दाङ:    जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् ।       बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो सिटी पोलिक्लिनिक, तुलसीपुर सिटी अस्पताल, मनकामना डेण्टल प्रालि, रौनियार पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट एक सय ७० बढीले सेवा लिएका हुन् ।  स्त्रीरोग विशेषज्ञ, फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् ।      बबई–७ निवासी बमबहादुर बुढा एक हातमा लठ्ठी र अर्को हातमा औषधि लिएर खुसी हुँदै घर फर्किँदै हुनुहुन्थ्यो । आँखा कम देख्ने, दुःख्ने समस्याले सजिलै अस्पताल जान सक्ने अवस्थामा नभएका उहाँ शनिबार गाउँमा स्वास्थ्य शिविरमार्फत उपचार पाएपछि खुसी देखिनुहुन्थ्यो ।       सोही ठाउँका टोपबहादुर बस्नेत पनि काम छोडेर उपचार गर्न कुरेर बस्नुभएको थियो । पेटको समस्याले सताएका उहाँ गाउँमै उपचार पाउँदा निकै खुसी हुनुहुन्थ्यो ।        लामोदेखि महिनावारीसम्बन्धी समस्याले पीडित दिला घर्तीले गाउँमा विशेषज्ञ चिकित्सकले निःशुल्क उपचार दिएपछि अब रोग निको हुन्छ भन्ने विश्वास पलाएको बताउनुभयो । उहाँहरूजस्तै दाङको कर्णाली भनेर चिनिने बबई–७ का नागरिकले गाउँघरमा उपचार सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।      अस्पताल जान खोज्दा पनि भौगोलिक विकटता, आर्थिक अवस्थालगायत कारणले बञ्चित भएका यहाँका नागरिकका लागि सञ्चालित स्वास्थ्य शिविर बरदान सावित भएको छ ।  “हामी चाहेको बेला अस्पताल जान सक्दैनौँं, गाउँमा एउटा स्वास्थ्य संस्था छ, त्यसमा भनेजति औषधि पनि पाइदैँन”, बुढाले भन्नुभयो, “स्वस्थ्य शिविर आएपछि हामीले गाउँमै सेवा लिन पायौंँ । यहाँ अहिलेसम्म पनि विशेषज्ञ चिकित्सकले पाइला टेकेका थिएनन् ।”      लामो समयदेखि स्वास्थ्य सुविधा नपाउँदा रोग पालेर बसेको अवस्थामा अधिकांश स्थानीय भेटिनुभएका शिविरमा सहभागी डा निशा खनालले बताउनुभयो । “उपचारमा आएकामध्ये अधिकांशको दाँत हेरेँ, सबैको दाँतमा समस्या देखियो”, उहाँले भन्नुभयो ।      तुलसीपुर नगरजेसिजले विभिन्न कार्यालय तथा सङ्घसंस्थाको सहयोगमा सञ्चालन गरेको शिविरमा स्वास्थ्यसम्बन्धी सम्पूर्या सेवा एकैठाउँबाट प्रदान गरिएको थियो । करिब दुईसय परिवार रहेको वडा नं ७ मा लामो समयदेखि रोग पालेर बसेका पाइएकाले उपचारमा सहजीकरण गर्न शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष पूर्णबहादुर डाँगीले बताउनुभयो ।      “सुगममा धेरै स्वास्थ्य शिविरहरू सञ्चालित हुन्छन्, विकट क्षेत्रमा यस्ता शिविर नहुँदा धेरैले रोग पालेर बसेका हुनसक्छन् भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गरी शिविरमार्फत सेवा दिएका हौँ ।” यहाँको देउती माविमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।       शिविरमा जनरल फिजिसियन डा सन्दीप खड्का, अर्थोपेडिक डा रुपेशमान शेरचन, गाइनोकोलोजिष्ट डा शिशिर कुँवर, अर्थोपेडिक डा निश्चल शर्मा, राप्ती आँखा अस्पतालका डा ओमप्रकाश यादव, मनकामना डेन्टलका डा निशा खनालसहितको टिमले सेवा प्रदान गरेको कार्यक्रम संयोजक वसन्त योगीले जानकारी दिनुभयो ।      शिविरको सहजीकरण तथा अन्य व्यवस्थापन गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले गर्नुभएको थियो ।

