गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

काठमाडौं: भारत र श्रीलंकामा अर्को महिना सुरु हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) विश्वकपका लागि मंगलवार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेको छ। बन्द प्रशिक्षणमा रहेका २४ बाट ९ खेलाडीले अन्तिम छनोटबाट बाहिरिएका छन्। उप कप्तान दिपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी,करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन्। बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनाष बोहरा , प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् । दुई महिना अघि ओमानमा विश्व कप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल‌ अन्सारी विश्व कप टोलीमा अटेनन् । उनीहरुको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्। गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका‌ उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुने । नेपालले यसपटक विश्व कपमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ। माघ २५ गते इंग्ल्याण्डसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। नेपाल समूह चरणका आफ्ना सबै खेल भारत मुम्बईको वाङखडे मैदानमा खेल्नेछ। नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टि ट्वान्टी विश्व कप खेल्दैछ। तेस्रो पटक नै विश्वकप खेल्ने सोमपाल एक्लो नेपाली खेलाडी बन्नेछन्।  

पोखरा:  भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुडिँखेल मैदानमा आयोजना हुनेछ ।  भेट्रान खेलाडीका लागि आपसी भाइचारा कायम गराउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक विरेन्द्र गुरुङले जानकारी दिए ।  ‘भेट्रान खेलाडीहरुलाई आफ्नो युवा उमेरको सम्झना दिलाउनका लागि यो प्रतियोगिताले मद्धत गर्ने हामीले विश्वास लिएका छौं । युवा अवस्थामा फुटबल खेलेर हिडेर आज परिवारसँग बस्दै आएका र फुटबलमै लागेका पुराना खेलाडीलाई मैदानमा उतार्ने हाम्रो योजना हो’ उनले भने, ‘यो प्रतियोगितामात्रै होइन । हाम्रो आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने थलो पनि हो ।’  पहिलो पटक प्रतियोगिता गर्न लागेकाले सबैले साथ र सहयोग गर्न उनले आग्रह गरे । उनका अनुसार प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लासहित कुल १८ टिमको सहभागिता रहनेछ ।  प्रतियोगिताको विजेताले एक लाख रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  यस्तै उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा उच्च गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।  

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ ।  भारत र श्रीलंकामा फेब्रवरीमा अबको ट्वान्टी ट्वान्टी विश्वकप आयोजना हुनेछ र त्यसैक्रममा ट्रफि नेपाल आइपुगेको हो । ट्रफि सोमबार पोखरा आइपुगेको हो र त्यसलाई स्पोर्टस समिटमा प्रदर्शन गरिएको हो । त्यस समिटको अवसरमा प्यानल डिसकन गरिएको थियो र विषय रहेको थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र । पोखरेली पत्रकार दीफेन्द्र श्रेष्ठले संचालन गरेको त्यस कार्यक्रममा ।  कार्यत्रममा विशेषज्ञका रूपमा सहभागी हुनेमा नेपाल पयर्टन बोर्डका अफिसेटिङ डाइरेक्टर सुनिल शर्मा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङ, पोखरा टुरिजम बोर्डका संस्थापक अध्यक्ष अशोक पालिखे र पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई रहेका थिए । कार्यक्रममा शर्माले पोखरामा खेलकुदको सम्भावना धेरै रहेको बताए । उनले पयर्टन प्रवधर्नका लागि जहिले पनि नयाँ अयाम चाहिएकोमा खेलकुद त्यो विकल्प हुन सक्ने भने । परिषदका पूर्व सदस्य घिसिङले पोखराका खेल पयर्टनको विकास र विस्तार गर्न नीजि क्षेत्रको प्रतक्ष्य सहभागिता आवश्यक रहेकोमा जोड दिए । उनले यसका लागि नीति नै बनाउनु पर्ने बताए । यस्तै भट्टराईले पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहेको तर त्यसलाई सुहाउँदो प्रतियोगिता नभएको गुनासो पोखे । उनले खेल प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक समन्वय भइनरहेको दाबी गरे ।  पालिखेले पनि पोखरा भौतिक पूर्वाधारमा निकै धनी रहेको, तर त्यसको उपयोग भने कम भएको बताए । उनले पोखरामा जति प्रतियोगिता भएका छन्, त्यसलाई प्रोत्साहन आवश्यक रहेको सुनाए ।   

