काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

गलकोट:  बागलुङको काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ ।  गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उहाँहरूले रोपाइँको  चाजोपाजो मिलाउनुभएको हो । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उहाँहरूले गरिदिनुहुन्छ, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ ।  घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर रु छ लाख १७ हजार ४०० आर्जन मात्र गर्नुभएन १० जनालाई रोजगारी पनि दिनुभयो ।  किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर रु छ लाख सात हजार ६०० कमाउनुभयो । उहाँले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गर्नुभयो ।  नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उहाँहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उहाँहरूलाई वडाले एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ ।  बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, “प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।”

नुवाकोट:  त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् । त्रिदेशिय सडक मार्ग अन्तर्गत विदुर–वेत्रावति–किस्पाङ–मैलुङ–रसुवागढी सडकको बीचमा त्रिशूली नदीले पक्कि सडक नै कटान गरेपछि बुधवारदेखि आवतजावत नै ठप्प भएको छ । उक्त सडकमार्गको विदुर–वेत्रावति–किस्पाङको वचिमा त्रिशूली नदीले एकसय मिटर पक्कि सडक नै कटान गरेको छ । उक्त स्थानमा सडक कटान भएपछि त्रिदेशीय सडकमार्ग अवरुद्ध हुँदा रसुवा तथा नुवाकोटको किस्पाङ, शान्तिबजार जाने बाटो ठप्प भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । त्रिशूली नदीले कटान गर्दा उक्त स्थान आसपासका वस्ती तथा उत्तरगया गाउँपालिका कार्यालयसमेत प्रभावित हुन पुगेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, रसुवाका प्रजिअ अर्जुन पौडेललगायका सुरक्षाकर्मीसहित उत्तरगया गापाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बुधवार बसेको आकस्मिक वैठकले तत्काल सडकको मर्मत तथा पुर्ननिर्माण गरि यातायात सुचारु गर्नुपर्ने र नदीबाट थप कटान हुनवाट रोक्नुपर्ने निर्णय गरेको छ । कटान र जोखिम नियन्त्रण गर्न जाली भरेर तटवन्ध निर्माण गरिने निर्णय भएको छ । छिमेकी चीनको तिव्वतस्थित लेन्देखोला हुँदै त्रिशूली नदीमा आएको अकल्पनिय बाढीले गत असार २४ र यहि साउन १४ गते नुवाकोट र रसुवाका विभिन्न स्थानमा क्षति गरेको थियो । उत्तरगया गापा(५ नौबिसेमा बस्तीनै जोखिम परेको छ । बेत्रावती पेट्रोल पम्प नजिकै त्रिशूल नदीले कटान गर्दै गरेको ठूलो क्षतिको सम्वन्धमा सरोकारवाला पक्षबीच पुर्ननिर्माण गर्ने निर्णय भएको छ । गल्छी–विदुर–बेत्रावती–मैलुङ सडक खण्डमा कटान हुदा स्थानीय नौबिसे तथा खाल्टे क्षेत्र उच्च जोखिममा परेको स्थानीयवासी दिलकृष्ण श्रेष्ठको भनाई छ । यसैवीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले भारी मात्रामा बर्षा भइरहेको कारण सचेत हुन सर्वसाधारणमा अपिल जारी रहेको छ । जल तथा मौसम पूर्वानुमान विभागले बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्मा वर्षाको सम्भावना रहेको जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरलगायत विभिन्न स्थानमा बुधवार बिहानैदेखि पानी परिरहेको छ ।

पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम  स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए ।  उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग गरिएको थियो । सङ्कलन भएको जम्मा रकम २ लाख ७७ हजार ५९१ रुपियाँमध्ये खर्च कटाएर बचत रहेको ६१ हजार ३३६ रुपियाँबाट उक्त सहयोग गरिएको आर्थिक संयोजक रामप्रसाद बरालले जानकारी दिए । बुधवार ३ ओटै विद्यालयमा आयोजित कार्यक्रममा खेल संयोजक अमृत परियार, श्री अधिकारी, आर्थिक संयोजक रामप्रसाद बराल, लक्ष्मणप्रसाद बराल, उपसंयोजक सुरज अधिकारी, शम्भु सिग्देललगायतको सहभागिता रहेको थियो ।

