पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम भएका छन् ।  घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भए ।  उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए ।  भलिबलको दुवै विधाको फाइनल शनिबार  घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको उपाधिका लागि अन्नपूर्ण युथ क्लब र पोखरा भलिबल प्रशिक्षण केन्द्र भिड्ने महोत्सव संयोजक अमृत लामा गुुरुङले जानकारी दिए ।  यस्तै भेन्ट्रान्स भलिबलतर्फ किङ्स क्लब अफ पोखरा र अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समिति उपाधिका लागि भिड्ने छन् । भलिबलको दुवै विधाको फाइनल खेल शनिबार हुने महोत्सव संयोजक गुरुङले जानकारी दिए ।  यस्तै बास्केटबलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेलमा मेश्रम युथ क्लब र टिम समाकुसी भिड्ने छन् । यस्तै दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र अन्नपूर्ण युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।   पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।  घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।     

काठमाडौं:  नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।       प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजत गरेको थियो ।       नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस नतिजासँगै नेपालले ६ अङ्क बटुलेको छ ।       चार देश सहभागी प्रतियोगितामा नेपालले यही फागुन ११ गते म्यानमारसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे हुनेछ । त्यस्तै सोही दिन दिउँसो २ बजे हुने पहिलो खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु भएको छ ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो दिन २ खेल सम्पन्न भएको छ । पहिलो खेलमा माछापुच्छ«े घान्द्रुकले आयोजक रातोलाई २–० को सेटमा पराजित ग¥यो । दोस्रो खेलमा अन्नपूर्णले आयोजक निलोलाई २–० को सेटमा पराजित ग¥यो ।  ५ टिमको सहभागिता रहेको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।  यस्तै पुरुष बास्केटबलतर्फ पहिलो खेलमा घान्द्रुक टुरिजमले टिम घान्द्रुकलाई ३०–२० ले पराजित ग¥यो । दोस्रो खेलमा टिम सामाकुसीले सिक्लेस युवा क्लबलाई ३८–३६ ले पराजित ग¥यो ।  तेस्रो खेलमा गण्डकी प्रदेशले माछापुच्छ«े युवा क्लबलाई ४१–२७ ले पराजित ग¥यो । चौथो खेलमा मेश्रम युवा क्लब कोट गाउँ घान्द्रुकले अन्नपूर्ण युवा क्लब किम्चेलाई २७–१८ ले पराजित ग¥यो ।  महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु भइरहेका छन् । महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।  पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।  घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।     

काठमाडौं:   अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई पराजित गरेको छ ।       त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै दुई खेलबाट छ अङ्क बटुलेको म्यानमारको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।            म्यानमारले यसअघि लेबनानलाई ३–१ गोलअन्तरले हराएको थियो । कीर्गिस्तान भने जितविहीन रहेको छ ।  यसअघि कीर्गिस्तान नेपालसँग १–० गोलअन्तरले पराजित भएको थियो ।            आज म्यानमारको जितमा युन वादी एलाइङ र मे हेट लुले समान दुई÷दुई गोल गरे भने सानदार लिनले एक गोल थपिन् । युनले खेलको दोस्रो मिनेटमै नै गोल गरिन् । त्यस्तै खेलको ३०औँ मिनेटमा सानदारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।            त्यसपछि खेलको ३६औँ मिनेटमा नै मे हेटले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाइन् । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा युनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।           खेलको दोस्रो हाफमा मे हेटले अर्को गोल गरिन् । खेलको ४९औँ मिनेटमा मे हेटले गोल गरेसँगै म्यानमार ५–० ले विजयी भयो । उक्त प्रतियोगिताअन्तर्गत आजै साँझ ६ बजे हुने अर्को खेलमा नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदैछ । 

पोखरा:   हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद ५० हजार मेडल र ट्रफि प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्यासदनका सुमित मल्ल बने । त्यसै गरी हाइस्कोरर कास्की मोडनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोडनाइज कै कुसल गिरी बन्न सफल भए । कजेज तर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउदै उपधि जितेको छ । इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । इन्फोम्याटिक्स कलेजका नारन पुन ३, मन्दिप राजभण्डारी र निश्चिल घिमिरले एक एक गोल गरे । पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक एक गोलको योगदान दिए । इन्फोम्याटिक्स कलेजले उपाधि सगँ नगद २० हजार, मेडल, ट्रफि प्राप्त गर्दा पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजार, मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।  