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।  नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यत्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो ।  अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौं । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तब्य बन्ने छ ।’ त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् । उनले भनेका छन्, ‘पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।’ अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोशाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।  अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।     पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ ।

काठमाडौंः:  नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।  एमालेले प्रत्येक प्रदेशमा १/१ जना उम्मेद्वार रहनेगरी कांग्रेससँग सहकार्य गर्नेगरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।  बैठकले कांग्रेससँग गठबन्धनको सिट टुङ्गो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।  कांग्रेससँगको छलफल टुङ्गोमा नपुगेकोले थप छलफल गर्नका लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो।  बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटी बनाउने निर्णय गरेको उहाँले बताउनुभयो।  

पर्सा:   सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।   जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यु’  पनि आज  ३ः३० बजेदेखि हटाइएको छ ।  पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगन्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कर्फ्यु हटाउने निर्णय भएको जानकारी दिनु भयो ।  “यहाँका दुई समुदायबिच सहमति र यहाँको शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो, “अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ ।” सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नु अघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । “भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ,” उहाँले भन्नु भयो । प्रजिअ दाहालका अनुसार सो स्थायी सद्भाव संयन्त्रमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह, रञ्जन सिंह रहने छन् । त्यसैगरी, मुस्लिम समुदायका तर्फबाट  महमद महबुब अलि (शेरु)  र अलि असगर मदनी रहने छन् ।  सो सर्वपक्षीय तथा सर्वदलीय बैठकले अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व र जिल्लास्थित राजनीतिक दलहरूका तर्फबाट एक, एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।  त्यसैगरी, सोही संयन्त्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा नागरिक समाजको प्रतिनिधि सदस्य रहने छन् ।  सो बैठकले सबै प्रकारका सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्नु पूर्व धार्मिक, सांस्कृतिक, सामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।  त्यसैगरी  धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह, आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने बताइएको छ ।  साथै सबै पक्षले आ–आफ्नो, समूहका तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको छ । सो बैठकले विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरू नगर्ने पनि निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गोरखा:  यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् ।  मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  भरतबहादुर विकले जानकारी दिनुभयो । सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् । च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उहाँले बताउनुभयो । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

वीरगन्ज:  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा लगाएको कर्फ्युको समय थप गरेको छ।  कर्फ्युको समय मंगलबार दिउँसो १ बजेसम्मको लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको छ।  यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।  तर, स्थिति सामान्य नभइसकेकाले कर्फ्युको सयम थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।  सीडीओ दाहालले वार्ताबाट विवादको समाधान खोज्ने प्रयास भइरहेको बताए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकेर  कर्फ्यु आदेश जारी गरेको हो। ताकिएको चार किल्लाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ।  पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटलाई केन्द्रीत गरेर कर्फ्यु लगाइएको हो।  ‘कर्फ्युको समयमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कनु परेमा नजिककैको सुरक्षाकर्मीसँग समन्वय गरि वा एकसय नम्बरमा फोन गरि निस्कन अनुरोध छ,’ मंगलबार बिहान सीडीओ दाहालले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई सेवाका यात्रुहरूको आवागमनमा सुरक्षकर्मीहरूबाट सहजीकरण हुनेछ।’ दुई धार्मिक समुदायबीच उत्पन्न विवादले हिंसात्मक रुप लिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता कडा पारिएको जनाएको छ।    धार्मिक तथा सामाजिक विवादका कारण गएका केही दिनदेखि वीरगन्ज, जनकपुरसहितका मधेसका जिल्लामा प्रदर्शन भइरहेका छन्।  दुई दिनदेखि धार्मिक र सामाजिक विषयलाई लिएर दुई पक्षबीच वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्। आइतबारदेखि सुरु भएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पालना गर्न र संयमता अपनाउन आग्रह समेत गरेको छ।  मधेसका प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्मले सार्वजनिक अपिल मार्फत् साम्प्रदायिक सद्भाव कायम राख्न र संयमता अपनाउन आग्रह गरेका छन्। 

म्याग्दी: धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो ।  योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ९सुविन०, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाउनुभएको हो । स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो । “निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा) को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।” स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताउनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाउनुभयो । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ । छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।