दाङ:    जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् ।  बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो सिटी पोलिक्लिनिक, तुलसीपुर सिटी अस्पताल, मनकामना डेण्टल प्रालि, रौनियार पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट १ सय ७० बढीले सेवा लिएका हुन् । स्त्रीरोग विशेषज्ञ, फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् ।बबई–७ निवासी बमबहादुर बुढा एक हातमा लठ्ठी र अर्को हातमा औषधि लिएर खुसी हुँदै घर फर्किँदै हुनुहुन्थ्यो ।  आँखा कम देख्ने, दुःख्ने समस्याले सजिलै अस्पताल जान सक्ने अवस्थामा नभएका उहाँ शनिबार गाउँमा स्वास्थ्य शिविरमार्फत उपचार पाएपछि खुसी देखिनुहुन्थ्यो । सोही ठाउँका टोपबहादुर बस्नेत पनि काम छोडेर उपचार गर्न कुरेर बस्नुभएको थियो ।  पेटको समस्याले सताएका उहाँ गाउँमै उपचार पाउँदा निकै खुसी हुनुहुन्थ्यो ।  लामोदेखि महिनावारीसम्बन्धी समस्याले पीडित दिला घर्तीले गाउँमा विशेषज्ञ चिकित्सकले निःशुल्क उपचार दिएपछि अब रोग निको हुन्छ भन्ने विश्वास पलाएको बताउनुभयो । उहाँहरूजस्तै दाङको कर्णाली भनेर चिनिने बबई–७ का नागरिकले गाउँघरमा उपचार सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।अस्पताल जान खोज्दा पनि भौगोलिक विकटता, आर्थिक अवस्थालगायत कारणले बञ्चित भएका यहाँका नागरिकका लागि सञ्चालित स्वास्थ्य शिविर बरदान सावित भएको छ । “हामी चाहेको बेला अस्पताल जान सक्दैनौँं, गाउँमा एउटा स्वास्थ्य संस्था छ, त्यसमा भनेजति औषधि पनि पाइदैँन”, बुढाले भन्नुभयो, “स्वस्थ्य शिविर आएपछि हामीले गाउँमै सेवा लिन पायौंँ । यहाँ अहिलेसम्म पनि विशेषज्ञ चिकित्सकले पाइला टेकेका थिएनन् ।” लामो समयदेखि स्वास्थ्य सुविधा नपाउँदा रोग पालेर बसेको अवस्थामा अधिकांश स्थानीय भेटिनुभएका शिविरमा सहभागी डा निशा खनालले बताउनुभयो । “उपचारमा आएकामध्ये अधिकांशको दाँत हेरेँ, सबैको दाँतमा समस्या देखियो”, उहाँले भन्नुभयो । तुलसीपुर नगरजेसिजले विभिन्न कार्यालय तथा सङ्घसंस्थाको सहयोगमा सञ्चालन गरेको शिविरमा स्वास्थ्यसम्बन्धी सम्पूर्या सेवा एकैठाउँबाट प्रदान गरिएको थियो ।  करिब २ सय परिवार रहेको वडा नं ७ मा लामो समयदेखि रोग पालेर बसेका पाइएकाले उपचारमा सहजीकरण गर्न शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष पूर्णबहादुर डाँगीले बताउनुभयो । “सुगममा धेरै स्वास्थ्य शिविरहरू सञ्चालित हुन्छन्, विकट क्षेत्रमा यस्ता शिविर नहुँदा धेरैले रोग पालेर बसेका हुनसक्छन् भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गरी शिविरमार्फत सेवा दिएका हौँ ।” यहाँको देउती माविमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।  शिविरमा जनरल फिजिसियन डा सन्दीप खड्का, अर्थोपेडिक डा रुपेशमान शेरचन, गाइनोकोलोजिष्ट डा शिशिर कुँवर, अर्थोपेडिक डा निश्चल शर्मा, राप्ती आँखा अस्पतालका डा ओमप्रकाश यादव, मनकामना डेन्टलका डा निशा खनालसहितको टिमले सेवा प्रदान गरेको कार्यक्रम संयोजक वसन्त योगीले जानकारी दिनुभयो । शिविरको सहजीकरण तथा अन्य व्यवस्थापन गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले गर्नुभएको थियो ।  

अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न नि:शुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् ।   प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै नि:शुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताउनुुभयो ।   चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको उहाँले बताउनुभयो । दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए ।   शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रवाह गरेको थियो । 

गण्डकी:    गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो ।  त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  यस अवधिमा कास्कीमा सबैभन्दा बढी ८ हजार ९ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेङ्गी सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो ।  प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उहाँको भनाइ छ ।  प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेङ्गीको सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी देखिएकामा गत सेप्टेम्बरमा छ हजार २ सय ६७ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए ।   