पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

पोखरा :     पोखरा महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ ।   उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो । यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए ।   एमालेका प्रतिनिधि र मेयर–उपमेयरबीचको वार्तापछि नगरसभा शुक्रबार बेलुकी ७ बजे पुनः भएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतले माफी मागेपछि बजेट प्रस्तुत गर्न एमाले राजी भएको थियो । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन् ।

पोखरा :       पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरुको मुल्य वृद्धिको विरुद्व राष्ट्रिय युवा संघ कास्कीले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।    नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ कास्कीले मूल्य वृद्धिको विरु राके जुलुस सहित पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएर एकोहोरो शंङ्ख बजाउँदै विरोध गरेको हो ।    विरोधमा सभामा बोल्दै राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुुरुङले मूल्य वृद्धिको विरुद्ध युवा संघले देशभर आन्दोलन सुरु गरेको भन्दै भोलि देखि युवा संघ निरन्तर सडक आन्दोलनमा उत्रने बताए । देशमा मूल्य वृद्धि गरेर सरकारले स्थानिय निर्वाचनको खर्च उठाउन लागेका समेत आरोप लगाए ।    अध्यक्ष गुुरुङले भने, गण्डकी प्रदेशले ६/६ महिनामा गाडीको नविकरण गर्न लगाएर जनतालाई करको भार थपेको र २० वर्ष पुरानो गाडी विना क्षतिपुर्ति हटाउन लागेको भन्दै यसको विरोध गरे । उनले भने, भोलि देखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउछौँ, टोलटोलमा झण्डा हल्लाएर हिड्ने मन्त्रीहरुलाई टोलमा नै विरोध गर्ने र  सरकारी गाडी चलाउने चालकहरुले युवा संघलाई हेरेर गाडी चलाउन सुझाव समेत दिदै भोलि देखि आन्दोलन निरन्तर गर्ने भन्दै गुुरुङले सुरक्षाकर्मीहरुले धान्न नसक्ने बताएका छन् ।

पोखराः पोखरा महानगरपालिको ११ औं सभामा बजेट प्रस्तुत भइरहँदा नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि सभा अवरुद्ध भएको छ ।    एमालेले बजेट प्रस्तुत भइरहेकाबेला रातो किताबमा कार्यक्रम उल्लेख भइसकेको चाल पाएपछि बजेट पुस्तिका च्यातेका छन् । आज महानगरले साढे ८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।    एमाले वडा १७ कि अध्यक्ष राधिका शाही योगीले बजेट प्रस्तुतअगावै रातो किताब प्रकाशन गरेको भन्दै बजेट पुस्तिका च्यातेपछि सभा अशान्त बनेको हो । हाल सभा केही समयकालागि स्थगित भएको छ ।    यतिबेला एमाले प्रतिनिधिहरु सभास्थल बाहिर नाराबाजी गरिरहेका छन् । 

पोखराः पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बढ्दो भ्रष्टाचार तथा राष्ट्रघाटी एसपीपी सम्झौताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले हस्ताक्षर अभियान थालेको छ ।    राप्रपाले पोखराको पृथ्वीचोकमा मूल्यवृद्धि विरुद्ध हस्ताक्षर संकलनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमार्फत हस्ताक्षर, व्यानर र विज्ञप्ति प्रधानमन्त्रीलाई पठाउने पार्टीका प्रदेश सदस्य मदन परियारले बताए ।    राप्रपा जिल्ला कोषाध्यक्ष सोम पुनले जनता मर्कामा पर्ने गरी मूल्यवृद्धि भएको भन्दै देशमा लुटतन्त्र बढेको, सरकारले राष्ट्रघाती एसपीपी सम्झौताविरुद्ध प्रधानमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण गर्न हस्ताक्षर अभियान थालेको जानकारी दिए ।   

कास्की:   कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज (बिहिबार)  बिहान करिब ३ः५६ बजे धम्पुस केन्दूबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।   भूकम्पको महसुस भएपछि नागरिक घरबाहिर समेत निस्किएका थिए । कास्की आसपासको जिल्लामा पनि भूकम्पको महसुस भएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।   भूकम्पको धक्का महसुस भएपनि मानवीय तथा भौतिक क्षति भने नभएको आंकलन गरिएको छ ।   यसअघि पनि २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ विनाशकारी महाभूकम्प गएको थियो । उक्त समयमा भौतिक तथा मानवीय क्षति भएको थियो ।

पोखरा:  गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा चरम वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको वर्गिकरण गर्दै सिसी अनुसार कर वृद्धि गरेको हो ।   दुइपांग्रे सवारीलाई यसअघि ४ तहमा विभाजन गरेपनि आगामी वर्षदेखि ६ तह (१२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० सिसी भन्दा माथि क्षमता अनुसार वर्गिकरण गरि कर संकलन गरिनेछ ।    कुन सवारीको कति?    दुई पाङ्ग्रे सवारी तर्फ १२५ सिसी क्षमताका सवारीले ३ हजार कर तिर्नुपर्ने बताइएको छ र १२५ देखि १५० सम्म ५ हजार, त्यसैगरि २२५ सम्म ६ हजार ५ सय, ४ सय सिसीसम्म को मोटरसाइकलले ११ हजार, ६५० सिसीसम्मको साधनले २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।    यसैगरि चार पाङ्ग्रे सवारी साधनमा १० हजार रुपैयाँले कर वृद्धि गरेको छ । १ हजार सिसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ ।    २५ सय देखि २९ सय सिसी क्षमताका सवारीले ४० हजार तिर्दै आएका छन् भने आगामी वर्षदेखि ५० हजार तिर्नुपर्ने बताइएको छ । भने ३५ सय सिसीसम्मका सवारीले आउँदो वर्ष ६५ हजार राजस्व तिर्नुपर्नेे छ । यसैगरि टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परको कर ४० हजार नै यथावत राखिएको छ ।   कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टर, पावर टेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको बताइएको छ । ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ ।   यातायात व्यवस्था कार्यलय गण्डकीका अनुसार मिनिट्रक–मिनिबसको कर २७ हजार कायम गरिएको छ । भने ट्रक र बसले ३५ हजार तिर्नुपर्ने छ ।   हरेक ६ महिनामा सवारी जाँचपास    गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान अगाडी सारेको छ ।  निजि तथा सार्वजनिक सवारी साधनले जाँचपाससँगै नवीकरण समेत गर्नुपर्ने बताइएको छ ।   

