गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

मुस्ताङ:  यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी एकाइ कार्यालय छन् । यसमध्ये १० प्रहरी एकाइ कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी एकाइ हालसम्म पनि विभिन्न व्यक्ति तथा संघ संस्थाको भवनमा आश्रय लिइरहेका छन् ।  जिल्ला मुस्ताङ प्रहरी कार्यालयमातहतको प्रहरी एकाइहरूको आफ्नै भवन संरचना नहुँदा यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीलाई विभिन्न प्रकारका समस्या र चुनौती भोग्नुपर्ने बाध्यता रही आएको छ ।  भौगोलिक विकटता कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद मुस्ताङका प्रहरी एकाइहरूले वर्षौंवर्ष पुरानो परम्परागत ढुंगामाटोले बनेको कच्ची भवनमा कार्यसम्पादन गर्नुपर्ने अवस्था छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यहाँका  १९ प्रहरी एकाइमध्ये चार एकाइ कार्यालय विभिन्न व्यक्तिको घरमा भाडामा बस्दै आइरहेका छन् । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित प्रहरी चौकी कागबेनी, थासाङ—२ कोवाङस्थित प्रहरी चौकी कोवाङ, घरपझोङ—४ जोमसोम पर्यटक प्रहरी (जोमसोम) र घरपझोङ—३ एक्लेभट्टी जिल्ला ट्राफिक कार्यालय विभिन्न व्यक्तिको घर भाडामा लिएर बसेका छन् ।  यहाँका भाडाका भवनमा बसेका यी प्रहरी एकाइको कार्यालयको खर्चको लागि जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी गर्ने गरिएको छ । यसैगरी मुस्ताङ प्रहरीका १९ प्रहरी एकाइमध्ये ६ प्रहरी एकाइ विभिन्न संघसंस्थाको स्वामित्वमा रहेको भवनमा बस्दै आइरहेका छन् । माथिल्लो मुस्ताङको नेपाल—चीन सिमाना नजिकै रहेको प्रहरी चौकी छोसेर लोमान्थाङ–२ छोसेर न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको भवनमा बस्दै आएको छ ।  सीमा नाका र भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको प्रहरी चौकी छोसेर वर्षांैवर्षदेखि भन्सारको भवनमा आश्रय लिएर बसेको हो । यद्दपि त्यहाँ प्रहरी एकाइका लागि नेपाल सरकारबाट १३ रोपनी जग्गा प्राप्ति भइसकेको लामो समय वितिसक्दा पनि प्रहरी एकाइको आफ्नै भवन संरचना बन्न सकेको छैन । माथिल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित छोन्हुप प्रहरी चौकी पनि सङ्घीयता अघिको पुरानो गाविस भवनमा ओत लाग्न बाध्य छ । स्थानीयको शान्ति सुरक्षाका लागि खटिएका त्यहाँ कार्यरत प्रहरी एकाइका सुरक्षाकर्मीलाई जीर्ण भवनमा बसेर काम गर्नुपर्दाको समस्या र चुनौती बेग्लै छ । माथिल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका—५ स्थित सुर्खाङ प्रहरीचौकी त्यहाँको ढी प्रथमिक विद्यालयको भवनमा बस्दै आएको छ । सोही पालिकाको लोघेकर—२ स्थित घमी प्रहरी चौकीे एक्यापको भवनमा बस्दै आएको छ, भने लोघेकर दामोदरकुण्ड—१ स्थित चराङ प्रहरीचौकी सकारी विद्यालयको भवनमा बस्दैआएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङस्थित इलाका प्रहरी कार्यालय छुसाङ आमा समूहको भवनमा बस्दैआएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।  मुस्ताङ प्रहरी मातहतका १९ वटा प्रहरी एकाइमध्ये चार वटा प्रहरी एकाइमध्ये इलाका प्रहरी कार्यालय छुसाङ मात्रै संस्थाको भवनमा बसेको हो । अन्य तीन इलाका प्रहरी कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । यहाँस्थित मुस्ताङ प्रहरीका १९ वटा एकाइमध्ये जिल्ला प्रहरी कार्यालय मुस्ताङ, इलाका प्रहरी कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय मुक्तिनाथ र इलाका प्रहरी कार्यालय लेतेको आफ्नै भवनबाट प्रहरी कार्यसम्पादन भइरहेको छ । प्रहरी एकाइमध्ये प्रहरी चौकी अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा प्रहरी चौकीको पनि आफ्नै भवन बनेर प्रहरी कार्यसम्पादन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा प्रहरीको ३१३ जनाको दरबन्दी रहेको छ । हाल जिल्ला प्रहरी कार्यालय मातहत २१४ जना प्रहरी सुरक्षाकर्मी कार्यरत रहेको प्रनाउ लामाले बताए ।  भौगोलिक रुपले विकट मुस्ताङका दुरदराजका प्रहरी एकाइका सुरक्षाकर्मीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समुदायमा  रहेर काम गर्न अप्ठेरो पर्ने गरेको छ ।