अक्टुबरमा ६ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा ९ सय ४७ जनामा डेङ्गी देखिएको मन्त्रालयले जनाएको छ ।  पछिल्लो तथ्याङ्क अनुसार कास्कीपछि सबैभन्दा बढी  तनहुँमा ३ हजार ८ सय १७, पर्वतमा १ हजार ४ सय ३१, बागलुङमा १ हजार ३ सय ८४, गोरखामा १ हजार १ सय २, स्याङ्जामा ७ सय २६, म्याग्दीमा ४ सय ५६, नवलपुरमा २ सय ९७, लमजुङमा १ सय २५, मुस्ताङमा १६ र मनाङमा ६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।  असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र ४ प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताउनुभयो ।  “चिसो याम सुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, उहाँले भन्नुभयो । डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ ।  डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ । 

काठमाडौं:    गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ ।  थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।  “टुकुचाखोलामा भेटिएको पोलियो भाइरस स¥यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ”, उहाँले भन्नुभयो, “यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गरौँ।”  गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो ।  स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताउनुभयो ।  सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ ।  काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो ।  काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ ।  सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् । 

गण्डकी:    बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ ।  दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ ।  भवन अभावमा प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन भइरहेको छ । प्रयोगशाला बातानुकूलित हुनुपर्नेमा पङ्खाबाट काम चलाइएको केन्द्रका चिकित्सक जनक खड्काले बताउनुभयो । बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवाका लागि उपयुक्त कोठा नभएको उहाँको भनाइ छ । महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधायुक्त बनाउनेतिर महानगरले चासो नदिएको स्थानीवासीको गुनासो छ ।  पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालन भइरहेको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो । उहाँले केन्द्रमा पूर्वाधार व्यवस्थापनदेखि सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको बताउनुभयो । सुवेदीले गत असोज १३ गतेदेखि केन्द्र प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । “म आउनुपूर्व केन्द्र झनै लथालिङ्ग अवस्थामा थियो, खानेपानी, शौचालयसमेतको राम्रो सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले भवन मर्मत, रङ्गरोगनलगायत आन्तरिक व्यवस्थापनको काम भइरहेको छ, केन्द्रको परिसरमा पर्खाल लगाउने काम भइरहेको छ ।” प्रमुख सुवेदीले स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । खुला ठाउँमा भएकाले केन्द्रको सुरक्षामा पनि चुनौती रहेको उहाँको भनाइ छ । यसअघि सामान्य घेराबारसमेत नहुँदा केन्द्रको भवन परिसरमा सवारीसाधनको पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने आदि गर्दै आएका थिए । बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मी अपुग रहेको प्रमुख सुवेदीले बताउनुभयो ।  अस्पतालमा १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन सकेको छैन । केन्द्रमा इसिजी, थाइराइडलगायतको जाँच गर्ने उपकरणसमेत नरहेको प्रमुख सुवेदीले बताउनुभयो ।  “उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् ।  बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको चिकित्सक खड्काले बताउनुभयो । उहाँका अनुसार गत भदौयता झण्डै ११ हजार जनाले उक्त केन्द्रबाट सेवा लिएका छन् । केन्द्रले स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतनलगायत सेवा प्रदान गदै आएको छ ।  प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई सुविधासम्पन्न नगर अस्पतालका रुपमा विकास गर्न सकिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “यसतर्फ महानगर नेतृत्वको ध्यान जानु जरुरी छ ।’   

काठमाडौं:     किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ ।   क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ । अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  हाल मुलुकमा हरेक दिन ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको उक्त मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले बताउनुभयो ।  मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गर्नुभएको  थियो ।  आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उहाँले  जानकारी दिनुभयो । ‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगका साथै सरकारी लगानी पनि छ ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा सङ्क्रमण भएकाले त्यसविरुद्ध खोप लगाउनुपर्नेमा जोड दिनुभयो  ।  ह्युमनपापिलोमा सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो समयको अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध कायम गर्ने अधिक धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलाई हुने उहाँले बताउनुभयो । सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिनु राज्यको दायित्व भएको बताउँदै मन्त्री पौडेलले आफ्नातर्फबाट हरसम्भव प्रयत्न गरिने बताउनुभएको थियो ।

गलकोट:   धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ । जटिल प्रकारका रोगको समयमै अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा पछिल्लो समय जटिल प्रकारका शल्यक्रियासमेत भइरहेका छन् ।  उपचार र परीक्षणमा समेत नयाँ आधुनिक उपकरण भित्रिँदा बिरामीलाई सहज भएको छ । अस्पतालमा सेतो रगतको आवश्यक पर्ने बिरामीलाई भने उपचारमा समस्या भएको छ । रक्त सञ्चार केन्द्रमा सेतो रगत ९प्लेटलेट्स० नपाइँदा अस्पतालले जटिल प्रकारको समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङ स्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज)प्रयोगमा आउन सकेको छैन । थप उपकरण र प्राविधिक जनशक्ति अभावमा उक्त उपकरण एक वर्षदेखि थन्किएको हो । विशेषगरी पछिल्लो समय डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका बिरामीलाई सेतो रगत आवश्यक पर्दछ ।  यसो त डेङ्गीमा मात्र होइन, सर्पले टोक्दा, शल्यक्रिया गर्दा, अत्यधिक रक्तस्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्दछ । रक्त सञ्चार केन्द्र बागलुङमा सेतो रगत निर्माण गर्ने उपकरण अभावले समस्या छ ।  अस्पतालले डेङ्गी, कोभिड, क्यान्सर र सर्पले टोकेका, सेतो रगत कम उत्पादन हुने बिरामी, शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राव भएका बिरामीलाई सेवा दिनका लागि सेतो रगत नभएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले बताउनुभयो ।  उहाँले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको बताउँदै रक्त सञ्चार र धौलागिरि अस्पतालले सेतो रगत उत्पादन गर्ने व्यवस्थाका लागि प्रक्रिया थालेको जानकारी दिनुभयो ।  सेतो रगतको अभाव हुँदा समस्या भएपछि अस्पतालले र रेडक्रसको रक्त सञ्चार केन्द्रको समन्वयमा समस्याको समाधानका लागि मिलेर काम गरिरहेको तिवारीको भनाइ छ ।  “डेङ्गीका बिरामीमा सेतो रगतको अभाव देखिन्छ, बिरामीको अवस्था हेरेर र ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुन्छ, डेङ्गी लागेका सबै बिरामीलाई रगतै आवश्यकता पर्छ भन्ने छैन, जटिल अवस्थाका बिरामीलाई रगत आवश्यकता भएमा हामीले पोखरा पठाउँछौँ”, तिवारीले भन्नुभयो ।  यसरी बिरामीहरु जिल्लाबाहिर उपचार गर्न जानुपर्दा अनावश्यक खर्चसमेत हुने गरेको छ । स्वास्थ्य उपचारमा अत्यावश्यक रहेको सेतो रगत निर्माण गर्ने रु २२ लाखको उपकरण तीन वर्षदेखि रेडक्रसको रक्त सञ्चार केन्द्रमा थन्किएको छ । रक्त सञ्चार केन्द्रमा उपकरण थप, पूर्वाधार निर्माण गरी सेतो रगतको व्यवस्था मिलाउन पहल भइरहेको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले जानकारी दिनुभयो । उहाँले सेतो रगतका लागि अहिलेको २२ लाखको उपकरणमा थप उपकरण ल्याउन ७२ लाख आवश्यक पर्ने बताउनुभयो । तत्कालै सेवा सञ्चालनका लागि रु ३२ लाख रकम चाहिने बताउँदै स्थानीय पालिकाले सहयोग गर्ने आश्वासन दिएको अचार्यको भनाइ छ । गण्डकी प्रदेश सरकारले सेतो रगत निर्माणका लागि रु १५ लाख, जैमिनी नगरपालिकाले रु तीन लाख र गलकोट नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।  “रु २२ लाखको उपकरण भित्रिएको तीन वर्ष भयो, अन्य सहायक उपकरण र पूर्वाधार नभइ सेतो रगत निर्माण गर्न सकिएको छैन, यो वर्ष अन्य पालिकाले समेत रकम दिएमा सेतो रगत उत्पादन थाल्छौँ”, आचार्यले भन्नुभयो, “शल्यक्रिया गर्दा, सर्पले टोक्दा, कोभिड र डेङ्गीजस्ता रोगमा सेतो रगत अत्यावश्यक रहेछ, सेतो रगत बनाउन थालेपछि धौलागिरि अस्पतालमै जटिल प्रकारका बिरामीको उपचार हुने र बिरामीको आर्थिक भार कम हुन्छ ।”  दान गरेको रगतबाटै सेतो रगत बनाउन सकिने रातो रगत, प्लेटलेट्स र प्लाज्मा छुट्याउनलाई कम्पोटेन्ट मेसिन आवश्यकता पर्दछ ।  

काठमाडौं:   देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा भएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो ।  स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ती सबै जिल्लाका २ वर्षमुनिका शत्प्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताउनुभयो ।  नेपालमा पहिलोपटक अछाम र पाल्पा पूर्ण खोप जिल्ला घोषित भएका थिए ।  “हामीले जन्मेदेखि बालबालिकालाई १५ महिनासम्म विभिन्न खोपका १८ मात्रा दिने गर्दर्छौं”, उहाँले भन्नुभयो, “ती खोप सबै बालबालिकाले खोप पाएपछि ती जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दछौँ ।” सरकारले जन्मिनेबित्तिकै क्षयरोग विरुद्धको बिसिजी खोप लगाउने गर्दछ ।  यस्तै, छ हप्ता र १० हप्तामा दुईपटक रोटा भाइरस, पोलियो भाइरस, निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्लुएन्जा–बी लगायतका रोगविरुद्ध क्रमशः रोटा, पोलियो, पिसिभि, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ । १४ हप्तामा पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्एन्जा–बी विरुद्धका खोप क्रमशः पोलियो विरुद्धको खोप, एचआइपिभी, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ ।  ९ महिनामा पोलियो, दादुरा र रुबेला तथा निमोनिया विरुद्धको खोप क्रमशः एफआइपिभी, दादुरा तथा रुबेला विरुद्धको खोप र पिसिसी खोप तथा १२ महिनामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप तथा १५ महिनामा दादुरा र रुबेला तथा टाइफाइड विरुद्धको खोप दिने गरिन्छ ।  खोप शाखा प्रमुख गौतमले शिशुलाई जन्मेदेखि १५ महिनासम्म दिइन नसकेको खोप १६ महिनादेखि २३ महिनाभित्र दिइने बताउनुभयो ।  उहाँका अनुसार सबै जिल्ला पूर्ण खोप घोषित गरे पनि जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अझै पनि १२ देखि २३ महिनासम्ममा ४ प्रतिशत बालबालिकाले कुनै खोप नपाएको उल्लेख गरिएको छ ।  उहाँले १६ देखि २३ महिनासम्म पनि खोप नलगाएका बालबालिकालाई पाँच वर्षसम्म पनि खोप लगाइने बताउनुभयो ।