पोखरा:  पोखरा महानगरपालिकाले कृषिजन्य उत्पादित  वस्तु तथा समाग्री संकलनका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने जनाएको छ ।    बुधबार पोखरा महानगरपालिकाको एघारौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकले उत्पादन गरेको वस्तु तथा समाग्रीको बजारीकरणको लागि कृषि एम्बुलेन्स सेवा व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।    मेयर आचार्यले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्मः गोठदेखि ओठसम्म अभियान सञ्चालन गर्ने उल्लेख गरे ।   महानगरले कृषि उपज संकलन केन्द्र, कृषि बजारमार्फत स्थानीय कृषि विक्री वितरण सुचिश्चित गर्ने र कृषि उपजको उचित मुल्य तथा बजार पहुुँचको लागि कृषि व्यवस्थापन प्रणाली सञ्चालन गर्ने बताए ।    महानगरले मुख्यमुख्य कृषि उपजको न्युनतम समर्थन मूल्य ग्यारेन्टी गरि कृषि उत्पादनमा लगानी गर्ने वातावरण सिर्जना गर्दै कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी निममित संकलनको व्यवस्था मिलाउने प्रस्ट पारे ।   यसैगरी महानगरले प्राकृतिक तथा अन्य कारणले बालीमा हुनसक्ने क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमान सूचनाको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।   कृषकको प्रोत्साहानका लागि कृषि बीमामा जोड दिइएको छ भने जलवायु अनुकुलन खेती प्रविधिको प्रयोग तथा बालीमा हुने महामारीको पहिचान र नियन्त्रणमा सहयोग गर्ने समेत बताइएको छ । 

काठमाण्डौँ :      नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।       सङघले आज एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार ८०५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर जम्मा रु ४ हजार १९५ पुगेको छ ।     नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।

पोखरा:  पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक क्लब र खुमलटार क्लब भिड्ने भएको छ ।   पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा आज भएको खेलमा बागमती युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै खुमलटारले सेमिफाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।   यसअघि आयोजक टिम हेमजा युनाइटेड उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।   खुमलटारको जीतमा खेलको दोस्रो र २८ औं मिनेटमा नै आशिष श्रेष्ठले गोल गरे ।    पहिलो हाफमै २ गोलको अग्रता लिएपछि बागमती क्लबलाई केही दबाब रहेको थियो । तर खेलमा फर्कन नसक्दा बागमती क्लबले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।   अब खुमलटारले सेमिफाइनलमा हेमजा युनाइटेडसँग आगामी ८ गते भिड्ने क्लबका सचिब सुनिल गायकले जानकारी दिए । उनका अनुसार फाइनल ११ गते शनिबार सम्पन्न हुनेछ ।   बागमती राम्रो टिम हो: प्रशिक्षक गुरुङ    खुमलटारका प्रशिक्षक विष्णु गुरुङले विपक्षी टोलीको प्रशंसा गर्दै टिम निकै राम्रो भएको प्रतिक्रिया दिए ।   उनले आफुहरुले पाएको अवसरको सदुपयोग गर्दा जित हासिल गरेको सुनाए । ‘बाममती नराम्रो टिम होइन् । हामीले सुरुवातमै नतिजा निकाल्दा डिफेन्सलाई ध्यान दियौँ । उ अर्गनाइज टिम हो । पहिलो हाफमा नै हामीले २ को स्कोर निकालेपछि काउन्टरको खोजिमा रह्यौँ’ उनले भने ,‘हामी हाम्रो योजना अनुसार नै खेल्यौ दोस्रो हाफमा हामीलाई दबाब धेरै भयो । अब सेमिफाइनल खेलमा हामी त्यसलाई सुधार गरेर लैजान्छौँ ।’    जितका लागि नतिजा चाहिन्छ: प्रशिक्षक केसी  बागमतीका प्रशिक्षक रोजित केसीले जितका लागि नतिजा नै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले आफुहरुको ५ जना नियमित खेलाडीको अभाव टिममा खडकिएको बताए । खेल प्रदर्शनबाट आफु निकै सन्तुष्टि रहेको बताए ।    उनले मोफसलले गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले खेलाडीहरुलाई राहत मिलदै आएको समेत बताए । हेम्जाको आयोेजनामा पहिलो पटक भएको गोल्डकपमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए ।  मोफसलले ठुलो लगानीको फुटबल प्रतियोगिता गर्दै आइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो समेत पोखेँ । ‘हामीले पनि मोफसलमा प्रतियोगिता गर्दै आइरहेका छौँ । तर, एन्फाले कहिल्यै पनि सहयोग गरेन् । यो एक ठाउँको मात्रै होइन् देशभरको मोफसलको समस्या हो’ उनले भने ।