पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आज ७ खेल सम्पन्न भएका छन् । ‘ हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज (बुधबार) भएको पहिलो खेलबाट गोल्डेन नाइटले बिटी टिम ‘सि’ लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको विनोद गुरुङले जानकारी दिए ।   उनका अनुसार गोल्डेनको जीतमा सनिज थापाले निर्णायक गोल गरे ।   यस्तै दोस्रो खेलमा हाम्रो एफसीको अनुपस्थितिमा लामागाउँ गुम्बा टिम ‘बि’ विजयी बन्यो ।   एलसी ब्रदर्श बि र जि नाइन घाचोकबीच भएको तेस्रो खेल १–१ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एलसी ब्रदर्श विजयी बन्यो ।   चौथो खेलमा बिग सिटी लेकसाइडले टुंडिखेल एफसीलाई ३–० गोल अन्तरले हरायो । लेकसाइडको जीतमा आयुष थापाले ह्याट्रिक गरे ।   पाँचौ खेल क्य्रास एफसीले चन्द्र सूर्यलाई ३–१ गोलले हरायो ।     क्य्रासको जीतमा सचिन गुरुङ, इश्वर बाँनिया र उत्सव श्रेष्ठले समान १÷१ गोल गरे । भने, चन्द्र सूर्यलाई करण तामाङले १ गोल फर्काए ।     छैटौं खेलमा माछापुच्छ्रे त्रिशक्तिले गहते एफसी बागलुङलाई १–० गोल अन्तरले पराजित गर्याे ।  त्रिशक्तिको जीतमा मनिष ठकुरीले निर्णायक गोल गरे ।   यसैगरी आज भएको अन्तिम खेलमा रामघाट एफसीले लेकसिटी एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्याे ।   रामघाटको जीतमा रोशन छन्त्याल, भिषण गुरुङ, शिव सुवेदी र आषिश गुरुङले समान १÷१ गोल गरे । भने, लेकसिटीका लागि बिक्की गुरुङले १ गोल फर्काए ।    भोलि (बिहीबार) पनि पहिलो चरणकै खेलहरु हुने क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए ।    कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए ।    उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७÷७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।  

पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे ।    उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकार दिए ।    उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे  ।    यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित ग¥यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे ।   भोलि पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।   युवाहरुलाई खेलकुदमा जोड्न गृहमन्त्री लेखकको जोड   प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले राजनीतिकमीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक रहेको बताए ।      ‘खेलकुदले सबैलाई अनुशासनमा राख्छ । अहिले राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न जरुरी देखिएको छ, गृहमन्त्री लेखकले भने, ‘खेलकुदले आपसी सद्भाव कायम गर्छ । खेलकुद राष्ट्र र स्वास्थ्यका लागि अनिवार्य छ ।’   गृहमन्त्री लेखकले अहिले युवाहरु कुलतमा फसिरहेकाले युवा क्लबहरुले जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे ।    ‘अहिले युवाहरु लागूऔषधमा फसिरहेका छन् । युवा क्लबहरुले लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ, उनले भने, ‘युवाहरुलाई लागूऔषधबाट जोगाउन खेलकुद, अध्ययन, समाजसेवासँगै राजनीतिमा जोड्न आवश्यक छ ।’   बुद्धटोल युवा क्लबको आयोजनामा पोखरामा आजबाट सुरु भएको आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ ।      प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए ।    उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा:     सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् । तनहुँको पुर्कोटका सनिश विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक जना राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान यो‌ पुरस्कारबाट सम्मानित भइसकेका छन् । प्रतियोगिता उद्घाटन अवसरमै मंगलवार सनिशलाई उत्कृष्ट सम्मान गरिनेछ ।

पोखरा:    ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा बगर भाइखलकद्वारा आयोजित १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।   तिन वटा उमेर समूहमा (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि)  भएको प्रतियोगिताको ४० वर्षतर्फ ब्रदरहुड काठमाडौं च्याम्पियन बनेको छ ।   फाइनल खेलमा गार्डेन एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो ।   उपाधि जितेको ब्रदरहुडले नगद रु २ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गार्डेनले नगद रु १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे  । उक्त विधामा ब्रदरहुड भेट्रान्सका बुद्धराज लिम्बु सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।    यस्तै सोही टिमकै गोलरक्षक मिन बहादुर बस्नेत, सोही टिमकै अंगुर कुमार खड्की उत्कृष्ट स्ट्राइकर, गार्डेनका विनोद गुरुङ उत्कृष्ट मिडफिल्डर, सोही टिमकै किरण गुरुङ उत्कृष्ट डिफेण्डर र ब्रदुहुडका कोमल खवास उत्कृष्ट प्रशिक्षकबाट पुरस्कृत भए ।   यस्तै ५० वर्ष उमेरसमूहतर्फ बानेश्वर भेट्रान्सले हेटौडा भेट्रान्सलाई ५–० गोल अन्तरले पराजित गर्दै बोनेश्वरले उपाधि जित्यो ।    उपाधि जितेको बानेश्वरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उक्त विधाबाट  बानेश्वरका हरिहर थापा सर्वाेत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भए ।    ६० वर्षतर्फ युके मास्टर्स देहरादुनले सिडिएफए चितवन भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै च्याम्पियन बन्यो । युके मास्टर्सले उपाधिसँगै नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने, उपविजेता चितवन भेट्रान्सलाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।   उनका अनुसार उक्त विधामा देहरादुनका भरत घोसाई सर्वाेत्कृष्ट खेलाडी बने ।   प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, चिरायु नेशनल अस्पतालका प्रतिनिधि, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना पोखरा १ का वडाध्यक्ष साहरा प्रधान, तमु धि युकेका प्रतिनिधि, बगर भाइखलक युकेका प्रतिनिधि, भाइखलकका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।    गत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखरा लगातयका ३९ टिमको सहभागिता रहेको थियो ।

