कञ्चनपुर: नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ । सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला र सम्मानपत्रसहित रु ५१ हजार पुरस्कार प्रदान गर्नुभयो । त्यसअघि ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो । उहाँलाई सम्मान गर्दै मन्त्री भण्डारीले खेलका माध्यमबाट मुलुकको परिचान अन्नरराष्ट्रियस्तरमा पु¥याउने र विश्वकीर्तिमान राख्नेगरी खेल्न शुभकामना दिनुभयो । “अझै विश्व कीर्तिमान राख्न सफल हुनुहोला शुभकामना छ”, ऐरीलाई सम्मान गर्दै मन्त्री भण्डारीले भन्नुभयो । नेपालका ‘ब्याटिङ अलराउण्डर’ ऐरीले विश्वक्रिकेटमा दुलर्भ कीर्तिमान बनाएका छन् । ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मङ्गोलियाविरुद्ध टी–२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका हुन् । त्यसअघि भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । सिंहले बनाएको उक्त कीर्तिमानलाई ऐरीले तोडिदिएका हुन् । साथै अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा छ छक्का हान्ने खेलाडीको सूचीमासमेत ऐरीको नाम छ । दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए । गृहनगरमा उद्योग वाणिज्य सङ्घले गरेको सम्मानले खेलाडीलाई प्रोत्साहन मिलेको उहाँले बताउनुभयो । “यसरी गृहनगरमा खेलाडीको आत्मबल बढाउने गरी गरिएको सम्मानले मनोबल उच्च बनाएको छ । साथै अन्य खेलाडीलाई पनि यसबाट प्रोत्साहन मिलेको विश्वसा छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय कञ्चनपुरमा क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएकोले राज्यले खेलकुदका पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।” ऐरी ब्याटिङमा मात्रै नभई बलिङ र फिल्डिङमा पनि अब्बल मानिन्छन् । ऐरी आइसिसीको टी–२० आई वरियता अलराउण्डरतर्फ शीर्ष छ मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनीबाहेक नेपाली क्रिकेटमा कुनै पनि वरियता शीर्ष–२० पार लगाउन सकेका छैनन् । नेपाली क्रिकेटको उर्भर भूमि कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर भानुचोकमा दीपेन्द्रको परिवारको बसोबास छ ।
सुनसरी: पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ । शनिबार इटहरी रङ्गशालामा भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच भएको खेलमा सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको हो । मच्छिन्द्र क्लबका खेलाडी मल्लिक हिसुबले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ८५औँ मिनेटमा ओमोलाजा नुरेन हरेनले गोल गरेका थिए त्यही गोल निर्णायक बन्न पुग्यो । यो उपाधिसँगै मच्छिन्द्र क्लबले रु १० लाख पुरस्कार र उपविजेता सगरमाथाले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की घोषित भएका छन् । उनलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको छ । आजको खेलको ‘म्यान अफ दी म्याच’ सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिद्धारा आयोजित घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १० गतेसम्म सञ्चालन भएको थियो । समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँपुल हुँदै घान्द्रुक आउने सडक सहज बन्दै गएकाले यहाँ आउने पर्यटक आउने र फर्किने चिन्ताको विषय भएको बताए । ‘नयाँपुल हुँदै घान्द्रुक आउने सडक अहिले निर्माणधिन रहेको छ, घान्द्रुक आउने पर्यटकलाई सहज बन्दै छ, घान्द्रुक आउने सडक सहज बन्दै गर्दा यहाँ आउने पर्यटक आउने र फर्कि हाल्न चिन्ताको विषय बनेको छ, सांसद बरालले भने, ‘घान्द्रुक आउने पर्यटकको बसाई लम्बाउन हामीले योजना बनाउन जरुरी छ, घान्द्रुकको परम्परागत मौलिक घर,संस्कृति जोगाउन आवश्यक छ ।’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुकलाई पर्यटनको हव बनाउन समिति क्रियाशिल रहेको बताए । ‘घान्द्रुकलाई पर्यटकको हव बनाउन हाम्रो समिति क्रियाशिल रहेको छ, घान्द्रुकको मौलिकता र संस्कृति नै पर्यटकहरुको रोजाई हुन्, अध्यक्ष गुरुङले भने, ‘घान्द्रुकबाट देखिने आर्कषक हिमशृङ्खला र चक्रिय पदमार्गको विकास गर्न सके पर्यटकको बसाई लम्बाउन सकिन्छ भन्ने विश्वासका साथ काम गरिरहेका छौं ।’ रेन्बो होटल पोखरा र किङ्स क्लबलाई भलिबलको उपाधि घान्द्रुकमा सम्पन्न भएको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले जितेको छ । घान्द्रुकको मेश्रम बराह माविको भलिबल कोर्टमा सम्पन्न भएको फाइनल खेलमा रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले अन्नपूर्ण युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले १ लाख २२ हजार २ सय २२ र उपविजेता भएको अन्नपूर्ण युथ क्लबले र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गरे । यस्तै भेन्ट्रान्सतर्फ किङ्स क्लब अफ पोखराले अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समितिलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको छ । उपाधि जितेको किङ्स क्लबले नगद ३० हजार र उपविजेता भएको अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समितिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । गण्डकी प्रदेशलाई बास्केटबलको उपाधि यस्तै घान्द्रुक पर्यटन महोत्सवमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा गण्डकी प्रदेशले अन्नपूर्ण युथ क्लब किम्चेलाई ६६–५२ ले पराजित गदै उपाधि जितेको हो । उपाधि जितेको गण्डकी प्रदेशले १ लाख २२ हजार २ सय २२ र उपविजेता भएको अन्नपूर्ण युथ क्लबले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गरे । शुक्रबार सम्पन्न भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भएका थिए । उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको थियो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम भएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भए । उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए । भलिबलको दुवै विधाको फाइनल शनिबार घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको उपाधिका लागि अन्नपूर्ण युथ क्लब र पोखरा भलिबल प्रशिक्षण केन्द्र भिड्ने महोत्सव संयोजक अमृत लामा गुुरुङले जानकारी दिए । यस्तै भेन्ट्रान्स भलिबलतर्फ किङ्स क्लब अफ पोखरा र अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समिति उपाधिका लागि भिड्ने छन् । भलिबलको दुवै विधाको फाइनल खेल शनिबार हुने महोत्सव संयोजक गुरुङले जानकारी दिए । यस्तै बास्केटबलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेलमा मेश्रम युथ क्लब र टिम समाकुसी भिड्ने छन् । यस्तै दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र अन्नपूर्ण युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।
काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजत गरेको थियो । नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस नतिजासँगै नेपालले ६ अङ्क बटुलेको छ । चार देश सहभागी प्रतियोगितामा नेपालले यही फागुन ११ गते म्यानमारसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे हुनेछ । त्यस्तै सोही दिन दिउँसो २ बजे हुने पहिलो खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु भएको छ । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो दिन २ खेल सम्पन्न भएको छ । पहिलो खेलमा माछापुच्छ«े घान्द्रुकले आयोजक रातोलाई २–० को सेटमा पराजित ग¥यो । दोस्रो खेलमा अन्नपूर्णले आयोजक निलोलाई २–० को सेटमा पराजित ग¥यो । ५ टिमको सहभागिता रहेको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए । यस्तै पुरुष बास्केटबलतर्फ पहिलो खेलमा घान्द्रुक टुरिजमले टिम घान्द्रुकलाई ३०–२० ले पराजित ग¥यो । दोस्रो खेलमा टिम सामाकुसीले सिक्लेस युवा क्लबलाई ३८–३६ ले पराजित ग¥यो । तेस्रो खेलमा गण्डकी प्रदेशले माछापुच्छ«े युवा क्लबलाई ४१–२७ ले पराजित ग¥यो । चौथो खेलमा मेश्रम युवा क्लब कोट गाउँ घान्द्रुकले अन्नपूर्ण युवा क्लब किम्चेलाई २७–१८ ले पराजित ग¥यो । महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु भइरहेका छन् । महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै दुई खेलबाट छ अङ्क बटुलेको म्यानमारको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । म्यानमारले यसअघि लेबनानलाई ३–१ गोलअन्तरले हराएको थियो । कीर्गिस्तान भने जितविहीन रहेको छ । यसअघि कीर्गिस्तान नेपालसँग १–० गोलअन्तरले पराजित भएको थियो । आज म्यानमारको जितमा युन वादी एलाइङ र मे हेट लुले समान दुई÷दुई गोल गरे भने सानदार लिनले एक गोल थपिन् । युनले खेलको दोस्रो मिनेटमै नै गोल गरिन् । त्यस्तै खेलको ३०औँ मिनेटमा सानदारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको ३६औँ मिनेटमा नै मे हेटले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाइन् । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा युनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाइन् । खेलको दोस्रो हाफमा मे हेटले अर्को गोल गरिन् । खेलको ४९औँ मिनेटमा मे हेटले गोल गरेसँगै म्यानमार ५–० ले विजयी भयो । उक्त प्रतियोगिताअन्तर्गत आजै साँझ ६ बजे हुने अर्को खेलमा नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा: हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद ५० हजार मेडल र ट्रफि प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्यासदनका सुमित मल्ल बने । त्यसै गरी हाइस्कोरर कास्की मोडनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोडनाइज कै कुसल गिरी बन्न सफल भए । कजेज तर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउदै उपधि जितेको छ । इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । इन्फोम्याटिक्स कलेजका नारन पुन ३, मन्दिप राजभण्डारी र निश्चिल घिमिरले एक एक गोल गरे । पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक एक गोलको योगदान दिए । इन्फोम्याटिक्स कलेजले उपाधि सगँ नगद २० हजार, मेडल, ट्रफि प्राप्त गर्दा पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजार, मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । मंगलबार भएको विद्यालय तर्फको खेलमा बिजयी कास्की मोडनाइज, गुरुकुल विद्यासदन फाइनल प्रबेश गरेका छन् । त्यसै गरी कलेज तर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइन प्रबेश गरेका छन् । स्कुल तर्फ कास्की मोडनाइज एकेडेमीले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराउदै फाइन प्रबेश गरेको छ । अर्को खेलमा गुरुकुल विद्यासदनले अरनिको इङलिस बोडिङ स्कुल तनहुँलाई ८–४ गोलको फराकीलो अन्तरले हरायो । कलेज तर्फको फुटसलमा इन्फोम्टिक्स कलेजले इन्फोम्यक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टलाई ९–२ गोलको फराकीलो अन्तरले हराउदै फाइनलको यात्रा तय गरेको छ । अर्को खेलमा पोखरा कलेज अफ म्यानेजम्यान्टले ला ग्याण्डी इन्टरनेस्नल कलेजलाई ६–२ गोल अन्तरले हराउदै फाइनको यात्रा तय गरेको छ । फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।