पोखरा:  उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । मंगलबार भएको विद्यालय तर्फको खेलमा बिजयी कास्की मोडनाइज, गुरुकुल विद्यासदन फाइनल प्रबेश गरेका छन् । त्यसै गरी कलेज तर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइन प्रबेश गरेका छन् ।    स्कुल तर्फ कास्की मोडनाइज एकेडेमीले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराउदै फाइन प्रबेश गरेको छ । अर्को खेलमा गुरुकुल विद्यासदनले अरनिको इङलिस बोडिङ स्कुल तनहुँलाई ८–४ गोलको फराकीलो अन्तरले हरायो । कलेज तर्फको फुटसलमा इन्फोम्टिक्स कलेजले इन्फोम्यक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टलाई ९–२ गोलको फराकीलो अन्तरले हराउदै फाइनलको यात्रा तय गरेको छ ।    अर्को खेलमा पोखरा कलेज अफ म्यानेजम्यान्टले ला ग्याण्डी इन्टरनेस्नल कलेजलाई ६–२  गोल अन्तरले हराउदै फाइनको यात्रा तय गरेको छ ।   फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।

काठमाडौं:  अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।  नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।  अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ । 

पोखरा:  कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन १३ देखि १५ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ ।  चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन १३ देखि महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।  ‘मादी गाउँपालिका–६ चिप्ली गाउँमा सामजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३७ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ उनका अनुसार महाशिवरात्री मेलामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता,छेलो, रस्साकस्सी, टोलस्तरीय बास्केटबल प्रतियोगिता र, घैटो फुटाई प्रतियोगिता आयोजना गरिएको छ ।  क्लबका अध्यक्ष गुरुङका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ७० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र फेटाले सम्मान गरिने क्लबका अध्यक्ष गुरुङले बताए ।  यस्तै मेलाको अवसरमा टोल स्तरीय पुरुष बास्केटबल प्रतियोगिता समेत आयोजना गरिएको छ । बास्केटबल प्रतियोगिताको विजेतालाई बोका र उपविजेतालाई भाले, मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गर्ने आयोजकले जनाएको छ ।  मेलाको अवसरमा आयोजित घैटो फुटाई प्रतियोगिताको विजेताले ३ हजार रुपैयाँ र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । मेलामा आयोजित छेलो, रस्साकस्सी, टोलस्तरीय पुरुष बास्केटबल प्रतियोगिता र घैटो फुटाई प्रतियोगितामा दर्ता शुल्क निशुल्क रहेको क्लबका सचिव अमृतमान गुरुङले बताए ।  फागुन १३ देखि १५ गतेसम्म सञ्चालन हुने महाशिवरात्री मेलामा राष्ट्रिय तथा पोखराको आदिमकला मञ्चका कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरुसमेत आयोजना गरिएको क्लबका सचिव गुरुङले बताए ।  महाशिवरात्री मेलाको मुख्य प्रायोजकमा मादी गाउँपालिका र सहप्रायोजकमा चिप्ली समाज युके रहेको क्लबका निवर्तमान अध्यक्ष विशाल गुरुङले जानकारी दिए ।  ‘महाशिवरात्री मेलालाई स्थानीय सरकार मादी गाउँपालिका मुख्य प्रायोजक र सहप्रायोजकमा चिप्ली समाज युके रहेको छ’, गुरुङले भने, ‘मेलाको अवसरमा आयोजित प्रतियोगिताले आपसी भाइचारासँगै ग्रामिण क्षेत्रबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ फागुन १३ देखि १५ गतेसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटन १४ गते मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले गर्ने क्लबका निवर्तमान अध्यक्ष गुरुङले बताए ।  कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका–६ चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक, तप्राङ हुँदै चिप्ली गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारी यात्रामा १ घण्टामा नै चिप्ली गाउँमा पुग्न सकिन्छ ।   

काठमाडौं:   प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ ।   यही फागुन ११ गतेदेखि शुरू हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए ।   आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् ।   प्लेट च्याम्पियनसिपका खेल फागुन ११ गतेदेखि र फागुन १४ देखि एलाइट कप सञ्चालन हुने छ । प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्ने छन् । सोही दिन हुने अर्को खेलमा डडेल्धुरा र डोटी खेल्ने छन् ।   फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ आमनेसामने हुने छन् । फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ ।   प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनोट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्ने छन् ।   फागुन १५ गते प्लेट च्याम्पियन र अछाम, फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर, फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन, फागुन १९ गते कैलाली र अछाम, फागुन २० गते प्लेट च्याम्पियन र कैलाली, फागुन २१ गते बैतडी र कञ्चनपुर, फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्ने छन् ।   फागुन २४ गते प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।   प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ ।