पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौँ:  नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन  समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’   प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा सबै समाजका पात्र नै आउने हुन्’ आईजीपी कुँवरले भने–‘यहाँ सुधार आवश्यक छ, अब बाटो बिराएकाहरू सुध्रिनुको विकल्प छैन ।’   विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै नवनियुक्त आईजीपी कुँवरले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने बताए ।   प्रहरीको वृत्ति विकासमा अवसरको पहुँचमा निष्पक्षता कायम गर्ने कुँवरले दाबी गरे । ‘यहाँ सुधार आवश्यक छ’ कुँवरले भने–‘ अब त्यसका लागि दिन गनेर बस्ने अवस्था छैन ।’ अनुचित प्रभाव र दबाबका सामु कहिल्यै सम्झौता नगर्ने कुँवरले बताए ।

बुटवल:  लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।    लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले  जानकारी दिए ।   लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।   माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् । 

पोखरा:  तपाईले एउटा पुस्तक कति पटक सम्म पढ्नुहुन्छ ? वाहा ! लागेका किताबहरु अवश्य दोेहोर्याइ तेहेर्याइ वा बढी पढ्नुहुन्छ । प्रिय लागेका पुस्तकहरु साथमै राखिरहन मन लाग्छन् । अझ अरुले पनि उक्त किताबहरु पढुन् भन्ने हुन्छ । यदि तपाईसँग पनि पुस्तकहरु छन् र अरुले पनि त्यो पढुन् भन्ने लाग्छ भने अब पोखराको लेकसाइडमा रहेको बुक बक्समा लगेर राखिदिनुहोस् । त्यहाँ राखिएका अन्य पुस्तकहरु तपाईले घरमै ल्याएर पढ्न पनि सक्नुहुन्छ । यसका लागि तपाईले कुनै शुल्क तिर्नुपर्दैेन । बुक बक्सकोे मुख्य उद्धेश्य नै निशुल्क पुस्तक आदानप्रदान हो । विशेषतः नेदरल्याण्डकोे राजधानी एम्सटर्डम बुक बक्सका लागि चर्चित छ । एम्सटर्डमका विभिन्न मार्ट, गल्ली वा अन्य सार्वजनिक स्थलहरुमा बुक बक्स राखिएका छन् । यो कन्सेप्ट गज्जब लाग्यो, जुना श्रेष्ठलाई । श्रेष्ठले ‘प्ले टु हेल्प’ नामक संस्थाकी एक साथीसँग योे कन्सेप्ट नेपालमा पनि सुरु गर्नेबारे कुरा गरिन् । अन्ततः पर्यटकिय नगरी पोखराबाट बुक बक्सको सुरुवात गर्ने निर्णय भयो । श्रेष्ठले शनिबार लेकसाइडस्थित दोर्जेज बार एण्ड ग्रिलको आडैमा बुक बक्सको स्थापना गरेकी छिन् । छिट्टै नै पोखराका अन्य २ स्थानहरुमा पनि बुक बक्स राखिने उनले बताइन् । ‘सुरुमा लाइब्रेरी बनाउने कि भन्ने पनि थियो । एम्सटर्डममा बुक बक्स देखिसकेपछि यस तर्फ आकर्षित भएँ’, उनले भनिन्,‘यसले रिडिङ कल्चरमा हेल्प त गर्ने नैै भयोे सँगै पुस्तक रुचाउनेहरुका लागि पनि आदानप्रदानका लागि सहज हुने छ ।’ बुक बक्सको प्रयोगबारे श्रेष्ठ प्रष्ट्याउँदै भन्छिन्,‘हामीले यहाँ बक्स राखेका छौेँ । यो बक्समा पुस्तकहरु छन् । हरेर मन परेकोे पुस्तक तपाइले घरमै लगेर पढ्न सक्नुहुन्छ । पढिसकेपछि यहि ल्याएर राखिदिए हुन्छ । अब तपाईसँग पुस्तकहरु छन् र अरुले पनि पढुन् भन्ने लाग्छ भन्ने भएको पुस्तकहरु यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ । योे सबै निशुल्क हो ।’

काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।   अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।   शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।   शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।   शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन्। चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।    महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन्। महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए। सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन्।   यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन्। यस्तै अध्यक्ष लामाले पुनः  सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए।   महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन्।   छयात्तर जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । विसं २०३८ मा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो । 

