प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

काठमाडौं:    नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।  बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

पोखरा:   गण्डकी प्रदेशसभाको अधिवेशन आज (बुधबार) दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गरेका थिए ।  प्रदेश सभाले यसअघि नै दर्ता भइसकेका दुई वटा विधेयकमाथि छलफल गरी पारित गर्नेछ । प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । यी दुवै विधेयक संसदीय समितिबाट पास भइसकेका छन् । यी विधेयक बुधबार सदनमा प्रतिवेदनसहित पेश गर्ने र दफाबार छलफलपछि पारित हुनेछन् । यसअघि पास भइसकेका ६७ वटा विधेयकमध्ये अघिल्लो पटकको सदनले ६ विधेयक पास गरेको थियो । तीमध्ये गण्डकी प्रदेशभित्रको वनलाई नियमन गर्न बनेको विधेयक, प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक हुन् ।

पोखरा:   नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा आधारभुत समाचार लेखन तालीम सम्पन्न भएको छ ।  नेवा पत्रकार पुचः कास्कीले आयोजना गरेको आधारभुत समाचार लेखन तालिममा ४० जना नेवा तथा गैर नेवा समुदायका व्यक्तिहरुले सहभागिता जनाएका थिए ।  तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए ।    उनले वडाले गरेका राम्रा कामहरुलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खवरदारी गर्न समेत आग्रह गरे । तालिममा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सन्जय मल्लले विभिन्न ३ सत्रमा विभाजन गरेर प्रशिक्षण गराएका थिए ।  कार्यकममा बोल्दै नेवा पत्रकार पुचः का संरक्षक संस्था नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्धेश्यले विभिन्न नेवा खलः, नेवा कचाः खलः नेवा मिसा पुचः तथा नेवा पत्रकार पुचः आदि स्थापना गरेको बताए ।  उनले नेवा भाषा संस्कृति संरक्षण गर्नका लागि विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिम समेत सञ्चालन गरिरहेको जानकारी दिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई वडा अध्यक्ष दिपेन्द्र मर्सानी, नेवा पत्रकार पुचः की अध्यक्ष अनिशा श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।  तालिमको समापन गर्दै अध्यक्ष अनिशा श्रेष्ठले नेवा पत्रकार पुचः ले  समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताउँदै यसबाट ज्ञानको साथमा अनुभव पनि बटुलेको बताईन् ।  उनले तालिम आयोजना गर्नु ठूलो कुरा नभएको तर त्यसलाई प्रभावकारी बनाउनु ठूलो रहेको बताउँदै त्यसमा नेवा पत्रकार पुचः सफल भएको बताईन । साथमा उनले नेवा पत्रकारहरुको हकहितको संरक्षण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन ।  कार्यक्रममा पोखरा ९ का वडा सचिव कुलराज पौडेल, वडासदस्यहरु लक्ष्मी पहारी, नन्दराम तिवारी, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष विनित जोजिजु, नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्राचार्य, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकीका महासचिव सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङ, मिस नेवा ११३८ का विजेता प्रीती बुद्धाचार्य लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।  

काठमाडौं:     पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले लेवनानलाई २-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।   पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गर्दै फाइनल प्रवेश गरेको हो । नेपालले ७६ औं मिनेटमा सावित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएकी थिइन् ।  नेपालले ३८औं मिनेटमा नेपालले खेलमा गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपास उनिभन्दा धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो । प्रिती राईले खेलको अतिरिक्त समयमा गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।  नेपालले फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डन पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

पोखरा:    नेकपा समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित नेता कार्यकताए नेकपा एमाले पाटी प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाटी प्रवेश गराएका हुन् । नेकपा एमाले जिल्ला कमिटिको आयोजनाको घरफर्क अभियान नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन । नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य खगराज कडेल, जिल्ला कमिटि उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटि सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्ष सहित सम्पुर्ण कमिटि नै एमालेमा फर्किएका छन ।  त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रिय सदस्य दोय शालिकराम भट्टराई र डा. गोपाल एमाले प्रवेश गरेका थिए ।  

