गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

पोखरा:  नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ ।  यही २७ र २८ पुसका लागि महामन्त्री थापा र शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्कीका सभापति किशोरदत्त बरालले अपिल गरेका हुन् । पार्टीको हितका लागि महाधिवेशनमा सक्रिय सहभागी हुन उनको अपिल छ । ‘नेपाली काँग्रेस एउटा राजनीतिक सङ्गठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला हो,’ विज्ञप्तिमा उनले लेखेका छन्, ‘पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशसँग प्रत्यक्ष रूपमा जोडिएको यो ऐतिहासिक विशेष महाधिवेशनमा अनिवार्य उपस्थित भई यसलाई सफल र सार्थक बनाउन म कास्कीका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई हार्दिक अपिल गर्दछु ।’ पार्टीको केन्द्रीय कार्यालयले विशेष महाधिवेशनमा सहभागी नहुन निर्देशन नै जारी गरेको छ । पार्टीको १५ औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको भन्दै विशेष महाधिवेशनलाई सफल बनाउनुपर्ने बरालको तर्क छ । केन्द्रीय कार्यालयले २१ फागुन हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्नुपर्ने भन्दै अहिले विशेष महाधिवेशन गर्न नसकिने स्पष्ट पारेसंगै कांग्रेसमा विवाद झनै बल्झिएको छ ।

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको आयोजना गर्न लागेको हो । दुई दिनसम्म चल्ने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), ‘कि नोट स्पिच’, बागलुङ जन्मथलो भएका पत्रकारहरुको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री÷उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनबारे बहस, ‘लाइभ पेन्टिङ’लगायतका कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिए ।  सोही अवसरमा रजत वर्षका अवसरमा शाखाले प्रकाशन गर्ने पत्रकारिता सम्बन्धी पुस्तकको विमोचन र रजत स्मारकको अनावरण गरिने उनले बताए । मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अग्रजदेखि जिल्लामा क्रियाशील पत्रकारहरु एकठाउँमा जमघट हुने सचिव रिजालले बताए । “वर्ष २०८२ लाई पत्रकार महासङ्घ, बागलुङले रजत वर्षका रुपमा मनाइरहेको छ”, उनले भने, “शाखा स्थापनाको इतिहासप्रति गौरव गर्दै यस वर्षलाई स्मरणीय बनाउने हाम्रो प्रयास रहने छ ।”  मेलाका अवसरमा छोटो दुरीका पर्यटकीयस्थलको घुमफिरसहित बागलुङमा प्रचलित साँस्कृतिक झाँकी तथा नृत्यको प्रस्तुति रहने जनाइएको छ । शाखाले गत असार २५ गते दुई दिवसीय कार्यक्रमसहित रजत जयन्ती मनाएको थियो । सो अवसरमा पत्रकारहरुका लागि ध्यान शिविर, अन्तर शाखा आमन्त्रित फुटसल प्रतियोगिता, पूर्वअध्यक्ष सम्मान, पुरस्कार समर्पणसहित विविध रचनात्मक कृयाकलाप गरी रजत वर्षको शुभारम्भ गरिएको थियो । शाखाले २०८२ लाई तालिम वर्षसमेत घोषणा गरी पत्रकारहरुको सीप र दक्षता अभिवृद्धिमा जोड दिँदै आएको छ ।   ‘दिगो विकास र वातावरण’, ‘मोबाइल पत्रकारिता’लगायत विषयगत तालिम सम्पन्न भइसकेको शाखाका उपाध्यक्ष एवं तालिम संयोजक सिर्जना पन्तले जानकारी दिइन् । जिल्लाका विभिन्न स्थानीय तहहरुसँगको सहकार्यमा थप आधारभूत र विषयगत तालिम सञ्चालनको तयारीमा रहेको उनले बताइन् । शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले मिडिया मेलाको आर्थिक स्रोत व्यस्थापनदेखि व्यवस्थापकीय तयारीका कामलाई अगाडि बढाइएको बताए ।  शाखाका अध्यक्ष राम थापाले मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सम्पादक, सञ्चार हेर्ने सरकारी निकायका प्रमुखरप्रतिनिधि, मिडिया सञ्चालक, व्यवस्थापक, पत्रकार महासङ्घका केन्द्र, प्रदेश, जिल्लास्तरका पदाधिकारी, सदस्यलगायत अन्य सरोकार भएका सङ्घसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहने बताए । स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका विज्ञ तथा अगुवाहरु पनि बहसमा सहभागी हुने अध्यक्ष थापाले उल्लेख गरे ।  “विभिन्न सरकारी निकाय, निजी क्षेत्रलगायतसँग सहकार्य गरी बागलुङ मिडिया मेलालाई सफल बनाइनेछ, यो पत्रकारहरुसँग मात्र जोडिएको कार्यक्रम नभई समग्र जिल्लाको पहिचान र गौरवको पनि विषय हो”, उनले भने, “मेलामा स्थानीय विकास र पर्यटनका मुद्दामा पनि बहस तथा अन्तरक्रिया हुनेछ, जसले जिल्लाभित्र रहेका अवसर र सम्भावना पहिल्याउन मद्दत पुग्नेछ ।”

