काठमाडौं: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताउनुभयो । आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उहाँले गर्नुभयो । आज प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग भएको भेटमा देशको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पुर्याउनु भएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताउनु भयो । “सयौँ योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ”, उहाँले भन्नुभयो, “पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ ।”
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको बताउनु भयो। एमालेको यो महाधिवेशनमा भएको उपस्थितिलाई कसैले अन्डरमाइन्ड नगरोस् भन्दै उहाँले चेतावनी दिनु भयो। ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो। एमाले भएर देशको अभिभारा पूरा गर्ने उहाँले बताउनु भयो। ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ’, उहाँले भन्नु भयो। ११ औँ महाधिवेशनको सन्देश एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उहाँले बताउनु भयो। एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुने उहाँले बताउनु भयो।
पोखरा: सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् । सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको टेनिस मार्फत जिवनस्तर माथी उठाउनसँगै सामाजमा अनुशासित नागरिक उत्पादन समेत सहयोग पुग्ने बताए । शनिबार पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच लेकसाइडस्थित बैंकका शाखा प्रवन्धक अनिरुद्र बरालले ग्रासरुट प्रशिक्षणमा रहेका ३० जना बालबालिका लाई न्यानो पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गरे । सो अवसरमा उनले गण्डकी टेनिसले टेनिसमार्फत बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेकोले बैंकले सहकार्य गरेको बताए । उनले सहभागि बालबालिकाहरुको उज्जवल भविष्यको कामना गर्दै बैंकले आफ्नो सहकार्यलाई निरन्तरता दिने समेत प्रतिवद्धता जनाए । गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको अध्यक्ष्तामा भएको कार्यक्रममा संघका सचिब लक्ष्मण बरालले समेत आफ्ना भनाई राखेका थिए ।
पोखरा: गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयोजनमा दुईदिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ। पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार, पोखराको सभाहलमा सम्पन्न तालिममा गण्डकी प्रदेशभित्रका विभिन्न शैक्षिकसंस्था पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, पश्चिमान्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस लगायत विभिन्न कलेज र सामुदायिक तथा सार्वजनिक पुस्तकालय र नेपाल पुस्तकालय संघका सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा ३० जनाको लाइब्रेरियनको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। इन्द्रप्रसाद तिवारीबाट सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तिवारीले आगामी दिनमा यस्ता कार्यक्रमहरुमा गण्डकी विश्वबिद्यालयले पनि सक्दो सहयोग तथा सहकार्य गर्ने बताए । तालीममा प्राप्त सिप र ज्ञानको भरमग्दुर प्रयोग गरी आफ्नो वृत्ति बिकास र ब्यक्तित्व बिकास गर्न तलिममा सहभागीहरुलाई शुभकामना दिदै तिवारीले वर्तमान अवस्थामा चुनौतीहरु थपिएको बताए । तालिमको समापन गदैँ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यकारी निर्देशक श्री सुरेन्द्र बाबु तिवारीले पुस्तकालयको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको बताए । सहभागिले दुइ दिनसम्म प्राप्त गरेको ज्ञानल तालिम पछि कार्यक्षेत्रमा जादा कार्यसम्पादनमा सुधार आउने अपेक्षा व्यक्त गरे । त्यसैगरी पोखरा विश्वविद्यालयका सह– प्रध्यापक डा। रबिन्द्र घिमिरेले तालिममा सिकेका ज्ञान र सीपहरूले दैनिक कार्य सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताए। यस्ता तालिमहरूले कर्मचारीहरूको वृत्ति विकास र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने भएकाले