस्तुति गरेका थिए ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले जनशक्तिवाहेक अरु सबै हिसावमा मन्त्रालय तयारी अवस्थामा रहेको भनाइ राखे । उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन, नेपाल प्रहरीका डिआइजी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख, नेपाली सेनाको ३ नम्बर वाहिनीका वाहिनीपतिलगायतले आवश्यक तयारीका बारेमा जानकारी गराए ।

पोखराः राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश भेला शनिबार पोखरामा हुँदैछ ।    पोखराको सभागृहमा आयोजित कार्यक्रममा पार्टीका सभापति रवि लामिछानेलगायत अन्य केन्द्रीय सदस्यहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।    यस विषयमा जानकारी दिँदै गण्डकी डा. संयोजक ढाकाकुमार श्रेष्ठले पार्टीलाई यस क्षेत्रमा विस्तार गर्ने उद्देश्यले भेला आयोजना गरेको जानकारी दिएका छन् । भेलापश्चात् पर्वत, तनहुँ र स्याङ्जामा पार्टीको सम्पर्क कार्यालय स्थापना गर्ने श्रेष्ठले बताए ।    पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ ।