काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

बागलुङः   बागलुङको ताराखोला गाउँपालिका २ अर्गल सिलेको स्थानीयको खरबारीमा आगलागी हुँदा वस्ती जोखिममा परेको छ ।  स्थानीयले खरबारीमा स्याउला जलाउन लगाएको आगो एक्कासी फैलिदा आगो नियन्त्रण बाहिर गएको स्थानीय भुमिराज विश्वकर्माले जानकारी दिए ।  ‘आगो वस्ती भन्दा तल लागेको छ, आगो भन्दा केही माथि वस्ती छ, अहिले आगो नियन्त्रण बाहिर छ, विश्वकर्माले भने, ‘अप्ठ्यारो भिर भएकाले आगो नियन्त्रण गर्न सकिएको छैन, वस्तीतिर आउँछ कि भनेर सजग भएर बसेका छौं ।’   ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्ति मगरले आगोको जोखिम भएका वस्तीलाई दिउँसो जोगाइएका जानकारी दिए ।  ‘दिउँसो आगलागीबाट वस्ती जोखिममा परेको थियो, स्थानीयको सहयोगमा वस्ती जोगाइएको छ, घर्तिले भने, ‘आगो भिरमा लागेकाले नियन्त्रण गर्न सकिएको छैन, रात परेकाले नियन्त्रण गर्न समस्या भएको छ ।’ स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो खरबारीमा फैलिएकाले नियन्त्रण बाहिर गएको स्थानीयले जानकारी दिएका छन् ।  खईम भन्ने स्थानमा लागेको आगो अहिले ताराखोला गाउँपालिका २ सिलेको कोट र गर्जुरे भन्ने स्थानमा फैलिएको छ । खरबारीमा सल्ला लगायत अन्य रुखको पातहरु र खर सुकेकाले आगो नियन्त्रण गर्न समस्या भएको स्थानीयले जानकारी दिएका छन् । 

धनकुटाः    धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिनुभयो । आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

पोखराः     पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फको फाइनल खेलमा खेलाडी माथि बोतल प्रहार भएको छ।    खेल सञ्चालन भइरहेको समयमा एपिएफको खेलाडी भएको कोर्टतर्फ दर्शकले बोतल प्रहार गरेका हुन् । फाइनल खेलको चौटो सेटमा दर्शकले बोतल फालेपछि खेल केही समय राेकिएकाे थियाे । अहिले भने खेल पुन: शुरु भएको छ । 

नयाँ दिल्लीः    भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा गएराति आगो लागेको थियो । आगोका कारण अस्पतालका सञ्चालक डाक्टर, श्रीमती, एक जना कामदार र दुई जना आफन्तको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पताल धुवाँले भरिएको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरविन्दकुमार बिनाले बताउनुभएको छ ।

पोखरा:  पोखराको सेती खोँचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो । साथै उद्धारका क्रममा भेटिएको ब्लाक बक्सलगायतका सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको थियो ।  

काठमाडौंः    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल चयन गरेको छ ।  हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिवारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा सङ्गठन विस्तारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाउनुभएको छ । 

काठमाडौं:   राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको छ ।  तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ ।    

पोखरा:   गएको माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा विमान दुर्घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घटनाको १३ औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ को मितेरीपुल नजिक बिहान ठीक १० बजेर ५८ मिनेट जाँदा श्रद्धाञ्जलीसभा गरेको हो । त्यस अवसरमा घटनामा ज्यान गुमाएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलनसमेत गरेको हो ।  कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताउनुभयो । दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ ।  उहाँले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताउनुभयो । माघे सङ्क्रान्तिको बिहान काठमाण्डौबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको एटिआर विमान बिहान १० बजेर ५८ मिनेट जाँदा पोखरा वडा नम्बर ७ र १५ को सिमाको सेती नदीको खोँचमा दुर्घटना भएको थियो । घटनामा विमानमा सवार ७२ जनामध्ये ७० जनाको निधन भइसकेको छ भने दुई जनाको खोजी कार्य जारी छ । दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।

काठमाडौं:    सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएपछि गृह मन्त्रालयबाट बाहिरिएका छन्।   आज (शुक्रबार) साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए। 'एउटा अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु, पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन, एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनु भएको छ।' रविले भनेका छन् ।