काठमाडौं:  नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिए...

काठमाडौं:   देशको चौथो मुख्य बाली  कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुचि देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।  कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेको छ । कम खर्चमा यसको खेती गर्न सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्न गर्नसकिने उनीहरूको भनाइ छ ।  कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ । कोदोका परिकार पोषणयुक्त हुन्छन् । खाद्य सुरक्षाका दृष्टिले कोदोलाई ज्यादै महत्वपूर्ण बालीका रुपमा लिइन्छ ।   चितवनस्थित रासस समाचारदाताका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष चितवनमा कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको छ ।  कृषि विकास कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार चितवनमा वार्षिक  एक हजार ५० हेक्टरमा कोदोखेती हुँदै आएको छ । इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदोखेती हुँदै आएकामा हाल त्यहाँ कोदो रोप्ने किसान घटेका छन् ।  उनले भने, ‘कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएका कारण यसतर्फ किसानको ध्यानाकर्षण गराउन सकिएको छैन ।’   कोदोखेतीतर्फ भोजपुरका किसानको पनि आकर्षण घटेको त्यहाँबाट हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । पर्याप्त आम्दानी नहुने भएकाले उनीहरू वैकल्पिक खेतीमा लागेका रामप्रसादराई–६ का किसान राजेन्द्र राईले बताए।  ‘आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो भएकाले गाउँघरमा व्यावसायिक रुपमा कोदोखेती गर्ने चलन हरायो’,उनले भने।  जिल्लाको छ हजार हेक्टर जमिन कोदोबालीका निम्ति उपयुक्त रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  स्थानीय बजारमा कोदो प्रतिपाथी १५० देखि १६० सम्ममा बिक्री हुने गरेको छ ।  तानसेनबाट रासस प्रतिनिधिले पठाएको समाचारअनुसार दश अघिसम्म  पाल्पाका गामीण भेगमा कोदोखेती हुने गरेकामा हाल ती क्षेत्रका बारी र टारी बाँझै छन् ।  कोदोखेतीमा अब्बल मानिएका बगनासकाली र रैनादेवी छहरामा पनि खेती गर्ने घटेका छन् । युवापुस्ता विदेशिने र सहर पस्ने क्रमसँगै कोदोखेती हुन छाडेको हो । यद्यपि जिल्लाका निस्दी, पूर्वखोला र रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँहरुमा कोदोखेती हुने गरेको छ । पाल्पामा आर्थिक वर्ष २०८०(०८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएकामा आव  २०८१(०८२ मा आएर दुई हजार ३४९  हेक्टरमा  झरेको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डेयले बताए । जिल्लाका किसान कोदोको सट्टा फलफूलतर्फ आकर्षित भएका उनले जानकारी दिए । 

पोखरा:  आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । पोखरा क्लिकद्वारा आज (बिहीबार) आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिनुभएको हो । विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।   कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको मुख्य बजारदेखि नजिक रहेको पोखरा २२ पुम्दीभुम्दी क्षेत्र विभिन्न ढंगले पछि परिरहेको हुँदा यस्ता गतिविधि त्यस क्षेत्रको आयआर्जन र खेल पर्यटन प्रवद्र्धन गर्नमा कोशेढुंगा साबित हुने बताउनुभयो ।  उहाँले भन्नुभयो “पोखराको लेकसाइड र नेपालका धेरै पदमार्गहरू यतिबेला बिग्रेका छन् तर पोखरा नजिकै रहेको पुम्दीभुम्दी, रानीवन क्षेत्र अझै बिग्रेको छैन त्यहाँ पर्यापर्यटनको राम्रो सम्भावना छ ।” यस वर्षको विश्व पर्यटन दिवसलाई पर्यटनको राजधानी पोखरामा भव्य रूपमा मनाउन राजदूतहरूलाई पोखरामा निम्ता गरेर उहाँहरूको इच्छा अनुसार पोखरा र पोखरा क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यमा पु¥याउन पनि उहाँले सुझाव दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत युवराज गुरुङले विश्व पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले चाहँदा चाहँदै पनि कर्मचारी विविध सीमाभित्र बाँधिनुपर्ने, कसरी जोगिने भन्ने चुनौती छन् तापनि पर्यटन बोर्डको समयमै बजेट आएकाले पर्यटन प्रवद्र्धन हुने प्रदेशस्तरकै कार्यक्रम समयमै सञ्चालन गर्ने छौँ ।” साथै, उहाँले राज्यको पैसामा कुनै पदाधिकारीहरू घुम्ने प्रवृत्तिका कार्यक्रमका लागि बजेट माग्नु प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले पोखरासँग जोडिएको पोखरा २२ किन बनेन भनेर चिन्तन गर्न ढिलो भएको बताउनु भयो । उहाँले पुम्दीभुम्दीको कोदो फल्ने डाँडामा विशाल महादेवको मूत्र्ति निर्माण हुँदा हिजोआज आम्दानीका बाटा खुलेको बताउँदै त्यसको व्यापक स्तरोन्नतिका लागि नेता, व्यापारी, स्थानीय सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो । परिषद्का महासचिव जीवनराज सापकोटाले आयोजकले दीर्घकालीन सोचका साथ उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रतियोगितामा धेरै पर्यटक सहभागी गराउन जति सक्दो छिटो फारम खुला गर्न सुझाव दिनुभयो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितालाई सफल पार्न आफूहरूले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  सुवेदीले सो अवसरमा पुम्दीभुम्दीको रुटमा यस वर्ष आफूहरूले चौथो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता गर्ने तयारी गरेकोसमेत बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखराको नौलो विधाको रूपमा आएको पर्वतीय दौड प्रतियोगितालाई आफूहरूले साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले पोखराको फेवाताल पुम्दीभुम्दी क्षेत्रलाई समेट्ने गरेर हाफ म्याराथन आयोजना गर्नसमेत सुझाव दिनुभयो । नाट्टा गण्डकीका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष पोखरेलले धेरै विदेशी धावकलाई सहभागी गराउनु व्यापक तयारीका साथ अगाडि बढ्न सुझाव दिनुभयो । पोखरेली ट्याक्सी सेवाका अध्यक्ष शोभाकान्त पौडेलले पोखराको पर्यटकीय क्षेत्रलाई खेलका माध्यमबाट थप प्रचारप्रचार गराउने उक्त अभियानलाई आफूहरूले सहयोग गर्ने बताउँदै आफूहरूसँग भएका दुई हजार ट्याक्सीमा स्टिकर टाँस गरेर प्रचारप्रसार गर्नसमेत तयार रहेको जनाउनुभयो । कार्यक्रममा नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी, बिबिसी नेपाली सेवाका संवाददाता कृष्णमणि बराललगायतले प्रतियोगितालाई नयाँ ब्राण्डका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सहभागीहरूले दिएका सुझावलाई मनन गर्दै जति सक्दो छिटो विदेशी धावकलाई सहभागी गराउन फर्म खुला गर्ने संयोजक दिननाथ बरालले बताउनुभयो । पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले प्रतियोगिताको मुख्य उद्देश्य पोखरा क्षेत्रका पर्यटकको बसाइ लम्ब्याएर खेल पर्यटनका माध्यमबाट गाउँ पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिसँग पोखरा २२ लाई जोड्ने रहेको बताउनुभयो । उक्त प्रतियोगिता सम्पन्न गर्न, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्यम रहेको छ । प्रतियोगितामा मेडिकल पार्टनरका रूपमा रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ । प्रतियोगिताको अफिसियल टेलिभिजन तर्फ सिटीवान टेलिभिजन रहेको छ । प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ ।

काठमाडौं:  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।  आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्‍न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।   प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

काठमाडौं:   जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ ।  महाशाखाका अनुसार शुक्रबार  दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा  तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

पोखरा:  पोखरा महानगरपालिका–१४ मा सयौँ वर्ष पुराना ऐतिहासिक रुखहरू गैरकानुनी रूपमा काटेको आरोपमा ७ जनाविरुद्ध डिभिजन वन कार्यालय काीकीले कास्की जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।  पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका रुखहरू काटिएको घटनामा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो ।  मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरी, पोखरा–१४ शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, तथा साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । वन कार्यालयका अनुसार, गत फागुनमा मानवसेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोम महायज्ञका लागि दाउरा (समिधा) संकलन गर्ने भन्दै पोखराका विभिन्न ठाउँमा रहेका ३३ वटा पुराना रुखहरू काटिएको थियो ।  अनुसन्धानका क्रममा रुख कटान गर्दा प्रचलित वन ऐन, २०७६ र वन नियमावली, २०७९ मा तोकिएको प्रक्रिया पूरा नगरिएको वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार, रुखका हाँगाहरू प्रक्रिया नपुर्याई काट्ने र बेच्ने कामसमेत भएको अनुसन्धानबाट खुलेको छ । रुख काट्नेलाई बिगो असुल गरी दश हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुसार मुद्दा दायर गरिएको काफ्लेले बताए ।  घटना सार्वजनिक भएपछि पोखरामा नागरिक स्तरबाट व्यापक विरोध भएको थियो । पोखरा पंक्षी समाज, मेरो नेपाल युवा क्लब, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वन कार्यालयमा निवेदन दिएका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा समेत उजुरी परेको थियो । यसअघि पोखरा महानगरपालिकाले काटिएका रुखका दाउरा जफत गरेको थियो । महिनौँको अनुसन्धानपछि वन कार्यालयले अन्ततः अदालतमा मुद्दा दायर गरेको हो ।