पोखरा: पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउनुभएको पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।      महासंघका तर्फबाट पोखराको न्युरोडस्थित होटेल दिपसागरको सभाकक्षमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि पौडेल र ज्यो पं लिलाधर पौडेल एवम् ८३ वर्षीय प्रा.चतुर्भुज शर्मा पौडेल र निलकण्ठ शर्मा पौडेललाई सम्मान गरिएको हो ।      उहाँहरूलाई गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।      कार्यक्रममा मन्त्री पौडेलले हामीहरू एक आपसमा घमण्ड र अहंकार भन्दा पनि समाज र राष्ट्रले गर्व गर्नसक्ने हुनुपर्नेमा जोड दिनुुभयो । परिवारसँगै समाज र राष्ट्र निर्माणमा अभिभावकीय भूमिका निर्वाह गर्दै हाम्रा सन्ततीले पनि गर्व गर्ने किसिमको बन्नुपर्ने उहाँले बताउनुुभयो ।      कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हामीहरू सिर्जनात्मक बन्दै हाम्रा हराउँदै गएका मौलिकतालाई जगेर्ना गर्नु जरुरी भएको बताउनुभयो ।       हाम्रा सन्ततीले पनि हाामीबाट धेरै कुरा सिक्न सक्ने वातावरण तयार र्गुपर्नेमा उहाँले जोड दिनुुभयो ।      महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मूल आदर्श वाक्यका साथ महासंघ अघि बढीरहेको बताउँदै सबैलाई समेटेर बन्धुत्वको भावना अभिबृद्धि गराउँदै अघि बढ्ने बताउनुुभयो ।      पौडेलहरूको थातथलो खोजीका क्रममा बझाङस्थित पैडीकोटमा गरिएको अध्ययन तथा भेटघाटको जानकारी दिदै उहाँले उक्त स्थलको संरक्षणसँगै पौडेलहरूका ऐतिहासिक दस्तावेजलाई संकलन एवम् व्यवस्थित गर्ने लक्ष्यका साथ महासंघ अघि बढीरहेको  बताउनुुभयो ।      महासंघले निकट भविष्यमा स्वास्थ्य सचेतना र बुढ्यौली व्यवस्थापन सम्बन्धी कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने उहाँले जानकारी दिनुुभयो ।      महासंघका अध्यक्ष पौडेलको सभापतित्व एवम् महासचिव उद्धवप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत महासंघका उपाध्यक्ष(गण्डकी) शारदा पौडेलले गर्नुभएको थियो ।      बैठकमा अध्यक्ष पौडेल सहित बरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेल, महासचिव उद्धव पौडेल, कोषाध्यक्ष युवराज पौडेलले आ आफ्ना तर्फबाट प्रतिवेदनहरू प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रतिवेदनहरू सहित अन्य विभिन्न समसामयिक विषयमा पनि छलफल गर्दै महत्वपूर्ण निर्णयहरू लिइने महासंघले जनाएको छ ।      महासंघको बैठकमा सहभागी बन्न पूर्वमा ताप्लेजुङदेखि पश्चिम बझाङ लगायत स्थानबाट पदाधिकारी तथा सदस्यहरू सहभागी बन्नुुभएको छ भने भारतबाट कुलबहादुर पौडेल र भुटानबाट बलराम पौडेलले समेत प्रतिनिधित्व गर्नुभएको छ ।  

पोखरा:   पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ ।  शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिन बिच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिनेछ । सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनाहरूमा सहकार्य गरिनेछ । नगर प्रमुख आचार्यले दुई पक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीहरूलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो । उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरुलाई समेत यसले महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले बताउनुभयो ।  विशेष गरी प्राविधिक शिक्षा, मानव संसाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको उहाँले बताउनुभयो । यसअघि पनि कोरियन सरकार र एजेन्सीजहरुको सहयोगमा पोखरामा थुप्रै परियोजनाहरू सञ्चालनमा रहेका छन् ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जानकारी दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई १’ एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा गत शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट ९एमएफएन० मा  टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए । यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो‌ । यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  छ । महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही  स्थान, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले  वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो० को जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई  सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

 पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थियो । अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल वाहिरको खाली जग्गामा स्थानीय पहलमा निर्माण गरिएको चौतारामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि विभिन्न स्थानबाट हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म पन्ध्र दिन प्रदर्शन गरिने यो नाचमा विशेष गरि ढोलक भ्mयाम्टाको जिउनै थर्किने आवाजमा मुखुट लगाएका डरलाग्दा ठूला अनुहार र भ्mयाप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको आवाज निकाल्दै बजारमा लाखे प्रस्तुत गरिदै आएको छ ।  पछिल्लो समय यो नाचप्रति वालवालिका, युवा र जेष्ठनागरिक सहित तिनै पुस्ताको आकर्षण बढेको छ । मुखुण्डो लगायर कालिकाको वस्त्रसहित सिंगारेर लाखे नचाउने गरिन्छ । भूतप्रेत नलागोस र मरेको आत्माले दुःख नदिउन् भनी यो नाच देखाउने परम्परालाई जिवित राख्ने लक्ष्यका साथ लाखे प्रदर्शन गरिएको रातोपैह्रा लाखे खलःका संरक्षक ध्र्रुव कुमार ठुसाजुले जानकारी दिनुभयो । लाखे नाच प्रस्तुत गर्न आर्थिकरुपमा त्यती सहज नभएपनि विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोग रहदै आएको बताउँदै उहाँले भन्नुभयो, रातोपैह्रा लाखे खलःको लागि हालसम्म आवश्यक सामाग्री खरिदको लागि सात लाख भन्दा बढी खर्च भई सकेको छ । पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले मैत्रीपूर्ण लाखे नाचको शुभारम्भ गर्दै संस्कृतिको संरक्षणमा पोखरेली नेवार समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।  बजारमा गएर हेर्नुपर्ने लाखेनाच यस वर्ष रातोपैह्रामा प्रदर्शन गर्दा स्थानीय वासिन्दालाई सहज भएको उहाँको भनाई थियो । पोखरा ८ का पूर्व जनप्रतिनिधि एवम् नेवार समुदायका अग्रज कृष्णमान ठुसाजुले मल्लकाली युगमा काठमाडौ उपत्यकाबाट शुरु भएको लाखेनाच पछिल्लो समय मुलुकका नेवार समुदायको वसोवास भएका सवै स्थानमा प्रदर्शन हुने गरेको बताउनुभयो । काठमाडौं, भक्तपुर, ललितपुरका मल्ला राजाहरुले देवी–देवता पूजा र नगरको सुरक्षासंग सम्वन्धित धार्मिक, सांस्कृतिक कार्यक्रमहरुलाई प्रोत्साहन दिंदा लाखे नाचको परम्परा सुरु र स्थापित भएको किम्मदन्ति रहेको उहाँले बताउनुभयो । सफल सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमा कुमारी नृत्य, विभिन्न समुदाय र तहका मिस नेपाल हुन सफल कलाकारहरुद्धारा मनोरञ्जन नृत्य प्रस्तुत गरिएको थियो । लाखे नाचमा युवादेखि बालकहरुको सहभागिताले संस्कृतिको पुस्तान्त्रणमा समेत सहयोग पुग्ने  यस क्षेत्रका जानकारहरुको सामुहिक धारणा रहेको छ ।       

पोखरा:  पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ ।  परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् । स्नातक तहको विएएसडब्लु र विविएस तर्फका विद्यार्थीहरु पौसली गुरुङ, अनिशा सुनार, सम्झना भट्टराई, सुलभ पुन, प्रशंसा कायश्थ र श्रीजा श्रेष्ठ नियुक्त भएका छन् । उनीहरु मंगलबारदेखि नै पोखरा कार्यक्षेत्रमा खटिएका हुन् । कलेज संचालक समिति अध्यक्ष प्रा। डा। विश्वकल्याण पराजुलीले विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र होइन व्यवहारिक ज्ञान र सीप पनि सिक्नुपर्छ भन्ने अवधारणा अनुसार नयाँ कार्यक्रम शुरु गरेको जानकारी दिएका छन् ।  ‘विद्यार्थीलाई सैद्धान्तिक कुरा कसरी व्यवहारमा उर्ताने भन्नका लागि कार्यक्षेत्रमै पठाएर काम गर्ने तरिकाहरु सिकाउनका लागि हामीले यो परियोजना शुरु गरेको हौं’, अध्यक्ष प्रा. डा. पराजुली भन्छन् । नयाँ परियोजना विद्यार्थीहरुका लागि ज्ञान र सीप सिक्ने प्लेटफर्म बन्ने उनको विश्वास छ । त्यसैगरी सोही कार्यक्रममा कलेजका क्याम्पस प्रमूख नारायण कुमार श्रेष्ठले विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने दृष्टिकोणले पढ्दै कमाउँदै परियोजना शुरु गरिएको बताए । क्याम्पस प्रमूख श्रेष्ठका अनुसार आगामी दिनमा यो परियोजनालाई कलेजले निरन्तरता दिने छ । विद्यार्थीहरुलाई कलेज भोलेन्टर पदमा नियुक्त गरिएको हो । उनीहरु कलेजका दुतका रुपमा लेकसिटीका नियमित कार्यहरुमा समेत सहभागी हुनेछन् । कलेजमा अध्ययन अनुसन्धानमा समेत उनीहरुले सहयोग गर्ने सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले बताएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ । लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ । कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु ९समाजिक कार्य० विषयमा पठनपाठन गर्दै आएको छ ।