पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उहाँले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’ उहाँले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन अनिवार्य रहेको प्रदेश प्रमुख भट्टको भनाई छ । ‘गीत संगीतले सजिलै स्रोता र दर्शकको मन र मस्तिकमा प्रभाव पार्न सक्छ । हामीले रचना गरेको गीत संगीतले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ र त्यसले समाजलाई सही दिशामा डो¥याउनुपर्छ ।’– उहाँले भन्नुभयो । मौलिक संगीतको सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पु¥याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान पु¥याउनुहुने नेपाली संगीतकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै उहाँले देशभरका उत्कृष्ट कलाकारलाई सम्मान गर्ने यस्ता कार्यक्रमको निरन्तरताको कामना पनि गर्नुभयो । ‘अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ नाराका साथ आयोजित दोश्रो राष्ट्रिय संगीत अवार्डमा विभिन्न २६ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको आयोजक संस्था कास्की खबरका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिनुभयो । उक्त अवसरमा नेपाली संगीत र कला क्षेत्रमा पत्रकारितामार्फत् योगदान पुु¥याएकोमा पत्रकारहरु रञ्जन अधिकारी, गौरव त्रिपाठी र कमल सरगमलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सागर कार्की, साहिल गायक लगायतका संगीतकर्मीलाई पनि सम्मान गरिएको थियो ।
पोखरा: मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको हो । समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जानकारी दिए । उनले भने ,“मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफुलाई पाउनेछन ।” सामाजिक विषयवस्तु आफ्नो रुचीको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए । “सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो ।“, उनले भने । निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पुर्वतिर पाइने धान जसको ढांट अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसङ्ग जोड्ने प्रयास सिनेमा माध्यम गरेको उनले बताए । मनसरा धानको विशेषता मन परेर नै सिनेमाको कथा बनाइएको भनाई उनको छ । उपन्यास लेखन भन्दा सजिलो सिनेमा लेखन भएको उनले उल्लेख गरे । लेखनमा नै सुब्बा आनन्द मान्छन । अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए । समाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने सिनेमा बनाइएको भनाई उनको छ । उनी सिनेमामा साधारण कृषकको भुमिकामा देखिएका छन् । मिश्रित समाजको कथा भएकाले मनसरा दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन् । नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन । जारीमा दर्शकबाट पाएको माया स्वरुप मनसराको आफ्नो भुमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन । कुनै पनि कलाकारले निर्देशकले दिएको भुमिका अनुसार नै आफुलाई सिनेमामा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भुमिकालाई आफुले सक्दो निभाउने प्रयास गरेको उनले बताइन । अभिनेत्री मेनुका प्रधान पनि मनसरा बाट आशावादी देखिन्छन् । सिनेमामा आफ्नो भुमिकालाई दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् । सामाजिक कथा भएकाले सिनेमा हेर्न हल सम्म पुग्न दर्शकलाई उनको आग्रह छ । कार्यकारी निर्माता सिजन दाहालले सिनेमाको छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पांचथरको गाउँमा भएको जानकारी गराए । उनका अनुसार उक्त गाउँका नागरिकहरु भाडामा बसेर खेती किसानी गर्छन । लकडाउनको समय देखि नै स्कृप्टको तयारी भएको र अहिले आएर सिनेमा निर्माण गर्ने समय जुरेको उनले उल्लेख गरे । कर्मसियल सिनेमा जत्तिकै लगानी मनसरामा लागेको भनाई उनको छ ।
पोखरा: युनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसरमा १२ औं संस्करणको पोखरा महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । अमरसिंहचौरमा गत पुषको २६ देखि माघको ८ गतेसम्म आयोजना गरेकोे पोखरा महोत्सवबाट कुल ३८ लाख ९५ हजार बचत भएको क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाले जानकारी दिए । उनका अनुसार महोत्सवमा कुल आम्दानी १ करोड ७४ लाख ३० हजार भएको थियो भने खर्च १ करोड ३५ लाख ३५ हजार खर्च भएको थियो । उनले महोत्सवबाट बचत भएको (३८ लाख ९५ हजार) बचत रकमले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य निर्माणमा खर्च गरिने बताए । सोही कार्यक्रमको अवसरमा क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान अर्पण गर्याे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, मालाले सम्मान गरे । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका बेदबहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब युनाइटेड क्लब रहेको धारणा व्यक्त गरेका थिए । क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेस सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पोखरा: पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी रेष्टुरेण्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि व्यवसायहरुनै लाग्नुपर्नेमा जोड दिए । आफुहरुको व्यवसाय कोरोना अगाडि सम्म नेपाल सरकारमा सुचिकृत नभएका कारण त्यतिवेला प्रहरी प्रसासनबाट सास्ती खेप्नुपरेको वताउदै कोरोना पछि व्यवसायलाई सुचिकृत गरी मापदण्ड र अनुसुची बनाएको र त्यसपछिमात्र हाल आएर रात्रिकालिन व्यवसायलाई चौबिसै घण्टा खोल्न सरकार तत्पर रहेको बताउदै अध्यक्ष श्रेष्ठले संस्थाको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे । त्यस्तै पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले ब्यवसाय संगै रोजगार प्रदान गर्ने व्यवसाय लोकदोहोरी रेष्टुरेण्ट भएको वताउदै लोकदोहोरी व्यवसायले लोक संस्कृतिको संरक्षणमा समेत लागेको बताए । आर्थिक मन्दीका कारण रोजगार नपाउने अवस्थाका कारण युवाहरु विदेश पलायन भइरहदा लोकदोहोरी रेष्टुरेण्ट व्यवशायीहरुले केही हद सम्म रोजागार प्रदान गरिरहेको वताउदै थापा मगरले पैसा र नेपाल सरकारले चाहेर मात्रपनि नेपालको मौलिक लोक संस्कृति बचाउन नसकिने बताए । लोक संस्कृतिको संरक्षणमा व्यवसायहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव शंकरविरही गुरुङले लोकदोहोरीको कलाकार उत्पादन गर्न र कलाकारलाई बचाइ राख्न लोकदोहोरी रेष्टुरेण्टको मुख्य भुमिका रहेको बताए । