काठमाडौं:   त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...

रौतहट:  रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।  बुधबार बिहान माधव नारायण–४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।  सिँचाइ गर्न जडान गरिएको मोटरको तारबाट करेन्ट लागि घाइते भएका मुखियाको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको हो ।  त्यसैगरी कटहरीया–२ जमुनिया टोलका लालमहमद देवानको ५२ वर्षीय छोरा मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । करेन्ट लागि घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ  । यसअघि गत असार ३१ गते मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा गोलु भन्ने नरेन्द्र पटेलको  पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । यसवर्ष तराईमा खडेरी परेको कारण रोपाईँ गर्न नसके पछि किसानहरुले मोटरबाट पानी तानेर रोपाईँ गर्नुपर्ने बाध्यता भएको हो ।

पोखरा:  वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराईले ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने बताएका छन् ।  साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराईले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिसकेको बताए ।    सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताए ।  भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो सुने पछि आफुले ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको बताए ।  भट्टराईले पर्यटकीय नगरीलाई सभ्य र सुरक्षीत बनाउन सबैको साथ लिएर अगाडी बढ्ने बताए । । प्रहरीले गर्नुपर्ने काम कर्तब्यमा रहेर शान्ति सुरक्षा कायम गर्न आफु लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बैदाममा हुने गरेका अवान्छिक क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए ।  बरालले रात्रीकालिन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानीयहरु प्रभावित भएको बताए ।  उनले लेकसाइडको हल्लनचोक देखी बाराहीघाट सम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुटट्रेल  लागु पर्दाथ दुव्र्यसनीको अखडा बनेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।  कार्यक्रममा सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मिना भट्टराई लगायतले दण्डहिनता मौलाउदा शान्तीसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे ।  स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सीना, समाजसेवी नविन बराल लगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्ती सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए ।  उनीहरुले कास्कीका अन्य क्षेत्र भन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने धरणा राखे ।   

काठमाडौं:  प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो । प्रवक्ता घिमिरेले जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने जनाइएको छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पोखरा: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम्  विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएको आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीद्धारा आज पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा ४७ र्औ स्मृति दिवसका अवसरमा आयोजित  श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले पुष्पलाल समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलका विचारक भएकोकोमा जोड थियो ।       नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले सो केन्द्रमा रहेको पुष्पलालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै समाजको गुणात्मक परिवर्तनका लागि आप्mनो सम्पूर्ण जीवन पार्टी र क्रान्तिलाई समर्पित गर्नु हुने उहाँ पारिवारिक सहादलको इतिहासमा नेपाली लेनिन भएको बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँ जस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, विचार, राजनीति, पार्टी संगठन, भौतिकवादी खोज अनुसन्धान तथा साहित्य निर्माणमा वैज्ञानिक योगदान गर्ने क्रान्तिकारी नैतिकवान नेता पुष्पलालले देख्नु भएका सपना पुरा गर्नु आजको आवश्यकता भएकोमा नेता अधिकारीको जोड थियो ।      उहाँले भन्नुभयो, मुलुकको अवस्थामा परिवर्तन भइसकेको छ र अवको आवश्यकता भनेको जनताको गणतन्त्र नेपालको सुदृढीकरण तथा बैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अघि बढ्न देशभक्त कम्युनिष्टहरुलाई मात्र नभई लोकतान्त्रिक पुस्तालाई समेत सर्वत्र उत्प्रेरित गर्न सके मात्र पुष्पलाल प्रति सच्चा श्रद्धाञ्जी हुने छ ।      नेकपा एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले यो मुलुकको विकास निर्माण र जनताको अधिकारको सुनिश्चितता एमाले वाहेक अरुले गर्न नसक्ने वताउनुभयो । सफलता प्राप्तिका लागि पार्टी कार्यकर्तालाई एकवद्ध एवम् संगठित भएर अघि बढ्नु पर्नेमा उहाँको जोड थियो ।      एमाले पोखरा महानगरपालिकाका अध्यक्ष जिवन आचार्यले विकट स्थानमा जन्मेर पनि पुष्पलाले नेपालको कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकाप्रति  चर्चा गर्नुभएको थियो । कार्यक्रममा महानगर उपाध्यक्ष नरेन्द्रनाथ ढुङ्गाना र सचिव शुशिल वस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिकाका सम्वन्धमा प्रकाश पार्नुभएको थियो ।      सो अवसरमा अध्ययन केन्द्रको अग्रभावमा रहेको पुष्पलाल र कास्कीका कम्युनिष्ट आन्दोलनका धरोहर वलराम उपाध्यायको अर्धकदको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तह र तप्कामा रहनु हुने नेतागण, कार्यकर्ता एवम् सर्वसाधारणको सहभागिता रहेको थियो । त्रिदिवसीय कार्यक्रम अन्तर्गत पाँच गते पोखरा ७ नुवारथोकस्थित पुष्पलाल  स्मृति पार्कको सरसफाई र राष्ट्रिय युवा संघद्धारा सातगते विहान पृथ्वीचोकमा खुल्ला रक्तदान र पार्टी उपमहासचिव प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यतामा साईमनमा विचार गोष्ठीको आयोजना गरिने भएको छ ।              

काठमाडौं:   राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।   बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको बताए । उनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको जिकिर गरे । सार्वजनिक विवादमा आएका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए । अध्यक्ष लिङ्देनले अहिले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको जिकिर गरे । भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारबाही गरेर मात्रै नहुने भन्दै उनले राजनीतिक तहमा नै छानबिन हुनुपर्ने माग गरे । उनले सदनमा निरन्तर छानबिन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अव सडकबाट दबाब दिने चेतावनी दिए । आफ्ना माग पुरा नभएको भन्दै राप्रपा सांसदहरूले समेत सदन बहिष्कार गरेका छन् । 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ । आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन् । निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन (साउन २३ र २४) का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरुसँग छलफल राखिएको छ । २५ साउनमा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशीता लगायतका लागि कार्यतालिका निर्धारण गरिएको छ । रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको छ । उम्मेदवार चयन १५ भदौमा गर्ने रास्वपाले जनाएको छ । उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइलबाट निवेदन दिन सक्नेछन् । निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ का लागि उपनिर्वाचनको समय तोकेको छ । राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

काठमाडौं:  रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु भएको छ भने आमा र छोरी बिरामी परेका छन्। ​ भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन बिक र ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलबार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।     बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

चितवन:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताउनुभएको छ ।  नेपाली  कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उहाँको भनाइ थियो ।  उहाँले भन्नुभयो, “गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।”  कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्कालको लाभ नपाए पनि पार्टी बलियो बन्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सत्ता छोड्नुपर्ने डर, सत्ता लिप्साबाट हामी बाहिर निस्कनुपर्छ ।” सो अवसरमा नेपाली कांग्रेसका  केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य मीन विश्वकर्मा र मधु आचार्यले बिपीको मार्गदर्शन अनुशरण गर्दै अघि बढ्नुपर्छ भन्नुभयो ।  कार्यक्रममा युवा नेता प्रमोद हरि गुरागाई, महासमिति सदस्य विष्णु पाण्डे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली, शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा अधिवक्ता उद्धव लोहनी, गोविन्द सिग्देल, प्राध्यापक प्रदीप वाग्ले, कृष्णप्रसाद न्यौपाने, रमेश खनाललगायतले पार्टीलाई सुझाव दिनुभएको थियो । जिल्ला सभापति राजेश्वर खनालले पेसाकर्मीहरुबाट आएका सुझाव पार्टीका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।