काठमाडौं:  २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।  निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय पषिद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ।  यसैगरी, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ।  आयोगका अनुसार यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले २०८२ माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नुहुनेछ।    मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली आयोगको वेबसाइटमा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ।  

मकवानपुर: मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा आज साँझ दुर्घटना भएको हो। सुमोमा सवार ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। सुमो सडकबाट अन्दाजी सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौडातर्फ पठाएको जानकारी दिएको छ। तीमध्ये ७ जना गम्भीर घाइते र २ जना मध्यम घाइते रहेको प्रहरीले बताएको छ।

काठमाडौं:  जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय हुनुहुन्छ ।   नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।  यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ ।  नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ । छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।  ग्लोबल छनोटका लागि क्यानले भारतीय हर्शल जयन्त पाठकलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरिसकेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । छनोट अघि नेपालले आयरल्यान्ड र अमेरिकासँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।

पोखरा:  २१७ औं लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीको बीचमा सस्वर ब्रेल पठन प्रतियोगिता गरिएको छ ।      पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभुत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरि दुई चरणमा ब्रेल सस्वर पठन प्रतियोगिता गरिएको थियो ।       कक्षा १ देखि ६ सम्मको प्रतियोगितामा अमरसिंह मा.वि. कक्षा ५ का गगन सिंह तामाङ र कक्षा ५ कै बिनिशा तामाङ क्रमशः प्रथम र द्वितीय एवम् अमरसिंह मा.वि.का कक्षा ५ का अस्मिता बिक र कुँडहर आ.वि.कक्षा ३ का अन्जना गुरुङले तृतीय स्थान प्राप्त गर्नुभयो ।      त्यस्तै कक्षा ७ देखि ११ सम्मको प्रतियोगितामा कक्षा ११ का ऋषि लोहोनी प्रथम, कक्षा १० का गौरी देउवा द्वितीय र कक्षा ९ का पूर्णिमा गुरुङले तृतीय स्थान प्राप्त गर्नुभयो ।      कार्यक्रममा पोखरा महानगरपालिका अपाङ्ग सञ्जालका संयोजक गङ्गाबहादुर खड्काले दृष्टिबिहिनहरूलाई उज्यालो संसार देखाउने ब्रेल लिपिका आविष्कारक लुइ ब्रेलको योगदान अतुलनीय भएको बताउनुभयो ।      नेपाल नेत्रहिन संघका केन्द्रिय सदस्य लक्ष्मण सुबेदीले लुइ नभएको भए आफू यो स्थानसम्म आउन नसक्ने धारणा राख्नुभयो ।      कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले लुइ ब्रेलको योगदानको चर्चा गर्दै नेपालमा ब्रेल लिपि भित्राउने जङ्गबहादुर बोगटीलाई पनि स्मरण गर्नुभयो ।      दृष्टिविहिनहरूको मातृ लिपि ब्रेल लिपीलाई कहिल्यै पनि भूल्न नहुने र यहि लिपिका कारण दृष्टिविहिनकोहरूको शिक्षा सम्भव भएको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुशिल होदार र सुनिता ज्ञवालीले गर्नुभएको थियो ।

पोखरा:  परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं। २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भौगोलिक रूपमा विकट क्षेत्र मानिने खबाङका विपन्न परिवारका ४१ जना विद्यार्थीलाई स्कूल ब्याग, कपी, पेन्सिल, भलिबल, स्किपिङलगायत आवश्यक शैक्षिक सामग्री तथा भलिबल, फुटबल, स्किपिङजस्ता खेलकुद सामग्री वितरण गरिएको हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।  उहाँका अनुसार यस किसिमका सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास गरीएको छ । स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताउनुभयो ।  उहाँका अनुसार वि।सं। २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको वन्तले जानकारी दिनुभयो । यस्ता किसिमका संस्थाद्वारा गरिने सहयोगबाट गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानध्यापक फुन कुमारी बुढाथोकी र मालिका गाउँपालिका वडा नं। २ का वडाध्यक्ष उदय कुमार वुढाथोकीले बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरबहादुर बुढाथोकी, हेड्स नेपाल गण्डकीका उपाध्यक्ष हिराप्रसाद भट्टराई, सदस्य भीम पौडेल लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । हेड्स नेपालले यसअघि लमजुङ, तनहुँ, स्याङ्जा लगायत गण्डकीको ६ ओटा जिल्लामा शैक्षिक सामाग्री वितरण गरिसकेको छभने अन्य जिल्लामा समेत वितरण गर्ने योजना बनाएको छ ।  स्वास्थ्य, शिक्षा, कृषि तथा विपद् व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्‍याउने लक्ष्यसहित संस्था निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।