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ तय गरिएको निगमले बिहिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची गएराती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

काठमाडौं:  सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।  कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिनुभयो ।  कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ । दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याइ जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

पोखरा:  गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ ।  आर्थिक वर्ष २०८१/८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ । बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष लक्ष्य नजिक पुगेको जनाउँदै आगामी वर्ष मन्त्रालयको प्रगति अझ बढ्ने उल्लेख गरे ।  “यसपालि जुन प्रगति हाँसिल भएको छ, त्यो सन्तोषजनक पक्ष हो । थोरै खर्च हुने प्रवृत्तिलाई निरुत्साहित गर्न यसपालिबाट आर्थिक वर्षको सुरुबाटै स्पष्ट कार्ययोजना बनाउँदै योजनाहरु कार्यान्वयन गर्न आवश्यक छ,” उनले भने ।  गण्डकी प्रदेश सरकारको करिब आधा बजेट भौतिक पूर्वाधार मन्त्रालयमा छ । कार्यक्रममा मन्त्री केसीले नियमित रुपमा कार्यालयहरुको प्रगतिको जानकारी लिई समयमै काम सकन गराउन पटक पटक निर्देशन दिने गरेका छन् ।  पहिलो चौमासिकमै २० लाखभन्दा माथिका योजनालाई ठेक्का प्रक्रियामा लैजान मन्त्रालयले लिखित निर्देशन दिएको थियो । उनले सालवसाली आयोजनाहरुको कार्यान्वयको तत्काल सुरु गर्न कार्यालय प्रमुखज्यूहरुलाई निर्देशनसमेत दिए । केसी अघिल्लो वर्षको भदौ १७ गते भौतिक मन्त्री नियुक्त भएका थिए ।  नियमित रुपमा काम गर्ने व्यवसायीलाई प्रोत्साहित गर्न र सहयोग गरी समयमै गुणस्तरीय कार्य गर्न उनले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । कार्यालयहरुमा प्राविधिक कर्मचारीहरुको अभाव रहेकोमा यो वर्ष करारमा भर्ना गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यातायात व्यवस्था कार्यालय कास्की सवारी चालक अनुमतिपत्रमा मन्त्रालयबाट ७ कर्मचारी काजमा खटाइएको  र २२ जनाको अस्थायी दरबन्दी स्वीकृतिका लागि निर्णय भइसकेको उनको भनाइ छ । यही वर्ष सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को समस्या समधान हुने मन्त्री केसीले विश्वास दिलाए । उनले भने, ‘सवारी चालक अनुमतिपत्र छपाई गर्न बजेट विनियोजन भई प्रक्रिया सुरु भइसकेकाले लाईसन्स छपाइको समस्या समेत चाँडै समाधान हुने देखिन्छ ।’ राइड सेयरिङसम्बन्धी नियमावली २०८२ तयार भई सकेको जनाउँदे उनले चाँडै त्यो कार्यान्वयनमा जाने प्रष्ट पारे ।  “यसमा यातायात व्यवसायीका केही असहमति छन्, त्यसलाई समाधान गर्न हामी निरन्तर वार्तामा छौं,” उनले भने, ‘नियमावली सौहार्दपूर्ण एवं सहज  वातावरणमा अविलम्व कार्यान्वयन हुने कुरामा म विश्वस्त छु ।’ कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असारे विकास नभईमात्र भुक्तानीमात्र हुने गरेको बताए ।  “हामी आफैं क्लिियर हुन जरुरी छ, समग्र वर्ष दिनको कामको भुक्तानी हुने हुँदा असारमा बजेट गएकोलाई असारे विकास भन्नु भएन,” उनले भने ।  मुख्यमन्त्री पाण्डेले असार १५ देखि २० गतेभित्र कामको अन्तिम भुक्तानी  दिने वातावारण बनाउने गरी काम गर्न निर्देशन दिए । यसपालि बहुवर्षीय योजनामा ७० प्रतिशत पुग्ने गरी रकम छुट्याइएको उल्लेख्य प्रगति हाँसिल हुने उनको भनाइ छ ।  आर्थिक मामिला मन्त्री डा टकराज गुरूङले आन्तरिक आम्दानी बढाउन राइड सेयारिङ सहयोगी हुने अपेक्षा गरे ।  भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारीले यो वर्ष यातायात र पूर्वाधार कार्यालय नवलपुरमा निर्माण गरिने बताए ।  उनले प्रदेश सरकारले हालसम्म बनाएका पुलहरुको विवरण भएको पुस्तिका हालै सार्वजनिक भएको जानकारी दिँदै छिट्टै सडकमा भएका कामहरुको प्रगति पुस्तिका सार्वजनिक हुने जानकारीसमेत दिए ।  कार्यक्रममा मन्त्रालय अन्तर्गतका पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार कार्यालय, यातायात कार्यालय, सहरी विकास तथा भवन कार्यालयका प्रमुखहरु सहभागी थिए । उनीहरुले कार्यालयको वार्षिक प्रगति, भोग्नुपरेका समस्या, गर्न सकिने उपलब्धिहरुबारे प्रस्तुति राखेका थिए । समारोहमा २० निर्माण व्यवसायीलाई समय अगावै काम सम्पन्न गरेकोमा सम्मान गरिएको थियो ।