पोखरा:     ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको फाइनल सोमबार सोमबार हुने भएको छ ।   त्यसका लागि तिन वटै उमेर समूहतर्फको (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) उपाधिका दाबेदार टिमको टुंगो लागेको क्लबका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।   उनका अनुसार ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी पोखरा र ब्र्रदरहुड कामाण्डौंं उपाधिका लागि भिड्नेछन् ।    यस्तै ५० वर्ष उमेरतर्फ हेटौडा भेट्रान्स र फ्रेण्डसिप काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । भने, ६० वर्षतर्फ सिडिएफए चितवन र मास्टर्स देह्रादुन भारतबीच प्रस्पिर्धा हुनेछ ।   ६० वर्षतर्फको फाइनल खेल बिहान १० बजे, ५० वर्षतर्फको फाइनल ११ बजे र ४० वर्षतर्फको फाइनल खेल दिउँसो ३ बजे सञ्चालन हुने भाइखलकका महासचिव मनकाजी गुुरुङले बताए ।    उनका अनुसार सो प्रतियोगिताको समापन गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गर्नेछन् ।   प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।    

पोखरा:    लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी (सेतो)ले जितेको छ ।  आइतबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको फाइनल खेलमा लिभिक एफसी (बी)लाई ट्राइवेकरमा २–३ को गोल अन्तरले हराउँदै रामघाटले उपाधि हात पारेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसक्दा उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो । गोलकिपर प्रविन गुरुङले लिभिकका खेलाडीको प्रहार रोक्न सफल हुदाँ रामघाटले उपाधि जित्न सफल भयो ।   जीतसँगै रामघाटले १ लाख ४० हजार सहित प्रतियोगिताको ट्रफि हात पारेको छ, भने उपबिजेता लिभिकले ८५ हजार नगद र ट्रफिमा चित्त बुझाएको छ । फाइनल खेलमा सुरुदेखी नै लिभिकलाई दवाबमा राखेको रामघाटका खेलाडीहरुको धेरै प्रहार बिफल भएको थियो । टाईब्रेकरमा रामघाटका गोलकिपर प्रविन गुरुङ चम्किएपछि लिभिक स्तब्ध भयो । खेलमा सर्वोत्कृष्ट खेलाडी रामघाटका सुशन गुरुङ घोषित भए । यस्तै रामघाटकै विशान गुरुङ सर्वोत्कृष्ट मिडफिल्ड र प्रविन गुरुङ सर्वाधिक गोलकर्ता भए ।  लिभिकका संगम ठकुरीले सर्वोत्कृष्ट डिफेन्डर घोषित भए भने माछापुच्छ«े त्रिशक्तीका मनिस ठकुरी सर्वोत्कृष्ट गोलकर्ता घोषित भए । यस्तै अनुशासित टिम घोषणा भएको माछापुच्छ«े त्रिशक्तीले ट्रफी प्राप्त गर्यो । विधागत तर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैया र ट्रफी प्राप्त गरे । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा यही माघ १३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका वडानम्बर १३ का अध्यक्ष किरण बराल, वडानम्बर २६ का अध्यक्ष नरेन्द्र थापा, समितिका अध्यक्ष अब्वास अलिमियाँ लगायतले मेडल, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

पोखरा:    पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।  पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने । महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ पुलिसले गण्डकी प्रदेश र महिलातर्फ टाइगर ग्रुपले एपिएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।

काठमाडौं:    महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आजको खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल आजको खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्‍सले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले २३ रन जोडिन । नेपालका सिता रानामगरले ५, मनिषा उपाध्यायले २ र कविता जोशी र इन्दु वर्माले १र१ विकेट लिए ।

पोखरा:    गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो । पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो ।  पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो । चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो ।  उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो । यसअघि भएको महिलातर्फको फाइनलमा शसस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।