पोखरा:  कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए । उनले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति अनलाइन मार्फत १ करोड २१ लाख सम्म ठगिएको उजुरी आएको उनले सुनाए । घर छेउको छिमेकीलाई सापटी नदिनेहरु चिन्दै नचिनेका व्यक्तिलाई लाखै रुपैया दिने गरेको एपपी कार्कीको भनाई छ । जान्ने मानिसहरु नै प्रलोभनमा परेर फस्ने गरेको उनको भनाई छ । एसपी कार्कीले लेकसाइड क्षेत्रमा सवारी साधनका कारण धेरै जाम हुन थालेको बताए । त्यसको निराकरणका लागि पर्यटन व्यवसायी, प्रहरी र सामुदायीक प्रहरीले छलफल गरेर अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले फेवाताल संरक्षणका लागि वडा कार्यालय लागेको बताए । उनले फेवातालमा पुरिएको माटो झिक्ने काम अगाडी बढेको बताउदै विकास निमार्णमा कतिपय व्यक्तिले मुद्धा मामिला गरे काम रोक्ने गरेको बताए । त्यसले गर्दा विकासका काम अगाडी बढ्न ढिलाइ हुने गरेको बताए । कार्यक्रममा सामुदायक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सामुदायीक प्रहरी सेवा केन्द्रकी अध्यक्ष कुमारी मुना बास्तोला, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बबिता मल्ल लगाएतले शुभकामना दिए । उनीहरुले फेवाताल संरक्षणका लागि सबै एक जुट भएर आगडी बढ्नु पर्ने बताए । फेवातालको सिरानको सिमसार क्षेत्र पुर्नेलाई रोक लगाउनु पर्ने बताए । साधारणसभामा सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाका अध्यक्ष ठाकुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिल थापाले स्वागत, सचिब शान्ता तिमिल्सिनाको महासचिबको प्रतिबेदन, कोषध्यक्ष निर्मला थापाको कोषाध्यक्षको प्रतिबेदन पारिद गरेको छ ।  

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेदवार पठाउन पाउनेछ । आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबीविरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उक्त सूची तत्पश्चात परिवर्तन हुने छैन ।

कास्की:  पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ। योजनाको यसअघि दुई पटक म्याद थप गर्दासमेत काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले विसं २०८३ असार १५ गतेसम्म समय थप गरिएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। उनले भने, “दोस्रो पटकसमेत तोकिएको समयमा काम नसकिएको र ७५ प्रतिशत मात्र भौतिक प्रगति भएपछि हालै पुनः निर्माण अवधि बढाइएको छ । अब थपिएको समय चालू आर्थिक वर्षमा चार तथा छ लेन सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।” योजनाका अनुसार पछिल्लो पटक थप गरिएको म्याद गत डिसेम्बर अन्त्यमा सकिएपछि ६ महिना बढाइएको हो । सडक मापदण्डभित्रको विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण तथा रुख कटानमा ढिलाइलगायतका कारणले योजना सम्पन्न हुन ढिलाइ भएको बताइन्छ। यस योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदीपुलसम्मको ३८ दशमलव ८८ किमी पर्छ । योजना प्रमुख कुँवरले हालसम्म यस खण्डको तीन चौथाइ काम सम्पन्न भएको जानकारी दिए । प्रथम तहको कालोपत्रे ३७ किमी सकिएको छ । त्यसैगरी दोस्रो तहको कालोपत्रे गर्ने काम करिब ३४ किमी पूरा भएको छ । एकतर्फी कालोपत्र गर्न अब एक किमी बाटो मात्र बाँकी रहेको कुँवरले जानकारी दिए। त्यसैगरी जामुनेबाट ‘सडक मार्किङ’, ‘थर्मोप्लास्टिक पेन्ट’ र ‘रोड सेफ्टी ब्यारिएर’ राख्ने लगायतका काम समेत सुरु भएको छ। यस योजनाको चालू आवमा थप ११ किमी चार लेनमा प्रथम तहको र ३० किमी चार लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्रे गरिएको छ । यस खण्डमा एक वटा पुल र दुई वटा कल्भर्ट निर्माणसमेत यसै अवधिमा सम्पन्न भएको छ। मुग्लिन–पोखरा पश्चिम खण्डको विसं २०७८ जेठ २ गते निर्माण सम्झौता भएर विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माण गर्न चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग रु सात अर्ब ४० करोडमा ठेक्का सम्झौता गरिएको थियो। विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यस अवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो । यसपछि दोस्रो पटक विसं २०८१ पुसमा एक वर्ष म्याद बढाइएको थियो।