पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौं : थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट १०७९ नमूना परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३८१ र एन्टीजेनबाट ६९८ नूमना परीक्षण गर्दा पीसीआरबाट ४४ र एन्टिजेनबाट ९८ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा चार जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १६३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्‍को नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। शुक्रबार नवनियुक्त मन्त्रीले राष्ट्रपति समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको छ।    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पुस १० गते गठन भएको मन्त्रिपरिषद्‍मा शुक्रबार व्यापक हेरफेर भएको हो।   हेरफेरसँगै मन्त्रिपरिषद्को संख्या १७ पुगेको छ। नेपालको संविधान अनुसार संघीय सरकारको मन्त्रिपरिषद् २५ सदस्यीय हुनेछ। अब आठ सदस्य मन्त्री थप्न सकिने छ।    पहिलो पटक सत्तारुढ भएको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित चार सदस्यले मन्त्री पदको शपथ लिनुभएको छ। थप चार जनाको नाम सिफारिस हुन बाँकी छ।    

भक्तपुर: आज (शुक्रबार) बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।   पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।   बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।   यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक किरियापुत्रीले परीक्षा दिएका छन् । जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसइई परीक्षा दिनुभएको हो ।   यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसइईमा सहभागी भएका छन् । उनीहरुलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो ।   त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् ।   त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन् । देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन् । यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गते सम्पन्न हुनेछ ।

अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म 'जारी' को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ।   अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा फिल्म प्रदर्शन हुने तय भएको हो।   'नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि हो,' निर्माता रामबाबु गुरुङले भने।    उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ। क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ।   निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन्। ​ अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए। ‘जारी’ प्रदर्शनअगावै निर्मातालाई नाफामा लैजाने फिल्म बनेको छ।   पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा फिल्म निर्माण भएको छ।    उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।    बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।   शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।   यो फिल्म वैशाख १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ। 

काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।        आज मात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। कार्यालयले आज १६ मोटरसाइकल र छ स्कुटर हस्तान्तरण गरेको हो।        चालू आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर एक हजार दुई सय ८९ निवेदन परेकामा तीन सय ८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ। सो मध्ये दुईपाङ्ग्रे तीन सय ६० र अन्य २७ सवारीसाधन छन्।        ट्राफिक प्रहरीले चालू आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताए।    लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ। 

काठमाडौं:  नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।   शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो ।   कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ । 

बागलुङ : चैत्राष्टमी मेला २०७९ मा आयोजना गरिएको कालिका कप खुला पुलिस भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।    कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा पुलिसले घुम्टे युवा परिवार गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो।   घुम्टेले पहिलो र तेस्रो सेट आफ्नो जितेको थियोभने पुलिसले दोस्रो, चौथो र पाँचौ सेट आफ्नो पक्ष पार्दै उपाधि जितेको हो। पुलिसले पहिलो १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा २५–१९ को सहज जित निकालेको थियो।    तेस्रो सेटमा २२–२५ ले गुमाएको पुलिसले चौथो सेटमा २५–२३ र पाँचौं सेटमा १२५–९ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो। उपाधिसँगै च्याम्पियन पुलिसले ३ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको घुम्टेले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।    यस्तै प्रतियोगितामा तेस्रो र चौथो हिल साइड निर्माण सेवा निलो र सेतो भएका छन्। दुवै टिम एउटै क्लबका भएकाले क्लबको चाहना अनुसार निलोलाई तेस्रो र सेतोलाई चौथो घोषणा गरिएको हो। तेस्रो भएको हिल साइड निर्माण सेवा निलोले ७० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गरेको छ।   यस्तै नेपाल पुलिस क्लबका विशाल बहादुर विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन्।   परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष चैत्र १३ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको थियो। प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो।

काठमाडौं : स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको राजीनामा स्वीकृत भएको छ ।   मन्त्रिपरिषद्को बैठकले डा. उप्रेतीको राजीनामा स्वीकृत गरेको हो ।   डा.उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भेटेर राजीनामा बुझाएका थिए । तर, राजीनामा स्वीकृत भएको थिएन । डा.उप्रेती स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् । डा.उप्रेती २०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका थिए ।

काठमाडौं:  खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मन्त्री खानले शुक्रबार राजीनामा दिनुभएको हो ।