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष लसुन र प्याजखेतीको नमूना परीक्षण गरेको पालिकाले यस वर्ष किसानलाई अनुदान सहयोग गरी यसतर्फ आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका सातवटै वडाको करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ । गाउँपालिकाका स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी, खोलाको छेउलगायतका स्थानमा लसुन र प्याजको व्यावसायिक खेती गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।  पालिकाले लसुनका लागि प्रतिरोपनी रु। १० हजार र प्याजका लागि प्रतिरोपनी रु। आठ हजार अनुदान सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुुभयो । पालिकाले अदुवाखेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा उपलब्ध गराएको छ ।  पालिकाभित्र करिब २५० रोपनीमा अदुवाखेती भइरहेको बताउँदै यस यस वर्ष ८० हजार किलो उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।  “पालिकाका विभिन्न स्थानमा लगाइएको अदुवा राम्रो फलेको छ”, उहाँले भन्नुभयो, “एक किलो बीउ लगाइएको ठाउँमा एक डोकोसम्म फलेको किसानहरूले बताएका छन् ।” व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै अध्यक्ष ओझाले पालिकाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले यहाँका एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका बताउनुभयो ।

काठमाडौं:  बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले कम हो । 

काठमाडौं:  काठमाडौंको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।  बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैको सनाखत भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । नेपालगञ्जको कोहलपुर नगरपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई हाल बूढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछानेको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २८ मध्ये २३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेका छ भने पाँच जना उपचारपछि फर्किएका छन् ।

काठमाडौं:  नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो । निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेका व्यक्तिले फारम भर्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षक तथा सुरक्षा सङ्गठनमा गत माघदेखि यही पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएका व्यक्तिलाई निर्वाचन प्रहरीका रूपमा छनोट गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई निर्वाचन प्रहरीमा छनोट गरिने प्रहरी नायब महानिरीक्षक काफ्लेले बताउनुभयो । उहाँका अनुसार आगामी माघ ५ गतेदेखि ९ गतेसम्म आवेदकमध्येबाट प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ । माघ १५ देखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई तालिम तथा प्रशिक्षण दिइनेछ । निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ । निर्वाचनको अवधिका आधारमा निर्वाचन प्रहरीको कार्यअवधि हेरफेर भएमा सोहीअनुसार हुने सूचनामा उल्लेख छ । निर्वाचन प्रहरी छनोटका लागि सरकारले निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ स्वीकृत गरिसकेको छ ।  निर्वाचन प्रहरीले कति पाउनेछन् सुविधा ? निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ पाउनेछन् । निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेटअनुसार प्रतिनिर्वाचन प्रहरी ४० दिनको लागि खाद्यान्नबापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप प्रतिनिर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट आठ सय छयालीसका दरले तयारी खर्च उपलब्ध गराइनेछ । प्रतिदिन प्रतिनिर्वाचन प्रहरी तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार २०० खाजा खर्च उपलब्ध हुनेछ । नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटका आधारमा पोसाकबापतको रकमसमेत निर्वाचन प्रहरीले पाउनेछन् । कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयम्ले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।