पोखरा:    एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् ।  मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार फाइनल खेल हुनेछ । सेमिफाइलनमा प्रतिभाले मदरल्यान्ड माविलाई र अमरसिंहले गण्डकी बोर्डिङ स्कुललाई पराजित गरेकोे हो ।  फाइनल खेल बुधबार विहान १० बजेदेखि सुरु हुनेछ ।  पहिलो सेमिफाइलनमा मदरल्यान्डलाई प्रतिभाले ६ विकेटले पराजित ग¥यो । मदरल्यान्डले दिएको ८२ रनको लक्ष्य पछ्याएको प्रतिभाले  ५२ बल अगावै ४ विकेट गुमाएर पुरा ग¥यो ।  प्रतिभाका लागि निश्चल श्रेष्ठले सर्वाधिक २० रन बनाए । बब्लु शाह र रोशन पौडेलले १३÷१३, राहुल शर्माले ३ रनको योगदान दिँदा रोहन चन ६ रनमा अविजित रहे ।  बलिङमा मदरल्यान्डका कप्तान किरण पौडेल, सन्दीप विक, दर्शन सुवेदी र रुनिजमणि बरालले १÷१ विकेट लिए ।  प्रतिभाविरुद्ध पहिला ब्याटिङ गरेको मदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनाएको थियो ।  मदरल्यान्डका लागि कप्तान किरण पौडेलले सर्वाधिक ३६ रन जोडे । साजन श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ प्रतिभाका कुशल अधिकारीले ३, स्वागत अधिकारीले २ र सन्देश गिरीले १ विकेट लिए । प्रतिभाका स्वागत अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।  दोस्रो सेमिफाइनलमा अंमरसिंहले गण्डकी बोर्डिङलाई २१ रनले पराजित गरेको हो । अंमरसिंहले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी बोर्डिङ १८ ओभरमा १०९ रनमा समेटियो ।  गण्डकीले ३१ रन एक्सट्रा पाएपनि जितका लागि पर्याप्त हुन सकेन । गण्डकीका उत्सव खड्काले सर्वाधिक १६ रन जोडेका थिए । बलिङमा अमरसिंहका सुमन पन्तले ३, प्रसन्न भण्डारी र कल्यान कुमालले २÷२ विकेट लिए ।  यसअघि पहिला ब्याटिङ गरेको अमरसिंहले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । अमरसिंहका विवश रानाभाटले अविजित २८ रनको योगदान दिए ।  कल्यान कुमालले २७, सुमन पन्त २३ रन बनाएर आउट भए । बलिङमा गण्डकी बोर्डिङका रजत पौडेलले ३, समिर पौडेल र भुमिराज पौडेलले २÷२, सन्देश अधिकारी र उत्सव खड्काले १÷१ विकेट लिए । अंमरसिंहका सुमन पन्त प्लेयर अफ द म्याच घोषित भए ।  प्रतियोगिताको उपाधि विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित  ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  उपविजेतालाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिने आयोजकले जनाएको छ ।  उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।  प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । छक्का आएको बल क्याच गर्ने दर्शकलाई समेत प्रत्येक क्याचको एक हजार रुपैयाँ प्रदान गर्दै आएको छ । 