पोखरा:   पोखरा १५ मा बिहीबारदेखि निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भएको छ ।  पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा वडा कार्यालय १५ को समन्वयमा ४ दिने निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको हो ।   अमेरिकाको क्रिकल्याण्ड कर्नरस्टोन डेन्टल बाट आएका डा. से जिन एनको १५ चिकित्सकीय टोलीले अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण गरेको पोखरा कम्युनिटी सेन्टरका कोअर्डीनेटर प्रकाश पार्कले जानकारी दिए ।  वडाध्यक्ष तोरण बानियाँले शिविरमा अमेरिकाका दन्त विशेषज्ञको टोलीद्वारा विशिष्ट मेसिनबाट दाँतको परीक्षण भइरहेको बताए ।  अघिल्लो वर्षको दन्त शिविरबाट धेरै जनाको सकारात्मक प्रतिक्रिया आएको र यस्तै शिविरको माग वडावासीबाट आएकाले शिविर सञ्चालनका लागि समन्वय गरिएको प्रतिक्रिया दिए ।  उनले मेसिन लगायत औजार झिकाउन भन्सारमा समस्या रहेकोमा वडा कार्यालयको विशेष पहलबाट औजार ल्याउन सकिएको र शिविर पश्चात् यी औजार वडाका कुनै सहयोगी संस्थामा राखेर त्यहाँबाट वडावासीलाई निःशुल्क सेवा दिने बारे कुरा भइरहेको  बताए ।   एक महिनादेखि दाँतको दुखाइले राम्रोसँग सुत्न पनि नसकेको बताउने कोल पाटनकी गुमा बानियाँले शिविरमा चिकित्सकले दाँतको उपचार र परीक्षण गरेर औषधी दिएको बताइन् ।  पोखरा लक्ष्मी टोल बस्ने सिता परियारको चिसो र तातो खाँदा दाँत दुखाइको समस्या रहेकोमा शिविरमा चिकित्सकले दाँत सफाइ गरी समस्या देखिएको दाँत निकालेको बताइन् । ’निजी क्लिनिकमा जाँदा ८–९ हजार लाग्छ भनेका थिए, अहिले आफ्नै घर छेउमा निःशुल्क उपचार पाइयो’ खुसी हुँदै उनले भनिन् ।  निःशुल्क ४ दिने शिविरको पहिलो दिनमा नै एक सय बढी बिरामीले लाभ लिएका छन् ।  बिहीबार र शुक्रवारको शिविर वडा कार्यालय अगाडिको भवनबाट सञ्चालन हुनेछ भने बाँकी दुई दिन सानिपाटनस्थित कम्युनिटी सेन्टरको हलबाट शिविर सञ्चालन हुनेछ ।  शिविरलाई वडा सदस्य बलराम पौडेल तथा कार्यपालिका सदस्य मन्दिरा परियार लगायत कम्युनिटी सेन्टरका एक दर्जन युवायुवतीले सहजीकरण गरेका थिए ।