पोखरा: २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।  पोखरा सभागृहमा बुधबार भएको अवार्ड समारोहमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितिन् । उनीहरू दुवैले पल्सर बाइक प्राप्त गरे । यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने एरिका समग्रमा चौथो खेलाडी हुन् । लगातार दोस्रोपटक भने एरिकाले मात्र जितेकी छन् । यस्तै भोटिङका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरे । उनले चार खेलाडीलाई भोटिङमा पछाडि पार्दै अवार्ड जितेका हुन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् । पिपल्स च्वाइस अवार्डको मनोनयनमा सुनारीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली पनि परेका थिए । रेखा पौडेल भोटिङमा दोस्रो स्थानमा रहिन् । त्यस्तै पूजा महतो तेस्रो, विजयी सिन्जाली चौथो र इभाना थापा चौथो स्थानमा रहे । नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरिन् । त्यस्तै तेक्वान्दोमा ९ डान प्राप्त गर्ने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गरियो । उनले पनि पल्सर बाइक प्राप्त गरिन् । पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरियो । एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्राप्त गरिन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरियो । लामाले पनि पल्सर बाइक प्राप्त गरे । पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । कार्यक्रमको अन्त्यमा सरप्राइजका रूपमा घोषणा गरिएको विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ पलेशा गोवर्धनले प्राप्त गरिन् । एनएसजेएफ स्पोर्ट्स अवार्ड पहिलोपटक काठमाडौंबाहिर आयोजना भएको हो । ‘यसपटक काठमाडौं बाहिर आयोजना गरेर नयाँ सुरुवात भएको छ ।

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ।  उहाँले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी बुधबार साँझ राजीनामापत्र बुझाउनुभएको हो। मन्त्री भएको ११५ दिनमा राजीनामा दिनु भएको हो ।  प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिनुभयो। ‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ’, प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘रातदिन नभनी खट्नुभयो। देशका विभिन्न भागमा पुग्नुभयो। विपद्का बेला उस्तै सक्रिय रहनुभयो। विपद्ग्रस्त क्षेत्रमा आफै पुगेर खट्नुभयो। हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो। यो कुरा देशले सम्झनेछ। जनताले मूल्यांकन गर्नुहुनेछ।’ उहाँले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भन्नुभयो, ‘तपाईँ आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनु भएको होइन। हामीले नै निम्त्याएका हौँ। अझ जेनजी युवाले तपाईँको माग गरेका हुन्। चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईँलाई हामीले भित्र्याएका हौँ। कुनै सुविधा पनि नलिएर तपाईँले निःस्वार्थ सेवा गर्नुभयो। आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ। यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु।’ मन्त्री घिसिङले पनि यो अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गर्नुभएकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुभयो।

पोखरा:  पद्याप्रेम थिएटरले आफ्नो तेस्रो प्रस्तुती नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहिबारदेखि मञ्चन गर्ने भएको छ ।  गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा यही पुस २४ देखि २७ गतेसम्म ‘मृत्यु यस्तो हुनु हुँदैन’ नाटक मञ्चन हुने पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  नाटकका लेखक सावित्रा पाठक (सबु) ले पोखरामा एउटी एकल आमाको घरको कथाको रुपमा यस नाटकलाई मञ्चन गर्न लागेको बताईन् ।  ‘मृत्यु यस्तो हुनु हुँदैन’, यो नाटक पोखराको एउटी एकल आमाको घर कथाको रुपमा मञ्चन गर्दै छौं, आफ्नो छोराछोरीलाई सम्हाल्दा सम्हाल्दै पनि कसरी गलत बाटोमा लागेर समाजमा कस्तो घटना निम्त्याउन सक्छन् भन्ने विषयलाई केन्द्रित गरेका छौं । नाटकका लेखक तथा निर्देशक सबुले भनिन् ।  यस नाटकमा विशेष गरी युवा पुस्ता र उनीहरुका अभिभावकलाई केन्द्रित गरिएको निर्देशक पञ्चसुब्बा गुरुङले बताए । बिहिबारदेखि मञ्चन हुने नाटक हरेक दिन ५ बजे र शनिबार १ र ५ बजे मञ्चन हुने निर्देशक गुरुङले बताए ।  यस नाटकलाई पञ्च सुब्बा गुरुङ र सावित्रा पाठक (सबुु)ले निर्देशन गरेका छन् । नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद), जय चापागाई, प्रतिमा गुरुङलगायतको अभिनय रहेको छ ।