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले नेपाल पत्रकार महासंघ गण्डकीलाई सात दिने अल्टिमेटम र स्मरणपत्र बुझाएको छ ।  नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन भन्दै मागसहित मंगलबार फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ नेतृत्वको टिमले नेपाल पत्रकार महासंघ गण्डकीमार्फत केन्द्रलाई पत्र बुझाएको हो । महासंघ गण्डकीका तर्फबाट महासचिव गोविन्द सुवेदी र सदस्य राधिका कँडेलले उक्त पत्र बुझेका हुन् ।  फोनिज लामो समयदेखि नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन संघर्षरत रहेको छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासङ्घका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिज गण्डकीले पुनः स्मरणपत्र बुझाएको हो ।  २००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ । त्यसपछि, २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेको पनि पत्रमा छ । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको स्मरणपत्रमा उल्लेख छ । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो । अल्टिमेटममा ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए नेपाल पत्रकार महासङ्घका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी पनि गराएको छ ।  नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोनिजको माग सहितको अल्टिमेटम र स्मरणपत्र तत्काल केन्द्रमा पठाउने बताए । सत्य लुकाएर लुक्न नसक्ने उनको भनाई थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसका बारेमा निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।   फोनिजले देशव्यापीरुपमा नेपाल पत्रकार महासंघलाई  पत्र बुझाएको हो । मंगलबार जिल्ला शाखा र प्रदेश शाखाहरुले स्मरणपत्र बुझाएको छ । 

काठमाडौं:    नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी–२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ । यसअघि लिग–२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । कमजोर सुरुवात गरेपछि मध्यक्रममा सम्हालिएको नेपालका लागि फिनिसरको भूमिका पाएका ब्याटर नचल्दा हारको सामना गर्नुपर्यो । दीपेन्द्रसिंह ऐरीले ३२ बलमा २ चौका र २ छक्कासहित ४८ रन जोडे । उनी १९ औं ओभरमा नवौं विकेटको रुपमा कट बिहाइन्ड भए । लगत्तै अर्को बलमा अभिनाश बोहोरा पहिलो बलमै बोल्ड भएपछि नेपालको हार पक्का भएको थियो । त्यसअघि ओपनर कुशल भुर्तेललाई इनिङको पहिलो बलमा गुमाएको नेपालले आसिफ शेखको साथ पनि तेस्रो ओभरमा गुमायो । दुवै रुबेन ट्रम्पलम्यानको शिकार बने । आसिफले ६ बलमा ६ रन जोडे । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । नेपालका लागि कप्तान रोहितले ४२ रनको योगदान दिए । उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । कुशल मल्लले २१ बलमा ३२ रन जोडे । उनले २१ बलमा ४ चौका र १ छक्का बनाएका थिए । तर कुशल ९.५ ओभरमा आउट भएपछि नेपालले रनगतिलाई सोचेजस्तो बढाउन सकेन । गुलशन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । टांगेनी लुंगामेनीको १७ औं ओभरमा सोमपालले २ छक्का र १ चौकासहित १९ रन जोडेपछि नेपाल खेलमा फर्कियो । १८ औं ओभरको पहिलो बलमै सोमपाल क्याच आउट भए । उनले ११ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि(इटनले विष्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो शतक पूरा गरे । अन्तिम ओभरमा क्याचआउट हुनुअघि उनले ३६ बलमा ११ चौका र ८ छक्कासहित १ सय १ रन जोडे । उनले ३३ ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लले राखेको कीर्तिमान तोडेका थिए । कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए । नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । लफ्टि(इटन र क्रुगरले ५४ बलमा १ सय ३५ रनको साझेदारी गरेका थिए । नेपालले अन्तिम ९ ओभरमा १ सय ४० रन खर्चेको थियो । ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए । छैटौं ओभरमा उनी आउट हुँदा टोलीको ३६ रन थियो । नवौं ओभरमा जेपी कोट्जे ९ बलमा ११ रन जोड्दै पेभेलियन फर्किए । रोहितको बलमा कोट्जे विवेक यादवको उत्कृष्ट क्याचको शिकार बने । ११ औं ओभरमा जान फ्रिलिंक आउट हुँदा नामिबिया ६२–३ को स्थितिमा थियो । तर त्यसपछि लोफ्टि–इटन र मलान क्रुगरको साझेदारीले नेपाल संकटमा परेको थियो । नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

काठमाडौं:    नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ । यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ । पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।