तालिम अवधिभर प्रशिक्षक तथा सहजीकरणकर्ताले सिकाएका कुरामा ध्यानपूर्वक मनन गर्नुपर्ने कुरामा उनले जोड दिए । तालिममा पोखरा विश्वविद्यालयका सह– प्राध्यापक डा। रबिन्द्र घिमिरे, वन विज्ञान संस्थाका लाइब्रेरियन सूर्य क्षेत्री, पोखरा विश्वविद्यालयका लाइब्रेरियन तथा नेपाल पुस्तकालय सङ्घका अध्यक्ष मीन कुमारी डल्लाकोटी, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गा प्रसाद आचार्य र पृथ्वीनारायण क्याम्पसका लाइब्रेरियन किशोर सुवेदीले सहजीकरण गरेका थिए। तालिमको संयोजन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सुवर्ण आचार्य तथा नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको तर्फबाट संघका सचिव भुवन ढकालले गरेका थिए ।
पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट ढोरपाटनसम्मको प्रवद्र्धनात्मक कार्यक्रममा निस्कीएको संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दहालले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बाग्लुङमा कास्की, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकका लागि गरिएको अभिमुखीकरण तालिम यस क्षेत्रमा सुरक्षित एवम् गुुणस्तरीय यातायात सेवा सञ्चालनका लागि उपलब्धिपूर्ण बनेको उहाँले बताउनुभयो । कार्यक्रमकै क्रममा बाग्लुुङ, बुर्तिवाङ र ढोरपाटन क्षेत्रका पर्यटन व्यवसायीसँग एक आपसमा पर्यटकीय साझेदारी बढाउने लगायतका विषयमा महत्वपूर्ण छलफलहरू भएको उहाँले जानकारी दिनुभयो । “पोखराबाट ढोरपाटनसम्म ठाउँ ठाउँमा बन्दै र स्तरोन्नति भैरहेका बाटोलाई चाँडो निर्माण सम्पन्न गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “बाटो व्यवस्थित हुन सकेमा पोखराबाट ठूलो संख्यामा पर्यटकहरूलाई ढोरपाटनसम्म पु¥याउन सकिन्छ ।” पर्यटकीय सम्भावना बोकेका ढोरपाटन जस्ता स्थलहरूको पर्यटकीय विकासका लागि प्रवद्र्धन जरुरी रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ अधिकृत युवराज गुरुङले बताउनुभयो । प्रवद्र्धनसँगै तत्तत् ठाउँका पर्यटन व्यवसायीको क्षमता अभिबृद्धि समेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रवद्र्धन कार्यक्रमले पोखरा र ढोरपाटनको पर्यटकीय विकास र साझेदारीमा ठूलो आशा एवम् विश्वास जगाएको संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले जानकारी दिनुभयो । “कार्यक्रमसँगै पोखरा–ढोरपाटनको पर्यटन प्रवद्र्धन र पर्यटकीय साझेदारीका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको हामीले महसुस गरेका छौं”, उहाँले भन्नुभयो, “पर्यटन सम्बद्ध सबै पक्षको एकतावद्ध प्रयाससँगै व्यवसायी व्यवसायी बीचको एकापसमा समन्वय र साझेदारीबाट सबैले फाइदा लिन सकिन्छ ।”
पोखरा: पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५ अंक समेत बटुल्न सफल भएकी छन् । जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी सिभालीले शनिबार सम्पन्न फाइनलमा ताइपेइकी के–ची सुलाई सोझो सेटमा पराजित गरी उपाधि हात पारिन । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उनले दोस्रो सेटमा आफ्नो दबदवा कायम गर्दै ६–१ ले जितिन् । यस्तै गर्ल्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए । यस्तै ब्वाइज सिंगल्समा ताइपेइका नं १ सिडिङ खेलाडी टिङ हो याङले जितेका छन् । १–१ सेटको बराबरीमा रहेको फाइनल खेलमा कोरियाली खेलाडी युल हो जुङ रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए । खेलमा पहिलो सेट युल होले ४–६ ले जिेतका थिए भने दोस्रो सेट ६–४ ले टिङ होले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेट चलिरहँदा युल हो रिटायर्ड हर्ट हुदै मैदान छोडेका थिए । यता ब्वाइज डबल्समा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६९४० ले पराजित गर्दै उपाधि जितेका थिए । दुई साता सम्म लगातार सञ्चालन भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई नेपाल टेनिसका उपाध्यक्ष बिनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङ ९राजु०, नेपाल टेनिसका सचिव अजय विष्ट, कास्की टेनिसका प्रथम उपाध्यक्ष