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका सल्लाहकार लोकेन्द्र कुमार राईले रात्रीकालिन ब्यवशायहरु २४ घण्टा खुल्नु खुसीको कुरा भएतापनि त्यसमा चुनौती रहेको बताउदै व्यवसायहरुले विशुद्ध रुपमा व्यसाय गर्दै सम्मानित र मर्यादित ढंगले व्यवसाय गर्न सके व्यवसायीले सम्मान पाउने बताए । त्यस्तै अर्का सल्लाहकार जय कुमार परियारले संघले व्यवसायहरुको हक हितको लागि एकजुट भएर काम गर्न आग्रह गरे । ससुराली रोधी घरका सञ्चालक टंक पौडेलले संघबाट व्यवसायीहरुलाई दुख पर्दा साथ र सहयोग पाइरहेको बताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखे । उक्त अवसरमा पोखरामा भर्खर सञ्चालनमा आएका ससुराली, जुनेली, मान्द्रो र सारंगी रोधी घरले संघको सदस्यतासमेत लिएका थिए । हाल पोखरामा २६ वटा दोहोरी सांझहरु संघमा आवद्ध रहेका छन । संघका अध्यक्ष जीवन गुरुङ भीमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन सचिव दिलु लामाले गरेकी थिइन् ।
काठमाडौंः शनिबारदेखि सुरु हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ । शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । परिषद् बैठक ललितपुरको सनराइज हलमा दुई दिनसम्म चल्ने छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । त्यस्तै लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् । बैठकले पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ । दुई महाधिवेशनको बिचमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ । त्यस्तै वैशाख १० गते पार्टी स्थापना दिवसका अवसरमा हीरक महोत्सव आयोजना गर्दैछ । जसमा एक जनालाई सम्मान गर्ने एमालेले जनाएको छ । महोत्सवमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेता सहभागी हुनेछन् ।
पोखरा: गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो । कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले कुनै जानकारी गराएको थिएन ।
काठमाडौंः सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरेले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सभामुख घिमिरेले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओढाएर बधाई ज्ञापन गर्नुभयो । सङ्घीय संसद्को कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सो अवसरमा सचिवालयको तर्फबाट सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद् सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद् नियमावलीलगायत अन्य कानुन कागजातहरू उपलब्ध गराउनुभयो । सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको हो । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद् सचिवालयलाई जानकारी गराएको थियो । स्नातक तहसम्म अध्ययन गर्नुभएकी सांसद खान २९ वर्षकी हुनुहुन्छ । राससको जिज्ञासामा सांसद खानले भन्नुभयो, “सांसदलाई कानुन तोकेको जिम्मेवारी पूरा गर्न र खासगरी महिलाको मुद्दा प्रभावकारी रुपमा उठाउने प्रयत्न गर्नेछु ।” रुपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्दीमा जन्मनुभएकी सांसद खान अहिले बाँकेको डुडुवा गाउँपालिका–३ बाट प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ रुपन्देहीबाट विवाह गरेर बाँके जानुभएको हो । सांसद खानको अहिले बाँके कार्यक्षेत्र रहेको छ ।
काठमाडौंः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवम् सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात् सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यावसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन् ।” यसै गरी चालु आवको साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार छ सय २२, मङ्सिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार छ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । विभागको तथ्याङ्क अनुसार चैतमा मात्रै १७ हजार आठ सय १८ जना नेपाली रोजगारीका लागि युएई पुगेका छन् । सोही महिनामा साउदी अरेबियामा १३ हजार छ सय ४१ जना, कतारमा ११ हजार दुई सय ४ जना, मलेसियामा १२ हजार छ सय २ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा नौ सय ६४ जना पुगेका छन् । यसै गरी रोमनियामा दुई हजार दुई सय सय ९९ जना, क्रोएसियामा नौ सय ६० जना, साइप्रसमा सात सय ८१ जना, जापानमा एक हजार तीन सय ५१ जना, माल्दिभ्समा चार सय ९३ जना, मौरिससमा छ सय २० जना र दक्षिण कोरियामा छ सय ५७ जना रोजगारीका लागि गएका तथ्याङ्कले देखिएको छ ।
सिन्धुपाल्चोकः त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ । दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा बेलुली लिन हिँडेको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै बिहान सात बजेको आसपासमा दुर्घटनामा परेको थियो । मृतक तीनै जनाको शव पोष्टमर्टमका लागि दोलखास्थित जिल्ला अस्पताल लगिएको छ । यो पनि पढ्नुहोस सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: दुई जना मृतकको पहिचान खुल्यो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए । दुर्घटनामा घाइते ५२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ । बस सडकबाट करिब एक सय ५० मिटर तल खोँचमा खसेको थियो । स्थानीय र प्रहरीले घाइतेलाई उद्दार गरी धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल पुर्याएका थिए ।