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले प्रतिबन्धित लागु औषध गाँजा १८८.९ के.जी बरामद गरेको छ।   गएराति विशेष सूचनाको आधारमा सर्लाही, मलंगवा न.पा.-११ गम्हरीयास्थित झिम खोला बाँध ईलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजादै गरेको गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।     १० गण नम्बर गणबाट खटिएको १५ जनाको गस्ती टोलीलाई देखेपछि प्रतिबन्धित २० पोका छाडी व्यक्तिहरु फरार भएका छन्। 

नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएपछि नेकपा एमाले यहाँ कमजोर भएको छ  ।    माओवादी मन्त्रीहरु बाहिरिएपछि अब ठूलो दलको हिसाबले नेपाली कांग्रेस प्रदेशको सरकारमा दाबी गर्दैछ । सरकार धरापमा परेपछि बहिर्गमनको बाटो रोज्नुपर्ने भएपनि मुख्यमन्त्री खगराज अधिकारी हार मानिहाल्ने मुडमा छैनन् ।    मुख्यमन्त्री अधिकारी निकटकाअनुसार एमालेले अझैपनि माओवादीसँग सत्ता समीकरण गर्न चाहिरेको छ । निकटस्थ भन्छन् ‘अधिकारीको चाहना माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश सरकारमा रहनेछ ।’   उक्त योजनालाई मूर्तरुप दिन मुख्यमन्त्री अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादमा छन् । स्रोतका अनुसार माओवादीलाई मुख्यमन्त्री दिएर सत्ता टिकाउने एमालेको बलियो अस्त्र हो ।   ‘माओवादी कांग्रेससँग मिले पनि पाउने भनेको हालकै पोर्टफोलियो हो’ स्रोत भन्छ ‘उसले कुनैपनि हालतमा मुख्यमन्त्री पाउँदैन, तर हाम्रो अफर माओवादीलाई झनै फाइदामूलक हुनेछ ।’   एमालेले यस्तो योजना बनाएपनि यसको निर्णय केन्द्रबाटै हुने बताइन्छ । यता माओवादीलाई भने एमालेको प्रस्ताव स्वीकार्न सहज छैन । प्रदेशसभाका एक सांसदले भने ‘जहाँसम्म एमालेले त्यस्तो प्रस्ताव नराख्ला तर राखेपनि यहीबाट निर्णय गर्ने सम्भावना छैन ।’   उनका अनुसार आगामी सरकारमा को–कहाँ हुने भन्ने निर्णय प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्र्णयमा निर्भर छ ।    यद्यपि, एमालेले मुख्यमन्त्री दिने प्रस्ताव भने माओवादीलाई लाभदायक हुने उनले उल्लेख गरे ।    एमालेको यो योजना सफल नभएपनि सत्ता छाडिहाल्नेतर्फ मुख्यमन्त्री अधिकारीले सोच बनाइसकेका छैनन् । ‘उहाँ अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा हुनुहुन्छ’ उनले भने ।   गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ । 

