पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

धनगढीः  गाडीमा लिफ्ट मागेर चढेका तीन जनाकाे समुहले नै नगद र गाडी लुटेका छन् ।   कैलाली प्रहरीका अनुसार तीन जनाकाे समुहले कुटपिट गरि लोकेन्द्रसिंह भण्डारीको सवारी साधन र केही नगद लुटेका हुन् ।    डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए ।    सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ । भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार तीन जनाकाे समुहले समूहले उनलाई आक्रमण गरेका थिए । उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए ।    अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ ।   तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको कैलाली प्रहरीले जनाएको छ ।

 कास्कीः      कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।   मृत्यु हुनेमा लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङ रहेकी छिन् ।   पैदलयात्री गुरुङलाई गएराती पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।   गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको हो ।   मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखराः सोमबार बिहान देशभर बदली रही प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा वर्षा भइरहेको छ।   दिउँसो पनि देशभर मौसम बदली रही वर्षा हुने सम्भावना रहेकधो छ। प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।   राति पनि देशका अधिकांश स्थान वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।  

म्याग्दी  :  म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ ।   मुक्तिनाथ बगैचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पु¥याउँदा स्काभेटरको महत्वपूर्ण पाठपुर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले बताए । पार्किङको लागि बनाइएको ठाउँमा लगाइएको ग्याविन जाली बगाएर नदीको बाढीले डोजर बगाएको हो ।

पोखरा :     पोखरा महानगरपालिका ४, बुढानीलकण्ठ मन्दिर र बाग्लुङ बसपार्क नजिकको पुलको आडैंमा राति परेको पानीका कारण परेको भ्वाङ पुरिएको छ ।   महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले सडकको निरिक्षण गरेलगत्तै उनको निर्देशनपछि भ्वाङ पुरिएको छ । उनले वर्षायामको सुरुवातसंगै बाढी, पहिरो जस्ता प्राकृतिक बिपत्तिका घटना हुनसक्ने भएकाले सजग र सचेत हुन सबैमा अनुरोध समेत गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखरा :   पोखरा-सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ ।  लगातारको भारी वर्षाका कारण पोखरा –सिक्लेस सडक खण्डमा ठाउँठाउँमा पहिरो जाँदा ३ दिनदेखि सडक अवरुद्ध भएको हो । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ ।   मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ । ‘अहिले सिक्लेस आउने पूर्णरुपमा ठप्पै भएको छ । विकल्पमा पारिको ताङतिङको बाटो प्रयोग गरिरहेका छौं । तर, त्यहाँ पनि मादी नदीसम्म हिँडेर आउनुपर्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘गाउँ आउने अरु सबै बाटा बन्द छन् ।’   पहिरोले बाटो बन्द हुँदा अत्यावश्यक काम गर्न पनि समस्या भएको गाउँपालिकाले जनाएको छ । यसबारे गाउँपालिकाले प्रदेश सरकारलाई जानकारी गराइसकेको वडाध्यक्ष गुरुङले सुनाए । ‘प्रदेशमा पनि निवेदन पुगिसकेको छ । काम गरिदिने एकखालको प्रतिवद्धता जनाएको छ । आज हामी जनप्रतिनिधि पनि भेट्दैछौं । गाउँपालिकाले पहिरो हटाउन काम गर भनेको छ,’ उनले भने, ‘तर, अहिले गर्ने भरेभोलि नै पानी पर्दा फेरि पहिरो गइहाल्छ । बनाउँदै, भत्किदै जान्छ । समस्या भइरहेको छ ।’  

पोखरा :     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ ।   मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।    सार्वजनिक गरिएको मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल हुनुभएको छ । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट तीनमा पर्नुभएको छ ।   उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू उत्कृष्ट तीनमा छानिनुभयो । उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा पर्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।   पोखरा स्पोर्टस् अवार्डमा प्रतिभा छनोट गर्न मञ्चले प्रतिभा छनोट उपसमिति गठन गरेको थियो । मञ्चका पूर्वअध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल रहनुभएको थियो ।   समितिले छनोट गरेकामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको हो । कूल सात विधामा अवार्ड वितरण गरिनेमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट खेलसङ्घ र उत्कृष्ट पत्रकारिता विधाको अवार्डको घोषणा पछि सार्वजनिक गर्ने महासचिव पौडेलले बताउनुभयो ।   पोखरा स्पोर्टस् अर्वाडअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारको साथमा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।   अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमितिमार्फत कामलाई तीव्रता दिइएको मञ्चले जनाएको छ । मञ्चले विसं २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

  पोखरा :      पोखरामा गएराति फुर्से खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं। २२ का ५० वर्षीय टेकनाथ बराल रहेका छन् ।   कास्की प्रहरीका अनुसार खोला तर्नेक्रममा शुक्रबार राति बेपत्ता भएका बराल शनिबार बिहान मृत भेटिएका हुन् । बरालको शव आज बिहान ७ बजे पोखरा २२ कै पिपलडालीस्थित खेतको बिचमा भेटिएको प्रहरीले जनाएको छ ।    मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

पोखरा :       जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।   कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्लले किशोरीलाई यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।   पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।   त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाईफकाइ गर्दै आएका थिए ।