नविन चालिसे, द्वितिय उपाध्यक्ष नविन श्रेष्ठ, कोषाध्यक्ष विष्णु बहादुर थापा, नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्का, आइटिएफ रेफ्रि प्रविन कुमार नायकले मेडल वितरण गरेका थिए । दुई साता सम्म सञ्चालन भएको आठौं संस्करणको आइटिएफ जे३० वर्ल्ड टेनिस टुर प्रतियोगिता सम्पन्न गर्न १८ लाख ७० हजार खर्च भएको जनाउँदै कास्की टेनिसका सचिब भिष्मराज पौडेले सहयोगी संस्थाहरु प्रति आभार प्रकाट गरेका छन् ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी सटले १४ रन थप्दा निरोशन डिकवेलाले १० रन जोडे । सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट हात पार्दा कप्तान दिपेन्द्रसिंह ऐरी र अविनास बोहोराले एकएक विकेट लिए । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए। बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो । सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरीले १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०/१० रन बनाए ।अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरे । ११ ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गरे । यस्तै शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन/तीन तथा तिलक भण्डारीले एक विकेट लिए । सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो । सुदूरपश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो भने लुम्बिनी अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको थियो । सुदूरपश्चिम अघिल्लो सिजनको समेत उपविजेता टिम हो । यो हारसँगै सुदूरपश्चिमले लगातार फाइनल पुगेर हारको सामना गरेको हो ।
पोखरा: गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ । गीतकार प्रतिष्ठानद्वारा शुक्रवार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडियोमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए । गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् । तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सनाइन् । जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअगि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् । भिडियो भिडियोमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडियोका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
पोखरा: १४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा पृथक बनाउने तर्फ जोड दिएका छन । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३१ वटा उपसमितिहरु गठन गरिएको छ । शुक्रबार सम्पन्न बैठकमा वोल्दै १४ औं पोखरा महोत्सव कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवमा विभिन्न उपसमितिहरु गठन भइसकेको र उक्त उपसमितिहरु मध्ये कसैको महोत्सव अगाडि र कसैको महोत्सवको बेलामा काम हुने भएकाले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि सम्पूर्ण उपसमितिहरु तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए । त्यस्तै महोत्सवका अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेलले पोखरा महोत्सव ब्राण्ड बनिसकेकाले यसलाई सफल बनाउनका लागि सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए । पोखरा महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले सामाजिक काम गर्दै आएको हुँदा यसलाई अझै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने गरी महोत्सवमा काम गर्नुपर्ने उनको भनाइ रहेको थियो । झाँकी ¥याली ब्यवस्थापन उपसमिति संयोजक सूक बहादुर गुरुङले महोत्सव पोखराकै मुख्य महोत्सव भएकाले दर्शकहरुको चापलाई मध्येनजर गरी त्यसको तयारीमा लाग्नुपर्नेमा जोड दिए । अनुगमन उपसमिति संयोजक लालकाजी गुरुङले महोत्सवमा वर्षेनी दर्शकहरुको वढ्दो आकर्षण रहेकाले दर्शकहरुको माग अनुसारनै महोत्सवलाई परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए । कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले कलाकार ब्यवस्थापनको काम अगाडी वढिसकेको बताउदै अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि दर्शकको आकर्षणकै केन्द्रमा रहेको कलाकारहरु महोत्सवमा ल्याउने बताए । सचिवालय उप समिति संयोजक शान्त बहादुर थापाले पोखरा महोत्सव आफैमा ब्राण्ड भएकाले यसलाई थप रौनकता दिन आवश्यक रहेको बताए । प्रायोजक व्यवस्गापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले महोत्सवको प्रायोजकहरुको बारेमा टुङ्गो लागिसकेको र छिट्टैनै सम्झौताको कामलाई अगाडी बढाउने बताए । प्रचार प्रसार ब्यवस्थापन उपसमिति संयोजक दिनेश सुनारले महोत्सवको प्रचारप्रसारमा कुनैपनि कमि आउन नदिने गरी आफ्नो तर्फबाट काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले स्टल बुकिङ खुल्ला छिट्टै नै गर्ने गरी तयारी अगाडी बढेको बताए । स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजक सन्तोष कार्कीले अघिल्लो संस्करणको महोत्सवहरुमा जस्तै यसपटक पनि आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताए । ब्यानर ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले ब्यानर संकलनको काम भइरहेको बताए । त्यस्तै स्टेज ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठले यसपटकको महोत्सवमा स्टेज अघिल्ला महोत्सव भन्दा फरक र पृथक हुने बताए । टिकट काउण्टर ब्यवस्थापन उपसमिति संयोजक शिव थापाले यसपटकको महोत्सवमा लाइन लागेरका टिकट काट्ने भन्दापनि आधुनिक प्रविधीको उपयोगलाई जोड दिने बताए । खानेपाली तथा सरसफाई ब्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की(बिजय)ले अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा समेत महोत्सवमा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । अतिथि ब्यवस्थापन उपसमिति संयोजक शान्ति सुवेदीले अथितीको स्वागत सत्कारका लागि कुनैपनि कमि कमजोरी हुन नदिने बताइन । सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्कीले महोत्सवको सुरक्षालाई मध्यनजर गरि महोत्सव स्थलमा अत्याधुनिक सिसिटीभी क्यामेरा जडान र सुरक्षाकर्मी परिचालन गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताए । अतिरिक्त क्रियाकलाप उप समिति संयोजक गणेश खड्काले महोत्सवलाई उत्कृष्ट बनाउन आफु बिगतमा पनि लागि परेको र यसपटक पनि डटेर लाग्ने बताए । पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश थापाले पार्किङ ब्यवस्थापनमा कुनैपनि कमजोरि नहुने बताए । पृष्ठपोषण ब्यवस्थापन उपसमिति संयोजक आनन्द थापाले १४ औं संस्करणको पोखरा महोत्सवलाई अघिल्लो महोत्सवहरु भन्दा पृथक बनाउने सोंचका साथ आफुहरुले काम गरेको बताउदै टिकट, सिजनल पास लगायतका क्षेत्रमा यसपटक अनलाईन माध्यामबाट आफुहरुले काम गर्ने बताए । ट्राफिक व्यवस्थापन उप समिति संयोजक कृष्ण थापा मगरले बिगतका वर्षहरुमा जस्तै यसपटक पनि ट्राफिक ब्यवस्थापनलाई सहज बनाउने गरी काम गर्ने तयारी रहेको बताए । स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरुले महोत्सव अवधिभर स्वास्थ्य जाँचको ब्यवस्थालाई बिगतमा जस्तै निरन्तरता दिने बताए । खाना, खाजा व्यवस्थापन उप समिति संयोजक कृष्ण गौतमले महोत्सव अवधिभर आफुले पाएको जिम्मेवारी पालना गर्ने बताए । मुलद्धार उप समिति संयोजक धनराज गुरुङले अघिल्लो संस्करण देखि आफुले मुलद्धारको काम सम्हालेको र यसपटक पनि उक्त काममै निरन्तरता दिन पाउदा खुसी रहेको बताए । विद्युत व्यवस्थापन उप समिति संयोजक कुशल ढुंगानाले आफु युनाईटटेड क्लब संग जोडिन पाउँदा खुसी भएको बताउदै आफुले पाएको जिम्मेवारी बहन गर्ने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा वोल्दै महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव सफल बनाउनमा विभिन्न उपसमितिहरुको उल्लेख्य भुमिका रहने भएकाले सम्पूर्णले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । पोखरा महोत्सव सम्पूर्णको एकतामा सफल हुँदै आएको आफुलाई स्मरण रहेको बताउदै बिगतका महोत्सवलाई जस्तै १४ औं संस्करणको पोखरा महोत्सवलाई समेत भब्य र सभ्य बनाउन सम्पूर्णको साथ र सहयोग रहनेमा आफु विश्वस्त रहेको थापाको भनाइ रहेको थियो ।