पोखरा:  पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् ।  उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन ।  ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्रको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने हाते होजियारी तालिम समापन समारोहका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै गुरुङले आर्थिक पाटो बलियो बनाई महिला सशक्तिकरणलाई सवल र सक्षम बनाउन जोड दिइन ।   पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य एवम् महिला उद्यमी उपसमितिकी संयोजक बन्दना कार्की के.सी.ले पोखरालाई कोसेली घर चाहिएको छ, सिकेको सिपलाई उत्पादनमा रूपान्तरण गरी व्यवसाय सञ्चालन र उद्यमशील बन्ने वातावरण तयार गर्न आफू प्रतिवद्ध रहेको जनाइन् ।  मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले जाँगर चलाए असम्भव भन्ने केही छैन्, कोसिसले नै सम्भावनाका ढोका खुल्छन्, आध्यात्मिक केन्द्रले आफ्ना साधकलाई आफ्नै खुट्टामा उभिन पहल गर्नु सह्रानीय भएको विचार राखिन् ।  पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख गीता न्यौपानेले ३ करोड ५० लाख सरकारी बजेट भएको महाशाखामा कार्यक्रम लिन झन्झट भए पनि निरन्तर पहल गर्दा पाउने धारणा राखिन । इलम सिकेर तयार गरिएका सामग्री महानगरपालिका आफैले मायाको चिनोको रूपमा प्रयोग गर्न सक्ने भएकाले निरन्तरता दिन जोड दिएकी थिइन ।   ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी प्रमुख ब्रह्माकुमारी अप्सरा सुवेदीले आज विश्वमा मानिसहरू रोगले भन्दा डिप्रेसनले मरिरहेका छन् यसको औषधि छैन् उपचार नै आध्यात्मिक दिव्य ज्ञान हो । पुरुषमा भन्दा महिलामा सात ओटा गुणहरू बढी छन् सिप सिकेर आफूलाई सशक्तिकरण गर्नु नै सुखी हुनु हा । सिकेको इलमलाई परिष्कार गदा आध्यात्मिक सुख पनि मिल्छ भन्ने ईश्वरीय प्रवचन दिएकी थिइन् ।  ब्रह्मकुमार शंकर देवकोटाले आजको व्यस्ततापूर्ण जीवन शैलीलाई सन्तुलित गर्न आध्यात्मिक शिक्षा, ज्ञान, साधना र सिपको आवश्यकता छ । यसले जीवन जगत र पदार्थको यथार्थ ज्ञान दिन्छ । पोखरा आध्यात्मिक सेवा केन्द्रले दुई महिना इलम सिकायो, आध्यात्मिक र भौतिक सिपले नै जीवन पूर्ण हुने विचार राखेका थिए ।   तालिममा सहभागी ब्रह्माकुमारी जेनिशा गुरुङले आफ्नो अनुभव राख्दै काँटी र धागो समाउन पनि नजानेका हातहरूलाई दक्ष प्रशिक्षकले निपूर्ण बनाइ आफ्ना लागि चाहिने सामग्री आफै बनाउन सक्ने बनाउनु नै सफलता भएको जनाइन । जेनिशाले केही गर्नका लागि हौसला मिलेको हुँदा यसलाई निरन्तरता दिएर आयआर्जनमा लाग्ने बताइन् । पोखरा आध्यात्मिक सेवा केन्द्रको समन्वयमा २० जना महिलाले दुई महिने हाते होजियारी तालिम लिएको एन्जेल हाउसकी सञ्चालक ब्रह्माकुमारी राधा गुरुङले जानकारी दिइन् ।  गत पुस १९ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालित दुई महिने हाते होजियारी तालिममा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी अध्यक्ष तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जित र प्रशिक्षक इन्द्रेणी श्रेष्ठले उनीका टोपी, गलबन्दी, स्वेटर, पञ्जा, मोजा, रुमाल, टेवुल पोस लगायतका हस्तकलाका सामग्री बनाउने तालिममा सिप हस्तान्तरणका लागि सहजीकरण थिए । कार्यक्रममा प्रशिक्षार्थीले तयार गरेका हस्तकला सामग्रीको प्रदर्शनी गरिएको थियो भने उक्त सामग्री आमन्त्रितले मायाको चिनो लिँदा प्रशंसा गरेका थिए ।  कार्यक्रममा आर्दश गुरुङ, इन्द्रेणी श्रेष्ठ, सविता श्रेष्ठ रञ्जित, दुर्गा पौडेल अमरसिंह महिला समूह, जुनामाया बोहोरा माछापुच्छ«े महिला समूह, कृष्णबहादुर थापा कामना टोलविकास संस्था, सिमा राई गुरुङ कामना टोल महिला उपसमितिलाई सम्मान गरिएको थियो ।   पोखरा आध्यात्मिक सेवा केन्द्रकी अध्यक्ष ब्रह्माकुमारी हरिमाया गुरुङकोे सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा ब्रह्मकुमार शङ्कर देवकोटाले स्वागत मन्तव्य राखेका थिए । रामबजार शाखाकी प्रमुख ब्रह्मकुमारी गोमा पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन भने केन्द्रका सचिव तथा कार्यक्रम संयोजक ब्रह्मकुमार मनिराज पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।       

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।   रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिती बैठकले उपनिर्वाचनमा गठबन्धन नगर्ने र तीनवटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।   आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।